Suman Regmi - Cancer updates

Suman Regmi - Cancer updates Suman Regmi, 30 years old, is battling 'Lymphoma' blood cancer since Jan 2015. Receiving treatment at RPA Hospital Sydney, Australia. Thanks for your help.

08/11/2015

Thank you all for your kind help during my last 10-month cancer treatment journey in Sydney-Australia, you've really won a significant place in my heart. Doctor said, they couldn't find a right treatment for this young man anymore, so they gave up but I haven't... Finally we've decided to continue my treatment in motherland, hope it will bring some positive vibe in my body when surrounded by my family/relatives and I will get better soon.

जस्तोसुकै परिस्थितिमा पनि गुज्रिन सकेर, आत्मसन्तुष्टी सहितको जिन्दगी बिताएर कुनै पछुतो विना आफूले पाएको अमूल्य समय आफ्ना परिवार तथा शुभचिन्तकबिच बिताउन सक्नु नै एउटा जीवन प्रतिको सार्थकता हो भन्ने बुझेको छु मैले। यो छोटो जीवनचक्रमा धेरै उतारचढाब आए पनि सुखमा नमात्तिने र दुःखमा नआत्तिने सक्दो प्रयास सहित आफ्ना सामाजिक कर्तव्य र उत्तरदायित्वहरुलाई सक्दो बहन गर्ने प्रयास गरेकै हुँ मैले। हुन त जिन्दगीको अन्तिम घडीमा छैन म तर पनि अहिले सम्म जिउन पाएको जिन्दगीको एक रत्ति पनि पश्चाताप छैन। दुर्भाग्यवश मलाई नै लाग्न पुगेको क्यान्सर रोगको यात्रामा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी मनहरुलाई हृदयदेखि नै धेरैधेरै आभार प्रकट गर्न चाहन्छु।

29/10/2015

Going home after 73 days hospital stay ...

When I used to see other people's days count on hospital notice board, it used to made me think oh! how would they feel to stay in hospital for such long period but this time I've spent 26+47 = 73 days in hospital bed myself, had a feel about it and getting discharge for a while today. It will depend on my health condition how long I will be able to stay home and enjoy time with family but still I'm really looking forward for it. I had so many up and downs in this period, I missed my home, family and friends in so many occasions. It's been almost 10 months since my cancer treatment started but still uncertainty is there, we don't know when this journey will come to the end.

To take out the blood once, they stab me three times, what a doctor !!! There must not be a vein in my hand which hasn't...
14/10/2015

To take out the blood once, they stab me three times, what a doctor !!! There must not be a vein in my hand which hasn't get stabbed at least couple of times during this treatment period.

यी झिनामसिना काम गर्ने इंटर्न डाक्टरले एकपटक रगत झिक्नलाई कम्तिमा 2-3 ठाउँमा सुई रोपेर पीडा दिंदा दिक्क बनाइसके। मेरा हातका नशाहरुमा सुई नरोपेको ठाउँ भेट्टाउन गार्हो छ।

18/09/2015

NEW TREATMENT PLAN IMPLEMENTED from 18-Sep-2015

After the meeting with other senior doctors in hematology ward, my main consultant doctor has provided me with new treatment plan. This chemotherapy treatment only lasts for 5 days in 1 cycle but being used of high dose drugs unforeseen health symptoms may have arised so I have been told to be ready to stay in hospital for at least a month in every occasion and we don't know yet how many occasion there will be.

मेरो उपचारमा संलग्न विशेषज्ञ डाक्टरहरुको टोलीले बनाएका पहिलो र दोस्रा उपचारयोजनाहरुले त्यति प्रभावकारी ढंगले काम गर्न नसकेको निष्कर्ष निकालेर हिजोदेखि तेश्रो किसिमको योजनामा लैजाने निधो दिएका छन्। यो उपचारप्रक्रिया पनि उही किमोथेरापी नै हुने भएपनि अलि कडा खालको औषधी प्रयोग गर्नुपर्ने भएकोले हरेक पटकको हस्पिटल भर्नामा कम्तिमा पनि १ महिना जति यहीँ नै बिताउनुपर्ने मानसिकताका साथ आउन सल्लाह दिएका छन्।

17/09/2015

करीब ८ वर्ष अघि सुन्दर सपना बोकेर अस्ट्रेलिया आएका, उमेरले भर्खर ३० टेकेका, सानो बच्चाका बाबु सुमन रेग्मी विगत जनवरी २०१५ देखि लिम्फोमा नामको रक्त क्यान्सरसँग जुधिरहेका छन्। क्यान्सर भन्ने शब्दले धेरै रोगहरुलाई समेटे पनि उनलाई लागेको विशेष रोग Non-Hodgkin's Lymphoma भन्ने हो र यो उपचारबाट विश्राम लि…

One more life of young Nepalese lost to cancer in Australia, it's devastating news for family and our community. Everyon...
12/09/2015

One more life of young Nepalese lost to cancer in Australia, it's devastating news for family and our community. Everyone can feel the consequences of death to a young family, specially us who are going through the same situation, can feel more about it. I'm really devastated with the news, may her soul rest in peace, RIP.

एकाबिहानै थाहा पाएको संगीता दिदीको निधनले साह्रै क्षतविक्षत बनाएको छ, उस्तै प्रकृतिको रोगसँग लडिरहेको मलाई यो खबरले फेरी एकपटक झड्का दिएको छ। उहाँको परिवार, ती अवोध छोराछोरीहरु र आफन्तलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् ईश्वरले, उहाँको आत्माले चीर शान्ति पाओस्।

Suman Regmi

फोक्सोको क्यान्सर रोगको उपचार गराइरहनुभएकी संगीता घिमिरेको शनिबार राति निधन भएको छ । फोक्सोको क्यान्सर लागेपछि केही समयदेखि कोग्रास्थित सेन्ट जर्ज अस्पतालमा परिवारले उपचार गराइरहेको थियो । पति र दुई सन्तानकी आमा उषाको निधनले नेपाली समूदायमा शोक छाएको छ । केही समय अघिबाट उनको उपचारमा सहयोग गर्नका लाग…

दुर्भाग्य भनौं या के भनौं सुन्दै डर लाग्ने रोगसँग लड्दै छु। क्यान्सर भन्ने बित्तिकै हाम्रो दिमागमा प्रायः ज्यानै लैजाने ...
06/09/2015

दुर्भाग्य भनौं या के भनौं सुन्दै डर लाग्ने रोगसँग लड्दै छु। क्यान्सर भन्ने बित्तिकै हाम्रो दिमागमा प्रायः ज्यानै लैजाने रोग भनेर डेरा जमाएको रोग हो, हो विगत ८ महिनादेखि यही रोग सँग जुहारी खेल्दै म र मेरो परिवारले दिन काटिरहेका छौं। शुरुमा थाहा पाउँदा सम्हाल्न अति नै गार्हो भए पनि अहिले हाम्रो दिनचर्या नै यही बनेको छ र यसलाई सामान्य रुपमा नै लिन थालेका छौं। मलाई लिम्फोमा नामको रक्तक्यान्सर लागेको छ र सिड्नीको रोयल प्रिन्स अल्फ्रेड हस्पिटलमा उपचाररत छौं।

हुन त नेपालमा त्यति क्यान्सर रोग लागेको खबरहरु बाहिर आए जस्तो लाग्दैन, रोग पत्ता नलाग्दै ज्यान जाने भएर पो हो कि! अष्ट्रेलियामा विगत केही वर्षदेखि भर्खरका नेपाली युवालाई क्यान्सर लागेको धेरै नै खबरहरु थाहा हुन आएको छ, सायद यहाँको हावापानीले पो हो कि या जीवनशैलीले गर्दा हो। मैले पनि कोमाबाट निस्केको जुन दिनमा मलाई क्यान्सर भएको थाहा पाएँ, त्यो अर्धचेतन दिमागमा अष्ट्रेलिया आउनु नै क्यान्सर लाग्नुको मुख्य कारक तत्व मानेको थिएँ। तर डाक्टरहरुसँगको परामर्श र अहिले सम्म गरेको अध्ययनले क्यान्सर रोग लाग्नुको कुनै कारण नै पत्ता लाग्न नसकेको थाहा भएको छ। धुमपान गर्दैमा फोक्सोको क्यान्सर हुन्छ र नगर्दैमा हुँदैन भन्ने ग्यारेन्टी नभए जस्तै यो क्यान्सर लाग्नुको पछाडि संभाव्यता र भाग्यको खेल हुने रहेछ भन्ने अहिले सम्म बुझेको छु।

२९ वर्षको उमेर, भर्खर जन्मेको ३ महिनाको छोरा, नेपालबाट नातिको मुहार हेर्न बुवाआमा अनि सासुससुरा आउनेजाने क्रम चलिरहेको, दिनहरु खुशियाली साथ नै बितिरहेका थिए। सामान्य सुख्खा खोकी लाग्ने र अलि बढी थकित हुनु बाहेक अरु खासै केही भएको थिएन, आफूलाई पायक पर्ने २ वटा डाक्टरलाई देखाउँदा खासै केही नभएको प्रतिक्रिया दिए। तेश्रो डाक्टरलाई देखाउने बेला सम्ममा स्थिति अलि बिग्रिसकेको रहेछ, ठूलो हस्पिटलमा रेफर गरिदिएपछि जचाउँदा, फोक्सोमा पानी जमेर स्वासप्रश्वासमा नै अप्ठ्यारो भएपछि भेन्टिलेटरको सहायता सहित कोमामा नै राखेर नै उपचार गर्नुपरेछ। हप्ता दिन कोमामा अनि अर्को हप्ता दिन आईसीयूमा बस्दा स्वास्थ्य निकै कमजोर भएको थियो।

भाग्यमानी नै मान्नुपर्छ, रोग पत्ता लागेको दिनदेखि नै उपचार शुरु भएको रहेछ। क्यान्सरको मुख्य उपचार किमोथेरापी नै हुने रहेछ, मेरो होस खुल्ने बेलासम्ममा पहिलो चरणको किमो लगभग सकिइसकेको थियो। स्वास्थ्यको मामलामा अति नै संवेदनशील मान्छेलाई नै यस्तो रोग लाग्यो भन्दा आफू, परिवार लगायत साथीभाईहरुले समेत विश्वास गर्न धेरै नै गार्हो भयो तर वास्तविकतालाई स्विकार्नु बाहेक अन्य विकल्प थिएन। जिन्दगीमा कहिल्यै अस्पताल भर्ना हुनु नपरेकोले हरेक कुराहरुको नयाँ अनुभूति हुँदै थियो।

अलि ठूलै रोग लागेपछि मुख्य कुरा अनिश्चितता हुँदो रहेछ, उपचार केकस्तो हुने, कहिलेसम्म गर्नुपर्ने, भविष्यमा के हुन्छ आदि कुराहरु बुझ्न चाहेर पनि पूर्ण रुपमा सम्भव नहुने रहेछ। रोग, उपचार अनि यसका भित्री कुराहरु बुझ्न नै हामीलाई धेरै समय लाग्यो। लामो समयको उपचार जरुरत हुने भएकोले बुझेर मात्र पनि खासै उपलब्धी केही नहुने रहेछ, मुख्य कुरा उपचार योजना अनुसार जान्छ कि जाँदैन भन्ने हुने रहेछ, उपचार योजना अनुरुप जानको लागि अदृश्य रुपमा शरीरको अवस्था, उपचारले निम्त्याएका प्रतिक्रियाहरु आदि कुराहरुले मुख्य भूमिका निभाउने रहेछन्। यी बाहेक पारिवारीक, आर्थिक कुराहरु त छँदैछन् तर बेलैमा अष्ट्रेलियाको स्थायी बसोबासको बन्दोबस्त मिलाएको हुनाले हाम्रो चाहिँ मुख्य उपचार कै लागि अर्थको जोहो गर्नुपर्ने अवस्था रहेन, जुन कुराले पनि भाग्यमानी नै मान्नुपर्छ।

जनवरी २०१५ को अन्त्यमा रोग पत्ता लागिसकेपछि डाक्टरहरुसँग सल्लाह गर्दा उपचार समय त्यस्तै ६ महिनाको हाराहारी लाग्ने कुरा थियो, अहिले वास्तविकतामा ८ महिना पुग्न लाग्यो तर उपचार अझै कति लम्बिन्छ न हामीलाई थाहा छ, न डाक्टरले नै यति समय लाग्छ भन्न सक्ने स्थिति छ। किमोथेरापी भनेको सामान्य भाषामा शरीरमा विष हालेर क्यान्सरको सेलहरु मार्ने काम रहेछ, शरीरमा कडा खालको विष हालेपछि यसले निम्त्याउने प्रतिक्रियाहरु पनि कडा नै हुने रहेछन्। हरेक किमोथेरापी पछि शरीर सामान्य अवस्थामा नफर्किने बेलासम्म पर्खिनु पर्ने रहेछ, यो समयमा शरीरमा रगतका कोषहरुको सन्तुलन मिल्न नसक्दा कहिले निमोनिया त कहिले के के भएर उपचार प्रक्रिया लम्बिएको लम्बियै छ।

५ वटा किमोथेरापी लिइसकेपछिको जून महिनाको मध्यतिरको स्क्यानमा डाक्टरले मेरो शरीरबाट क्यान्सरका सम्पूर्ण सेलहरु नाश भइसकेको घोषणा गरेका थिए, यसैलाई आधार मानेर उपचारले राम्रो काम गरेको र अन्तिम उपचार स्वरुप सेप्टेम्बर महिनाको पहिलो हप्ता बोन म्यारो प्रत्यारोपण गर्ने भनेर डाक्टरले योजना बनाएका थिए। बोन म्यारो प्रत्यारोपणको प्रक्रियामा जानुभन्दा अगाडि शरीर अलि तन्दुरुस्त हुनुपर्ने रहेछ र यसैको लागि घरमै राम्रो सँग खाने र आराम गर्ने योजना अनुरुप घरमा आराम गरिरहेको थिएँ। तर योजना अनुसार सबै कहाँ हुने रहेछ र अगस्ट महिनाको मध्यतिर शरीरमा त्यति सन्चो नभएको महशुस भयो र जाँच गराउँदा उपचार नयाँ मोडमा जाने कुरा थाहा भयो, करीब डेढ महिना आरामको लागि दिइएको समयमा नै क्यान्सरका सेलहरु फेरी शरीरमा बल्झिसकेछन्। अन्तिम उपचारको लागि मनस्थिति बनाइरहेको अवस्थामा यो खबर पक्कै पनि शुभ खबर थिएन म र परिवारको लागि तर के गर्ने जे परे पनि सहनु र व्यहोर्नु बाहेक अर्को विकल्प नै के थियो र? रोग बल्झिए सँगै मेरो क्यान्सरको उपचार पनि मोटामोटी रुपमा ८ महिना पहिलेको स्थितिमा फर्किएको छ, अब फेरी नयाँ किमोथेरापीले शरीरबाट क्यान्सरका सेलहरु नष्ट नगरेसम्म बोन म्यारो प्रत्यारोपणको प्रक्रियामा जान मिल्दैन भन्ने डाक्टरको कुरा छ र यसै अनुसार उपचार प्रक्रिया अगाडि बढ्दै छ।

हुन त बोन म्यारो प्रत्यारोपणको प्रक्रिया पनि कहाँ सोचे जस्तो सरल छ र, नेपालमा त यसलाई अझै पनि शरीरको अंगदानको श्रेणीमा राखिएको रहेछ। खासमा यो शरीरमा रगत उत्पादन गर्ने सेलहरुको कारखाना (बोन म्यारो)का सेलहरु प्रतिस्थापन गर्ने प्रक्रिया मात्र हो, एउटा मान्छेलाई उपयुक्त हुने सेल अर्को मान्छेमा पाउनु नै ठूलो चुनौतिको विषय हुने रहेछ, यो प्रायः आफ्ना सहोदर दाजुभाई/दिदीबहिनी अथवा आफ्नै जातवर्ण मिल्ने मानिसहरुसँग मात्र मिल्ने सम्भावना धेरै हुने रहेछ। हामी नेपालीहरुको लागि जनचेतनाको कमी तथा कुनै व्यबस्थित रेकर्ड राख्ने निकाय नभएकोले यो मामलामा धेरै नै पछि छौं, मेरो केसमा भने अस्पतालले नै मसँग मिल्दो बोन म्यारो भेट्टाइसकेको जानकारी गराएको छ। यो प्रक्रियामा गइसकेपछिको यात्रा पनि त्यति सजिलो त छैन तर पनि दीर्घकालीन रुपको उपचारलाई हेर्दा अल्पकालिन समस्याहरुलाई हेरेर साध्य नै छैन। बोन म्यारो प्रत्यारोपण गरिसकेपछि करीब ६ महिना देखि १ वर्षको समयमा सामान्य जीवनयापनको अवस्थामा फर्किन सकिने डाक्टरहरुको कुरा छ।

जस्तोसुकै रोग लागे पनि मुख्य भूमिका भनेको आफ्नो र परिवारको नै हुने रहेछ, यो जति नै गहिरिएर बुझ्न खोजे पनि आफूलाई नपरेसम्म बाहिरको मानिसले महशुस गर्न त्यति सजिलो छ जस्तो लाग्दैन। यस्तो बेलामा मनोबल उच्च राख्नुपर्ने रहेछ, आफूले नजिक ठानेका मानिसहरु टाढिदैं जानु र नजिक नठानेका मानिसहरुको साथ पाउनु सामान्य नै हुने रहेछ। अहिले मेरो स्वास्थ्य स्थिति पहिले भन्दा निकै सुध्रिएको छ, आफैं यति शब्दहरु कोर्न सक्ने अवस्थामा पुगेको छु। मेरो अनुभवमा, आफूलाई कुनै रोग छैन, म तन्दुरुस्त छु भनेर घमण्ड गर्नुको खासै औचित्य छ जस्तो लाग्दैन, रोग भनेको कुनै दिन जो कसैलाई पनि लाग्न सक्दछ। विदेशमा रहँदा विशेष गरेर विद्यार्थी अवस्थामा बाध्यतावश स्वास्थ्यको धेरै नै लापरवाही गरिएको हुन्छ, जुन कुराको आफ्नो अनुकूल मिल्ने बित्तिकै तालमेल मिलाएर लैजानु पर्दछ जस्तो लाग्दछ, स्वास्थ्य धनभन्दा धेरै महत्वपूर्ण हुने रहेछ।

रोग लागिसकेपछि कति उतारचढावहरु आए, त्यसको कुनै लेखाजोखा नै छैन र अझै यो उपचारको यात्रामा कति उतारचढावहरु आउन बाँकी नै छन्। उपचारकै क्रममा आफ्नो प्राकृतिक आवाज गुमाएँ, जुन फिर्ता आउँछ-आउँदैन कसैले भन्न सक्ने स्थिति छैन। भर्खरै मौलाउन थालेको हाम्रो पारिवारीक भविष्य अनिश्चितप्रायः नै भएको छ, छोराले भर्खर १० महिनामा टेक्दै छ, श्रीमतीले मेरो र छोराको स्याहार गर्दैमा अरु केही गर्ने समय निकाल्न सकेकी छैनन्। यो अप्ठ्यारो परिस्थितिमा सहयोगको लागि नेपाली समुदायसँग सहयोगको अपिल गरेका थिएउँ र स्वतःस्फूर्त रुपमा साथीभाई तथा अपरिचितहरुले देखाउनुभएको सद्भाव अनि सहयोगले केही समय भए पनि हाम्रो आर्थिक समस्याको पाटोलाई सुल्झाइदिनुभयो र हामी उपचारमा निरन्तर लाग्न सकेउँ। परिचितहरुले गर्नुभएको सहयोगको साथै अपरिचितहरुले नेपाली र मानवीय नाताले गर्नुभएको सहयोग प्रति म र मेरो परिवार सँधै कृतज्ञ छौं।

regmi.suman@gmail.com

20/08/2015

CANCER CAME BACK AGAIN !!!

We were so happy as doctor had confirmed that my cancer was cleared from body (remission) 8 weeks ago and we were coming closer to the final treatment - bone marrow transplant. But we came to know devastating news again this Monday that my cancer has come back in this recovery period just 2 weeks before the transplant admission.
So need to go through another type of chemotherapy from beginning (now we have gone back to the stage 7 months ago)... there are no words to explain the situation now...

I had this PICC line on my upper arm for more than 2 months, which was removed today. Doctor has given some time for me ...
06/08/2015

I had this PICC line on my upper arm for more than 2 months, which was removed today. Doctor has given some time for me to recover, so I'm resting at home since about a month and until end of this month. Then I will be hospitalized for more than a month for my final treatment, which will be bone marrow transplant.

Address

119-143 Missenden Road
Camperdown, NSW
2050

Website

Alerts

Be the first to know and let us send you an email when Suman Regmi - Cancer updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Suman Regmi - Cancer updates:

Share