GEN - Z Nepal -The Power of Change

GEN - Z Nepal -The  Power of Change Say no to suicide, we can face every situation, yes we can do it, yes we can live.

गृह मन्त्रालयले निजी क्षेत्रसँगको समन्वय बैठक गर्न निर्देशनकाठमाडौँ, कात्तिक १३ – हालै भदौ २३ र २४ गते ‘जेनेजी (Gen-Z)’ ...
30/10/2025

गृह मन्त्रालयले निजी क्षेत्रसँगको समन्वय बैठक गर्न निर्देशन

काठमाडौँ, कात्तिक १३ – हालै भदौ २३ र २४ गते ‘जेनेजी (Gen-Z)’ पुस्ताको अगुवाइमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिसँगै निजी क्षेत्रका सम्पत्तिमा समेत क्षति पुगेको भन्दै गृह मन्त्रालयले आवश्यक समन्वय गर्न जिल्लास्तरका प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट जारी पत्रमा भनिएको छ, “उक्त घटनाबाट प्रभावित क्षेत्रमा उपयुक्त शान्ति–सुरक्षा वातावरण सुनिश्चित गर्न जिल्ला सुरक्षा समितिका पदाधिकारी, उद्योग वाणिज्य संघलगायत व्यवसायीहरूको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न अनुरोध गरिन्छ।”

मन्त्रालयले जिल्लास्तरमा सार्वजनिक र निजी सम्पत्तिको सुरक्षाका लागि उद्योग वाणिज्य संघ र सुरक्षासम्बन्धी निकायबीच समन्वय गरी आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउन जोड दिएको छ।

पत्रमा मन्त्रालयका शाखा अधिकृत बिष्णु न्यौपानेको हस्ताक्षर रहेको छ।

मासिक ६ करोड खर्च हुने भूमि आयोग खारेज,सरकारले भूमि समस्या समाधान आयोग र यसको सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको ...
13/10/2025

मासिक ६ करोड खर्च हुने भूमि आयोग खारेज,
सरकारले भूमि समस्या समाधान आयोग र यसको सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ। आयोग सञ्चालनका लागि मासिक करिब ६ करोड रुपैयाँ तलबभत्तामा खर्च हुँदै आएको थियो। यो आयोग २०८१ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन गरिएको थियो।

मन्त्री पुनको सिधा कुरा प्रष्ट बिचार यस्तो छ ।
06/10/2025

मन्त्री पुनको सिधा कुरा प्रष्ट बिचार यस्तो छ ।

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

05/10/2025

गुनासो रबि को

लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव असामान्य स्तरमा पुगेको छ। आइतबार बिहानसम्म कोशी ब्यारेजमा पानीको बहाव ५ लाख...
05/10/2025

लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव असामान्य स्तरमा पुगेको छ। आइतबार बिहानसम्म कोशी ब्यारेजमा पानीको बहाव ५ लाख १० हजार ९६० क्युसेक पुगेको छ । यो हाल सम्मको उच्च हो।

जेन्जी आन्दोलनमा घाइते भएका  हरिहर सिलवाललाई मृ*त घोसणा गरिएको थियो। तर उनी उपचार पश्चात् बाचेका छ्न र भन्छन् ," २३ गतेक...
05/10/2025

जेन्जी आन्दोलनमा घाइते भएका हरिहर सिलवाललाई मृ*त घोसणा गरिएको थियो। तर उनी उपचार पश्चात् बाचेका छ्न र भन्छन् ," २३ गतेको दिन बबरमहल तर्फ जाँदै गर्दा जेन्जीले भ्रस्टाचार बिरुद्द आन्दोलन गरेको भन्ने सुनेर म पनि सचेत नागरिक भएको हिसाबले के रहेछ भनी भिडमा छिरे। त्यति नै बेला ड्याम्म आवाज आयो र अगाडिका २ जना भाइहरु ढ*ले। त्यसपछी भिडका मान्छेले बाजे तपाईलाइ नि गो*ली लाग्यो भनेपछी एसो छातीतिर छामेको तातो भयो र मेरो र*ग*त बगेको देखेर म बेहोस भएछु। त्यसपछी म लगायत अरु घाइतेलाई सङ्गै वीर अस्पताल लगेर छातीमा पाइप राखी ९ दिनसम्म आइसियुमा उपचार गरिएछ। उपचार भैरहेकै समयमा मेरो नाम चाहिँ मृ*त*क भनेर मरेका हरुको लिस्टको १५ नम्बरमा सार्बजनिक गरिएछ। मेरा आफन्त रु*दै कराउदै अस्पतालमा आइपुग्दा म मरेको नभएर उपचार गराउदै गरेको भन्ने थाहा पाएपछि डाक्टर हरुले रेकर्डमा सानोतिनो प्राबिधिक त्रुटि भएछ भन्नू भो रे। म त पैसा नि नभएको मान्छे, अलि अलि उपचारमा सरकारले सहयोग गरेता पनि कम्ता दुख पाइएन औसधि किन्ने पैसा नभएर । मेरै अगाडि गो*लीले ढ*लेका हरु चाहिँ म*रेछ्न, सार्है नराम्रो लाग्यो। म चाहिँ भाग्यले बाचेको मान्छे!"

Breaking Update : नेपाल सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।
28/09/2025

Breaking Update : नेपाल सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।

13/09/2025

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको बधाई तथा शुभकामना , आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने धारणा

13/09/2025

आन्दोलनको क्रममा घाईते भएका जेन जि युवाहरूलाई भेट्न अस्पताल पुगिन प्रधानमन्त्री सुशीला कार्की!

12/09/2025

#काँडाघारीको वीरेन्द्र चोकमा दुई दुईजना झगडा गर्दा एकजना खुकुरी प्रहारमा मृत्यु एकजना सिकिस्त छन् भन्ने खबर छ ।खुकुरी हान्ने एकजना फरार एकजनालाई आर्मीले घेराउ गरेका छन्।कर्फ्यु जारी गरिएको छ।सबैजना सावधान रहनुहोला

कुलमान घिसिङले पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार रहेको बताएका छन्। जेन-जी आन्दोलनपछि त्यसकै आधारमा बन्न लागेक...
11/09/2025

कुलमान घिसिङले पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार रहेको बताएका छन्। जेन-जी आन्दोलनपछि त्यसकै आधारमा बन्न लागेको अन्तरिम सरकारको नेतृत्व गर्न आफू इच्छुक रहेको उनले प्रष्ट पारेका हुन्।

घिसिङले नागरिकलाई सम्बोधन गर्दै भने,
“अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन म पनि तयार छु। आवश्यक छलफल गरेर सहकार्यमार्फत अघि बढ्नुपर्छ।”

यसअघि सम्भावित नेतृत्वका लागि बालेन शाह, सुशीला कार्की, हर्क साम्पाङ र सागर ढकालको नाम चर्चामा आएको थियो।

शाहले भने नेतृत्व लिन इच्छुक नरहेको र जेन-जी प्रतिनिधिसँग सम्पर्कमा आउन नचाहेको जनाइएको छ।

कार्की तयार भए पनि पूर्वप्रधानन्यायाधीश भएकाले संवैधानिक रूपमा मन्त्रिपरिषद्को नेतृत्व लिन नहुने भनिएको छ।

साम्पाङ र ढकालले आफूहरू तयार रहेको बताए पनि जेन-जी प्रतिनिधिले उनीहरूमा विश्वास देखाएका छैनन्।

यस्तो पृष्ठभूमिमा घिसिङले आफूलाई पनि अन्तरिम सरकार नेतृत्वको ‘रेस’मा सामेल गरेका छन्। अब जेन-जी प्रतिनिधि र नेपाली सेनाबीच वार्ता हुने र त्यसैबाट अन्तरिम सरकार गठन हुने जनाइएको छ।

यसैबीच, केपी ओली नेतृत्वको सरकारले दुईदिने जेन-जी आन्दोलनको अगाडि घुँडा टेकेको छ। आन्दोलन चर्किएसँगै प्रधानमन्त्री ओलीसहित प्रमुख दलका शीर्ष नेताहरू भूमिगत भएका छन्।

र अन्त्यमा नेपाली सेनाको जिम्माम नेपाल राष्ट्र  🙏
09/09/2025

र अन्त्यमा नेपाली सेनाको जिम्माम नेपाल राष्ट्र 🙏

Address

Sydney, NSW

Telephone

+498325386

Website

Alerts

Be the first to know and let us send you an email when GEN - Z Nepal -The Power of Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to GEN - Z Nepal -The Power of Change:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram