27/08/2020
नेपालमा आज थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा प्रेस ब्रिफिङ मार्फत जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । यस्तै, निको हुनेको संख्या २० हजार ७३ रहेको छ भने हालसम्म १८३ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका २७०, पर्साका ८५, बाँकेका ७५, रुपन्देहीका ७२, ललितपुरका ६६, मकवानपुरका ६३, चितवन्का ४५, भक्तपुरका ४१, धनुषाका ३९, सुनसरीका ३८, बाराका ३०, सप्तरीका २२, कपिलवस्तुका २१, मोरङका २०, नवलपरासी पश्चिमका १८, बैतडीका १७, नवलपरासी पुर्वका १७, रौतहटका १५, काभ्रेका १३, दैलेखका १२, तनहुँका ११, सुर्खेतका ९, बाग्लुङका ८, महोत्तरीका ७, सिरहाका ७, नुवाकोटका ७, सर्लाहीका ६, रामेछापका ६, कंचनपुरका ६, डोटीका ६, सिन्धुलीका ५, जाजरकोटका ५, प्युठानका ४, संखुवासभाका ४, लमजुङका ३, सिन्धुपाल्चोकका ३, गुल्मीका ३, दोलखाका २, कास्कीका २, दाङका २, बझाङका १, पर्वतका १, बर्दियाका १, खोटाङका १, गोरखाका १ र धादिङका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौं, ललितपुर, पर्सा, कपिलवस्तु, बाँके, कास्की, बारा र रुपन्देहीका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको जम्मा पीसीआर परीक्षण ः १२ हजार ६२९
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितः १ हजार १११
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुको संख्याः ५६९
आइसोलेसनमा रहेका (एक्टिभ केस)ः १५ हजार २७३
क्वारेन्टीनमा रहेकाः ९ हजार ४८८
कोभिड–१९ बाट नेपालमा भएको कुल मृत्युः १८३