Urology Clinic Nepal

Urology Clinic Nepal युरोलोजी क्लिनिक नेपालमा हार्दिक स्वागत गर्दछौ

युरोलोजी क्लिनिक नेपालमा हार्दिक स्वागत छ।१० वर्षको लामो अनुभव प्राप्त वरिष्ठ युरोलोजिस्ट डाक्टर घनश्याम सिग्देलद्वारा युरोलोजी विषयसँग सम्बन्धित समस्याहरुका बारेमा उचित परामर्श तथा उपचारको सेवा प्राप्त गर्नुहुनेछ।
मृगौला, पिसाब नली, पिसाब थैलीमा हुने पत्थरी, ट्युमर
प्रोस्टेट ग्रन्थिका समस्या ( प्रोस्टटाइटिस, प्रोस्टेट ग्रन्थि बढेको, क्यान्सर आदि)
लिङ्ग तथा अण्डकोषका समस्याहरु ( फाइमोसिस, प्याराफाइमोसिस, बाँगोटिँगो, अण्डकोष नझरेको, दुखाई, सुन्निने, भेरिकोसिल, ट्युमर आदि)
मुत्रनलिका समस्याहरु ( सँक्रमण, नलि साँघुरिएको, दुखाई आदि)
पुरुष तथा महिलाका यौन तथा प्रजनन समस्या
पिसाब सँग सम्बन्धित सम्पूर्ण समस्याहरु ( पोल्ने, दुख्ने, छिटो छिटो लाग्ने, रोक्न नसक्ने, रगत बग्ने आदि)
पिसाब चुहिने समस्या
पिसाब छिटो छिटो लाग्ने सँगै, तल्लो पेट लगायत वरिपरि दुख्ने समस्या ( पिसाब थैली दुख्ने रोग)
सम्पर्क ठेगाना
मेरिडिएन मल्टिस्पेसियालिटी पोलिक्लिनिक , अमेरिकी दूतावास अगाडि, महाराजगञ्ज 014720117 , 014720116

Welcome to Urology Clinic Nepal. We provide expert consultation and treatment for urological issues from senior urologist Dr. Ghanshyam Sigdel, who has 10 years of extensive experience in the field of urology. Services include treatment for:
Kidney, urinary tract, and bladder issues, such as stones and tumors
Prostate gland problems, including prostatitis, enlarged prostate, and cancer
Penile and testicular issues, such as phimosis, paraphimosis, curvature, undescended testicles, pain, swelling, varicocele, tumors, etc. Urinary tract problems, including infections, narrowing of the tract, and pain

Male and female sexual and reproductive health issues
Comprehensive urinary problems, such as burning sensation, pain, frequent urination, inability to control urination, blood in urine, etc. Urinary incontinence
Bladder pain syndrome, frequent urination along with lower abdominal or pelvic pain

Clinic Locations:
Meridian Multispecialty Polyclinic, in front of the American Embassy, Maharajgunj
Contact: 014720117, 014720116

स्वास्थ्य सचेतनाInterstitial Cystitis/ Bladder Pain Syndrome अन्तरस्तरीय मूत्राशय शोथ / मूत्राशय पीडा लक्षणहरू Interstit...
06/05/2025

स्वास्थ्य सचेतना
Interstitial Cystitis/ Bladder Pain Syndrome
अन्तरस्तरीय मूत्राशय शोथ / मूत्राशय पीडा लक्षणहरू

Interstitial Cystitis/ Bladder Pain Syndrome अर्थात् "अन्तरस्तरीय मूत्राशय शोथ / मूत्राशय पीडा लक्षणहरू" नामको स्वास्थ्य समस्यामा पिसाब थैलीको दुरविन परिक्षण (Cystoscopy )को क्रममा कतिपय विरामीको
पिसाब थैलीमा घाउ/ अल्सर देखिन्छ , जसलाई हनर अल्सर/लिसन (Hunner Ulcer/lesion)भनिन्छ । यसको उपचार दुरविन प्रविधिको माध्यमबाट लेजर वा बिधुतिय शक्तिको प्रयोग गरि उक्त अल्सर वा घाउलाई नष्ट गरेर गरिन्छ।
तलको भिडियो क्लिपमा पिसाब थैलीमा देखिएका माथि उल्लेखित Hunner Ulcer/ lesions लाई लेजर प्रविधिबाट नष्ट गरिदै छ।

Interstitial Cystitis/ Bladder Pain Syndrome अन्तरस्तरीय मूत्राशय शोथ / मूत्राशय पीडा लक्षणहरूसचेतना अभियान सरल भाषामा प...
04/05/2025

Interstitial Cystitis/ Bladder Pain Syndrome
अन्तरस्तरीय मूत्राशय शोथ / मूत्राशय पीडा लक्षणहरू
सचेतना अभियान

सरल भाषामा पिसाब थैली दुख्ने समस्या एक दिर्घ कालिन स्वास्थ्य समस्या हो। 'तल्लो पेट वा कम्मर दुख्ने, दिउँसो र रातिको समयमा पनि छिटो छिटो पिसाब लाग्ने, पिसाब थैलीमा पिसाब जम्मा हुँदै जाँदा दुखाइ अझ बढ्ने र पिसाब फेरेको केही समय दुखाई कम हुने' यस समस्याका प्रमुख लक्ष्य हुन्। कतिपय अवस्थामा पेट कटक्क काटेर पटक पटक दिसा लाग्ने, अनिद्रा तथा मानसिक रूपमा कमजोर भएको महशुस पनि हुन सक्छ। यो समस्या महिलाहरूमा बढि हुन्छ भनिन्छ, तर हाम्रो अनुभवमा पुरुषहरु पनि उत्तिकै मात्रामा प्रभावित भएको पाइएको छ। यस समस्याका बारेमा राम्रो जानकारी भएका र उपचार गर्न सक्ने डाक्टरहरुको सँख्या नेपालमा मात्र नभई सँसारभरि नै निक्कै कम छ। सतही रुपमा हेर्दा पिसाबको सँक्रमण (UTI) भए जस्तो लक्ष्णहरु हुने भएकाले अधिकाँश व्यक्तिहरु त्यसैको उपचार गराएर बस्नुहुन्छ र खास विशेषज्ञ सम्म पुग्न लामो समय ( केही बर्ष) लाग्छ। हालसम्म १२ कक्षामा पढ्दै गरेको विधार्थी देखि, अविवाहित - विवाहित वयस्क/ पाका महिला -पुरुष, विदेशमा रहनुहुने नेपाली, शुरुमा विदेशमा उपचार गराएर पछि यतै उपचार गराइरहनु भएका व्यक्तिहरूलाई सेवा प्रदान गरिरहेको अनुभव हामीहरू सँग छ। यदि हजुर लाई पनि माथि उल्लेखित समस्याहरु देखा परेका छन्, हरेक पटक डाक्टर साबले पिसाबको सँक्रमण भनेर उपचार गरिरहनुभएको छ वा महिला दिदी बहिनीहरु उल्लेखित समस्याहरु पााटेघरका कारण हो कि भनी बारम्बार स्त्री रोग विशेषज्ञसँग परामर्श लिई राख्नु भएको छ, तर निको भएको छैन भनि उचित परामर्श तथा उपचारका लागी हामीसँग जोडिन सक्नुहुन्छ।

तलको भिडियो क्लिप छिमेकी मुलुक भारतमा उपचार गराएको करिब ९ महिनापछि पुनः समस्या बल्झिएर हामीसँग आउनु भएका अधबैँसे पुरुषको पिसाब थैलीको दुरविन परिक्षण( Cystoscopy)को क्रममा लिइएको हो; जसमा Interstitial Cystitis/ Bladder Pain Syndrome अर्थात
"अन्तरस्तरीय मूत्राशय शोथ / मूत्राशय पीडा लक्षणहरू"
का सँकेत मध्य पिसाब थैलीमा घाउ/ अल्सर देखिन्छ। यसलाई हनर अल्सर/लिसन (Hunner Ulcer/lesion)भनिन्छ । यसको उपचार दुरविन प्रविधिको माध्यमबाट लेजर वा बिधुतिय शक्तिको प्रयोग गरि उक्त अल्सर वा घाउलाई नस्ट गरेर गरिन्छ।
हामीले करिव दुई वर्षअघि लेजर प्रविधि बाट उहाँको उपचार गरेका थियौं, आजका दिनसम्म उहाँलाई सहज भैरहेको छ।

नोट: अन्य चिकित्सकहरुको विज्ञता र क्षमता माथि प्रश्न उठाने मनशायले उल्लेखित कुनै पनि विषय वा बुँदा प्रस्तुत गरिएको होइन।

02/05/2025

Interstitial Cystitis/ Bladder Pain Syndrome अर्थात
"अन्तरस्तरीय मूत्राशय शोथ / मूत्राशय पीडा लक्षणहरू"
सरल भाषामा पिसाब थैली दुख्ने समस्या एक दिर्घ कालिन स्वास्थ्य समस्या हो। 'तल्लो पेट वा कम्मर दुख्ने, दिउँसो र रातिको समयमा पनि छिटो छिटो पिसाब लाग्ने, पिसाब थैलीमा पिसाब जम्मा हुँदै जाँदा दुखाइ अझ बढ्ने र पिसाब फेरेको केही समय दुखाई कम हुने' यस समस्याका प्रमुख लक्ष्य हुन्। कतिपय अवस्थामा पेट कटक्क काटेर पटक पटक दिसा लाग्ने, अनिद्रा तथा मानसिक रूपमा कमजोर भएको महशुस पनि हुन सक्छ। यो समस्या महिलाहरूमा बढि हुन्छ भनिन्छ, तर हाम्रो अनुभवमा पुरुषहरु पनि उत्तिकै मात्रामा प्रभावित भएको पाएको छ। यस समस्याका बारेमा राम्रो जानकारी भएका र उपचार गर्न सक्ने डाक्टरहरुको सँख्या नेपालमा मात्र नभई सँसारभरि नै निक्कै कम छ। सतही रुपमा हेर्दा पिसाबको सँक्रमण (UTI) भए जस्तो लक्ष्णहरु हुने भएकाले अधिकाँश व्यक्तिहरु त्यसैको उपचार गराएर बस्नुहुन्छ र खास विशेषज्ञ सम्म पुग्न लामो समय ( केही बर्ष) लाग्छ। हालसम्म १२ कक्षामा पढ्दै गरेको विधार्थी देखि, अविवाहित - विवाहित वयस्क/ पाका महिला -पुरुष, विदेशमा रहनुहुने नेपाली, शुरुमा विदेशमा उपचार गराएर पछि यतै उपचार गराइरहनु भएका व्यक्तिहरूलाई सेवा प्रदान गरिरहेको अनुभव हामीहरू सँग छ।
तलको भिडियो क्लिप विदेशमा कार्यरत एक युवाको पिसाब थैलीको दुरविन परिक्षणको क्रममा लिइएको हो; जसमा Interstitial Cystitis/ Bladder Pain Syndrome अर्थात
"अन्तरस्तरीय मूत्राशय शोथ / मूत्राशय पीडा लक्षणहरू"
को सँकेत देखिन्छ। यदि हजुर लाई पनि माथि उल्लेखित समस्याहरु देखा परेका छन्, हरेक पटक डाक्टर साबले पिसाबको सँक्रमण भनेर उपचार गरिरहनुभएको छ वा महिला दिदी बहिनीहरु उल्लेखित समस्याहरु पााटेघरका कारण हो कि भनी बारम्बार स्त्री रोग विशेषज्ञसँग परामर्श लिई राख्नु भएको छ, तर निको भएको छैन भनि उचित परामर्श तथा उपचारका लागी हामीसँग जोडिन सक्नुहुन्छ।
नोट: प्राविधिक कारणले भिडियोको गुणस्तर प्रति क्षमायाचना गर्दछौँ। अन्य चिकित्सकहरुको विज्ञता र क्षमता माथि प्रश्न उठाने मनशायले उल्लेखित कुनै पनि विषय वा बुँदा प्रस्तुत गरिएको होइन।

27/11/2024

युरोलोजी क्लिनिक नेपालमा हार्दिक स्वागत गर्दछौ।१० वर्षको लामो अनुभव प्राप्त वरिष्ठ युरोलोजिस्ट डाक्टर घनश्याम सिग्देलद्वारा युरोलोजी विषयसँग सम्बन्धित समस्याहरुका बारेमा उचित परामर्श तथा उपचारको सेवा प्राप्त गर्नुहुनेछ।
मृगौला, पिसाब नली, पिसाब थैलीमा हुने पत्थरी, ट्युमर
प्रोस्टेट ग्रन्थिका समस्या ( प्रोस्टटाइटिस, प्रोस्टेट ग्रन्थि बढेको, क्यान्सर आदि)
लिङ्ग तथा अण्डकोषका समस्याहरु ( फाइमोसिस, प्याराफाइमोसिस, बाँगोटिँगो, अण्डकोष नझरेको, दुखाई, सुन्निने, भेरिकोसिल, ट्युमर आदि)
मुत्रनलिका समस्याहरु ( सँक्रमण, नलि साँघुरिएको, दुखाई आदि)
पुरुष तथा महिलाका यौन तथा प्रजनन समस्या
पिसाब सँग सम्बन्धित सम्पूर्ण समस्याहरु ( पोल्ने, दुख्ने, छिटो छिटो लाग्ने, रोक्न नसक्ने, रगत बग्ने आदि)
पिसाब चुहिने समस्या
पिसाब छिटो छिटो लाग्ने सँगै, तल्लो पेट लगायत वरिपरि दुख्ने समस्या ( पिसाब थैली दुख्ने रोग)
सम्पर्क ठेगाना
मेरिडिएन मल्टिस्पेसियालिटी पोलिक्लिनिक , अमेरिकी दूतावास अगाडि, महाराजगञ्ज 014720117 , 014720116

Welcome to Urology Clinic Nepal. We provide expert consultation and treatment for urological issues from senior urologist Dr. Ghanshyam Sigdel, who has 10 years of extensive experience in the field of urology.

Services include treatment for:

Kidney, urinary tract, and bladder issues, such as stones and tumors

Prostate gland problems, including prostatitis, enlarged prostate, and cancer

Pe**le and testicular issues, such as phimosis, paraphimosis, curvature, undescended testicles, pain, swelling, varicocele, tumors, etc.

Urinary tract problems, including infections, narrowing of the tract, and pain

Male and female sexual and reproductive health issues

Comprehensive urinary problems, such as burning sensation, pain, frequent urination, inability to control urination, blood in urine, etc.

Urinary incontinence

Bladder pain syndrome, frequent urination along with lower abdominal or pelvic pain

Clinic Locations:

Meridian Multispecialty Polyclinic, in front of the American Embassy, Maharajgunj
Contact: 014720117, 014720116

11/03/2024
11/03/2024

महिला ,पुरुष तथा बालबालिका का मूत्र प्रणाली ( Urinary System) तथा पुरुष यौन तथा प्रजनन प्रणाली ( Male Sexual & Reproductive System )का समस्याका बारेमा अनुभवी विशेषज्ञ युरोलोजिस्ट डाक्टर बाट उचित परामर्श तथा उपचारका लागि युरोलोजी क्लिनिक नेपाल सँग जोडिनुहोस्। मृगौला ( Kidney), पिसाब नली( Ureter), प्रोस्टेट ग्रन्थि( Prostate Gland, पिसाब थैली( Urinary Bladder) , मूत्र वाहिनी नली( Urethra) , अन्डकोष
( Te**is), लिँग ( P***s) आदि अँगहरुसँग सम्बन्धित समस्याका शल्यक्रिया ( Operation) का लागि प्रतिक्षा सुचिमा हुनुहुन्छ भने हामी सहुलियत दरमा सामाजिक उत्तरदायित्व सहित सेवा प्रदान गर्ने छौँ।
सम्पर्कका लागि:
Email: urologynepal@gmail.com
WhatsApp/ Viber/ IMO: 9841219013
page:
https://www.facebook.com/Nepalurologist?mibextid=ZbWKwL

युरोलोजी क्लिनिक नेपालमा हार्दिक स्वागत गर्दछौ

Address

Maharajgunj
Chakrapath

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779841219013

Website

Alerts

Be the first to know and let us send you an email when Urology Clinic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Urology Clinic Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram