04/12/2025
मिति २०८२/०८/१२ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिद्यार्थी कल्याणकारी समिति अन्तर्गत रहेको डान्स एण्ड म्यूजिक क्लवले शुक्रबारका दिन गौरीटार एकेडेमिक भवनमा श्री डा दिनेश बाँस्तोलाज्यू को प्रमुख अतिथिमा, श्री सन्तोष सापकोटाज्यूको अध्यक्षता र श्री कृतिका नेपालीज्यूको संयोजन साथै श्री तिलकुमारी बजगाईंज्यू र श्री सुबाश इटनीज्यूको निर्णायक मण्डलमा Group Dance Competition र Stand up Comedy प्रतियोगिता आयोजना भएको थियो, उक्त कार्यक्रममा श्री कृतिका नेपाली, उषा चौधरी, मनिता श्रेष्ठ (प्रथम), श्री कृतिका राना, राखी पञ्जियार (द्वितीय) र श्री कृतिका राना, दीपिका गिरी (तृतीय) स्थान हासिल गर्न सफल हुनु भएको थियो ।
साथै Stand Up Comedy competition मा श्री पंकज विष्ट प्रथम स्थान हासिल गर्न सफल हुनु भएको थियो।
उक्त कार्यक्रममा सहभागि सम्पूर्ण बिद्यार्थीहरु र प्रतियोगितामा विभिन्न स्थान हासिल गर्नुहुने विद्यार्थीहरुलाई हार्दिक बधाई एवम् आगामी दिनहरुमा नि यसै गरी सहभागि हुनुहुन्छ भने भरोसाको साथमा सबैमा विद्यार्थी कल्याणकारी समिति हार्दिक कृतज्ञता प्रकट गर्दछ।