17/06/2025
🔴 सङ्घीय दरबन्दीमा अन्याय — अब चुप बस्न मिल्दैन! 🔴
प्रिय सम्पूर्ण Medical Laboratory Technology समुहका साथीहरू,
आज हामी सबै स्तब्ध छौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट प्रकाशित सङ्घीय दरबन्दी सूचीले हाम्रो पहिचान, योगदान र अस्तित्वमाथि प्रश्न उठाएको छ। मौजुदा दरबन्दी नै काटिएको देखिन्छ, भने थप दरबन्दीको त कुरै छैन! 😞
हामीले महामारीका अन्धकार दिनदेखि आजसम्म फ्रन्टलाइनमा काम गर्यौं। हजारौं नागरिकको जीवन परीक्षणमार्फत बचायौं। तर आज हाम्रो श्रमको मूल्यांकन दरबन्दी कटौती गरेर गरिएको छ? 😔
🕙 भोलि बिहान 10 बजे हामी सबै स्वास्थ्य मन्त्रालय पुग्नेछौं। शान्त, तर दृढ आवाजमा बास्तविकता बुझ्नेछौं।
✊ यदि यो वास्तवमै अन्याय हो भने — हामी यसै बाट दबाबमूलक आन्दोलनको घोषणा गर्नेछौं। अब चुप लागेर बस्ने समय सकिएको छ!
👉 NMLA तपाईं सबैको आवाज हो — म निर्धक्क बोल्छु, तर तपाईंहरू पनि तयार हुनुहोस्।
अब अधिकारका लागि जुटौं! अब मौनताको साटो प्रतिवाद गरौं!
📢 सन्देश फैलाउनुहोस्! साथीलाई ट्याग गर्नुहोस् र उपस्थितिका लागि तयार रहनुहोस्।
🙏