Happy Speech & Rehabilitation Center Birtamode Jhapa

Happy Speech & Rehabilitation Center Birtamode Jhapa Services provided:
Speech Language Therapy
Occupational Therapy
Applied Behaviour Analysis (ABA) Therapy
Educational Therapy

05/01/2026

Every word matters the most ♥️




04/01/2026

Squish. Calm. Repeat 😇
Sensory break ♥️




02/01/2026

Autism (ASD) भएका वयस्क/व्यक्ति (Adults with Autism) हरूमा के कस्ता समस्याहरू देखिन सक्छ?
Autism (ASD) भएका वयस्क/व्यक्ति अनुसार फरक-फरक समस्या देखिन सक्छन्। सबैमा एउटै समस्या हुन्छ भन्ने हुँदैन। साधारण भाषामा बुझ्ने गरी मुख्य-मुख्य समस्याहरु यसरी देखिन् सक्छन् ।
१️.सामाजिक समस्या (Social Difficulties)
-अरू परिवार/समाजसँग सजिलै घुलमिल हुन गाह्रो
-आँखा जुधाएर कुरा गर्न अप्ठ्यारो/असजिलो महसुस गर्नु
-भाव,इशारा,मजाक बुझ्न कठिन हुनु
-साथी बनाउन र टिकाइराख्न समस्या हुनु
२️.सञ्चार समस्या (Communication Problems)
-आफ्नो भावना वा आवश्यकता व्यक्त गर्न गाह्रो हुनु
-धेरै बोल्ने वा एकदमै कम बोल्ने
-एउटै कुरा पटक-पटक दोहोर्‍याउने
-फोन, मिटिङ, समूहमा कुरा गर्न डर लाग्ने
३️.मानसिक स्वास्थ्य समस्या (Mental Health Issues)
-चिन्ता (Anxiety) धेरै हुने
-डिप्रेसन (Depression)
-एक्लोपनको भावना महसुस हुने
-आत्मविश्वास कम हुनु
वयस्क/व्यक्ति अवस्थामा यी समस्या अझ बढेर देखिन सक्छन्,विशेष गरी परिवार/समाजको सहयोग नपाएको खण्डमा
४️.काम र करिअरमा समस्या (Work & Career)
-इन्टरभ्यू दिन गाह्रो हुने
-अफिसको नियम,राजनीति बुझ्न कठिन हुने
-टिमवर्कमा समस्या
-काम परिवर्तन बारम्बार गर्नु पर्ने
तर धेरै Autism भएका वयस्क व्यक्तिहरू एकदमै दक्ष,इमानदार र केन्द्रित कामदार हुन्छन् यदि सही वातावरण पाएको अवस्थामा भने।
५️. दैनिक जीवन समस्या (Daily Living Skills)
-समय व्यवस्थापन गर्न गाह्रो हुने
-पैसा व्यवस्थापन समस्या
-खाना,सरसफाइ,यात्रा व्यवस्थापन
स्वतन्त्र जीवन बिताउन कठिनाइ हुने
६️.Sensory समस्या:-
-धेरैआवाज,भीड,उज्यालो मन नपर्नु
-कपडाको texture,गन्धले समस्या हुनु
-Sensory overload हुँदा रिस,थकान, shutdown बढि हुनु
७️. व्यवहार र भावनात्मक समस्या
-Routine बिग्रिँदा रिस वा तनाव बढि हुने
-Meltdown वा Shutdown
-अचानक भावनात्मक विस्फोट हुने सम्भावना
८️.विवाह र सम्बन्ध समस्या
-प्रेम,विवाह,परिवारिक सम्बन्ध बुझ्न कठिन
-भावना व्यक्त गर्न गाह्रो हुनु
-गलत बुझाइका कारण झगडा बढि हुने सम्भावना
महत्त्वपूर्ण कुरा/बुझ्नै पर्ने कुरा:-
Autism रोग होइन,यो न्युरोलोजिकल Disorder(Neurodiversity) हो।
समयमै सही सहयोग,counseling,life skills training,job coaching र परिवारको बुझाइ पाएमा Autism भएका वयस्क व्यक्तिहरू पनि सफल,आत्मनिर्भर र खुशी जीवन बाँच्न सक्छन्। समयमै बुझेर सचेत व्यक्तिको परिचय दिदै समाज परिवर्तनमा कोसेडुङ्गा बनै

’s understand early and provide support







31/12/2025

Daily ABA therapy practice focused on step-by-step learning, behavior improvement, communication development, and life skills enhancement




29/12/2025

Strengthening gross motor skills one pull at a time❤️
It’s about building coordination and confidence ✨❤️



28/12/2025

Our ABA sessions are going on ♥️
If you need help understanding your child’s behaviour or development,
our counselling sessions are now open.
Inbox us to schedule ❤️




27/12/2025

अटिज्म(Autism)र ADHDभएका बालबालिकाहरुका लागि खानपानले उनीहरुको व्यवहार,ध्यान,पाचन र समग्र विकासमा जोडिएको हुन्छ। तल दिनु राम्रो हुने र नदिनु/कम गर्नु राम्रो हुने खानाको केही सूची दिएका छौ यही अनुसार केही खानाको तालिका मिलाइदिनु भयो भने राम्रो हुन सक्छ ।
# दिमागका लागि फाइदाजनक (Brain foods):
-माछा (विशेषगरी सानो माछा खोलाको, चिसो पानीमा हुने)
-ओखर
-आलस (Flaxseed)/पिसेर दाल/दुध/खानामा मिसाएर दिने
-(Chia seeds)
यीनिहरुमा Omega-3 fatty acid हुन्छ, जसले ध्यान दिन,बोल्ने क्षमता र व्यवहारमा परिवर्तन ल्याउन मद्दत गर्दछ।
# प्रोटिनयुक्त खाना
-अण्डा(तालिका मिलाएर मात्र)
-दाल,गेडागुडी
-चना,केराउ
-लोकल कुखुराको मासु
प्रोटिनले hyperactivity कम गर्न मद्दत गर्दछ।
# पाचन प्रणालि सुधार गर्ने खाना(Gut health)
-दही (घरको)
-मोहिँ
-जाउलो,खिचडी
पेटमा सन्तुलन राम्रो भएमा दिमागले पनि राम्रोसँग काम गर्छ ।
# क्याल्सियम र आइरन भएको खानाहरु
-दूध,दही
-हरियो साग,पालुङ्गो साग
-चुकन्दर,सिमी,केराउ(हरियो)
निन्द्रा,शान्त स्वभाव र शारीरिक विकासका लागि राम्रो हुन्छ
# प्रशस्त पानी:-उमेर अनुसार पर्याप्त पानी
शरिरमा पुगेमा शरीरमा पानीको मात्रा सन्तुलन हुन्छ,चिडचिडापन कम हुन्छ।
# कम दिनु/झनै नदिनु धेरै राम्रो हुने खानेकुराहरु:-
१.चिनीको मात्रा धेरै भएको खानेकुराहरु
-चकलेट
-मिठाई
-चाउचाउ,बिस्कुट
-चिसो पेय (Coke,Fanta)
-ललिपप,लड्डु,जेरी इत्यादि
- चिनीले Hyperactivity,चिडचिडापन र कुनैपनि कृयाकलाप गर्न मन नलाग्ने/ध्यान नजाने समस्या बढाउँन सक्छ।
२.जंक फुड
-पिज्जा,बर्गर
-फ्राइ गरिएको खाना
-प्याकेटको चिप्स इत्यादि
दिमागलाई कमजोर बनाउँन सक्छ।
३.रंग र Preservative भएको खाना
-रंगीन जेली
-रेड/बुल
-फ्रुटि(frooti)
-कलर भएको मिठाई
-बोतलको जुस इत्यादि
ADHDको लक्षण झन् बढ्न/बढाउन सक्छ।
४.दूध/ग्लुटेन (केही बालबालिकामा)
गहुँ (रोटी, बिस्कुट)
-गहुँको रोटी, चपाती,चाउचाउ,पास्ता
बिस्कुट,केक
मैदा प्रयोग भएका अधिकांश परिकार
-गाईको दूध
सबै बालबालिकामा होइन,तर केही/केही Autism भएका बालबालिकामा पेट दुख्ने, दैनिक कृयाकलाप/व्यवहार बिग्रने देखिन सक्छ।
यस्तो लागेमा डाक्टर वा nutritionist सँग सल्लाह गरेर मात्र खुवाउनुपर्छ।
# खाना खुवाउने तरिका (अति महत्वपूर्ण हुन्छ)
-समय मिलाएर खुवाउने
-एकैचोटि धेरै नखुवाउने
-मोबाइल/TV बन्द गरेर खाना खुवाउने
-जबर्जस्ती खाना खानको लागि कर नगर्ने
थप उपयोगी/महत्वपूर्ण कुरा
-Balanced diet + Therapy (Speech, OT, ABA) सँगै अगाडि बढ्दा राम्रो परिणाम आउँछ ।
कुनै खाना खाँदा बालबालिकाहरुमा सामान्य व्यवहारमा समस्या आयो भने सेन्टर/सो सम्बन्धि डाक्टर लाई देखाउनुपर्छ ।

26/12/2025

Socializing through occupational Therapy ❤️
Together we learn, together we grow ✨❤️




25/12/2025

merry Christmas ❤️



23/12/2025

The little things that mean the most ♥️
Working on eye_hand coordination ♥️




21/12/2025

Small wins each day add up to big results ✨♥️
Accept and Trust the process with patience ✨♥️




Address

Birtamode, Jhapa
Jhapa District
00977

Alerts

Be the first to know and let us send you an email when Happy Speech & Rehabilitation Center Birtamode Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Happy Speech & Rehabilitation Center Birtamode Jhapa:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram