02/02/2026
माघ १७ गते (जनवरी ३१, शनिबार) सम्पन्न निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएकोमा हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
बौद्धामोड इङ्ग्लिस बोर्डिङ स्कुलको आयोजनामा तथा Helping Hands USA र दुर्गा चन्द्र मेमोरियल ट्रस्ट, काकरभिट्टाको सहयोगमा आयोजित यस शिविरमा कुल २२६ जनाले आँखा परीक्षण सेवा लिनु भएको थियो भने १६ जनामा मोतियाबिन्दु (Cataract) को समस्या देखा परेको थियो।
समुदायको आँखाको स्वास्थ्यप्रति सचेतना र सेवामा साथ दिनु हुने सबै आयोजक, सहयोगी संस्था तथा सहभागीहरू प्रति मेची नेत्रालय हार्दिक आभार व्यक्त गर्दछ।
#निःशुल्कआँखाशिविर