25/10/2025
🌸 मानवताको मर्म बुझ्ने साना हातहरूलाई नमन 🙏 🌸
आज लम्की मानवसेवा आश्रमको परिवार अत्यन्तै भावविभोर भएको छ ❤️
लम्कीचुहा नगरपालिका–१, थपालीपुरमा रहेको प्रसिद्ध पाठशालाका साना नानीबाबु र सम्माननीय शिक्षकहरूबाट देउसी–भैली कार्यक्रम २०८२ मा संकलन गरिएको रु. ५१५५/- सहयोग स्वरूप आश्रममा हस्तान्तरण गरिएको छ।
यी साना नानीबाबुहरूले भैली खेल्दै असहाय, रोगी र घरबारविहीन आत्माहरूको माया सम्झेर संकलन गरेको रकम जब आश्रममा हस्तान्तरण गरियो, त्यस क्षणले सबैको आँखा रसाए 😢💞
शिक्षा मात्र होइन, सस्कार पनि जीवनको सबभन्दा ठूलो पाठ हो भन्ने कुराको जीवन्त उदाहरण बनेको छ प्रसिद्ध पाठशाला ❤️
यस्ता नानीबाबुहरू नै भोलिका संवेदनशील, करुणामय र समाजप्रेमी नागरिक बन्नेछन् भन्नेमा हामी विश्वस्त छौं।
लम्की मानवसेवा आश्रम विगत केही वर्षदेखि असहाय वृद्ध, बालबालिका र घरबारविहीन व्यक्तिहरूको हेरचाह, पालनपोषण र पुनर्स्थापनाको कार्यमा समर्पित रहँदै आएको छ।
त्यस कार्यमा आज यी साना हातहरूले माया र प्रेरणा थपिदिएका छन् 🌼
🙏 आश्रम परिवारको तर्फबाट प्रसिद्ध पाठशालाका सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय परिवारप्रति हार्दिक धन्यवाद र शुभकामना।
👉 “जब साना हातहरूले माया बाँड्न सिक्छन्, तब संसार अझै बाँचिरहेको हुन्छ — मानवताको रूपमा।” 💖
#मानवसेवा_आश्रम #प्रसिद्ध_पाठशाला #देउसीभैली२०८२ #सहयोग_अभियान #बालमाया #सस्कार_र_शिक्षा