14/08/2022
गिजासम्बन्धी रोगको उपचार विधि!
१, अनुभवि दन्तचिकित्सक वा विषेशज्ञ चिकित्सकसँग परामर्ष गराउने साथसाथै मेसिनको सहायताद्वारा दाँतको सफा गराउने। आवश्यक परेको खण्डमा औषधिहरु तथा माउथवासको पनि प्रयोग गर्ने। रोगले ग्रस्त भएको गिजा सामान्य अवस्थामा आउनको लागि कम्तिमा पनि १ महिनाको समय लाग्दछ।
२, दाँत सफा गरिसकेपछि दाँतको झन्झनाहटको मात्रा बढ्दै जान सक्दछ, यो सामान्य हो। यसलाई कम गर्नको निम्ति मनतातो पानीमा नुन हालेर कुल्ला गर्न सकिन्छ। साथसाथै धेरै समय सम्म यो समस्या रहेमा डिसेन्सिटाइजिङ पेस्टहरु प्रयोग गर्न सकिन्छ। डिसेन्सिटाइजिङ पेस्टहरु २/३ महिना भन्दा लामो समयको लागि प्रयोग गर्नु हुँदैन। अझै ठिक नभएमा चिकित्सकसँग सल्लाह लिनुपर्दछ।
३,शरिरमा कुनै पनि किसिमको रोगहरु(मधुमेह, मुटुसम्बन्धि रोग, रगतसम्बन्धि रोग आदि) लामो समयदेखि औषधिको सेवन तथा अन्य कुनै समस्या भएमा दन्तचिकित्सकलाई जानकारी गराउनु पर्दछ। दन्तचिकित्सकको सहयोगमा अन्य चिकित्सकको सल्लाह लिएर मात्रै उपचार अगाडि बढाउनु पर्दछ।
४, गिजासम्बन्धि जटिल समस्या देखिएको छ भने शल्यक्रिया पनि गर्नु पर्ने हुनसक्छ। गिजाको साइज एकदमै बढेको, गिजा तलतिर सरेको, गिजामा पिप जम्मा भएर ठुलो सुन्निएको आदि अवस्थाहरुमा शल्यक्रिया गर्नुपर्छ। यसको लागि विशेषज्ञ चिकित्सकसँग परामर्ष गर्नुपर्दछ।