14/10/2025
Best and Most Affordable Care Home in Kathmandu Valley | Call 976-3401646 for Details
****************************************************************
समय परिवर्तनशील छ। समाज पनि परिवर्तन हुँदै गएको छ। धेरै नेपालीहरू विदेशिएका छन् भने नेपालमै रहेका व्यक्तिहरू कुनै न कुनै व्यवसाय वा काममा व्यस्त छन्। व्यस्त भएकै कारण होस् या विदेशिनु परेको बाध्यताले, घरमा आफ्ना हजुरबुबा–हजुरआमाले सोचेजस्तै हेरचाह पाईरहनुभएको छैन। डायपर घण्टौंसम्म फेर्न नसकिएको
अवस्था छ, पक्षघात (paralyzed) भएका बुबाको पछाडि घाउहरू आउन थालेका छन्, तर तपाईँ व्यस्त भएकै कारण ती घाउ निको हुन सकेका छैन र तपाईँलाई dressing को ज्ञान पनि छैन। यस्तो अवस्थामा समाजले के भन्छ भनेर आफ्ना बृद्ध आमाबुबालाई अझ पीडा दिनुभन्दा राम्रो हेरचाह हुने एजेकेयर सेन्टर (Aged Care Center) मा राख्नु नै सबैभन्दा उत्तम उपाय हुन सक्छ।
एजेकेयर सेन्टर भनेको बृद्ध आमाबुबालाई फ्याँक्ने संस्था होइन, र यो तपाईंले आफ्ना आमाबुबालाई निःशुल्क राख्ने ठाउँ पनि होइन। यहाँ त तपाईंले गर्न नसक्नुभएको हेरचाह उहाँहरूले पाउन सकून् भनेर ल्याउनुभएको स्थान हो, जहाँ तपाईंले हजारौँ रुपैयाँ तिरेर उहाँहरूको सेवा–सुसार गराउनुभएको हुन्छ। यहाँ चौबीसै घण्टा आमाबुबाको नवजात शिशुलाई जसरी माया र स्याहार गरिन्छ, जसले गर्दा उहाँहरू अझ धेरै वर्ष बाँच्ने प्रेरणा पाउनुहुन्छ।
Florence Senior Care Home मा हामी तपाईंका बृद्ध आमाबुबालाई यस्तै स्याहार गर्छौं। चौबीसै घण्टा हाम्रा केयरगिभर र नर्सहरूको निगरानीमा उहाँहरूले आफ्नो जीवनको उत्तरार्ध शान्तिपूर्वक, आफ्नै उमेर समूहका साथीहरूसँग बिताउन सक्नुहुन्छ। इन्टरनेटको राम्रो सुविधा भएकाले मन लाग्दा सजिलै हेर्न र बोल्न सकिने हुँदा दूरीको महसुस पनि हुँदैन।
Call: 976-3401646 | 9849000470
Location: Dhapasi, Tokha 4, Near Deurali Janata Pharmaceuticals Ltd, Big Mart