06/12/2022
मेरो श्रीमान् अरु केटीहरुलाई म्यासेज गरिरहन्छ, आफ्नो परिवारको कुरा सुन्छ र मलाई वास्ता गर्दैन
एकजना केटीको १५/१६ महिनाको वच्चा छ । वुढा छ तर साथी जस्तो छैन । वुढा वाहिर वस्ने हप्तामा १/२ चोटी भेट हुन्छ । घरमा नन्द, सासु, ससुरा सबैसँग वस्दा सबैले केटीलाई नराम्रो भन्ने । उहाँलाई गाह्रो भइरहेको छ । वुढा भनेर वसम भनेनी मेरो वुढी नि ठिक छ भनेर वुढाले केही कुरामा सपोर्ट नगर्ने, आत्मीयता पनि नभएको न वच्चालाई माया नगर्ने, अनि फोन राखेको वेलामा यसो हेर्यो छोयो भने वबाल झगडा गर्ने उहाँको वुढा हुनुहुँदो रैछ । उहाँ चाहि पढेर केही गरौ भने नि डराएर म केही गर्न सक्दिन जस्तो अवस्थामा हुनुहुँदो रहेछ ।
सुझाव
तपाइले यसरी अन्याय सहनु भनेको पनि एक प्रकारको अपराध नै हो । तपाइले यसरी सहेको अन्यायले तपाइको बच्चाको मानसिक स्वास्थ्यमा पनि असर पार्छ । त्यसैले आँट गर्ने भनेको तपाइ आँफैले हो । भाडमा जाए यस्तो सम्वन्ध जसको Value नै छैन । कसैको रक्सी खाँने, कसैको सुर्ती खाने, कसैको चुरोट खाने यस्तो लत भने जस्तै तपाइको वुढाको चाहि धेरै केटीहरुसँग गफ गर्ने लत रैछ । आफूले आफूलाई Value दिनुस् । माइतमा जानुस् । जाँचको Result आयो भन्नु भएको हो क्यारे Struggle गर्नुस् । श्रीमान् नै सबै कुरा हो म त्यही प्रति आश्रित छु भनेर नवस्नुस् । आमा त Strong हुनु पर्यो नि ।
शुभकामना ।