Harit Ayurved हरित आयुर्वेद

Harit Ayurved हरित आयुर्वेद आयुर्वेद पसल

"फर्सीको तरकारीलाई छाडेर ‘पम्पकिन सूप’ रोज्ने नेपाली मानसिकताप्रति डा. अरुणा उप्रेतीको चिन्ता "काठमाडौं। स्वास्थ्यकर्मी ...
14/07/2025

"फर्सीको तरकारीलाई छाडेर ‘पम्पकिन सूप’ रोज्ने नेपाली मानसिकताप्रति डा. अरुणा उप्रेतीको चिन्ता "

काठमाडौं। स्वास्थ्यकर्मी तथा अभियन्ता डा. अरुणा उप्रेतीले नेपाली समाजमा आफ्नो मौलिक र रैथाने खानेकुरालाई बेवास्ता गर्दै अंग्रेजी नाम भएका विदेशी परिकारप्रति बढ्दो मोहले स्वास्थ्य र संस्कृति दुवैमा नकारात्मक असर पारिरहेको बताएकी छन्। उनले ‘फर्सीको तरकारी’ भन्दा ‘पम्पकिन सूप’ लाई विशेष मान्ने प्रवृत्ति हाम्रो खानपानमाथिको औपनिवेशिक मानसिकताको उपज भएको टिप्पणी गरेकी छन्।

डा. उप्रेतीले आफ्नो लेखमा नेपालीहरूले घरको घ्यूलाई बेवास्ता गरी ‘क्लारिफाइड बटर’, भुटेको भातलाई ‘फ्राइड राइस’ र लट्टेको सागलाई ‘अमरान्थ’ भन्दै महँगो मूल्य तिरेर खानुलाई विडम्बना भनेकी छन्। उनका अनुसार, घरमा पाहुना आउँदा दाल, भात, तरकारी खुवाउन लाज मान्ने तर बाहिरबाट पिज्जा र केक मगाउने चलन बढेको छ।

यो प्रवृत्तिले बालबालिकामा कुपोषण बढाएकोतर्फ ध्यानाकर्षण गराउँदै उनले गहुँ, फापर, सिमी, बोडी जस्ता सस्तो र पोषक तत्त्वले भरिपूर्ण स्थानीय उत्पादनलाई छाडेर बजारका आकर्षक प्याकेटका खानेकुरा रोज्दा स्वास्थ्यमाथि खेलवाड भइरहेको बताएकी छन्। भिटामिनका लागि चक्की किन्ने तर घरआँगनकै अमला, कागती र अम्बा जस्ता फलफूल नखाने बानीको पनि उनले आलोचना गरेकी छन्।

‘नजिकको तीर्थ हेला’ भनेझैं जताततै पाइने कर्कलो, पिंडालु, इस्कुस, कुभिन्डो जस्ता तरकारीलाई वास्ता नगर्ने तर भोलि विदेशीले यिनैको महिमा गाएपछि पछि लाग्ने प्रवृत्ति मौलाएको उनको भनाइ छ। यस्ता खानेकुराले स्वाद मात्र नभई रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने उनले बताइन्।

डा. उप्रेतीले मौलिक भोजन र रैथाने ज्ञानलाई सम्मान नगरेसम्म स्वास्थ्य क्षेत्रमा दिगो विकास असम्भव रहेको बताएकी छन्। उनले विदेशीको नक्कल छाडेर आफ्नै भान्सामा उपलब्ध पोषिलो खानालाई प्राथमिकता दिन आग्रह गरेकी छन्, ताकि अनावश्यक स्वास्थ्य खर्च र रोगबाट बच्न सकियोस्।

कृपया सक्दो सेयर गरिदिनुहोला....
12/07/2025

कृपया सक्दो सेयर गरिदिनुहोला....

२ बर्ष अघिको कुरा हो , हरेक चोकै पिछे, टोलै पिछे यस्तै हुन्थ्यो काठमाडौ , हामी कति कष्ठमा बाचेका थियौ होला, कति रोगी भयौ...
27/05/2025

२ बर्ष अघिको कुरा हो , हरेक चोकै पिछे, टोलै पिछे यस्तै हुन्थ्यो काठमाडौ , हामी कति कष्ठमा बाचेका थियौ होला, कति रोगी भयौ होला! , बिदेशीले के संदेश लैजान्थे होला!
सम्झिनुस त ती चोक नजिक र खोला छेउ पुग्दा आउने अमिलो गन्ध, र फोहोरमा पनि भएको राजनीति , ... कठै, कस्तो थियो हाम्रो दैनिकी!!!
धन्यवाद बालेन ,
तिम्लाइ सम्झी सम्झी धन्यवाद दिनेगर्छु म।
महानगर को शिक्षा , स्वस्थ्य , सौन्दर्य , सकृयता पारदर्शिता , चुस्त दुरुस्त प्रबिधि , कला सस्कृतिलाइ दिएको महत्त्व , जस्ता थुप्रै क्षेत्रमा छन तिमी आएपछि भएका आमुल परिवर्तनहरु,
तर हामिले प्रत्येक्ष अनुभुत गर्ने र सबैभन्दा मन छोएको परिवर्तन चाहिँ यो हो।
keep it up B***n and Team KMP

26/04/2025

जनचेतनामूलक :
सेवाग्राहीलाई अनुरोध तथा जानकारी:

अस्पताल बिरामी भएर जाँदा मुख्यत: OPD मा जांच गराउन जाँदा, हामीहरु होटेलमा नास्ता खान गए जसरी जाने ,आंफुलाई जे गर्न मन छ गर्ने अनि फर्किने हाम्रो बानी त्यति उपलब्धिमुलक हुँदैन ।
तसर्थ अस्पतालमा स्वास्थ्य अवस्था जाँच गर्न जाँदा निम्न कुराहरुलाई मध्यनजर गरेर जाँदा उत्तम हुन्छ:

१. अस्पताल जाँदा आफ्ना पुराना स्वास्थ्य सम्बन्धी कागजात छन भने लिएर जाने साथै नियमित खाने तथा हाल सेवन गरिरहेका औषधिसमेत लिएर जाने बानी बसाल्नु पर्छ। यसले गर्दा बिरामीको पुरानो स्वास्थ्य अवस्था र हालको स्वास्थ्य अवस्था बिच दाँज्न सजिलो हुन्छ। औषधिसमेत लगेको अवस्थामा आंफुले खाईरहेको औषधि सहि छ या खाने तरीका सहि भैराखेको छ छैन भन्ने थाहा हुन्छ।

२. अस्पताल नितान्त आफ्नो समस्या तथा सहि सरसल्लाह लिने हेतुले जानुहोस न कि मेरो यो जाँच गर्ने मन लागेर आएको , मेरो Video X Ray गर्दिनुस, X - ray गर्दिनुस, मेरो यो रगत जाँच गर्दिनुस भनेर भन्दा आंफुलाई आवश्यक पर्ने जाँच भने छुटिरहेको हुन्छ। त्यसले आंफैलाई सम्म्स्या निम्त्याउने हो। त्यसैले यो गर्दिनुस भन्नू भन्दापनी मेरो समस्या यो छ भनेर सुनाउनुहोस अनि सल्लाह सुन्नुहोस पनि।

३. “Whole Body Checkup” भन्ने भ्रम बाट टाढा रहनुहोस। समस्या अनुसार आवश्यक पर्न्ने जाँच गर्नु आवश्यक हो। Whole Body Checkup एक अर्थमा असान्दर्भिक र असम्भव जाँच हो। समस्या नभएतापनी गरिने जाँच हरु विशेषगरी ३५ बर्ष उमेरसमुह काटिसकेपछी र कतिपय अवस्थामा वङ्साणुगत रोगहरुलाई अलिक पहिले नै screening गर्नु पर्न्ने हुन्छ। त्यस्तो जाँचलाई Routine Checkup भनिन्छ र आवश्यक रोगहरुको screening भने गर्नुपर्न्ने हुन्छ।

४. अस्पताल OPD चेक अप गर्न जानेहरु अलिक समयमै पुग्नु जस्ले गर्दा आवश्यक जाँच तथा report हरु पनि समय दिएर मुल्यांकन गर्न्न सकियोस र हतार हतारमा कुनै निर्णय नहोस।

५. सकेसम्म अस्पताल जाँदा एक जना साथी लिएर जानुहोस। अझ विशेषगरी वृद्ध आमाबुबा लाई एक्लै अस्पताल नपठाउनुहोस। वहाँहरुमा कान नसुन्ने, राम्रो सङ्ग देख्न नसक्ने, अस्पतालमा अलमलिने समस्याले वहाँहरुलाई एक सारथि आवश्यक हुन्छ। साथै वहाँ हरुको समस्या बुझ्न तथा बुझाउन मात्र नभै उपचारका सरसल्लाहको लागि पनि पारिवारिक सदस्यको महत्वपूर्ण भुमिका हुन्छ।

६. चिकित्सक लाई अत्याउने तथा हतोत्साहित बनाउने काम नगर्नुहोस। यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिरामीलाई नै असर पर्ने हुन्छ। चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अस्पतालका एक कर्मचारी मात्रै हुन। सबैथोक उनिहरुको हातमा हुँदैन भन्ने बुझ्नुहोस। उनिहरुले तपाईजस्तै सयौंलाई आफ्नै मानेर उपचार गर्नु पर्ने हुन्छ। मुख्य कुरा: चिकित्सक भगवान हैनन, केवल आफ्नो ज्ञान प्रयोग गरेर तपाईंहरुलाई सहयोग गर्ने कोशिश मात्रै गर्ने हुन, ज्यानको जिम्मा लिने होइनन।

७. “यस्सो देखाएर गैहाल्ने हो !” भन्ने मानसिकताबाट टाढा रहनुहोस। सानो समस्या भएतापनी त्यसलाई चिकित्सकले राम्ररी नियाल्नु पर्छ। त्यसलाई नजरअन्दाज नगर्नुहोस।

८. “सुखमा नमात्तिने दुखमा नआत्तिने !” गाह्रो भएर आएको बेला सेकेन्ड भित्रै हतारहतारमा उपचार चाहिने, नभए अत्याउने गाली गलौज गर्ने , अनि अलिकती ठिक भएको महसुस हुनासाथ घरै जान हतार हुने। कुनै पनि उपचारको पद्धति हुन्छ, त्यसलाई आत्मसात गर्न कोशिस गर्नुहोस। “धान रोप्ने बित्तिकै फल्दैन”, समय लिन्छ। यसैगरी औषधिलाई पनि काम गर्न अलिकती समय लाग्छ कुनैलाई छिटै, कुनैलाई अलिक बढी। यो कुरामा ज्ञात रहनुहोस।

९. आंफू पनि अनुशासनमा रहनुहोस र अरुलाई पनि अनुशासित रहन प्रेरित गर्नुहोस।
धन्यवाद !!
तस्बिरमा: गर्भ बसेको २० बर्से महिलाले डाक्टरसंग भिडियो एक्स-रे (USG) पनि नगरी आफै औसधि खाएर नलिको गर्भ फुटेपछि अप्रेसन गरि निकालिएको नलि!
असुरक्षित गर्भपतन नगरौं 😮


©Dr prashant Shrestha

मस्तिष्क बचाऔ।
26/02/2025

मस्तिष्क बचाऔ।

☯️  #प्रत्यक_दिन_एक_अमला_खादा_के_हुन्छ ❓🍄इम्यून शक्ती बढाउछ ।🍄कलेजो लाई स्वस्थ राख्छ ।🍄पाचन शक्ती बढाउछ ।🍄कपाल झर्न रोक्...
30/01/2025

☯️ #प्रत्यक_दिन_एक_अमला_खादा_के_हुन्छ ❓

🍄इम्यून शक्ती बढाउछ ।

🍄कलेजो लाई स्वस्थ राख्छ ।

🍄पाचन शक्ती बढाउछ ।

🍄कपाल झर्न रोक्छ।

🍄मुटु लाई स्वस्थ राख्छ।

🍄आँखाको शक्ती बढाउछ ।

🌿CANCER को जोखिम कम गर्छ।
🌼जनचेतनाको लागि भएकाले सक्दो share गरिदिनुहुन अनुरोध छ।🌼

कस्तो अबस्थामा के खाने????
19/01/2025

कस्तो अबस्थामा के खाने????

FREE delivery :=***-----जिउ दुखेको,हाडजोर्नीको दुखाई,नसा च्यापिएको दुखाई,हड्डी खिइएको दुखाई,बाथ र नसा सम्बन्धी समस्या बा...
20/11/2024

FREE delivery :=
***-----
जिउ दुखेको,हाडजोर्नीको दुखाई,नसा च्यापिएको दुखाई,हड्डी खिइएको दुखाई,बाथ र नसा सम्बन्धी समस्या बाट तुरुन्त छुट्कारा पाउन, आजै पलपल जाइफल मालिस तेल प्रयोग गर्नुहोस् ।
लगाउने बित्तिकै तुरुन्तै आराम हुन्छ ।👍
Palpal Jaiphal oil.
1000 maa 2 वटा # Text plz

16/11/2024

१ मिनेट यता ध्यान दिएर सुन्नुस ....

टनसिल:-*********घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बिचमा एक ग्रन्थी हुन्छ । जसबाट पाचक र रोग निरोधक रस निस्किन्...
16/11/2024

टनसिल:-
*********
घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बिचमा एक ग्रन्थी हुन्छ । जसबाट पाचक र रोग निरोधक रस निस्किन्छ, यसलाई टन्सिल भन्ने गरिन्छ ।

म्यारिल्याण्ड विश्वविद्यालयका अनुसार टन्सिलबाट लिम्फोसाइट मानोसाइट कोषको निर्माण हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतामा विषेश भूमिका खेलेको हुन्छ । यी कोषका कारण हाम्रो शरीरमा हुन सक्ने संक्रमणबाट जोगाउँछ ।

घाँटी दुख्ने, कान दुख्ने, खाना निल्न असजिलने हुने, घाँटीको माथिल्लो भागमा स–सना घाउ आउने र यस्ताखाले विभिन्न संक्रमण भएर घाँटी सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ । जसले गर्दा टन्सिल वरिपरी पिप जम्मा भएर वाथ ज्वरो आउने लगायत विभिन्न समस्या हुन सक्ने डाक्टर बताउँछन् ।

ग्रन्थीले राम्रोसँग काम गर्न नसक्दा बालबालिकामा शारीरिक र मानसिक समस्या देखिन्छ । यस्तै वयस्क उमेरमा पनि ग्रन्थीको असन्तुलित अवस्थाका कारण रक्तअल्पता, शारीरिक दुर्वलता, स्मरणशक्तिमा ह्रास आउने गर्छ ।

प्राय यो समस्या खानपानमा ख्याल नदिँदा देखिन्छ । धरै चिसो र धेरै तातो, अत्याधिक मात्रामा गुलियो र अमिलो पर्दाथ सेवनका कारण पनि टन्सिलाइटिस हुने डाक्टर बताउँछन् ।

टन्सिल बिग्रिएमा कारण शरीरमा आयोडिनको कमी भएर गलगाँड जस्ता समस्या देखिने गर्छ । टन्सिललाई वेवास्ता गरियो भने यसले जटिलता निम्त्याउँछ । त्यसलै टन्सिलको शंका हुने बित्तिकै विषेशज्ञलाई देखाउनु पर्छ ।

टन्सिलाइटिसको घरेलु उपचार

टन्सिलाइटिसका बिरामीले अमिलो, पिरो, गुलियो, माछा, मासु खानु हुँदैन
मनतातो पानी पिउने, नुनपानीले गरारा गर्ने ,कुल्ला गर्ने
गाँजरको जुस पिउने गर्नुपर्छ
नुन मिसाइएको चियाको सेवनले टन्सिलमा राहात मिल्छ ।
एक चम्चा बेसार तातो दुधमा राखेर पिउनुपर्छ ।
कागती र महको मिश्रण तातो पानीमा मिसाएर सेवन गर्नुपर्छ ।
हर्बल चिया पनि टन्सिलको उपचारको राम्रो उपाय हो ।

15/11/2024

📵बच्चाले बिगारेको मोबाइल बन्छ तर मोबाइलले बिगारेको बच्चा बन्दैन। 📵
*************---***--
बच्चामा मोबाइलको लत कसरी बस्छ!!!!

📵बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन्। अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन् र लत बस्छ।

📵मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युझँने समस्या देखिन सक्छ।

📵आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा खुवाउनु हुँदैन।

📵मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्। त्यसका कारण पोषणसम्बन्धी समस्या, पाचन प्रणालीमा समस्या हुन सक्छ।

📵खाना खुवाउँदा अभिभावकले बच्चासँग कुराकानी गरेर, डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनुपर्छ।

📵मोबाइलको लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जान सक्छ। उनीहरू रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्छन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छ।

📵सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रीनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।

📵मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा यसले बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्‍याउँछ।
*****************----------------------

📵मोबाइलको लत कम गर्ने के गर्ने?📵

बालबालिकामा हुने मोबाइलको लत कम गर्न सबैभन्दा प्रमुख भूमिका अभिभावकको हुने विज्ञहरू बताउँछन्।

📵सबैभन्दा पहिले अभिभावक आफैँले दिनको अधिकतम दुई घण्टाभन्दा बढी मोबाइल चलाउनु भएन र बालबालिकालाई पनि दिनु भएन।”
📵त्यस्तै घरमा कुनै स्थानलाई ‘स्क्रीन-फ्री जोन’ बनाउने
📵अतिरिक्त क्रियाकलापमा बालबालिकालाइ सहभागी गराउने,आफ्न्तको मा लैजाने घुलमिल गराउने, घुम्न लैजाने, रमाइलो वातावरण बनाइ खान पकाउन, बनाउन सिकाउने, सामाजिक कार्यमा जादा लैजाने आदि गर्न सकिन्छ।
धन्यवाद

health tipsBananaPineappleMango YogurtAlmond milk
15/11/2024

health tips
Banana
Pineapple
Mango Yogurt
Almond milk

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Harit Ayurved हरित आयुर्वेद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram