17/04/2017
नेपालगंज उपमहानगरपालिका मेयर पदका उम्मेदवार संग जम्काभेट !
डा. सुरेस कुमार कानोडिया एम एस सर्जन,भेरी अन्चल अस्पतालका पुर्व चिकित्सक, नेपालगंज मेडिकल कलेजका प्रवन्ध सन्चालक, नीजि छेत्रमा सफल तथा प्रेरक व्यक्ति, स्वास्थ्य छेत्र खासगरी मध्य तथा सुदुर पश्चिममा सुलभ तथा बिशेषग्य सेवा जुटाउन अथक रुपमा क्रियाशिल, अपांगता पुनर्स्थापना सेवा र निशुल्क मेडिकल क्याम्प सन्चालनमा नेपालमै उत्कृष्ट सेवा दिन सफल योजनाकार, प्राइभेट मेडिकल कलेज एसोसिएसनका संस्थापक नेता, पश्चिम नेपालमै हजार बढी डाक्टर तथा कर्मचारीलाइ रोजगारी दिन सफल उद्धमी, देसकै दुर्गम छेत्रमा ठुलो अस्पताल सन्चालन र योग्य जनशक्ति परिचालन गरेको दोहोरो दसकको अनुभव, राजनीतिमा सर्वाधिक जेठो दल नेपाली कांग्रेसमा आबद्ध रहेका योग्य र सफल व्यक्ति मेयरको उम्मेदवार बनेको खबरले नेपालगंजको माहोल निकै चर्चित बनेको छ ।
आज एका बिहानै उहांसंग जम्काभेट भयो, शुभकामना साटियो, हुन त मेरो पेसाले उहां मेरो बोश पनि, बिचार फरक हुन सक्छ तैपनि मैले पट्ट सोधिहाले, के छ सर ताजा अपडेट भनेर, उहाले मेयरमा उठने लगभग तय भयो भन्नु भो, मैले तत्कालै लौ बधाइ सर पनि भने !
अनि केही खुल्दुली पनि भयो, बिचार र रणनीति बुझ्न खोजें, उहांको मिठो कथन थियो,
"जित पछि पनि काम गर्ने मिलेरै हो, जनआन्दोलन २ र गणतान्त्रिक बिचारको पच्छधर संग सहकार्य गर्ने सोच छ, सबैको सहयोगको अपेच्छा छ"
चुनाव हो भोट स्वइच्छाले नै दिने हो तर उहाको यो कथन चाही अरु दलका नेताको भन्दा निकै भिन्न र सकारात्मक लाग्यो, मन पनि पर्यो, ल अग्रिम बधाइ र शुभकामना, रणनीति निकै उत्कृष्ट छ भन्दै बिदा मागे !