GeT HealthieR

GeT HealthieR यस पेजमा खानपान, रोग , रोगको उपचार, स्वस्थ जिबवन शैलीको बरेमा जानकारी गराइन्छ।

09/12/2025

Please like, comment and share my post to get new information about health

The national food of Nepal

Dal Bhat Tarkari: The national dish, comprising lentil soup (dal), steamed rice (bhat), and vegetable curry (tarkari), often with meat.

Dhido: A porridge-like dough made from millet, buckwheat, or barley, served with curries like potato or leafy greens (saag).

Gundruk: Fermented leafy green vegetable, often served as a soup (jhol) or pickle, rich in nutrients.

बिहानको खाजा किन आवश्यक छ ?बिहानको खाजा, जसलाई अंग्रेजीमा 'ब्रेकफास्ट' भनिन्छ, यसको अर्थ नै हो,  'रातको लामो उपवास तोड्न...
09/12/2025

बिहानको खाजा किन आवश्यक छ ?

बिहानको खाजा, जसलाई अंग्रेजीमा 'ब्रेकफास्ट' भनिन्छ, यसको अर्थ नै हो, 'रातको लामो उपवास तोड्नु।' जब हामी रातभर सुत्छौँ, शरीरले ७–८ घण्टा कुनै पनि पोषण वा ऊर्जा पाउँदैन। बिहान उठ्दा शरीरलाई पुनः ऊर्जा, ग्लुकोज र पोषक तत्त्वको आवश्यकता हुन्छ। त्यसैले बिहानको खाजा हाम्रो स्वास्थ्य, ध्यान, कार्यक्षमता र मानसिक सन्तुलनका लागि अत्यन्तै जरुरी हुन्छ।

१. ऊर्जा प्राप्तिको प्रमुख स्रोत
बिहानको खाजाबाट शरीरले दैनिक गतिविधि गर्न आवश्यक ऊर्जा पाउँछ। रातभर हाम्रो शरीरले मर्मत र पुनःनिर्माणको काम गर्छ, जसका लागि ग्लुकोज प्रयोग हुन्छ। बिहान उठेपछि शरीरको ग्लुकोज स्तर घटिसकेको हुन्छ, त्यसलाई पुनः सन्तुलनमा ल्याउन खाजा आवश्यक हुन्छ।

यदि बिहान खाजा नखाइ काममा निस्कियो भने शरीरमा ऊर्जा अभाव हुन सक्छ, जसले थकान, सुस्तता र कार्यक्षमतामा कमी ल्याउँछ। विद्यार्थी, श्रमिक, शिक्षक वा अफिसमा काम गर्ने जो कोहीका लागि पनि पर्याप्त ऊर्जा अनिवार्य हुन्छ।

२. मस्तिष्कको कार्य सुधार

हाम्रो मस्तिष्कले शरीरको कुल ऊर्जा उपभोगको करिब २०% हिस्सा प्रयोग गर्छ। जब हामी बिहान खाजा खान्छौँ, त्यसले ग्लुकोज प्रदान गर्छ — जुन मस्तिष्कको प्रमुख इन्धन हो।

खाजा नखाई विद्यालय वा अफिस जाने व्यक्तिहरूमा ध्यान केन्द्रित गर्न कठिनाइ, निर्णय क्षमतामा कमी, झर्कोपन, तथा बिर्सने प्रवृत्ति बढ्न सक्छ। त्यसैले विद्यार्थी वा मानसिक श्रम गर्ने व्यक्तिहरूका लागि बिहानको खाजा झन् महत्वपूर्ण हुन्छ।

३. शरीरको मेटाबोलिज्म सन्तुलनमा राख्ने

बिहान खाजा खाँदा शरीरको मेटाबोलिज्म (पाचन तथा ऊर्जा उत्पादन प्रक्रिया) सक्रिय हुन्छ। जब बिहान खाजा छोडिन्छ, शरीरले त्यसलाई "उपवास" अवस्था मानेर ऊर्जा बचत मोडमा जान्छ, जसले क्यालोरी जल्ने दर घटाउँछ।

नियमित रूपमा खाजा खाने बानीले शरीरलाई नियमित समयमा पोषण दिन्छ, जसले पाचन प्रणालीलाई सन्तुलित राख्छ। यसले तौल नियन्त्रणमा पनि सहयोग गर्छ।

४. मोटोपन र मधुमेह नियन्त्रणमा सहयोगी

धेरै अनुसन्धानले देखाएको छ कि बिहान खाजा नखाने मानिसहरूमा मोटोपन र टाइप-२ मधुमेहको सम्भावना बढी हुन्छ। जब बिहान खाजा नखाइ दिउँसो वा बेलुका अत्यधिक खाने गरिन्छ, शरीरमा ग्लुकोजको मात्रा अचानक बढ्छ, जसले इन्सुलिनको असन्तुलन ल्याउँछ।

खाजा खानाले रक्तमा ग्लुकोजको स्तर स्थिर राख्छ र अनावश्यक भोक नियन्त्रण गर्छ। यसरी बिहान खाजा खाने बानीले मोटोपन घटाउन र मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ।

५. मुटु स्वास्थ्यमा लाभदायक

बिहान खाजा छोड्ने बानी मुटुसम्बन्धी रोगसँग पनि सम्बन्धित पाइन्छ। Harvard School of Public Health को अनुसन्धान अनुसार, बिहान खाजा नखाने पुरुषहरूमा हृदयघातको जोखिम २७% बढी हुन्छ।

खाजा खानाले शरीरमा कोलेस्ट्रोलको स्तर सन्तुलित राख्न र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। विशेषगरी फाइबरयुक्त खाना (जस्तै ओट्स, फलफूल, सम्पूर्ण अन्न) बिहानको खाजामा प्रयोग गर्दा मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।

६. मनोवैज्ञानिक र मानसिक सन्तुलन

भोक र मनोभावनाबीच सीधा सम्बन्ध हुन्छ। बिहान खाजा नखादा शरीरमा सुगरको स्तर घट्छ, जसले तनाव, रिस, चिन्ता र चिडचिडापन बढाउँछ।

अर्कोतर्फ, पौष्टिक खाजा खाँदा शरीरमा सेरोटोनिन र डोपामिनजस्ता "happy hormones" बढ्छन्, जसले दिनभरको मूड सन्तुलित राख्छ।

७. विद्यार्थी र बालबालिकाका लागि झन् महत्वपूर्ण

बालबालिका र किशोरहरूको शारीरिक वृद्धि तीव्र हुन्छ, त्यसैले उनीहरूलाई अधिक पोषक तत्त्व र ऊर्जा चाहिन्छ। बिहान खाजा खाएका विद्यार्थीहरूमा ध्यान केन्द्रित गर्ने क्षमता, स्मरण शक्ति र सिकाइ कौशल उच्च हुने विभिन्न अध्ययनहरूले देखाएका छन्।

स्कूल नजाने बच्चाले पनि बिहान फलफूल, दूध, अन्नजस्ता पौष्टिक वस्तुहरू सेवन गरेमा उनीहरूको मानसिक विकासमा ठुलो फाइदा हुन्छ।

८. काम गर्ने वयस्कहरूका लागि लाभ

वयस्क मानिसहरू प्रायः हतारमा बिहान घरबाट निस्किन्छन् र खाजा खान भ्याउँदैनन्। यसले उनीहरूको कार्यक्षमता घटाउँछ र दिनभर थकान महसुस हुन्छ।

नियमित खाजा खाने बानीले शरीरलाई आवश्यक पोषण, भोक नियन्त्रण र मानसिक फुर्तिलोपन प्रदान गर्छ। अफिसमा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ र कार्यमा उत्पादकता बढ्छ।

९. राम्रो खाजामा के-के समावेश गर्नुपर्छ?

बिहानको खाजामा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र फाइबर सन्तुलित रूपमा हुनुपर्छ। केही उपयुक्त विकल्पहरू यसप्रकार छन् —

अन्न वा ओट्स: उर्जा दिने मुख्य स्रोत

फलफूल: भिटामिन र एन्टिअक्सिडेन्टका लागि

दूध वा दही: प्रोटिन र क्याल्सियमका लागि

अण्डा, दाल वा सोया: मांसपेशीका लागि प्रोटिन

नट्स वा चिया/कफी (सिमित मात्रामा): मानसिक जागरुकता बढाउन

सकभर प्रसंस्कृत खाना, बढी बोसो वा चिनी भएको खाना परित्याग गर्नुपर्छ।

१०. बिहानको खाजा छोड्दा के हुन्छ?

यदि हामीले नियमित रूपमा बिहान खाजा छोड्यौं भने यसका केही नकारात्मक असरहरू देखापर्न सक्छन् —

१. ऊर्जा कमी र सुस्तता

२. ध्यान केन्द्रित गर्न कठिनाइ

३. पाचन समस्या

४. दिनभर बढी खाने बानी

५. तौल बढ्ने सम्भावना

६. मुटु र सुगरसम्बन्धी रोगको जोखिम

यसका कारण बिहानको खाजालाई हल्का रूपमा लिएर छोड्नु स्वास्थ्यका दृष्टिले गम्भीर गल्ती हो।

११. नेपाली परम्परागत खाजाको उदाहरण

नेपाली घरपरिवारमा बिहान दुधचिया, ढिडो, दलिया, चिउरा-दही, फलफूल, अण्डा, आलु-तरकारी वा पराठाजस्ता भोजन सेवन गर्ने चलन छ। यी सबैमा स्थानीय पोषण तत्व पाइन्छ।

ग्रामीण क्षेत्रमा मकैको भुटो, सत्तु वा गहुँको दलिया पनि निकै लाभदायक खाजाको रूपमा प्रयोग हुन्छ। यी घरेलु परिकारले शरीरलाई प्राकृतिक ऊर्जा र पोषण दिन्छन्।

१२. स्वास्थ्य विशेषज्ञहरूको सुझाव

स्वास्थ्य विज्ञहरूका अनुसार बिहान उठेपछि १ घण्टाभित्र खाजा खानु राम्रो हुन्छ। यस समयमा शरीरले पोषक तत्व छिटो अवशोषण गर्छ।

यदि बिहान समय कम छ भने पनि फलफूल, दूध वा ओट्सजस्ता सजिलो खाजाको विकल्प रोज्न सकिन्छ। खाजा पूर्ण रूपमा नखाई चिया मात्र पिउनु पर्याप्त हुँदैन।

बिहानको खाजा हाम्रो दैनिक जीवनको सबैभन्दा महत्वपूर्ण भोजन हो। यसले शरीरलाई ऊर्जा, मस्तिष्कलाई कार्यक्षमता र मनलाई सन्तुलन प्रदान गर्छ।

“ब्रेकफासट फर फ्युल फर योर डे” — बिहानको खाजाले नै दिनको शुरुवातलाई सही दिशा दिन्छ। त्यसैले व्यस्त जीवनशैलीबीच पनि बिहान खाजा खान नछोडौँ।

नियमित र पौष्टिक खाजाको बानीले दीर्घकालीन रूपमा स्वास्थ्य सुधार, तौल नियन्त्रण, मानसिक शान्ति र उत्पादकता सबैमा सकारात्मक प्रभाव पार्छ।

08/12/2025

eat healthy, stay healthy

पुरुषमा यौन दुर्बलता किन हुन्छ ?यौन दुर्बलता वा ‘इरेक्टाइल डिसफङ्सन’ भनेको सम्भोगको त्रममा पुरुषको लिङ्गमा उत्तेजना नहुन...
08/12/2025

पुरुषमा यौन दुर्बलता किन हुन्छ ?

यौन दुर्बलता वा ‘इरेक्टाइल डिसफङ्सन’ भनेको सम्भोगको त्रममा पुरुषको लिङ्गमा उत्तेजना नहुनु वा उत्तेजना कायम राख्न कठिन हुने अवस्था हो । यो समस्याबाट ग्रसित पुरुषमा बिस्तारै यौन इच्छामा पनि कमी आउन थाल्छ ।

यौनक्रियाका लागि उत्तेजना सहित लिङ्गमा कडापन हुनपर्छ । यो समस्या भएमा त्यो सम्भव हुँदैन वा लामो समयसम्म कडापन कायम राख्न कठिन हुन्छ । जसकारण यौनक्रिया चाहेर पनि हुन पाउँदैन ।

यौन दुर्बलताले यौन सम्भोग प्रक्रिया पूर्ण वा सफलतापूर्वक हुन दिंदैन । यसको प्रभावले यौन जीवनमा मात्र नभई भावनात्मक रुपमा प्रभाव पर्छ । तर यो समस्या हुँदैमा आत्तिनु पर्दैन । किनकि यो समस्याको उपचार छ । उपचारपछि निको हुने सम्भावना पनि बढी हुन्छ ।

यो समस्यालाई दुई भागमा विभाजन गरिन्छ- प्राइमरी इरेक्टाइल डिसफङ्सन र सेकेन्डरी इरेक्टाइल डिसफङ्सन ।

प्राइमरी इरेक्टाइल डिसफङ्सन मानिस जीवनभर इरेक्सन (उत्तेजना) बनाइराख्न कठिन हुन्छ । तर यो समस्या एकदमै दुर्लभ हुन्छ । पहिला उत्तेजना हुने र कुनै कारणवश अचानक उत्तेजना नहुने समस्यालाई सेकेन्डरीमा राखिएको छ । औषधि, शल्यक्रिया वा जीवनशैलीमा ध्यान दिए यो समस्याको समाधान गर्न सकिन्छ ।

कारण

इरेक्टाइल डिसफङ्सन हुने शारीरिक वा मनोवैज्ञानिक कारण दुवै हुनसक्छ । यौन सम्पर्क गर्दा पुरुषको मस्तिष्क, मांसपेशी, रक्तनली, हर्मोन र स्नायु सबै संलग्न हुन्छन् । यी मध्ये कुनै पनि समस्याले इरेक्टाइल डिसफङ्सनको समस्या हुनसक्छ ।

शारीरिक कारण : यो मुख्यतया रक्त प्रवाह र रक्तचापसँग सम्बन्धित रोगको कारण हुनसक्छ । मुटुरोग, उच्च कोलेस्ट्रोल, मोटोपना, निद्राको रोग, मधुमेह र रक्तचाप जस्ता शारीरिक अवस्थाले लिङ्गमा रक्त प्रवाहलाई दखल पार्छ । जसले गर्दा उत्तेजना आउँदैन ।

मनोवैज्ञानिक कारण : यौन आघात मनोवैज्ञानिक समस्याहरूको कारण पनि हुनसक्छ । तनाव, पोर्नको लत, चिन्ता, डिप्रेसन, सम्बन्धमा निकटताको कमी, यौन क्रियामा राम्रो प्रदर्शनको कमी लगायतले हुनसक्छ ।

त्यसबाहेक केही औषधिले साइड-इफेक्टको रूपमा यो समस्या देखाउँछ । जसमा एन्टिहाइपरटेन्सिभ, एन्टिडिप्रेसेन्ट, एन्टिसाइकोटिक्स र केही अन्य औषधिहरू समावेश छन् ।

अस्वस्थर जीवनशैली पनि यसको कारण हुनसक्छ । यसमा धुम्रपान, अत्यधिक मदिरा सेवन, लागूपदार्थको प्रयोग, मोटोपना र शारीरिक क्रियाकलापको कमीले पनि यौन उत्तेजनामा दखल दिने गर्छ ।

भास्कुलर इरेक्टाइल डिसफङ्सन : कसैमा जन्मजात नै एथेरोस्क्लेरोसिस (धमनीको साँघुरो हुनु) र लिङ्गमा रगतको प्रवाह कम हुने जस्ता रक्तनलीहरूमा समस्या हुनसक्छ । जसले गर्दा लिङ्गमा उत्तेजना नआउने हुनसक्छ ।

लक्षण

यो समस्याको सबैभन्दा ठूलो लक्षण भनेको यौन सम्पर्कको क्रममा पुरुषमा उत्तेजना नहुनु र योनीमा प्रवेश गर्न नसक्नु हो । यो लक्षण एकै पटक नदेखिन पनि सक्छ । जसकारण पुरुषलाई यो समस्या हो भन्ने नलाग्न सक्छ ।

सुरुवातमा उत्तेजना ल्याउन कठिन हुन्छ । यस्तोमा प्रयास गर्दा पनि चाहेको जति उत्तेजित हुन नसक्दा यौन इच्छामा कमी आउन थाल्छ । उत्तेजना कमी हुँदै बिस्तारै उत्तेजना नै नहुनेसम्म लक्षण देखिन्छ ।

यस बाहेक अन्य लक्षण, शीघ्र स्खलन वा ढिलो स्खलन, उत्तेजना कायम राख्न कठिनाइ, यौन सन्तुष्टि नपाउनु जस्ता लक्षण पनि देखिन्छ । यो समस्याले ती पुरुष चिन्तित, उदास, लाज र लज्जित लगायत लक्षण महसुस गर्न सक्छन् ।

जोखिम कारक

यसको जोखिम कारकमा अनियन्त्रित मधुमेह, गम्भीर मानसिक समस्या (डिप्रेसन र सिंजोफेर्निया), तौल, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल पर्छन् ।

यी कारकहरूलाई ध्यानमा राखेर केही सावधानी अपनाएमा इरेक्टाइल डिसफङ्सनको जोखिमलाई हटाउन सकिन्छ ।

के यो समस्या स्थायी रुपमा रहन्छ ? यो समस्या लिएर आउने अधिकांशको यही प्रश्न हुन्छ । यो समस्या स्थायी हुँदैन । जति छिटो कारण पत्ता लाग्यो त्यति छिटो यसको उपचार सम्भव हुन्छ ।

परीक्षण

शारीरिक परीक्षण : लिङ्ग र अण्डकोष सहित नसामा उत्तेजनासँग सम्बन्धित परीक्षण

रगत परीक्षण : मधुमेह, टेस्टोस्टेरोन, मुटु सम्बन्धित समस्याबारे जान्न आवश्यक परीक्षण

अल्ट्रासाउण्ड : रक्त प्रवाहसँग सम्बन्धित परीक्षण

यी सबै परीक्षणपछि रिपोर्ट सामान्य आएमा मनोवैज्ञानिक परीक्षण गरिन्छ । यसका लागि मनोपरामर्शबाट समस्या पत्ता लगाइन्छ ।

उपचार

कस्तो खालको उपचार गर्ने भन्ने निर्णय व्यक्तिको स्वास्थ्य अवस्थामा निर्भर रहन्छ । उपचारमा खाने औषधि, मनोवैज्ञानिक सल्लाह, टेस्टोस्टेरोन उपचार र पेनाइल प्रत्यारोपण हुनसक्छ ।

यो समस्यामा उत्तेजना बढाउने ‘सिल्डेनाफिल’, ‘टेडलाफिल’, ‘वार्डनफिल’ नामक औषधि दिइन्छ । यी औषधिले शरीरमा नाइट्रिक अक्साइडको प्रभावलाई बढाई धमनीलाई खुकुलो बनाउँछन् । जसकारण लिङ्गमा पनि अस्थायी रूपमा रगतको प्रवाह बढ्छ । रगतको प्रवाह हुने बित्तिकै लिङ्गमा कडापन आउँछ र यौन क्षमता अस्थायी रूपमा बढ्छ ।

चिकित्सकले सिफारिस गरेको औषधिको मात्रा कति दिने भन्ने निर्णय स्वास्थ्य अवस्थामा निर्भर रहन्छ । त्यस्तै कुनै आघात, चिन्ता, तनावको समस्याले ग्रसित भएको पाइएमा मनोपरामर्श दिइन्छ । रिर्पोटमा टेस्टोस्टेरोनको कमी पाइएमा पनि यो समस्या हुन्छ । यसको कमी पूरा गर्न टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापी गर्न सकिन्छ ।

यी सबै उपचारले नभएको खण्डमा पेनाइल प्रत्यारोपण गर्नुपर्छ । पेनाइल प्रत्यारोपणमा यौन इच्छा आउँदा उत्तेजना हुने एक किसिमको उपकरण प्रत्यारोपण गरिन्छ ।

यौन सुखका लागि ‘प्राकक्रीडा’ कति जरुरी ?भनिन्छ, दाम्पत्य सुखको एउटा कडी हो आनन्दमयक यौन जीवन पनि । सक्रिय यौनले दाम्पत्य...
08/12/2025

यौन सुखका लागि ‘प्राकक्रीडा’ कति जरुरी ?

भनिन्छ, दाम्पत्य सुखको एउटा कडी हो आनन्दमयक यौन जीवन पनि । सक्रिय यौनले दाम्पत्य सुख मात्र होइन प्रेम र विश्वास पनि प्रगाढ हुन्छ ।

यद्यपि समस्या कहाँ छ भने धेरैजसो दम्पतीले खुलेर यौनको विषयमा चर्चा गर्दैनन् । न उनीहरूले यसबाट कसरी अधिकतम सन्तुष्टि हासिल गर्न सकिन्छ भनी अभ्यास गर्छन् । जबकि यौन जीवनलाई कसरी आनन्दमयक बनाउने भनी प्राचीन कालदेखि नै विभिन्न अभ्यास र खोज हुँदै आएको छ । यस सम्बन्धमा कति ग्रन्थ नै लेखिएको छ ।

त्यस अनुरुप यौनलाई तीन चरणमा विभाजन गरिएको छ । यौनक्रिया सुरु गर्नुअघि, यौनक्रियाका क्रममा र यौनक्रिया पछि । यसमध्ये यौनक्रिया अघि गरिने प्रक्रियालाई प्राकक्रीडा भनिन्छ ।

प्राकक्रीडाले यौन क्रियाका लागि दुवैलाई मानसिक, शारीरिक रुपले तयार राख्ने मात्र नभई थप उत्कर्षमा पुर्‍याउन सहयोग गर्छ ।

के हो त प्राकक्रीडा ?

प्राकक्रीडा भनेको यौन सम्बन्ध स्थापित गर्नुअघि गरिने शारीरिक, भावनात्मक र मानसिक तयारीको प्रक्रिया पनि हो । जसमा अंगहरूको स्पर्श, चुम्बन, अंगालो, स्पर्श, प्रेमील तवरले गरिने मसाज यस्तै गतिविधिहरू पर्छन । जसले दुई व्यक्तिबीचको आत्मीयता, आकर्षण र यौन उत्तेजना बढाउँछ ।

प्राकक्रीडा कसैको लागि रोमान्टिक कुराकानी र भावनात्मक संवाद हुन सक्छ भने कसैका लागि छोटो शारीरिक स्पर्श वा प्रेमालाप पनि पर्याप्त हुन्छ ।

उदाहरणका लागि, हात समात्ने, कपाल सुम्सुम्याउने, एकअर्कालाई मायालु शब्दहरू भन्ने वा हल्का मसाज गर्ने जस्ता क्रिया पनि प्राकक्रीडाको हिस्सा हुन सक्छन् । यो प्रक्रियाले शारीरिक रूपमा यौन उत्तेजना बढाउनुका साथै मनोवैज्ञानिक रूपमा पनि दुवै पक्षलाई तयार बनाउँछ।

यसरी अंगहरूमा गरिने स्पर्श र चुम्बनले शरीरमा खुसीको हर्मोन ‘डोपामाइन’ र ‘अक्सिटोसिन’को स्राव बढाइदिन्छ । जसले रक्तसञ्चार बढाउने, आनन्द दिने र उत्तेजनाको अनुभव गराउँछ ।

यही तालमेलले महिलाकाे याेनीमार्गमा लुब्रिकेशन (चिप्लोपना) बढाएर शरीरलाई यौनसम्पर्कका लागि तयार गर्छ । उत्तेजित र विचारशून्य भई यौनक्रियामै मात्र ध्यान हुन्छ । पुरुषहरूमा पनि यो प्रक्रियाले उत्तेजनालाई लामो समयसम्म कायम राख्न र नियन्त्रण गर्न मद्दत गर्छ ।

प्राकक्रीडाले यौन आनन्द र उत्तेजनालाई उच्च बनाएर चरमसुखसम्म पुग्न मद्दत गर्छ।

प्राकक्रीडाको आवश्यकता किन ?

कतिपय भन्छन्, ‘प्राकक्रीडा किन चाहियो ?’ कतिले त यसलाई समयको बर्बादी ठान्छन् । उनीहरूका लागि मुख्य कुरा भनेको यौनसम्पर्क नै हो ।

हो, प्राकक्रीडा बिना सम्भोग गर्न सकिन्छ, तर प्राकक्रीडा भएको सम्भोग र नभएको बीचको फरक महिला पार्टनरलाई सोध्नुहोस् ।

यौन उत्तेजनाको सुरुवात मानसिक तथा शारीरिक कारण दुवैले हुनेगर्छ । एकातिर यौन उत्तेजनात्मक कुरासम्बन्धी सोचाइ तथा परिकल्पना हुन्छ भने अर्कोतिर यौनसंवेदनशील अंगहरूकै सीधा घर्षण पनि ।

प्रायःजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । कतिपय दम्पतीले यौनसम्पर्कको सुरुवात नै एकै पटक योनीमा लिङ्ग प्रवेशका साथ गर्छन् ।

यसो गर्नाले पुरुष तथा महिला यौन प्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हुँदा दुवैले एकै समयमा चरम यौनआनन्द पाउन सक्दैनन् ।

एक राम्रो प्राकक्रीडा गर्दा महिला वा पुरुषलाई राम्ररी उत्तेजित गराउन र यौनसुख राम्ररी प्राप्त गर्न मद्दत मिल्छ ।

वैज्ञानिक अध्ययनहरूले पनि प्राकक्रीडाले यौन सन्तुष्टिको स्तर बढाउने देखाएका छन् । यो केवल यौनसम्पर्कको तयारी मात्र होइन, बरु सम्पूर्ण अनुभवलाई सुखद् र यादगार बनाउने माध्यम हो।

अहिलेको विज्ञानले मात्र होइन, प्राचीन ग्रन्थ ‘कामसूत्र’ मा पनि प्राकक्रीडालाई विशेष महत्त्व दिइएको छ । वात्स्यायनले यौन सम्बन्धलाई कला र विज्ञानको रूपमा हेरेका छन्, जहाँ प्राकक्रीडाले शारीरिक र भावनात्मक सन्तुलन कायम गर्न भूमिका खेल्छ ।

उनले चुम्बन, अंगालो र स्पर्शका विभिन्न तरिकाहरूको वर्णन गरेका छन्, जसले प्रेमी–प्रेमिकाबीचको सम्बन्धलाई गहिरो र बलियो बनाउँछ ।

प्राकक्रीडा बिनाको सम्भोग

प्राकक्रीडा बिना नै यौनसम्पर्कमा प्रवेश गरियो भने दुवै पक्षलाई शारीरिक असहजता हुन सक्छ र अनुभव अपूर्ण रहन सक्छ। शरीर पूर्णरूपमा उत्तेजित नहुन सक्छ । जसले महिलामा लुब्रिकेशनमा कमी गराउँछ ।

यौनसम्पर्कका क्रममा दुखाइ पनि हुनसक्छ । महिलामा पुरुषको जति चाहाना नहुन पनि सक्छ । दुवैजना मध्ये एकजनामा मात्र यौनइच्छा कम भएमा यौनआनन्द दुवैले प्राप्त नगर्न पनि सक्छन् । सम्भोगका लागि उत्साह र जाँगरमा कमी आउन पनि सक्छ ।

प्राकक्रीडाको भावनात्मक महत्व

प्राकक्रीडाले दुई व्यक्तिबीचको विश्वास, आत्मीयता र प्रेमलाई अभिव्यक्त गर्ने अवसर दिन्छ । जब दुई व्यक्तिले एकअर्कालाई समय दिन्छन् । माया र सम्मान देखाउँछन् । तब उनीहरूको सम्बन्धमा गहिराइ आउँछ । प्राकक्रीडाबिना यौनसम्पर्क केवल शारीरिक आवश्यकताको पूर्तिमा सीमित हुनसक्छ, जसले भावनात्मक दूरी बढाउन सक्छ।

उदाहरणका लागि, लामो समयसम्मको प्रेमालाप वा एकअर्काको भावनालाई बुझ्ने प्रयासले सम्बन्धमा सुरक्षाको भावना पैदा गर्छ । विशेष गरी महिलाहरूका लागि भावनात्मक जोड र सुरक्षित महसुस गर्नु यौन सन्तुष्टिको महत्त्वपूर्ण पक्ष हो । त्यसैले, प्राकक्रीडाले सम्बन्धलाई केवल शारीरिक स्तरमा नराखी भावनात्मक रूपमा पनि बलियो बनाउँछ।

प्राकक्रीडा अन्य फाइदा

सम्भोगलाई मात्र होइन, शरीरका लागि पनि फाइदा पुग्छ

जस्तो कि,

-मुटुको धड्कन, सञ्चार र रक्तचाप बढ्छ ।

-रक्तनलीहरू फैलिएर योनाङ्गमा रक्तसञ्चार बढाएर यौनक्रिया सहज पार्छ ।

-योनिमा लुब्रिकेशन बढाएर यौनक्रियालाई सहज पार्ने र घर्षण हुँदा हुने दुखाइबाट बचाउँछ ।

पार्टनरसँग प्राकक्रीडाबारे कुरा कसरी गर्ने ?

आफ्नो पार्टनरलाई प्राकक्रीडा किन आवश्यक छ भनेर खुलेर भन्ने आँट गर्नुपर्छ । किनकी, सम्भोगमा उत्तिकै साझेदारी मात्र होइन, आनन्दको सह-अनुभूति पनि हुनु आवश्यक छ।

पार्टनरलाई सबैको उत्तेजना हुने गति एकै हुँदैन, कसैलाई बढी समय चाहिन्छ भनेर सम्झाउन सकिन्छ ।

मिर्गौला रोग लागेका के खाने के नखाने ?मिर्गौला फेल भएका बिरामीले उच्च प्रोटिनयुक्त खानेकुरा जस्तै माछामासु, दुध र दूधजन्...
08/12/2025

मिर्गौला रोग लागेका के खाने के नखाने ?

मिर्गौला फेल भएका बिरामीले उच्च प्रोटिनयुक्त खानेकुरा जस्तै माछामासु, दुध र दूधजन्य खाना, गेडागुडी, नट्स न्युन कम मात्रै खानुपर्छ । पोटासियम कम भएका तरकारी तथा फलफूलहरु खाने गर्नुपर्दछ ।

पोटासियमको मात्रा धेरै हुने तरकारीहरूमा हरियो धनियाँ, लट्टेको साग, पालुंगो साग, पिँडालु, सख्खरखण्ड, कर्कलो, सबैखालका गाढा हरियो तरकारीहरू पर्छन् ।

त्यसैगरी सजिवन, कुरिलो, सुकाएको फलफूल तथा तरकारी, खसी, राँगा, बंगुरको मासु, गोलभेडा, तामा, गुन्द्रुक, सिन्की, च्याउ आदि पर्दछन् । यी खानेकुरा मिर्गौला रोगीले एकदमै कम खानुपर्छ ।

यस्ता तरकारी पकाउँदा राम्ररी पखाल्ने, सानो टुक्रामा काट्ने, २ देखि ३ घण्टा तातोपानीमा भिजाउने, पानी फाल्ने र पकाउने वा उमालेको पानीमा तरकारी राखेर १० देखि १५ मिनेट फेरि उमाल्ने, पानी फाल्ने र पकाउने गरेमा केही हदसम्म पोटासियम नाश हुन्छ र मिर्गौलाका बिरामीलाई फाइदा गर्छ ।

तरकारी पकाउँदा बेसार, मसालाहरु एकदम कम राखेर पकाउने गर्नुपर्दछ । त्यस्तै पोटासियमको मात्रा कम भएका फलफूलहरु जस्तै-: नास्पाती, भुइँकटहर, पाकेको मेवा, स्याउ, अम्बा, खरबुजा, स्ट्रबेरी आदि खान सकिन्छ ।

तर पोटासियमको मात्रा बढी हुने आँप, अमला, आलुबखडा, आरु, केरा, जुनार, सुन्तला, अनार, एभोकाडो जस्ता फलफूलहरु भने कम मात्रामा खानु पर्दछ ।

यस्ता बिरामीले नुन दिनमा २–३ ग्राम (आधा चिया चम्चा) मात्र खाने, चिल्लो, तारेको खानेकुराहरु नखाने, धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने, कार्बोनेटेड पेय पदार्थ (बोलीचालीको भाषामा चिसो पेय पनि भनिन्छ) नखाने गर्नु पर्दछ ।

मिर्गौलाका बिरामीले प्रशोधित मासु, प्याकेटको सुप, रेडिमेड अचार, पुरानो गलेको अचार खानु हुँदैन । धेरै नुन भएका प्रशोधित खाना जस्तै-: चिप्स, तयारी चाउचाउ, चिजबल्स, पापड, क्रेकर नखानु नै उपयुक्त हुन्छ ।

काजु, किसमिस, बदाम, पेस्ता, ओखर लगायत नट्स आफैँमा स्वस्थकर र पोषिला खानेकुरा हुन तर यिनमा फस्फोरसको मात्रा बढी हुने हुँदा मिर्गौलाका बिरामीले सकेसम्म कम कम खानुपर्छ ।

पानी वा तरल पदार्थ कति खाने भन्नेमा भने बिरामीमा सून्निएको छ वा छैन, रक्तचापको अवस्था, पिसाब मापन, रगतमा सोडियमको मात्रा आदिमा भर पर्छ।

यहा बुझ्नु पर्ने कुरा के छ भने सामान्य र स्वस्थ व्याक्तिका लागि स्वस्थकर र पोषिला मानिने खानेकुरा पनि मिर्गौलाका बिरामीका लागि असर गर्ने हुन सक्दछ ।

अतः खानपानका बारेमा जानकारीका लागि नियमित डाइटिसियनको परामर्श लिनु पर्दछ ।

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्याके तपाईंको बच्चा पहिले पढाइमा राम्रो थियो तर अहिले उसको ग्रेड घट्दै...
08/12/2025

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्या

के तपाईंको बच्चा पहिले पढाइमा राम्रो थियो तर अहिले उसको ग्रेड घट्दैछ ? के उसलाई अहिले पढ्नका लागि धेरै कर गर्नुपर्छ ? के तपाईंको बच्चाले सुनेको कुरा चाँडै बुझ्छ तर पढेको बुझ्न निकै समय लाग्छ ? के बच्चा औंला किताबमा राखेर मात्र पढ्न सक्छ ? के तपाईंको बच्चा उस्तै देखिने अक्षरहरू जस्तै- बी र डी, पी र क्यू, एम र डब्लु मा गडबड गर्छ ? के तपाईंको बच्चा निकै बिस्तारै पढ्छ ?

के तपाईंको बच्चाले देखेको कुरा धेरै बेर सम्झन सक्दैन? के तपाईंको बच्चाले पढ्दा एउटा आँखा हातले छोपेर पढ्छ ? के तपाईंको बच्चा पढ्दा जिउ, टाउको, हात वा खुट्टा हल्लाइराख्छ ? यी मध्ये कुनैपनि समस्या तपाईंको बच्चालाई छ भने, दृष्टिसम्बन्धी समस्या हुनसक्छ । विस्तृत दृष्टि परीक्षण तथा उचित उपचारले यस्ता समस्याहरू समाधान गर्न सकिन्छ ।

बालबालिकामा दृष्टिसम्बन्धी समस्या

बच्चा जन्मिँदा उसको दृष्टिको सम्पूर्ण विकास भइसकेको हुँदैन। जन्मपछि दृष्टिको परिपक्व विकासका लागि आँखाको स्वास्थ्य पूर् रूपमा ठिक हुनु आवश्यक हुन्छ । यसको अर्थ बच्चामा कुनै किसिमको दृष्टिदोष वा आँखामा कुनै अवरोध नभएको हुनुपर्छ ।

सामान्य रूपमा बच्चाले दुई महिनामा आमासँग आँखा जुधाउन सक्नुपर्छ, ३-४ महिनामा आमालाई देखेर हाँस्न सक्नुपर्छ र अगाडि कुनै वस्तु हल्लाउँदा त्यसलाई ट्र्याक गर्न सक्नुपर्छ । ६ महिनामा चिनिएको अनुहारलाई टाढाबाट पनि चिन्न सक्छ भने लगभग ५ वर्षको उमेरमा उसको दृष्टि वयस्कजस्तै परिपक्व हुनेगर्छ ।

यदि दृष्टि विकासमा कुनै अवरोध पुग्छ भने सम्पूर्ण बालविकासमा ढिलाइ हुन सक्छ, जस्तै दृष्टि कमजोर वा नदेख्ने बच्चा ढिलो हिँड्ने, ढिलो बोल्ने जस्ता समस्या देखिन्छन् । त्यसैले अभिभावकले आफ्नो बच्चाको दृष्टि विकास ठिक छ वा छैन भन्नेमा ध्यान दिनु आवश्यक छ।

बच्चा स्कुल जान थालेपछि उसले कक्षाकोठामा पछाडिको बेञ्चबाट अगाडि लेखिएका अक्षरहरू पढ्नुपर्छ । यदि उसले टाढाको लेखाइ देख्न सक्दैन भने, ऊ कक्षामा अरू साथीभन्दा पछाडि पर्न सक्छ। यस्तो अवस्थामा बच्चामा दृष्टिदोष हुन सक्छ, जसलाई चस्मा लगाएर सजिलै समाधान गर्न सकिन्छ।

यदि बच्चामा चस्मा लगाएर पनि समस्या भइरहेछ भने, दृष्टि प्रणालीको अन्य कमजोरीहरू हुन सक्छन् । दृष्टि प्रणाली भन्नाले केवल आँखा होइन, आँखाबाट प्राप्त हुने सूचनालाई नसाहरू मार्फत मस्तिष्कमा पुर्‍याउने र अन्य इन्द्रीयका संकेतहरूसँग मिलाएर प्रक्रिया गर्ने सम्पूर्ण प्रणालीलाई जनाइन्छ ।

उदाहरणका लागि, बच्चाले बोर्डमा लेखिएको कुरा पढेर आफ्नो कापीमा सार्दै छ भने, त्यहाँ धेरै कार्यहरू एकैसाथ भइरहेका हुन्छन् बोर्ड हेरेर अक्षर छुट्याउने, पढ्ने, बुझ्ने, सम्झने, टाढाबाट नजिकमा ध्यान फोकस गर्ने, अनि लेख्ने । यी सबै काम छिटोछरितो हुनका लागि बच्चाको दृष्टि स्पष्ट हुनुका साथै आँखाको मूभमेन्ट ठिक हुनु आवश्यक हुन्छ ।

साथै बोर्डमा लेखिएका अक्षर छुट्याउन सक्ने, पढेको कुरा क्रमबद्ध रूपमा सम्झन सक्ने र त्यसलाई ठिकसँग लेख्न सक्ने क्षमता हुनु जरुरी हुन्छ । यदि यिनमा समस्या छ भने पढाइमा कठिनाइ आउनु स्वाभाविक हो । यद्यपि सबै पढाइसम्बन्धी समस्या दृष्टि प्रणालीमा मात्र आधारित हुँदैनन् ।

केही समस्या मानसिक र बौद्धिक क्षमतासँग पनि सम्बन्धित हुन्छन् । तर, दृष्टि प्रणालीको कमजोरीले ती समस्यालाई थप बढावा दिन सक्छ । त्यसैले आँखासम्बन्धी समस्यालाई कम गर्न सकेमा, अन्य विशेषज्ञहरूको सहयोग आवश्यक पर्ने अवस्था कम हुन्छ र नतिजा पनि राम्रो आउँछ।

दृष्टि प्रणालीका केही लक्षण

दृष्टिदोष : टाढाको वस्तु धमिलो देखिने, बोर्डको लेखाइ नचिनिने जस्ता समस्या ।

दृश्य भेदभाव : उस्तै देखिने वस्तु वा अक्षर छुट्याउन गाह्रो हुन्छ, जस्तै बी-डी, पी-क्यू मा गडबडी, मिल्दोजुल्दो वस्तु छुट्याउन नसक्ने ।

दृश्य स्मृति : देखेका कुरा सम्झन गाह्रो, अक्षर वा शब्द सम्झन नसक्ने, बारम्बार बोर्ड हेर्नुपर्ने, वाचन वा हिज्जेमा कमजोरी ।

दृश्य-स्थानिक सम्बन्ध : वस्तुहरूबीचको स्थान बुझ्न नसक्ने, अक्षर उल्टो लेख्ने, लेखाइ अव्यवस्थित, पजल बुझ्न कठिन ।

दृश्य रूप स्थिरता : रङ, साइज, कोण परिवर्तन हुँदा पनि वस्तु नचिन्ने, जस्तै-: त्रिभुज घुमाएर देखाउँदा नचिन्ने ।

दृश्य आकृति–पृष्ठभूमि : पृष्ठभूमिबाट वस्तु छुट्याउन नसक्ने, भीडमा वस्तु नचिन्ने, लेखिएको ठाउँमा ध्यान दिन कठिन।

दृश्य समापन : अपूर्ण चित्र वा शब्द नचिन्ने, अस्पष्ट अक्षर पढ्न नसक्ने, छिटो पढ्न गाह्रो ।

दृश्य अनुक्रमण : शब्द वा अक्षरको क्रम नबुझ्ने, शब्द उल्टो पढ्ने, लाइन छुटाउने वा दोहोर्‍याउने ।

दृश्य-मोटर समन्वय : देखेको कुरा शरीरको चालसँग मिलाउन नसक्ने, लेखाइ फोहोर, चित्र कोर्न कठिनाइ, बल समात्न गाह्रो ।

यस्ता समस्या सामान्य बालबालिकामा १०–१५ प्रतिशतसम्म देखिन सक्छन् भने, डिस्लेक्सिया, अटिजम, सेरेब्रल पाल्सी, स्ट्रोक वा मस्तिष्क आघात भएका बालबालिकामा ६०–८० प्रतिशतमा देखिन्छन् ।

उपचार

यदि माथि उल्लेखित समस्या छ भने, सबैभन्दा पहिला दृष्टि परीक्षण गरिनुपर्छ । विशेषगरी भिजन थेरापीमा प्रशिक्षित व्यक्तिबाट परीक्षण गरेर कुन समस्या छ भनेर पहिचान गरी, उपयुक्त अभ्यासहरू सिकाइन्छ । केही विशेष चस्माको सहयोगले पनि समस्या कम गर्न सकिन्छ । साथै, आवश्यक भएमा बाल मनोचिकित्सक, स्पिच थेरापिस्ट, मोटर थेरापिस्ट आदिको सहयोग पनि लिन सकिन्छ ।

त्यसैलेआफैंले आफ्नो बच्चाका क्रियाकलापलाई नियाल्नुपर्छ, शिक्षकहरूसँग नियमित प्रतिक्रिया लिने, उनीहरूको उत्तरपुस्तिका वा कक्षामा गराइएका अभ्यास हेर्नुपर्छ ।

समस्या देखिएमा तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्छ । यस्ता समस्या समयमै समाधान गरेमा बच्चाको पढाइ सजिलो हुन्छ र उसको भविष्यमा सकारात्मक प्रभाव पर्छ ।

08/12/2025

Method:
Slice avocado, strawberries. Arrange with blueberries, drizzle honey + lemon. Serve fresh �

08/12/2025
08/12/2025

beautiful dry fruits in every rows

मान्छेले किन यौनको बारेमा बढी सोच्छ ?एउटा रोचक भनाइ छ, ‘पुरुषहरूले हरेक सात सेकेन्डमा यौनको बारेमा सोच्छन् ।’ के यो सत्य...
08/12/2025

मान्छेले किन यौनको बारेमा बढी सोच्छ ?

एउटा रोचक भनाइ छ, ‘पुरुषहरूले हरेक सात सेकेन्डमा यौनको बारेमा सोच्छन् ।’ के यो सत्य हो ? यदि हो भने उनीहरूले घर परिवार, करियर, मनोरञ्जन, किनमेल, पढाइ आदिबारे आंशिक मात्रामा सोच्छन् ?

यस सम्बन्धमा बीबीसीमा एउटा लेख छापिएको छ । लेखमा केही विशेषज्ञ र उनीहरूको अध्ययनलाई आधार मानेर यही प्रश्नको फेरो खोज्ने यत्न गरिएको छ । र निचोडमा भनिएको छ, ‘पुरुषले दिनमा औसत १९ पटकसम्म यौनको विषयमा सोच्न सक्छन् ।’

यसैगरी साइकोलोजी टुडेमा यस्तै अर्को लेख छ । लेखमा भनिएको छ, ‘यौनको विषयमा महिलाले भन्दा बढी पुरुषले सोच्ने गर्छ भन्ने आम बुझाइ छ । तर, अध्ययनहरूमा के पाइएको छ भने यी दुई बीचको तुलनात्मक भिन्नता एकदमै कम छ । पुरुषले दिनमा औसत ८ पटक यौनको कुरा सोच्छन् भने महिलाले लगभग ६ पटक सोच्छन् ।

आखिर जे होस्, मान्छेले दिनभरमा कुनै न कुनै बेला यौनको कुरा मनमा खेलाउँछन् ।

मनोविश्लेषणका जनक भनिने सिग्मण्ड फ्रायडले भनेका छन्, ‘यौन चिन्तन एक स्वभाविक प्रक्रिया हो । यो अपरिहार्य पनि छ, किनभने यौन मान्छेको जैविक प्रकृति र सामाजिक–सांस्कृतिक प्रभावको संयोजन हो ।’

उनका अनुसार यौन शारीरिक कार्य मात्र नभई मानसिक एवं भावनात्मक प्रक्रिया पनि हो । यौन चिन्तन मान्छेको स्वभाविक अभिव्यक्ति हो, जुन अवचेतनमा गहिरो रुपमा जोडिएको हुन्छ । मान्छेको दिमागमा यौनका विषयमा कुराहरू आउनु कुनै अनौठो वा भिन्न कुरा होइन ।

जैविक दृष्टिकोणबाट यौन एक प्राकृतिक आवश्यकता हो, जसले प्रजातिको निरन्तरता सुनिश्चित गर्छ । टेस्टोस्टेरोन र इस्ट्रोजेन जस्ता हर्मोनले यौन इच्छालाई प्रेरित गर्छन्, जसले मानव मस्तिष्कमा यौन सम्बन्धी विचारहरू उत्पन्न गर्छ ।

मनोवैज्ञानिक दृष्टिकोणबाट, यौन चिन्तन अवचेतन मनको इच्छा र दमित भावनाहरूको परिणाम हो । फ्रायडको विचारमा, समाजले यौन सम्बन्धी इच्छाहरूलाई नियन्त्रित गर्न नियम र नैतिकताहरू लागू गर्छ, जसले गर्दा यी इच्छाहरू अवचेतनमा दबिन्छन् । यी दमित इच्छाहरू सपना वा रचनात्मक अभिव्यक्तिहरू मार्फत प्रकट हुन्छन् ।

सामाजिक र सांस्कृतिक कारकहरूले पनि यौन चिन्तनलाई प्रभावित गर्छन् । फ्रायडको समयमा यौन सम्बन्धी चर्चा सामाजिक रूपमा निषेधित थियो, जसले यौनलाई थप रहस्यमय र आकर्षक बनायो । आजको सन्दर्भमा मिडिया, विज्ञापन र पप संस्कृतिले मान्छेको मनमा यौन सम्बन्धी विचारहरूलाई बारम्बार उत्पन्न गर्छ ।

रचनात्मक क्षमता र उर्जाशील समय नष्ट गर्छ ?

मान्छेले यौनको विषयमा त सोच्ने नै भयो । तर, यसरी यौनको कुरा सोच्दा मान्छेको उर्जाशील समय र रचनात्मक क्षमता नष्ट हुन्छ त ?

फ्रायडको सिद्धान्तले यो प्रश्नको जवाफ जटिल तर रचनात्मक दृष्टिकोणबाट दिन्छ । फ्रायडका लागि यौन ऊर्जा केवल विनाशकारी होइन, बरु यो जीवनको रचनात्मक शक्ति हो। लियोनार्दो दा भिन्ची, विलियम शेक्सपियर वा पाब्लो पिकासो जस्ता कलाकारहरूले आफ्नो यौन ऊर्जालाई कला, साहित्य र नवप्रवर्तनमा परिणत गरेको फ्रायडले विश्वास गर्थे।

फ्रायडले यौन ऊर्जालाई पानीको धारासँग तुलना गरेका छन् । पानीको धारा सही दिशामा बग्छ भने, यसले खेतलाई सिञ्चित गर्छ, तर यदि यो नियन्त्रणबाहिर जान्छ भने, यसले बाढी निम्त्याउँछ ।

पक्कैपनि अस्वस्थ यौन विचारले मान्छेको उर्जा र रचना क्षमतालाई बाधा गर्छ । मान्छे अत्याधिक यौनको विषयमा सोच्छ र त्यसलाई दबाएर राख्छ भने त्यसले उसलाई मानसिक समस्यामा पार्छ । अतः रचनात्मक काम वा उर्जाशील समयमा आफूलाई केन्द्रित गर्न सक्दैन ।

सारमा के भन्न सकिन्छ भने, यौनको बारेमा सोच आउनु कुनै अनौठो वा अप्राकृतिक कुरा होइन । तर यसैमा मात्र बढी केन्द्रित हुँदा आफ्नो उर्जाशील समय भने नष्ट हुनसक्छ ।

Address

Kathmandu
44600

Telephone

+9779810033158

Website

Alerts

Be the first to know and let us send you an email when GeT HealthieR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to GeT HealthieR:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram