GeT HealthieR

GeT HealthieR यस पेजमा खानपान, रोग , रोगको उपचार, स्वस्थ जिबवन शैलीको बरेमा जानकारी गराइन्छ।

मासु कि पनिर😂
10/02/2026

मासु कि पनिर😂

Healthiest berries
14/01/2026

Healthiest berries

14/01/2026
Red Fruits
11/01/2026

Red Fruits

फर्सीको बियाँका फाइदाहरू१️. मुटु स्वास्थ्यका लागि लाभदायकफर्सीको बियाँमा म्याग्नेसियम, फाइबर र स्वस्थ बोसो पाइन्छ, जसले ...
03/01/2026

फर्सीको बियाँका फाइदाहरू

१️. मुटु स्वास्थ्यका लागि लाभदायक

फर्सीको बियाँमा म्याग्नेसियम, फाइबर र स्वस्थ बोसो पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।

२️. प्रोस्टेट र मूत्र स्वास्थ्य सुधार

पुरुषहरूमा प्रोस्टेट ग्रन्थि स्वस्थ राख्न फर्सीको बियाँ निकै उपयोगी मानिन्छ। मूत्रसम्बन्धी समस्या कम गर्न पनि सहयोग गर्छ।

३️. मधुमेह नियन्त्रणमा सहयोग

यसमा भएको फाइबर र एन्टिअक्सिडेन्टले रक्तमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ।

४️. पेट र पाचन प्रणाली बलियो बनाउँछ

कब्जियत कम गर्छ, आन्द्रा सफा राख्छ र पाचन सुधार गर्छ।

५️. निद्रा राम्रो बनाउँछ

फर्सीको बियाँमा ट्रिप्टोफान नामक तत्व हुन्छ, जसले राम्रो निद्रामा सहयोग पुर्‍याउँछ।

६️. रोग प्रतिरोधात्मक शक्ति बढाउँछ

जिंक र एन्टिअक्सिडेन्टले शरीरको इम्युन सिस्टम बलियो बनाउँछ।

७️. कपाल र छालाका लागि फाइदाजनक

कपाल झर्ने समस्या कम गर्न र छाला चम्किलो बनाउन मद्दत गर्छ।

🥄 फर्सीको बियाँ कसरी खाने?
✔️ १. काँचै वा भुटेर

हल्का भुटेर नुन नहाली खानु राम्रो हुन्छ। दिनमा १–२ चम्चा पर्याप्त हुन्छ।

✔️ २. भिजाएर खाने

रातभर पानीमा भिजाएर बिहान छिल्का हटाई चपाएर खान सकिन्छ।

✔️ ३. पाउडर बनाएर

सुकाएर पिसेर दुध, दही वा स्मुदीमा मिसाएर खान सकिन्छ।

✔️ ४. सलाद वा तरकारीमा

सलाद, दलिया, सुप वा तरकारीमा छर्केर खान सकिन्छ।

⚠️ ध्यान दिनुपर्ने कुरा

धेरै खाँदा पेट फुल्ने वा ग्यास हुन सक्छ

गर्भवती वा कुनै रोग भएकाले नियमित सेवन अघि चिकित्सकको सल्लाह लिनु राम्रो

सख्खर खानुको फाइदाहरुस्वर भास्सिनुः सख्खरसँग पकाएको भात खाँदा स्वर भास्सिएको निको हुन्छ।दमः सख्खर र कालो तिलको लड्डु खाँ...
03/01/2026

सख्खर खानुको फाइदाहरु

स्वर भास्सिनुः सख्खरसँग पकाएको भात खाँदा स्वर भास्सिएको निको हुन्छ।
दमः सख्खर र कालो तिलको लड्डु खाँदा जाडोमा दम बढ्न दिँदैन।
रुघाखोकी र कफ जम्नुः रुघाखोकी र कफ जमेमा सख्खर पगालेर खाँदा फाइदा हुन्छ।
कान दुखेमाः सख्खर र घिउ मिलाएर खाँदा कानको दुखाई ठिक हुन्छ।
ग्यास्ट्रिकः खाना खाइसकेपछि सख्खर खाएमा पेटमा ग्याँस जम्मा हुन पाउँदैन्।
जन्डिसः पाँच ग्राम अदुवा, दश ग्राम सख्खर खाँदा जन्डिसलाई फाइदा पुग्छ। सख्खरको हलुवा खाँदा स्मरण शक्ति पनि बढ्छ।
महिलाको तल्लो पेट दुख्ने कमः सख्खरको नियमित सेवनले महिनावारीको समयमा हुने पेट दुखाईको समस्या ठिक हुन्छ। शरिरमा आइरनको मात्रा पनि बढाउँछ ।
मांसपेशको दुखाइः शरिरको मांसपेशीको दुखाइ पनि कम हुन्छ, साथै सख्खरको सेवनले थकान पनि हराउँछ।

केराको फाइदाहरुक़ृपया मनपरेमा एक लाइक र सेयर गर्दिनु होला। धन्यवाद१. केरामा भएको ट्राइपोटफान नामक तत्वका कारणले तपाईँले ड...
03/01/2026

केराको फाइदाहरु

क़ृपया मनपरेमा एक लाइक र सेयर गर्दिनु होला। धन्यवाद

१. केरामा भएको ट्राइपोटफान नामक तत्वका कारणले तपाईँले डिप्रेसनबाट छुटकारा पाउनुहुने छ । जसले तपाईको दिमाग ‘फ्रेस’मात्रै बनाउने छैन तपाइँलाई खुसी पनि बनाउने छ ।

२. कठीन मेहन गर्नुपर्ने काममा जानु पहिले दुई वटा केरा खानुहोस् जसले तपाईँलाई पर्याप्त शक्तिमात्रै दिने छैन, रगतमा भएको चीनीको मात्रालाई पनि बढाउने छ ।

३. काममा भएको बेला गरिने केराको सेवनले शरीरको ‘ऐठन’ हटाउँछ भने बेलुकीपख गरिने केराको सेवनले खुट्टाको ऐठन हटाउँछ ।

४. पिसाब लागिरहेका बेला नास हुने क्याल्सीएमको मात्रा पूर्तिमात्रै केराले गर्दैन, त्यसले शरीरमा क्यालिसयम पुर्ति गरेर हाम्रो हाडलाई बलियो पनि बनाउँछ ।

५. यसले दिमागलाई तेजिलो बनाउँछ भने चीनको मात्रालाई पनि सन्तुलित बनाउँछ । तनाव हटाएर केही राहत प्रदान गर्छ ।

६. केराले शरीर सुन्निएमा त्यसलाई घटाउँछ । सेतो रक्तकोषको उत्पादन बढाउँछ ।

७. रगतलाई थप शुद्ध बनाउँदै शरीरमा फलाम तत्वको मात्रालाई बढाउँछ ।

८. अचानक हुने हृदयघातबाट बचाउँछ, रक्तचाप बढी हुनेको रक्तचाप घटाउँछ ।

९. पाचन प्रणालीलाई खुब राम्रो बनाउँछ ।

१०. मृगौलाको क्यान्सरबाट बचाउँछ भने अन्धोपन घटाउँछ ।

११. तपाईलाई ‘स्मार्ट’ देखाउँछ भने विषयकेन्द्रीत समेत बनाउँछ ।

१२. खानाको बीचमा केरा खाँदा चिनीको मात्रालाई सन्तुलित बनाउँछ भने यसको सेवनले बिहानीपख हुने वाकवाकी पनि घटाउँछ ।

१३. केराले शरीरको तापक्रम घटाएर गर्मीको बेला शीतलता प्रदान गर्छ ।

१४. चुरोटको सेवन छोड्न चाहनुभएको छ भने त्यसका लागि पनि केरा सेवन सहायक हुनसक्छ ।

03/01/2026

Shout out to my newest followers! Excited to have you onboard! Surya Cdy, Dura Amrit, सम्राट् गौतम ज्योतिषाचार्य, Sabin Bhattarai Ilam, Sudarshan Aryal, Bishnu Sapkota, Pukar Yonzan, Himal Acharya, Angkaji Sherpa, Suraj Kandel, Arjun Subedi, Padam Poudel Chhetri, सोम बिवश, Om Jung Shahi, महेन्द्र भट्टराई, Gautam Kamal, Gürjīt Sâh, Roshan Paudel, Tirtha Gautam, सभ्या पौडेल, Ramu Adhikari, Dipendra Poudel, Raju Tamang, Chandra Bti, Sanjaya Sunuwar, Tika Ram Shrestha, Surya Singh Goldsmith, Bharat Devkota, Prakash BC, Renny Regmi, Sita Subedi, Su Re Sha, Bharati Tej, Akhil Gaire, Rajesh Timalsina, Sarita Pantha, Bimal Magar, Indra Dhakal, Punya Guragai, Radesh Acharya, Uttam Rimal, Lama B Kash, Shree Prasad Chhetri, Sujan Subedi, Prakash Subedi, Om Kanxa, Nishan Balami, एनएबिआइएन एमएजिएआर, गोकुल उमंग, Dilip Acharya

खाली पेटमा  यी खानेकुरा नखानुस  बढाउँछ एसिडचटपटेखालीपेटमा कहिल्यै पनि चटपटे खाना खानु हुँदैन । यसमा एसिडको मात्रा धेरै ह...
02/01/2026

खाली पेटमा यी खानेकुरा नखानुस बढाउँछ एसिड

चटपटे
खालीपेटमा कहिल्यै पनि चटपटे खाना खानु हुँदैन । यसमा एसिडको मात्रा धेरै हुन्छ, जसले हाम्रो पाचनक्रिया बिगारिदिन्छ । जसले गर्दा पेटमा समस्या आउँछ ।

कफी
खाली पेटमा कफी पिउनु हानिकारक मानिन्छ । यसमा क्याफिन हुन्छ, जसले खाली पेटमा नकारात्मक असर पार्छ ।

चिया
हुन त बिहानै खाली पेटमा चिया पिउने धेरै मानिसको बानी हुन्छ । तर खाली पेटमा चिया पिउनु पनि राम्रो होइन । चियामा उच्च मात्रामा एसिड हुन्छ, जसको कारणले पेट दुख्न सक्छ ।

दही
दही स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, खाली पेटमा यो खानाले पेट दुख्न सक्छ ।

तरुल
तरुलमा ट्यानिन तथा प्याक्टिनको मात्रा बढी हुन्छ । त्यस कारण, यसलाई खाली पेटमा खाँदा ग्याष्ट्रिकको समस्या बढ्न सक्छ ।

अल्कोहल
खाली पेटमा अल्कोहल खानाले पेटमा जलन हुन थाल्छ । यसकारण खाना पनि ठीकसँग पच्दैन र स्वास्थ्य समस्या आउँछ ।

गोलभेँडा
गोलभेँडामा एसिडको मात्रा धेरै हुन्छ, जसलाई खाली पेटमा खाँदा असर पु¥याउँछ । यसले पेटमा नघुल्ने किसिमको जेल बनाउँछ । त्यसैले खाली पेटमा गोलभेँडा नखानु नै राम्रो ।

केरा
खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा धेरै बढ्छ । यसकारण, शरीरमा क्याल्सियम तथा म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ र स्वास्थ्यमा गडबढी उत्पन्न हुन् सक्छ ।

नोटःव्यक्ति शारीरिक तथा मानसिक रुपमा हरदम स्वस्थ र तन्दुरुस्त रहन आवश्यक हुन्छ । त्यसका लागि शारीरिक कसरतका साथै खाना तथा खाने समयमा समेत विशेष ध्यान दिनुपर्छ ।

Address

Kathmandu
44600

Telephone

+9779810033158

Website

Alerts

Be the first to know and let us send you an email when GeT HealthieR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to GeT HealthieR:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram