PKD Foundation Nepal

  • Home
  • PKD Foundation Nepal

PKD Foundation Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PKD Foundation Nepal, Health & Wellness Website, Lazimpat-02, Neel Saraswati Marg, Sarkari Dhara Chowk, .

Description about Polycystic Kidney Disease
15/05/2020

Description about Polycystic Kidney Disease

Visit https://www.uncoverpkd.com/ Video educates viewers on the mechanism of disease of autosomal dominant polycystic kidney disease. ADPKD is a rare genetic...

13/10/2018

स्वस्थ्य मृगौला स्वस्थ्य जीवन : जनचेतना -२
Healthy KIDNEYS Healthy Life: Awareness -2


मृगौलाको पत्थरी: RENAL STONE

१) मृगौलामा हुने पत्थरी रोग ( renal stone: Nephrolithiasis नेफ़्रोलिथीयसिस), एक मुत्रप्रणाली ( urinary tract: यूरीनेरी ट्रैक्ट) मा अक्सर हुने साधारण तथा आम समस्या हो।

२) मृगौलाको पत्थरी ८-१५ % मानिसहरूलाई जीवनको कुनै न कुनै समयमा हुने गर्छ।

३) २० देखि ४० वर्षको उमेरमा मृगौलाको पत्थरी बढि हुने गर्दछ।

४) महिला भन्दा पुरूषमा (२:१) मृगैलाको पत्थरी बढि देखिएको छ।

५) एक पल्ट मृगौलामा पत्थरी भएको मानिसलाई दोश्रो पल्ट हुने सम्भावना ५०% हुनेछ भने दुई पल्ट मृगौलामा पत्थरी भएको लागि तेस्रो पल्ट हुने सम्भावना ७५% रहनेछ।

६) मृगौला बिफल गरने कारण मध्य एक हो, मृगौलाको पत्थरी।

७) मुत्रप्रणालीमा हुने पत्थरी रोग असाध्य कष्टदायक पीड़ादायी पेट तथा कम्मर दुखाईको एक प्रमुख कारण हो।

८) कहिले-काहि मृगौलाको पत्थरी भए पनि कुनै लक्षण नदेखिन सक्छ (asymtomatic, अस्यमटोमटिक), मुत्रनली संक्रमण गर्छ तथा दीर्घरोग निम्ताउँछ।
त्यसैले पत्थरीको रोग बारे जान्नु, त्यसको रोकथाम गर्नु साथै हेरविचार गर्नु अत्यावश्यक हुन्छ।

९) मृगौलाको पत्थरी भनेको के हो?
मृगौलाको पत्थरी भनेको पुरै मुत्रप्रणालीको विभिन्न भागमा बनेको ढुंगा हो। यो स-साना तत्व तथा पदार्थहरू जमेर बन्ने गर्छ ।

१०) मुत्रप्रणालीमा हुने पत्थरी प्रायः मृगौला र मुत्रनलीमा हुन्छ।

११) कम पानी पिउनु र परिवारमा मृगौलाको पत्थरी हुनु पत्थरी बन्ने प्रमुख कारण हो। खानपिनमा हेरबिचर नगर्ने, व्यायाम नगर्ने, गर्मी ठाउँमा बस्ने, पटक पटक पिसाबको संक्रमण हुने, जथाभाबी औषधी सेबन गर्ने तथा फ़ूड सप्लेमेंट्स लिने अरू महत्त्वपूर्ण र कारक पक्षहरू हो।

१२) मृगौलाका पत्थरीको आकार प्रकार भिन्नहुन्छ। पत्थरी सानो चामलको दाना देखि गुच्चा वा क्रिकेट बल जत्तो हुनसक्छ।

१३) पेट र कम्मर दुखाई तथा पिसाबमा रगत आउनु मुत्रप्रणालीमा पत्थरी रहेको संकेत हो।

पिसाब बढि लाग्ने, छिन छिनमा पिसाब फेर्न मन लाग्ने, वाकवाकि लाग्ने र वान्ता हुने, पिसाब गर्दा पोल्ने वा दुख्ने, पिसाब एक्कासी बन्द हुने, पिसाब बाट पत्थरी जाने मुत्रप्रणालीमा पत्थरी रहेको लक्षणहरू हो।

१४) “स्टैगहॉर्न पत्थरी तथा शान्त पत्थरी”:-

नियमित स्वास्थ्य परीक्षणका क्रममा वा अन्य कुनै कारणले परीक्षण गर्दा अचानक मुत्रप्रणालीमा पत्थरी देख्न सकिन्छ। केहि लक्षण नभएको तथा केहि समस्या नभएको हुनाले यसलाई शान्त पत्थरी भनिन्छ। “शान्त पत्थरी” बारे सचेत होऔ जसले कुनै दुख पीडा त दिदैन तर मृगौलालाई क्षति पुरयाउन सक्छ।

१५) के मृगौलामा हुने पत्थरीले मृगौलालाई नष्ट क्षति गर्छ??

गर्छ.. मृगौला वा मुत्रनलीमा हुने पत्थरीले मुत्रप्रणाली भित्र पिसाबको प्रवाहलाई पूर्णतया रोक्ने, बन्द गर्ने वा अवरोध गर्नसक्छ। यस कारणले मृगौलामा क्षति तथा मृगौलाको दीर्घ रोग सम्म निम्ताउन सक्छ।

१६) मुत्रप्रणालीमा पत्थरीको निदानका लागि रेडियोलोजीकल अनुसन्धान जस्तै एक्सरे, अल्ट्रसाउंड र सीटी स्क्यान सबैभन्दा महत्त्वपूर्ण माध्यम हुन।

१७) मुत्रप्रणालीमा पत्थरी हुन नदिन तथा पत्थरीको उपचारका लागि प्रशस्त तरल पदार्थ पिउनु सबैभन्दा सजिलो र अत्यावश्यक उपाय हो।

१८) सफा पानी जस्तो पिसाब भयो भने त्यसले शरीरमा तरल पदार्थको मात्रा पर्याप्त भएको बुझाऊँछ।
पिसाबको रंग र बाक्लोपना पनि महत्त्वपूर्ण हुन्छ।
पिसाब दिनको लगभग २ देखि २.५ लिटर हुनुपर्छ।
मुत्रप्रणालीमा पत्थरी हुन नदिन तरल पदार्थमा जोड दिनुपरछ।

१९) मृगौलाका पत्थरी कति प्रकारका हुन्छन्?

मृगौलाका पत्थरी प्रमुख गरि चार (४) प्रकारका हुन्छन्:

(क) क्याल्सियमको पत्थरी: ७०-८०%
Calcium Stone

(ख) स्टुभाइट पत्थरी: १०-१५%
Struvite Stone

(ग) युरिक ऐसिड पत्थरी: ५-१०%
Uric Acid Stone

(घ) सिस्टिन पत्थरी: ६ mm) आफै बगेर जान सक्दैन, आपरेशन गर्न पर्ने हुनसक्छ।
ग) पिसाबको प्रवाह एक्कासी बन्द वा धारामा अवरोध भएमा मृगौलालाई क्षति हुन खतरा हुनसक्छ।
घ) समय-समयमा मुत्रप्रणालीको संक्रमण भएमा वा धेरै रगत बगेमा।

२६) लिथोट्रिप्सी मृगौलाको पत्थरीको प्रभावकारी र सबैभन्दा बढी प्रयोग हुने उपचार हो।

२७) पी सी एन एल (PCNL) मध्यम तथा ठूलो आकारको मृगौलाको पत्थरीका लागि सर्वाधिक प्रभावकारी विधि हो।

२८) यूरेटेरोस्कोप (दुरफिन) बाट पत्थरीको आकार प्रकार हेरिकन मुत्रनलीको प्रवाहको आधारमा पत्थरीलाई टुक्रा बनाएर निकाल्न सकिन्छ।

मैले बुझेको भोगेको प्रश्न जिज्ञासा लाई समेटेर तथा मेरो पहिलो लेख रूचाई दिनुभएकोमा, मेरो यो दोस्रो प्रस्तुति। आशा गर्छु हजुरहरूलाई फाइदाजनक रहनेछ।

मृगौलामा फोका हुने रोग Kidney Cyst
13/10/2018

मृगौलामा फोका हुने रोग
Kidney Cyst

Drinking plenty of water has many potential benefits, including reducing the risk of kidney stones and preventing dehydration, which can worsen...

Address

Lazimpat-02, Neel Saraswati Marg, Sarkari Dhara Chowk

44600

Website

Alerts

Be the first to know and let us send you an email when PKD Foundation Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram