Siddhartha Acharya-सिद्धार्थ आचार्य

Siddhartha Acharya-सिद्धार्थ आचार्य Update Nepal

बैतडीको सहस्त्रलिङ्ग मन्दिर  धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दैबैतडी – सुदूरपश्चिम नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्म...
17/10/2025

बैतडीको सहस्त्रलिङ्ग मन्दिर धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै

बैतडी – सुदूरपश्चिम नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहरको प्रतीक सहस्त्रलिङ्ग मन्दिर अहिले संरक्षण र प्रचार–प्रसारका नयाँ अभियानमा सक्रिय भएको छ। दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित यो मन्दिर नेपालकै दुर्लभ धार्मिक सम्पदामध्ये एक मानिन्छ।

स्थानीय शिवभक्त, समाजसेवी र मन्दिर व्यवस्थापन समितिको संयुक्त पहलमा हाल ११५ केजी तौलको ठूलो घण्टी मन्दिरमा चढाउने योजना अघि बढाइएको छ। समितिका अनुसार यो पवित्र कार्य सम्पन्न गर्न करिब रु. ४ लाख ५० हजार लागत लाग्ने अनुमान छ। भक्तजनलाई आर्थिक वा जनश्रमदानमार्फत सहयोग गर्न पनि आह्वान गरिएको छ।

प्रत्येक वर्ष साउन महिनाको अन्तिम सोमबार यहाँ रुद्री अभिषेक पूजा र आजापाठ मेलाको भव्य आयोजना गरिन्छ। हरिद्वार पुग्न नसक्ने भक्तका लागि यहाँको शिव कुण्ड पवित्र स्नानस्थलका रूपमा प्रसिद्ध छ जहाँ स्नान गर्दा पापमोचन र पुण्य प्राप्त हुने स्थानीय विश्वास छ।

मन्दिर परिसरमा रहेको करिब ५०० वर्ष पुरानो आश्रम पीपल धार्मिक ध्यान र विश्रामको प्रतीक बनेको छ। त्यहाँको मुख्य आकर्षण भनेको पत्थरमा कुँदिएको सहस्त्रलिङ्ग हो जसमा भगवान् शिवका १००८ रूपहरूको प्रतीकात्मक मूर्तिशिल्प देख्न सकिन्छ।

स्थानीय परम्पराअनुसार यो लिङ्ग पाण्डवहरूले निर्माण गरेको मानिन्छ र पुरातत्वविद्हरूका अनुसार पनि यो नेपालकै दुर्लभ मूर्तिशिल्पमध्ये एक हो। सडकमार्ग सुधार भएपछि यहाँ पुग्ने भक्तजनको संख्या दिनहुँ बढ्दै गएको छ जसले स्थानीय अर्थतन्त्र र होमस्टे व्यवसायमा नयाँ सम्भावना जगाएको छ।

मन्दिरका पुजारी कमलदेव भट्टका अनुसार हामीले सहस्त्रलिङ्गलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय तीर्थस्थलका रूपमा चिनाउने लक्ष्य राखेका छौं। यो हाम्रो आस्था, इतिहास र संस्कृतिको गौरव हो।

मन्दिर संरक्षण र धार्मिक पर्यटन विस्तारका लागि स्थानीय स्तरमा ढुंगाका मूर्तिहरूको संरक्षण, मन्दिर परिसर सुधार र घण्टी स्थापनाको अभियानलाई राष्ट्रिय तहसम्म पुर्‍याउने तयारी गरिएको छ।

यदि समयमै संरक्षण र प्रचारमा ध्यान दिइयो भने सहस्त्रलिङ्ग मन्दिरले न केवल बैतडी तर सम्पूर्ण सुदूरपश्चिमको धार्मिक पर्यटनको नक्सा नै परिवर्तन गर्ने सम्भावना देखिएको छ।

pic: Singh Uddhab

17/10/2025

Gold Price: NRs. 2,58,000/Tola 🤯

माइपोखरीकी चर्चित कन्टेन्ट क्रियटर इस्टु कार्की नेपाल-ओमान क्रिकेट म्याचको क्रममा द्विअर्थी र यौनजन्य आशयका स्टाटसहरू पो...
16/10/2025

माइपोखरीकी चर्चित कन्टेन्ट क्रियटर इस्टु कार्की नेपाल-ओमान क्रिकेट म्याचको क्रममा द्विअर्थी र यौनजन्य आशयका स्टाटसहरू पोस्ट गरेपछि फेरि विवादमा आएकी छन्।

​चितवनको होटलबाट रातभरि २७ वटा पोस्ट गरेकी उनले "सर्पले भ्यागुता समाए जस्तो समाउ न यार!", "नन्दु बिस्तारै!", र "सोम झार्देको?" जस्ता आपत्तिजनक स्टाटसहरू लेखिन्।
​उनको यो हर्कतलाई लिएर धेरैले 'भाइरल हुन चरित्र पतन' गराएको भन्दै आलोचना गरेका छन्।

विरोधका नाममा कस्तो अपरिपक्वता!कवितामा कसलाई के भनिएको छ, त्यो छलफलको छुट्टै विषय हो। तर, बालेनकै कविता सङ्ग्रहको फोटो प...
16/10/2025

विरोधका नाममा कस्तो अपरिपक्वता!

कवितामा कसलाई के भनिएको छ, त्यो छलफलको छुट्टै विषय हो। तर, बालेनकै कविता सङ्ग्रहको फोटो प्रमाण स्वरूप पोस्ट गरेर, बालेनले नै सोही किताबबाट कविता ‘चोरेर’ फेसबुकमा हालेको आरोप लगाई ‘चोर’ भन्ने बौद्धिक जमात देख्दा भने साँच्चै अचम्म लाग्छ!

15/10/2025

BREAKING! दुई खेल अगावै नेपाल T20 विश्वकपमा पुगेको छ। भर्खरै UAE ले Samoa लाई हराएसँगै नेपाल र ओमान विश्वकप प्रवेश गरेका हुन् ।

विश्वकप सन् २०२६ फेब्रुअरीमा भारत र श्रीलंकामा आयोजना हुँदैछ ।

#भारत

बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य (MRP) सम्बन्धमा ।
14/10/2025

बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य (MRP) सम्बन्धमा ।

Change in Leadership: काङ्ग्रेस सभापति शेर बहादुर देउवाले आफ्नो स्वास्थ्यका कारण उप-सभापति पूर्ण बहादुर खड्कालाई पार्टीक...
14/10/2025

Change in Leadership: काङ्ग्रेस सभापति शेर बहादुर देउवाले आफ्नो स्वास्थ्यका कारण उप-सभापति पूर्ण बहादुर खड्कालाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् भने १५ औं महाधिवेशन पश्चात् पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्ने बताउनु भएको छ । 😮

बिपिन जोशी सहित ४ जनाको शब लिएर आएको रेडक्रसको गाडीलाई स्यालुट गर्दै इजरायली सेना । डीएनए परीक्षण गरेर परिवारलाई शबको जि...
14/10/2025

बिपिन जोशी सहित ४ जनाको शब लिएर आएको रेडक्रसको गाडीलाई स्यालुट गर्दै इजरायली सेना । डीएनए परीक्षण गरेर परिवारलाई शबको जिम्मा लगाइने बताइएको छ ।

Please respect Health Worker's dedication: सरकारले डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई गत वर्ष निर्णय गरेबमोजिम न...
13/10/2025

Please respect Health Worker's dedication: सरकारले डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई गत वर्ष निर्णय गरेबमोजिम न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघटाई उपलब्ध गराउन, OT गर्नेहरुलाई अतिरिक्त भत्ताको व्यवस्था गर्न र बैंकिङ प्रणालीबाट मात्र पारिश्रमिक उपलब्ध गराउन सबैखाले अस्पतालहरुलाई निर्देशन दिएको छ । ❤️

तेन्जेनले भिडियोमा देखिएको पेस्तोल आज बरामद भएको नक्कली पेस्तोल नै रहेको दाबी गरेका छन् । तर प्रहरीले सक्कली नै हो कि भन...
13/10/2025

तेन्जेनले भिडियोमा देखिएको पेस्तोल आज बरामद भएको नक्कली पेस्तोल नै रहेको दाबी गरेका छन् । तर प्रहरीले सक्कली नै हो कि भन्ने शंका गर्दै थप अनुसन्धान गरिरहेको छ ।

काठमाण्डौ बिजुलीबजार पुलको viral video/photo मा " गsन " लिएका र TOB को लुगा लगाएका युवालाई काठमाण्डौ प्रहरीले म्याद थप ग...
13/10/2025

काठमाण्डौ बिजुलीबजार पुलको viral video/photo मा " गsन " लिएका र TOB को लुगा लगाएका युवालाई काठमाण्डौ प्रहरीले म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने भएको छ ।

Heartbreaking: इजेरयाली सेनाले बिपिन जोशी जीवित नभएको  जानकारी दिएको छ । बिहानै नेपाली राजदुत र बिपिनको परिवारलाई भिडियो...
13/10/2025

Heartbreaking: इजेरयाली सेनाले बिपिन जोशी जीवित नभएको जानकारी दिएको छ । बिहानै नेपाली राजदुत र बिपिनको परिवारलाई भिडियो कल गरेर इजरायलका सेनाले भने: बिपिन इज नो मोर । 💔🕊️

#कल #जानकारी

Address

Kathmandu
32907

Alerts

Be the first to know and let us send you an email when Siddhartha Acharya-सिद्धार्थ आचार्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Siddhartha Acharya-सिद्धार्थ आचार्य:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram