21/11/2025
छोरा बुहारी जागीर खान गए
नाती नातीना स्कुल पढ्न गए
दिनभरी घरमा बुढो ब्याकुल छ
पल्ला घरकी बुढीको पनी त्यही हाल छ ।
बुढो उता जान मिल्दैन बुढीको सन्तानले कुरा काट्छ
बुढी यता आउन मिल्दैन सिङगो समाजले कुरा काट्छ
“हे कृष्ण कृष्ण” भनीन् बुढीले
“राधे राधे ” भने बुढाले
उता कृष्ण कृष्ण यता राधे राधे
भजन मै बितेर सबै कस्ट भागे !
उता दमको स्याँस्याँ यता बाथ दुख्छ
साझा एक्लो पनले दुवैलाई पोल्छ !!
दुवैलाई सबैथोक पुगेकै छ घरमा
तन मन जलेको खरानी जगतमा !
दुवैले दुवैलाई गुहार यो लगाए
उता कृष्ण कृष्ण यता राधे राधे !!
भनी प्रस्तुत भएका कृष्ण मुरारी गौतम अर्थात् (चट्याङ मास्टर) को यस्तो कविता सुनिसकेपछि बुढेसकालको बारेमा यो लेखकलाई फुरेका केही शब्द स्वीकारिदिनुहोस् !!
https://sahityapost.com/gair-aakhyan/gair-aakhyan-essay/66419/?fbclid=IwAR3qOWCPTalZXQvmbzndzSYzJwjCDS4osu5kkGcm7Ibrepb7IeK2EVc3yq0