Health and Education Improvement Centre

Health and Education Improvement Centre Official Page of HEIC...
All Related to Health and Education...
(Central Committee) It was established on 27th April 2024 A.D.

History
Observing the Health and Education Scenario of Nepal, We students of Medical and different Paramedical introduced an Organization HEIC. Plans and Strategies
➢To organize different physical programs for awareness and safety.
➢To conduct school awareness programs and workshops.
➢Online talk session on current and burning affairs related to health and education.
➢Celebration of different important days related to health and education.
➢Motivational and Leadership sessions by different scholarship holders and renowned speakers for personality, communication skills , leadership development.

03/12/2025
03/12/2025

Heic 😍

29/10/2025

किष्ट अस्पताल तोडफोड गर्नेलाई कडा कारबाही होस् :
घटनाको छानबीन र पीड़ित परिवारको न्याय होस

तिहारको रंग, नृत्यको उमंग, र हाम्रो एकताको संगम ❤️Heic द्वारा आयोजित तिहार शुभकामना आदानप्रदान तथा खुला नृत्य प्रतियोगित...
20/10/2025

तिहारको रंग, नृत्यको उमंग, र हाम्रो एकताको संगम ❤️
Heic द्वारा आयोजित
तिहार शुभकामना आदानप्रदान तथा खुला नृत्य प्रतियोगिता – २०८२ सफल समापन ❤️🌺

आजको कार्यक्रम अत्यन्तै सफल, सुसंयोजित र उत्साहपूर्ण रह्यो । 🙏 कार्यक्रमका सभापति — भवेश गेलाल (HEIC का कार्यवाहक अध्यक्ष तथा महासचिव)
कार्यक्रम संयोजक — रिङ्कल राई
मुख्य अतिथि — खोटेहाङ गाउँपालिका अध्यक्ष श्री उदीम बहादुर राई ज्यु
विशेष अतिथि — गाउँपालिका उपाध्यक्ष श्री रूपेश राई ज्यु, कुमार पराजुली सर,
७ नं. वडा अध्यक्ष श्री शिब फुयाल ज्यु,
४ नं. वडा अध्यक्ष श्री तिलक बस्नेत ज्यु,
प्रहरी प्रशासनका प्रतिनिधि, तथा विभिन्न संस्थाका मान्यज्यूहरूको सम्माननीय उपस्थिति । 🌸
विशेष धन्यवाद 🙏 गाउँपालिका परिवारलाई,
सुगम सञ्चालनका लागि जोशिला युवा बिनोद दाइ (Anchor),नृत्य प्रतियोगिताका जजज्यूहरूलाई, तथा अमूल्य सहयोग पुर्‍याउने कुशल फुयाल, रेवन्त गेलाल लगायत सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक आभार । ❤️

🏆 पुरस्कारहरू :
प्रथम — रू.१०,०००/-
द्वितीय — रू.६,०००/-
तृतीय — रू.४,०००/-
साथमा प्रमाणपत्र वितरण

आजको कार्यक्रममा आफ्नो अद्भुत प्रस्तुतिका साथ सान्त्वना पुरस्कार प्राप्त “मारुनी नृत्य समूह” र नेवारी नृत्य लाई आयोजक पक्षबाट सम्मान स्वरूप पुरस्कृत गरियो 🙏

यी नृत्यहरू केवल मनोरञ्जनका लागि होइनन् —
यी हाम्रा पुर्ख्यौली लय, पहिचान र मौलिक संस्कृतिका जीवित प्रतीकहरू हुन्। यी परम्परागत नृत्यहरू बचाउनु, संरक्षण गर्नु र पुस्तादेखि पुस्तासम्म हस्तान्तरण गर्नु हाम्रो साझा दायित्व हो। आज हामीले पुरस्कृत गरेका हातहरूले हाम्रो संस्कृति जोगाउने वचन पनि दिएका छन् ❤️

“समर्पण, सिर्जनशीलता र सहकार्यले कार्यक्रमलाई सफलतामा रूपान्तरण गर्‍यो।”
सबै सहयोगी हातहरू र साथहरूलाई विशेष धन्यवाद तथा तिहारको हार्दिक शुभकामना 🎉🙏

नर्सहरूको माया, तिनको मोल किन यति सस्तो?हाम्रो स्वास्थ्य प्रणालीको मेरुदण्ड नै नर्स हुन्। बिहानदेखि बेलुका सम्म बिरामीको...
16/10/2025

नर्सहरूको माया, तिनको मोल किन यति सस्तो?

हाम्रो स्वास्थ्य प्रणालीको मेरुदण्ड नै नर्स हुन्। बिहानदेखि बेलुका सम्म बिरामीको हेरचाह गर्ने, सुई लगाउने, औषधि दिने, दुखेसो सुन्ने, अनि कहिलेकाहीँ आफैं आँसु पुछ्दै पनि मुस्कान बाँड्ने तिनीहरू नै हुन्।
तर विडम्बना के छ भने — जसले बिरामीको ज्यान बचाउन आफ्नो जीवनको समय र माया अर्पण गर्छिन्, उसैको तलब भने अत्यन्तै न्यून छ।

अस्पतालका गलैँचामा दौडिरहेको त्यो नर्सको कदममा देशको स्वास्थ्य प्रणाली चलेको छ। तिनीहरू बिना चिकित्सक अधुरो छन्, बिरामी असहाय छन्, र अस्पताल निस्सासिएको हुन्छ।
तर राज्य र समाजले तिनीहरूको मोल बुझ्न सकेको छैन।

नर्सको मुस्कान भित्र थकान लुकेको हुन्छ, नर्सको सेवामा त्याग मिसिएको हुन्छ। अब समय आएको छ—नर्सको कामको सम्मान गर्ने मात्र होइन, उनको पारिश्रमिक पनि न्यायसंगत बनाउने।
स्वास्थ्य प्रणाली बलियो चाहिन्छ भने, नर्सलाई सम्मान र उचित तलब दिनैपर्छ।
नत्र, सेवाभाव मात्रले पेट भरिँदैन, राष्ट्रको मर्म पनि दुख्छ। 💔

मणिपाल तथा निजी अस्पतालका नर्सहरुको आन्दोलनको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन -भन्छन् – निर्देशन पालना नगर्ने ...
16/10/2025

मणिपाल तथा निजी अस्पतालका नर्सहरुको आन्दोलनको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन
-भन्छन् – निर्देशन पालना नगर्ने अस्पताललाई कारबाही गर्न सरकारलाई कसले रोक्यो?

यो तिहारको काग तिहार (कार्तिक २ गते) का दिन हुने “तिहार शुभकामना आदान–प्रदान तथा खुल्ला नृत्य प्रतियोगिता”मा सबैलाई हार्...
16/10/2025

यो तिहारको काग तिहार (कार्तिक २ गते) का दिन हुने “तिहार शुभकामना आदान–प्रदान तथा खुल्ला नृत्य प्रतियोगिता”मा सबैलाई हार्दिक निमन्त्रणा 🎉 Free entry, No age limit. 2 jana ra 2 vanda mathi ko team 😍
आउनुहोस्, नाच्दै–गाउँदै तिहार मनाऔं, खुशी बाँडौं 💃✨

तिहार शुभकामना आदान–प्रदान तथा खुल्ला नृत्य प्रतियोगिता 🌺📅 मिति: कार्तिक १ गते, शनिवार🕙 समय: बिहान १०:०० बजे📍 स्थान: खोट...
13/10/2025

तिहार शुभकामना आदान–प्रदान तथा खुल्ला नृत्य प्रतियोगिता 🌺

📅 मिति: कार्तिक १ गते, शनिवार
🕙 समय: बिहान १०:०० बजे
📍 स्थान: खोटाङ बजार, पोखरेल पार्टी भवन

कार्यक्रमका आकर्षणहरू:
💃 खुल्ला नृत्य प्रतियोगिता
🏆 पुरस्कारहरूः
🥇 पहिलो पुरस्कार – रु. ६,००० + प्रमाणपत्र
🥈 दोस्रो पुरस्कार – रु. ३,००० + प्रमाणपत्र
🥉 तेस्रो पुरस्कार – रु. २,००० + प्रमाणपत्र

📜 नियमहरू (Rules):

1️⃣ गीत अनिवार्य रूपमा नेपाली भाषामा हुनुपर्नेछ ।
2️⃣ नृत्य प्रस्तुति सांस्कृतिक वा परम्परागत विषयमा भए अझ राम्रो ।
3️⃣ प्रस्तुति समय सीमा: ३ देखि ५ मिनेट ।
4️⃣ सहभागीले कार्यक्रम सुरु हुनु भन्दा कम्तीमा ३० मिनेटअघि दर्ता अनिवार्य गर्नु पर्नेछ ।
5️⃣ निर्णायक मण्डलको निर्णय अन्तिम र बाध्यकारी हुनेछ ।

🎁 विशेष नोट:
• सबै सहभागी समूहलाई संस्थाको तर्फबाट सहभागिता प्रमाणपत्र प्रदान गरीनेछ।
• Lucky Draw Game मार्फत उपस्थित २ जनालाई रु. १,००० नगद पुरस्कार प्रदान गरिनेछ।

🙏 सबै युवायुवती, विद्यार्थी, र स्थानीय बासिन्दालाई यस रमाइलो सांस्कृतिक कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्न हार्दिक अनुरोध गर्दछौं।

आयोजक:- स्वास्थ्य तथा शिक्षा सुधार केन्द्र
🩺 Health and Education Improvement Centre (HEIC)

📞 नाम दर्ता तथा जानकारीका लागि सम्पर्क गर्नुहोस्:
9863670385 , 9852849811 , 9864002424

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Health and Education Improvement Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram