24/10/2025
आज अक्टोबर २४, विश्व पोलियो दिवस । राष्ट्रिय पोलियो उन्मुलन प्रमाणीकरण समितिका अध्यक्ष प्रो. डा. गणेश कुमार राईज्यूको भिडियो संदेश ।
राष्ट्रिय पोलियो उन्मूलन प्रमाणीकरण समिति (NCCPE) को तर्फबाट म सबै स्वास्थ्यकर्मीहरूलाई नेपाललाई पोलियोमुक्त राष्ट्र कायम राख्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा हृदयदेखि आभार प्रकट गर्दछु।
नेपालमा वाइल्ड पोलियो भाइरसको संक्रमण चक्र तोड्न आवश्यक खोप सेवा तथा पोलियो रोगको खोजिको लागि गरिने अतिशीघ्र लुलो पक्षघात हुने बिरामीहरुको निगरानी कार्यमा तपाईंहरूको समर्पण र सहभागिता नै सफलताको मुख्य आधार हो । नेपाल सन् २०१४ देखि पोलियो रोग मुक्त छ ।
विभिन्न चुनौतीहरू हुँदा हुँदै तपाईंहरूको दृढ प्रतिबद्धताले नेपालका बालबालिकाहरुलाई पोलियो रोगबाट सुरक्षित राख्दै आएको छ ।
नेपाललाई पोलियो रोगमुक्त राख्ने कार्यमा नेपाल सरकार, स्वास्थ्यकर्मीहरू, विश्व स्वास्थ्य संगठन, र युनिसेफ लगायतका साझेदारहरूको अथक प्रयास महत्वपूर्ण रहेको छ । साथै, यो उपलब्धि कायम राख्नु पनि हामी सबैको एउटा साझा चुनौती हो ।
सीमित दक्ष जनशक्ति, पोलियो कार्यक्रमको सरकारी प्रणालीमा समावेशीकरण र बदलिंदो परिस्थितिहरूले नेपालको पोलियोमुक्त अवस्थालाई जोखिममा पार्न सक्छ ।
यसले गर्दा पोलियो रोग खोजिको लागि अतिशीघ्र लुलो पक्षघात हुने बिरामीहरुको निगरानी र खोप सेवाप्रति अझ दृढ राष्ट्रिय प्रतिबद्धता र स्वामित्वको आवश्यकता छ।
यस विश्व पोलियो दिवसको अवसरमा, म सबै स्वास्थ्यकर्मी तथा अधिकारीहरू, विकास साझेदारहरू, स्थानीय तह, र समुदायहरूलाई नेपाललाई पोलियोमुक्त कायम राख्ने हाम्रो साझा प्रतिबद्धता दोहार्याउन आह्वान गर्दछु।
हामी सबै मिलेर हाम्रो कडा परिश्रमले प्राप्त गरेको यो उपलब्धि जोगाऔँ ।
आजका हरेक नेपाली बालबालिका र आगामी पुस्ता पोलियो रोगबाट सुरक्षित रहून् ।
पोलियो मुक्त अवस्था कायम राखौं । धन्यवाद । Family Welfare Division Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Department of Health Services Nepal UNICEF Nepal World Health Organization Nepal