31/12/2025
सन् २०२५ लाई फर्केर हेर्दा
राष्ट्रिय खोप कार्यक्रमका प्रमुख उपलब्धिहरू:
1. एच.पि.भी. खोप अभियान: नेपालमा पहिलो पटक राष्ट्रिय एच.पि.भी. खोप अभियान सञ्चालन गरियो, जसबाट लक्षित किशोरी (कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय वाहिर रहेका १० वर्ष उमेर देखी १४ वर्ष उमेरसम्मका किशोरीहरू) मध्ये ९४ प्रतिशतले खोप प्राप्त गरे।
2. पूर्णखोप घोषणा: एउटै आर्थिक वर्षमै देशका सबै ७७ जिल्ला पहिलो पटक पूर्णखोप घोषणा गरिए।
3. रुबेला रोग निवारणमा नेपाल सफल: विश्व स्वास्थ्य संगठन (WHO) ले यस वर्ष नेपालले रुबेला रोगको निवारण (Rubella Elimination) हासिल गरेको भनी आधिकारिक रूपमा प्रमाणित गरेको छ।
4. अन्तर्राष्ट्रिय सम्मान: महिला सामुदायिक स्वास्थ्य स्वयंसेवी कार्यक्रमलाई नेपालको तर्फबाट प्रस्तुत गर्दै WHO दक्षिण–पूर्वी एसिया क्षेत्रको Public Health Champion Award प्राप्त गर्न सफल भईयो ।
5. हैजा रोग विरुद्ध प्रतिकार्य: पर्सा र बारा जिल्लामा हैजा महामारी नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरी लक्षित जनसंख्यामध्ये ९० प्रतिशतलाई हैजा रोग विरुद्ध खोप प्रदान गरियो।
6. पोलियो रोग निगरानी गर्ने कार्यमा नेपाल उत्कृष्ट: विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिण–पूर्वी एशिया क्षेत्र (SEARO) का देशहरूमध्ये सबैभन्दा उच्च Non-Polio AFP rate हासिल गर्दै पोलियो रोग निगरानी गर्ने कार्यमा नेपाल उत्कृष्ट भएको छ ।
7. शून्य डोज र पूर्ण खोप नपाएका बालबालिका पहिचानमा नेतृत्व: WHO–UNICEF (WUENIC) को खोप कभरेज तथ्याङ्क अनुसार, SEARO क्षेत्रका देशहरूमध्ये शून्य डोज तथा पूर्ण खोप नपाएका बालबालिकालाई पहिचान गरी खोप दिन नेपाल अग्रणी रह्यो।
8. IA 2030 लक्ष्य प्राप्ति: The Lancet मा प्रकाशित विश्लेषणअनुसार Immunization Agenda 2030 (IA 2030) का प्रमुख लक्ष्यहरू नेपालले समयअगावै हासिल गरिसकेको छ।
9. मातृ तथा नवशिशु धनुष्टङ्कार निवारण कायम: खोपको प्रभावकारिताका कारण नेपालले सन् २००५ मै मातृ तथा नवशिशु धनुष्टङ्कार निवारणको लक्ष्य हासिल गरेको प्रमाणित भएको थियो। विज्ञ टोलीले गरेको मूल्याङ्कनले यो अवस्था अझै कायम रहेको पुष्टि गरेको छ ।
यी उपलब्धिहरू प्राप्त गर्न योगदान गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।
Gavi, the Vaccine Alliance World Health Organization Nepal UNICEF Nepal Department of Health Services Nepal National Health Education Information and Communication Centre Family Welfare Division