Nepal Association of the Blind

Nepal Association of the Blind It was formally established in 1993.

Nepal Association of the Blind (NAB) is a non-profit, non-political, non governmental organization dedicated towards the upliftment of the Blind and Partially Sighted (BPS) people in Nepal.

08/12/2025

!!!संगीत प्रशिक्षक आवश्यकता सम्बन्धी सूचना!!!

काठमाडौ महानगरपालिका मार्फत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्राप्त बजेट शीर्षकबाट यस संस्थाद्वारा संचालन गरिने संगीत प्रशिक्षण कार्यक्रमलाई ६ महिने संगीत प्रशिक्षक आवश्यक परेकाले योग्यता सीप तथा अनुभव भएका इच्छुक व्यक्तिहरूलाई निम्न विवरणका साथ दरखास्त लागि सूचित गरिन्छ।

आवश्यक पद:

संगीत प्रशिक्षक (Music Instructor) गराइने बाध्य सामग्रीहरु (अक्टोप्याड, ढोलक, मादल हार्मोनियम, किवोर्ड) सिकाउन सक्ने
योग्यता:
• संगीत सम्बन्धी प्रशिक्षण/कोर्ष गरेको
• दृष्टिविहीनलाई संगित प्रशिक्षण गराउन अनुभव भएकोलाई विशेष प्राथमिकता
पेश गर्नुपर्ने कागजातहरू:
• आवेदन पत्र
• नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• अनुभव प्रमाणपत्रको प्रतिलिपि

दरखास्त दिने अन्तिम मिति: २०८२ मंसिर २९
दरखास्त दिने स्थान:नेपाल नेत्रहीन संघ
Email: nabntcs@gmail.com
सम्पर्क नम्बर: ०१-४३७६५८०

हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। यस वर्ष नेपालमा “अपाङ्गता समावे...
04/12/2025

हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। यस वर्ष नेपालमा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका साथ ३४ औँ अन्तर्राष्ट्रिय दिवस २०८२ मङ्सिर १७ गते, बुधवार (३ डिसेम्बर २०२५) को दिन राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा आयोजित प्रभातफेरीमा नेपाल नेत्रहीन संघ, नेत्रहीन युवा संघ नेपाल र नेत्रहीन महिला संघ नेपालले समन्वयपूर्वक सहभागिता जनाएको थियो।
प्रभातफेरी खुल्ला मञ्चबाट सुरु भई भृकुटीमण्डप बगैँचामा मुख्य समारोहमा परिणत भएको थियो।

सञ्चार तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री श्री जगदीश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न मूल समारोहमा, अपाङ्गता अधिकार अभिवृद्धि तथा समावेशी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गरिएको थियो। सोही क्रममा नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष श्री शिशिर खनाल ज्यूलाई दोसल्ला का साथ सम्मानपत्र प्रदान गरिएको थियो। समारोहको अन्त्यतिर अध्यक्ष खनालले अपाङ्गता अधिकार, समावेशी नीतिको प्रभावकारी कार्यान्वयन, र समान पहुँच तथा अवसर सुनिश्चित गर्न सबै तहका सरोकारवालाहरूबीच निरन्तर सहकार्य आवश्यक रहेको भन्दै दिवसले दिएको साझा सन्देशलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले समावेशी समाज निर्माणलाई दीर्घकालीन जिम्मेवारीका रूपमा लिनुपर्ने र सबै क्षेत्रबाट सक्रिय सहयोग जुटेमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा देखिने सकारात्मक परिवर्तन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

#2025

02/12/2025

सहभागिताका लागि सूचना:

अपांगता भएका व्यक्तिहरुको ३४औं अन्तर्राष्ट्रिय दिवस, डिसेम्बर ३ को अवसरमा भोलि मंसिर १७ गते बिहान साढे सात बजे काठमाडौँको टुडिखेलबाट सुरु हुने बृहत र्‍यालीमा सहभागिताका लागि हार्दिक अनुरोधसहित सूचित गरिन्छ।

23/11/2025

नेपाल नेत्रहीन संघ‚ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल तथा नेपाल नेत्र ज्योति संघको संयुक्त सहकार्यमा सन २०२५ देखि सन् २०२९ सम्म अपाङ्गता अधिकारका लागि सहकार्य (Collective Action for Disability Rights (CADiR)) नामक कार्यक्रम सञ्चालन भइरहेको छ । समावेशी शिक्षा सो कार्यक्रमको एक मुख्य कार्यक्षेत्र हो | उक्त कार्यक्षेत्र अन्तर्गत तल उल्लेखित जिल्लाहरूमा रहेका १४ वटा विद्यालयहरूमा Baseline Survey गर्नुपर्ने भएकाले तथ्याङ्क सङ्कलनका लागि योग्य र इच्छुक व्यक्तिहरूबाट यो सुचना प्रकाशित भएको मितिबाट ५ दिन भित्र दरखास्त आव्हान गरिन्छ । थप जानकारीको लागि तल दिएको लिंकमा जानुहोला ।

https://nabnepal.org/news/enumerator_vacancy_announcement/

नेपाल नेत्रहीन सङ्घले NABP Norway को सहयोगमा कात्तिक १७ देखि मङ्सिर २ गतेसम्म दृष्टिसम्बन्धी अपांगता भएका ७ (४ महिला, ३ ...
23/11/2025

नेपाल नेत्रहीन सङ्घले NABP Norway को सहयोगमा कात्तिक १७ देखि मङ्सिर २ गतेसम्म दृष्टिसम्बन्धी अपांगता भएका ७ (४ महिला, ३ पुरुष) जनालाई सीपमूलक व्यावसायिक तथा बजार व्यवस्थापन सम्बन्धी तालिम आयोजना गरेको थियो। उक्त तालिममा फिनेल, हार्पिक, लाइजोल, ह्यान्डवाश, कोलिन तथा कुच्चो बनाउने सीप प्रदान गरिएको थियो। साथै, यी सामग्रीहरूको र विपणनका लागि दुई दिने थप तालिम पनि दिइएको थियो। तालिम सहभागीहरूले उक्त तालिम उपयोगी र व्यावहारिक भएको भन्दै सकारात्मक प्रतिक्रिया प्रदान गर्नुभएको थियो।

🎗️ विश्व सेतो छडी दिवस: दृष्टिबिहीन व्यक्तिहरूको स्वतन्त्रता र आत्मविश्वासको प्रतीक 🎗️हरेक वर्ष अक्टोबर १५ का दिन विश्व ...
17/10/2025

🎗️ विश्व सेतो छडी दिवस: दृष्टिबिहीन व्यक्तिहरूको स्वतन्त्रता र आत्मविश्वासको प्रतीक 🎗️

हरेक वर्ष अक्टोबर १५ का दिन विश्व सेतो छडी दिवस विश्वभर मनाइन्छ, जसको उद्देश्य दृष्टिबिहीन व्यक्तिहरूको स्वतन्त्रता, आत्मनिर्भरता र सुरक्षित आवागमनप्रति जनचेतना फैलाउनु हो।

सेतो छडी केवल सहायक उपकरण होइन, यो स्वतन्त्रताको प्रतीक हो। यसले दृष्टिबिहीन व्यक्तिहरूलाई आत्मविश्वासका साथ आफ्नो बाटो हिँड्न सक्षम बनाउँछ।

यही विषयमा नेपाल नेत्रहीन संघका अध्यक्ष श्री शिशिर खनाल, प्रयत्न नेपालकी अध्यक्ष श्री सरीता लामिछाने र एक्सेस प्लानेटकी कार्यकारी निर्देशक श्री लक्ष्मी नेपालले यसको महत्वबारे टीकाराम यात्रीसँग छलफल गर्नुभएको छ।
पूरा अन्तर्वार्ता हेर्नका लागि तल दिएको युट्युब लिङ्कमा क्लिक गर्नुहोस्।

#अँध्यारोबाट_उज्यालोतिर : शिशिर खनाल- अध्यक्ष, नेपाल नेत्रहिन संघ लक्ष्...

सेतो छडी सुरक्षा दिवस २०२५: सेतो छडी सुरक्षा दिवस, दृष्टिविहीन व्यक्तिहरूका लागि स्वतन्त्रताको प्रतीकका रूपमा सेतो छडीको...
14/10/2025

सेतो छडी सुरक्षा दिवस २०२५:

सेतो छडी सुरक्षा दिवस, दृष्टिविहीन व्यक्तिहरूका लागि स्वतन्त्रताको प्रतीकका रूपमा सेतो छडीको महत्त्वबारे चेतना जगाउन मनाइने वार्षिक दिवस हो। यस दिवसले दृष्टिविहीन व्यक्तिहरूको अधिकार, सुरक्षित पैदल यात्राको आवश्यकता, र सबैका लागि पहुँच र सम्मानको महत्त्वमा जोड दिन्छ। यस अवसरले समाजमा दृष्टिविहीन व्यक्तिहरूले सामना गर्नु पर्ने चुनौतीहरूबारे जनतालाई सचेत गराउने र समावेशी वातावरण प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ।

> सेतो छडी सुरक्षा दिवस २०२५ कहिले मनाइन्छ?

सेतो छडी सुरक्षा दिवस हरेक वर्ष अक्टोबर १५ तारिकमा मनाइन्छ, जसले व्यक्ति, संस्था, र समुदायहरूलाई दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि चेतना जगाउन र वकालत गर्न एकसाथ आउन प्रेरित गर्दछ।

>सेतो छडी सुरक्षा दिवस २०२५ सँग कसरी संलग्न हुने?
सेतो छडी सुरक्षा दिवस मनाउने क्रममा, तपाइँ विभिन्न तरिकाले सहभागी हुनसक्नु हुन्छ। यस दिनले तपाईंलाई दृष्टिविहीन व्यक्तिहरूका अधिकारका लागि आवाज उठाउने उत्कृष्ट अवसर प्रदान गर्छ।

केही अर्थपूर्ण तरिकाहरू यस प्रकार छन्:
१. सेतो छडीको बारेमा जान्नुहोस्:
सेतो छडी, दृष्टिविहीन व्यक्तिहरूको स्वावलम्बन, सुरक्षित आवागमन तथा गमनशीलताका लागि अत्यावश्यक उपकरण हो। यसको महत्त्वका बारेमा आफैँ पनि बुझ्नुहोस् र अरूलाई पनि बताउनुहोस्।

२. सुरक्षित पैदल यात्राको अभ्यास गर्नुहोस्:
हिँड्दा वा सवारीसाधन चलाउँदा सेतो छडी प्रयोग गर्ने व्यक्तिहरूको बारेमा सचेत रहनुहोस् र उनीहरूलाई प्राथमिकता दिनुहोस्।

३. पहुँचका लागि पैरवी तथा वकालत गर्नुहोस्:
सर्वसुलभ र सुरक्षित सडक, सडक पेटी, र पहुँचयुक्त सार्वजनिक स्थानहरूको निर्माणका लागि आवाज उठाउनुहोस्।

४. दृष्टिविहीन सम्बन्धी संस्थाहरूलाई सहयोग गर्नुहोस्:
दृष्टिविहीन व्यक्तिहरूका लागि सेवा, तालिम, र स्रोतहरू प्रदान गर्ने संस्थाहरूलाई सहयोग गर्नुहोस्। साथै, दृष्टिविहीन व्यक्तिहरूको सुरक्षित आवागमनका लागि सेतो छडी वितरणमा सहकार्य गर्नुहोस्।

५. स्वयंसेवक बन्नुहोस्:
आफ्नो समय, सीप, र स्रोत प्रयोग गरेर समुदायमा दृष्टिविहीन व्यक्तिहरूलाई सहयोग गर्न स्वयंसेवकको रूपमा सहभागी हुनुहोस्।

६. जनचेतनामूलक कार्यक्रमहरूमा सहभागी हुनुहोस्:
स्थानीय स्तरमा सेतो छडी सुरक्षा दिवसका कार्यक्रम, कार्यशाला, वा जनचेतना अभियानहरूमा सहभागी भई दृष्टिविहीन व्यक्तिहरूका अधिकार र सुरक्षाबारे सन्देश फैलाउनुहोस्।

सेतो छडी सुरक्षा दिवसको इतिहास:

अमेरिकी राष्ट्रपति लिन्डन बी. जोनसन ले सेतो छडीलाई दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्रताको प्रतीकका रूपमा औपचारिक मान्यता दिने घोषणा पत्रमा हस्ताक्षर गरेपछि, पहिलो पटक सन् १९६४ अक्टोबर १५ मा संयुक्त राज्य अमेरिकामा सेतो छडी सुरक्षा दिवस मनाइयो।

नेपालमा भने, अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्ष सन् १९८१ देखि सेतो छडीको प्रयोग सुरु भयो। यस दिवसको उद्देश्य दृष्टिविहीन व्यक्तिहरूका अधिकार, स्वावलम्बन, स्वतन्त्र र सुरक्षित गमशीलताबारे चेतना जगाउनु हो।

Do you know tomorrow (15th October) is International White Cane Safety Day? 🦯The white cane is more than just a mobility...
14/10/2025

Do you know tomorrow (15th October) is International White Cane Safety Day? 🦯

The white cane is more than just a mobility tool; it’s a symbol of independence, confidence, and equal rights for persons with visual disabilities. It allows safe movement, access to opportunities, and full participation in community life.

Recognizing the importance of the white cane, NAB has conducted Orientation&Mobility training to the caretakers of children with visual impairments residing in the hostel of the resource schools in 2025. Some images and video clips can be observed below.

Let’s take a moment to recognize the importance of accessible roads, inclusive environments, and respect for the white cane users around us.
Together, we can build a world where everyone moves freely and safely.

13/10/2025
NAB Successfully Holds Its 27th Annual Assembly in Kathmandu! 🎉We are delighted to share that the Nepal Association of t...
13/10/2025

NAB Successfully Holds Its 27th Annual Assembly in Kathmandu! 🎉

We are delighted to share that the Nepal Association of the Blind (NAB) successfully organized its 27th Annual Assembly on 11 October 2025 at Universal Café, Sukedhara, Kathmandu.
The event was graced by the presence of over 103 representatives, volunteers, and staff from all seven provinces. The program was chaired by NAB President Mr. Shishir Khanal and anchored by NAB General Secretary Mr. Kaladhar Bhandari.
Distinguished Chief Guests included:
• Mr. Rajan Lamsal, International Director Endorsee, Lions Club
• Mr. Devidatta Acharya, President, National Federation of the Disabled Nepal (NFDN)
• Mr. Purna Shrestha, Chair, International Teachers Task Force, UK, and Member of Education and Development (UKFIET)
We were also honored by the participation of representatives from various organizations working in the disability sector.
The Assembly also endorsed the "Kathmandu Declaration", marking an important milestone for NAB’s future direction.
NAB extends heartfelt gratitude to all participants, guests, and well-wishers who made this event a grand success!
Together, we continue our journey towards inclusion, empowerment, and equal opportunities for all persons with visual disabilities.

________________________________________

24/09/2025

मिति २०८२/०३/१० गते नेपाल नेत्रहीन संघद्वारा प्रकाशित स्नातक तथा स्नातकोत्तर स्तरमा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरण सम्बन्धी सूचना बमोजिम, प्राप्त भएका कुल ४७ वटा आवेदनहरूको अध्ययन तथा मूल्याङ्कन पश्चात् उपयुक्त १३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको र उक्त छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली देहाय बमोजिम प्रकाशित गरिएको छ।

१. पूजा लामिछाने – गोर्खा
२. आर्य निरौला – सुनसरी
३. सुस्मिता बि.क. – तनहुँ
४. विनिता सतार – मोरङ
५. सुजन गुरुङ – गोर्खा
६. रोजिना घिमिरे – गोर्खा
७. मदन रोकाया – मुगु
८. अमिर पौडेल – कपिलवस्तु
९. सागर भाट क्षेत्री – अर्घाखाँची
१०. जयन्ती राई – संखुवासभा
११. रमिता कुमारी चौधरी – सुनसरी
१२. चिरञ्जीवी थापा – गुल्मी
१३. सरस्वती कठायत – डडेल्धुरा

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

014376598

Alerts

Be the first to know and let us send you an email when Nepal Association of the Blind posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Association of the Blind:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram