03/12/2025
यर्मिया १३–१४
“घमण्डको पतन, फोहोर वस्त्र, र दयाको माग”
यर्मिया १३: परमेश्वरले यर्मियालाई सूतीको पटुकाको चिन्ह दिनुहुन्छ। इस्राएललाई परमेश्वरसँग नजिकै रहेर जिउनका लागि बनाइएका थिए, तर घमण्ड, पाप, र हठीले गर्दा उनीहरू फोहोरी पटुकाजस्तै बेकाम, भ्रष्ट, र काम नलाग्ने बने।
परमेश्वरले, “घमण्डले राष्ट्रलाई तल झार्नेछ” भनी चेतावनी दिनुहुन्छ।
राजा, अगुवा, पूजाहारी, अगमवक्ता, र प्रजाहरु, सबैलाई परमप्रभुको सामु नम्र हुन बोलाइएको छ।
यर्मिया १४: देशमा गहिरो खडेरी पर्छ।
भूमि चिरिन्छ, जनावर मर्छन्, र मानिसहरू खाली भाँडाहरू बोकेर निराश हुँदै फर्कन्छन्।
इस्राएलले, “हामीले पाप गर्यौँ, हाम्रा पापले नै हाम्राविरुद्ध साक्षी दिएका छन्। हे परमप्रभु, दया गर्नुहोस्!” भनी विलाप गर्छन। तर झूटा अगमवक्ताहरू, “न त युद्ध आउँछ, न त खडेरी, केही पनि हुँदैन” भनी झुटा कुराहरु भन्छन्।
“तिनीहरूले झूट बोल्छन्; मैले तिनलाई पठाएको छैन” भनी परमेश्वर भन्नुहुन्छ।
यर्मिया राष्ट्रका लागि, “हाम्रा पाप धेरै छन्, तैपनि तपाईंको नामको खातिर कृपा गर्नुहोस् भनी विलाप गर्छन।”
मुख्य पदहरू:
• १३:२५ तेरो हिस्सा, मैले ठहराएको तेरो भाग यही हो,” परमप्रभु भन्नुहुन्छ, “किनभने तैंले मलाई बिर्सेको छस्, र झूटा देवताहरूमा भरोसा राखेको छस्।
• १४:७ हाम्रा अधर्मले हाम्रा विरुद्धमा गवाही दिए तापनि हे परमप्रभु, तपाईंकै नाउँको खातिर केही काम गर्नुहोस्। किनकि हाम्रो धर्म-त्याग साह्रै ठूलो भयो। हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं।
पाठहरू:
• घमण्ड नै व्यक्तिगत र राष्ट्रिय पतनको जड हो।
• परमेश्वरसँग नजिक नहुँदा मानिस आत्मिक रूपमा बिग्रिन्छ।
• झूटा शिक्षकहरूले राष्ट्रलाई मिठा झूट बोलेर नास गर्छन्।
• कठिनाइ, संकट, र खडेरी प्रायः पश्चात्तापको बोलावट हुन्।
• दया र उद्धार परमेश्वरको नाम र विश्वासयोग्यतामा आधारित हुन्छ।
अनुप्रयोग:
• म घमण्ड अस्वीकार गरी परमेश्वरसँग नम्रतापूर्वक हिंड्नेछु।
• म परमप्रभुसँग पटुकाजस्तै नजिकै गाँसिएर रहनेछु।
• म झूटो शिक्षण र खोक्रो आश्वासनहरू अस्वीकार गर्नेछु।
• कठिन समयमा म परमेश्वरको दया र करार सम्झेर स्थिर रहनेछु।
• म मेरो समुदाय र राष्ट्रका लागि पहरेदार र मध्यस्थ बनेर उभिनेछु।
Jeremiah 13–14
“Pride’s Downfall, Stained Garments, and the Cry for Mercy”
Jeremiah 13: God gives Jeremiah the sign of the linen belt. Israel was meant to cling to God closely, but pride, sin, and stubbornness made them corrupted and useless, like a ruined belt. God warns:
“Pride will bring the nation down.”
Kings, leaders, priests, prophets, and people—all are called to humble themselves before the Lord.
Jeremiah 14:
A severe drought strikes the land.
The ground is cracked, animals perish, and people return hopelessly with empty vessels.
Israel pleads: “We have sinned—our sins testify against us. Lord, have mercy.” But false prophets preach lies: “No sword, no famine, no disaster.” God says:
“They speak lies; I did not send them.”
Jeremiah weeps for the nation:
“Though our sins are many, act for the sake of Your name.”
Key Verses:
• 13:25 — “You forgot Me, so this is your portion.”
• 14:7 — “Though our sins testify against us, have mercy.”
Lessons:
• Pride is the root of personal and national downfall.
• Without closeness to God, people become spiritually ruined.
• False teachers destroy nations with comforting lies.
• Hardship and drought can be God’s call to repentance.
• Mercy and salvation rest on God’s faithfulness and His name.
Application:
• I will reject pride and walk in humility before God.
• I will cling to the Lord closely, like the belt was meant to cling.
• I will not listen to false teachings or empty promises.
• In trouble, I will trust God’s mercy and remember His covenant.
• I will stand as a watchman and intercessor for my community and nation.
Abhishek Oza
Agape Foundation Nepal
Setipakha, Hattiban, Lalitpur
📞 981-0043570