26/09/2025
https://www.facebook.com/share/p/17AtVYvVJZ/
गोग्लीमा सञ्जिवनी टिचिङ अस्पताल सञ्चालनको तयारीमा छौँ : प्रमुख कार्यकारी अधिकृत रोका [अन्तर्वार्ता]
दाङको घोराही उपमहानगरपालिका–३ गोग्लीस्थित भानपुरमा पाँच सय शैयाको सञ्जीवनी शिक्षण अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको छ । भानपुरको पाँच विगाह क्षेत्रफलमा निजी क्षेत्रको करिब चार अर्ब लगानीमा तीन तलाका नौ वटा भवन निर्माणको गरिएका छन् ।निर्माण गरिएका भवनबाट असोज महिनादेखि अस्पताल सञ्चालनमा आउने तयारी रहेको छ ।
अस्पालका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणसँगै जनशक्ति र उपचार व्यवस्थापनको काम सकिएको छ भने फिनिसिङ र सरसफाइलगायतको काम भइरहेको छ । यसै सन्दर्भमा सञ्जीवनी शिक्षण अस्पताल कहिलेदेखि सञ्चालन आउनेछ, अस्पताल सञ्चालन भए पनि दाङका नागरिकले के कस्तो सेवा पाउने छन् भनेर सञ्जीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकासँग पत्रकार लीलाधर वलीले गरेको कुराकानीको सारसंक्षेप ।
� पाँच सय सैयाको सञ्जिवनी टिचिङ अस्पताल निर्माणको कार्य कति प्रतिशत पूरा भयो ?
सञ्जिवनी टिचिङ अस्पतालको सिभिल वर्कको काम सकेर अहिले फिनिसिङको ९० प्रतिशत काम पूरा भइसकेको छ । फिनिसिङ अन्तर्गत इलेक्टिकल, मेकानिकल, बाउण्डिङ, पेन्टिङलगायतका काम भइरहेका छन् । २०७८ सालदेखि निर्माणको काम सुरु भएको अस्पतालको अहिलेसम्म ९० प्रतिशत बढी काम पूरा भइसकेको छ । तत्कालका लागि तीन सय सैया र दीर्घकालीन रूपमा पाँच सय सैयाको अस्पताल सञ्चालन गर्ने तयारी रहेको छ ।
� कहिलेदेखि अस्पताल सञ्चालन गर्ने तयारी छ ?
अस्पतालको करिब निर्माणको काम सकिएको छ । बाँकी निर्माणको काम सकेर असोज महिनोदेखि अस्पताल सञ्चालन गर्ने तयारीमा लागेका छौँ । त्यसैका लागि अहिले करिब दैनिक तीन सय बढी कामदारले निर्माणको काम भइरहेको छ ।
अस्पतालका लागि आवश्यक पर्ने विशेषज्ञ डाक्टरदेखि नर्सलगायतको टेक्निकल जनशक्ति भर्ना, ननटेक्निकल जनशक्तिदेखि आवश्यक उपकरण ल्याएर सेट गर्ने काम भइरहेको छ । तीन सय सैयाको अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण ल्याउनेदेखि करिब ६० प्रतिशत जनशक्ति समेत भर्ना गरिसकेका छौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एलवाई स्वीकृत लिएर अस्पताल निर्माण गरेका हौँ । अस्पताल सञ्चालनका लागि निवेदन दिइसकेका छौँ, स्वीकृति पाएपछि सञ्चालन गर्ने छौँ । त्यसका लागि एक पटक निरीक्षणको काम समेत भइसकेको छ ।
स्वास्थ्य क्षेत्रका प्रतिष्ठित व्यवसायी खुमाप्रसाद अर्यालयको लगानीमा मध्यपश्चिम क्षेत्रअन्तर्गत लुम्बिनी प्रदेशको राजधानी दाङमा निर्माण भइरहेको अस्पताल सञ्चालन भएपछि बिरामीलाई उपचारका लागि बाहिरी जिल्ला वा भारत जानु पर्ने अवस्थाको अन्त्य हुने छ ।
� अस्पताल सञ्चालनमा आएपछि बिरामीले के कस्तो सेवा पाउने छन् ?
सञ्जिवनी टिचिङ अस्पताल सञ्चालनमा आएपछि नागरिकले अस्पतालबाट पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा पाउने नै भए । त्यसका अलावा जनरल फिजिसिएन सेवा, जनरल सर्जरी, स्त्री रोग तथा प्रसुति, बाल रोग तथा शिशु सेवा, दन्त चिकित्सा, हाड जोर्नी, सामान्य आँखा उपचार, फिजियोथेरापी, ऐनेस्थेसियोलोजी, नाक कान घाँटी, मानसिक, चर्म तथा यौन रोग तथा विशिष्टिकृत सेवाअन्तर्गत कार्डियोलोजी, न्युरोलोजी, युरोलोजी, नेफ्रोलोजी सञ्चालनमा आउने छन् ।
रेडियो इमाजीनिङमा डिजिटल एक्स–रे, भिडियो एक्स–रे, दन्त एक्स–रे, सिटी स्क्यान, एमआरआईलगायतका सेवा रहेका छन् । अस्पतालमा १४ वटा मोडुलर शल्यक्रिया कक्ष, भेन्टिलेटरसहित आईसीयू, एनआईसीयू, पिआइसियू, एसआईसीयू, एचडियू तथा हेमोडाइलसिस लगायतका सुविधा पनि पर्याप्त मात्रामा रहनेछ । क्याथ ल्याव (मुटुको जाँच तथा एन्जियोग्राम जस्ता प्रोसुजर गर्ने), इको, इसिजी, इइजी, इन्डोस्कोपी, क्लोनस्कपीलगायत सेवा रहेका छन् । क्यान्सर सम्बन्धी अन्को ल्याव ल्याउने रहने छ ।
२४ सै घण्टा विशेषज्ञ चिकित्सक सहित ५० शैयासँगै शल्यक्रिया कक्ष, इमेरजेन्सी ल्याव तथा फार्मेसी रहेको इमेरजेन्सी सेवा रहने छ । बिरामीको सुविधाका लागि सामान्य वार्डदेखि डिलस्स वार्डसम्म रहेका छन् । सुविधा भएपछि जटिल प्रकृतिका प्रसुति तथा अन्य शल्यक्रियाका लागि काठमाडौँ वा अन्यत्र जानु नपर्ने र सहजै उपचार पाउने छन् ।
साथै भन्नै पर्ने कुरा सञ्जिवनी टिचिङ अस्पतालबाट किड्नी, पिसाव, मुटु र नसा सम्बन्धी सुपरस्पेलेटी सेवा दिने योजना छ तर यसका लागि म्यानपावर एकदम कम छ । अहिलेको अवस्थामा कार्डियोलोजीको सेवा भैरहवा बुटवलमै गौतमबुद्ध अस्पताल बाहेक अनेत्र छैन । मेडिकल कलेजमै नभइरहेको अवस्थामा हामीले दाङबाट दिने तयारीमा छौँ । यसका लागि थोरै समय लाग्न सक्छ ।
त्यससँगै मेडिकल कलेजका लागि आवश्यक पर्ने नौवटा विभागअन्तर्ग विशेषज्ञ सेवासहित कार्डाेलोजी, नेर्फाेलोजी, न्यूरोलोजी र युरोलोजी सेवामा डिएम अर्थात् सुपरस्पेलेटी सेवा दिने छ । यो अस्पतालले दाङसहित साविक राप्तीका पाँच जिल्लाका नागरिकलाई विशेष सेवा दिने छ ।
� अस्पताल सञ्चालन आएपछि बिरामीलाई बाहिर जानु पर्ने त हुँदैन नि ?
हो, सञ्जीवनी शिक्षण अस्पताल सञ्चालन आएसकेपछि कुनै विशेष प्रकृतिका बिरामी बाहेक अन्य बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था हुने छैन । यस क्षेत्रका बिरामीलाई उपचारका लागि बाहिर जानु पर्ने अवस्थाको अन्त्यका लागि सञ्जीवनी शिक्षण अस्पतालमा लगानी गरेका छौँ ।
नेपालगन्ज र भैरहवामा पाउने सेवासँगै विशेष सेवा दिने सञ्चालनमा लागेका छौँ । अस्पतालमा बिरामीको रोग पहिचान, उपचार र स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले पाँच सय सैयाको सञ्जीवनी मेडिकल कलेज सञ्चालन गर्ने तयारीमा छौँ । बिरामीको चेकअपका लागि राम्रो जनशक्ति छ । त्यससँगै हाम्रो ल्यावको क्यापासिटी राम्रो छ । अस्पतालमा रेडोलोजली, इस्कोपी, क्याथल्यावसँगै क्यान्सर रोगको उपचारक लागि अनको ल्यावको पलान भइरहेको छ । कम्तिमा एक चरणको पहिचान होस भन्ने हो ।
प्रसुस्ती, एनआइसियुको विशेष उपचार हुनेछ । अहिले पनि एनआइसियु सुविधा नहुँदा किर्टिकल बिरामीलाई रिफर गर्नु पर्ने अवस्था छ । अहिले आइसियुसम्मको अवस्था नहुँदा बिरामीले दुःख पाउनु पर्ने अवस्था छ । हामीसँग एनआइसियु, इआसियु, एसआइसियु, आइसियु, एचडियु छ । प्रत्येक आइसियुमा भेन्टिलेटरको व्यवस्था हुन्छ । बिरामीको रोग पहिचान र उपचारको सम्पूर्ण उपचार जिल्लामै हुनेछ ।
� मेडिकल शिक्षाका क्षेत्रमा अस्पतालले के–कस्तो भूमिका खेल्ने छ ?
दाङमा पछिल्लो समय स्वास्थ्य संस्थाको विकास हुने क्रम जारी रहेको छ । त्यही क्रममा सञ्जीवनी टिचिङ अस्पताल पनि एउटा हो । दाङमै रोगको पहिचान, उपचारसँगै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले करिब चार अर्ब बढी लगानी खुल्दै गरेको सञ्जीवनी टिचिङ अस्पतालले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने छ ।
अहिले अस्पताल सेवा सञ्चालन भए पनि हामीले चिकित्सा शिक्षा ऐन २०७५ अनुसार अस्पताल सञ्चालन भएको तीन वर्षपछि मात्र एमविविएस र विडिएस कक्षा सञ्चालन गर्ने छौँ । त्यसभन्दा अघि व्याचरललेवलका नर्सिङ र प्यारामेडिकल विषय सञ्चालन गर्ने छौँ । व्याचलर लेवल र पिसियलका कक्षा दोस्रो वर्षदेखि सुरु गर्ने छौँ । जसअन्तर्गत नर्सिङ, विएसी नर्सिङ, विएन, फार्मेसी, ल्यावलगायतका विषय पढाइ हुने छन् ।
शैक्षिक कार्यक्रम अन्तर्गत विभिन्न कक्षा सञ्चालन भएपछि देशका विभिन्न ठाउँबाट विद्यार्थी पढ्नका लागि दाङ आउने छन् । त्यसले पक्कै पनि चहलपहलसँगै आर्थिक कारोबार बढाउने छ । समग्रमा भन्नु पर्दा दाङ स्वास्थ्य क्षेत्रसँगै आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने छ । एमविविएस, विडिएस कक्षा सञ्चालन गरेपछि एमडीजस्ता विषय पनि जिल्लामै पढाउने छौँ ।
� दाङको स्वास्थ्य क्षेत्रको विकासका लागि अस्पतालले कस्तो खालको भूमिका खेल्ने छ ?
अस्पताल सञ्चालले स्वास्थ्य क्षेत्रमा नागरिकलाई सेवासँगै आर्थिक कारोबारलाई बढाउने छ । त्यससँगै प्रत्यक्ष रूपमा करिब तीन सय ५० जना अस्पतालसँग जोडिने छन भने अप्रत्यक्ष रूपमा धेरैलाई अस्पतालले फाइदा पु¥याउने विश्वास छ । अस्पताल सञ्चालनसँगै त्यस क्षेत्रमा सहरीरण हुनेछ । होटेल सञ्चालन हुनेछन । यसले दाङको आर्थिक विकासका लागि ठुलो भूमिका खेल्नेछ । जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल लगायतका स्वास्थ्य सस्थाले नागरिकलाई सेवा दिइरहेका छन् भने अब सञ्जीवनी टिचिङ अस्पतालले पनि सेवा दिनेछ ।
� स्वास्थ्य सेवा महङ्गो बन्दै गएको नागरिकको गुनासो छ, यो अवस्थामा सञ्जीवनी अस्पतालले कसरी सेवा दिने छ ?
पक्कै पनि पछिल्लो समय नागरिकको धेरै सुनिने गुनासो भनेकै महङ्गी हो । महङ्गी स्वास्थ्य क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा बढ्दै गएको देखिन्छ । यो अवस्था नागरिकलाई कसरी सर्वसुलभव स्वास्थ्य सेवा दिन सकिन्छ भनेर हाम्रो प्राथमिकता हुनेछ ।
अहिले तत्कालका लागि तीन सय सैयाको भए पनि निकट भविष्यमा यसलाई पाँच सय पु¥याउने छौँ । पक्कै पनि अस्पतालमा कोही राम्रो पैसा तिरेर सुविधासहितको सेवा लिन्छु भन्छ भने त्यसका लागि विशेष सुविधासहितको सेवा पनि हुनेछ । नागरिकका लागि अस्पतालले सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न समयमा विभिन्न ठाउँमा स्वास्थ्य शिविर समेत सञ्चालन गर्नेछौँ ।