Banjade Homeo pharmacy

  • Home
  • Banjade Homeo pharmacy

Banjade Homeo pharmacy about medical advertisement in social media

हाम्रो अभियान जारी छ ।स्वच्छ व्यावसायी नेपाल  काठमाडौं , चेम्बर अफ कमर्स कपिलवस्तु , कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा...
07/01/2024

हाम्रो अभियान जारी छ ।
स्वच्छ व्यावसायी नेपाल काठमाडौं , चेम्बर अफ कमर्स कपिलवस्तु , कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेडकाे संयुक्त आयाेजनामा वर्तमान समयमा उद्यमशिलता , लघु उद्यमका अवस्था , बजारीकरणका लागि आवश्यक पहल , लगायतका भुमिकाबारे चन्द्रौटा स्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय अर्जुन कुमार केसी , बिजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा , नेपाल चेम्बर अफ कमर्स केन्द्रीय सदस्य तथा चेम्बर अफ कमर्स कपिलवस्तु अध्यक्ष महादेव पाेखरेल , विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी , स्वच्छ व्यावसायी समूह नेपालका अध्यक्ष डाक्टर सुनिल चित्रकार , कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेडकाा अध्यक्ष जगत प्रसाद पौडेल , चेम्बर अफ कमर्स कपिलवस्तुका उपाध्यक्ष दिपक पौडेल , चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव गाेपाल बन्जाडे , बिगुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष भिम खनाल , राष्ट्रिय माध्यमिक बिद्यालय चन्द्रौटा कपिलवस्तु प्रधानाध्यापक बलदेव लामिछाने , राेट्रयाक्ट क्लब अफ कपिलवस्तुका भाईस प्रेसिडेन्ट बिष्णु पाण्डे , सहकारीका प्रबन्धक शिव सुवेदी , काेरियन बिश्वबिद्धालयका प्राध्यापककाे ९ जनाको टाेली लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
उद्यमशिलता के हाे ? उद्यमशिल कसरी बन्ने ? लघु उद्योगबाट उत्पादन गरेका सामाग्रीलाई बजारमा कसरी सहज रुपमा लैजान सकिन्छ भन्ने बिषयमा स्वच्छ व्यावसायी समूह नेपालका अध्यक्ष डाक्टर सुनिल चित्रकारले सहजीकरण गर्दै संघीय , प्रदेश तथा स्थानीय तिनै तहका सरकारले नीति निर्माण तथा बजारीकरणमा सहयोग गर्ने जरुरी रहेको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पाेखरेलले उत्पादन भएका सामाग्री बेच्ने काममा चेम्बर अफ कमर्स कपिलवस्तु तथा कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्थाले बजारीकरण , प्रचारप्रसारमा जस्ता कार्यमा सहयोग पुराउने जानकारी दिनुभयो ।
प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले धेरै संघसंस्थाले काम गर्दागर्दै बिचमा काम छाेड्ने , सीप पुर्ण नदिने भएकोले उद्यमशिलताका बिषयमा प्रदेश सभामा यस बिषयमा कुरा उठाउने र मुलतः राेजगारीका बिषय तथा सम्भावनालाई अगाडि बढाउन हार्दिक अनुरोध गर्नुभयो । विजयनगर गाउँ पालिका प्रमुख गाेपाल थापाले स्थानीय सरकारले लघु उद्यमका बिषयमा आवश्यकता अनुसारको नीति निर्माण बनाई कार्यान्वयनमा जाने बताउनुभयो । साथै स्थानीय पालिकाले यस्ता उद्यमीलाई सधैं सहयोग गर्ने समेत बताउनुभयो । कार्यक्रममा दक्षिण काेरियाकाे हुयान बिश्वबिद्धालयबाट आएका प्राध्यापकले उद्यमशिलताकाे क्षेत्रमा नेपालमा धेरै ठुलो अवसर भएको त्यो अवसरलाई प्रविधिसँग जाेड्न जरुरी भएको बताउदै आफ्नो मुलुकमा हाल प्रयोग भएको आफुले जानेको नवीन प्रविधिलाई हस्तान्तरण गर्न आफुहरु सहयोगी बन्न सकिने बताएका थिए । राष्ट्रिय माध्यमिक बिद्यालय चन्द्रौटा कपिलवस्तुका प्रधानाध्यापक बलदेव लामिछानेले राष्ट्रिय माध्यमिक बिद्यालय चन्द्रौटामा संचालित कम्प्युटर ईन्जिनियरिङबाट उत्पादन भएका बिद्यार्थीलाई के कसरी उद्यमशिलतासँग जाेड्ने भन्ने बिषयमा समेत चर्चा परिचर्चा गर्नुभएको थियोे ।

जनहितमा जारी सन्देश ....Dengue ज्वरोका लक्षणहरू ।    हाम्रो क्षेत्र मा पनी बढ्दै गएको छ है सतर्क रहनु होला ।        डेँग...
15/09/2022

जनहितमा जारी सन्देश ....
Dengue ज्वरोका लक्षणहरू ।
हाम्रो क्षेत्र मा पनी बढ्दै गएको छ है सतर्क रहनु होला ।

डेँगु ज्वरोको बारेमा जान्नै पर्ने कुराहरु :-
ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।

बन्जाडे हाेमियाे/ अायुर्वेद  फार्मेसी तथा फिजियाेथेरापी सेन्टरका  सेवाहरू> के तपाईंलाई घुंडा दुख्ने समस्या छ ?> के तपाईं...
17/07/2020

बन्जाडे हाेमियाे/ अायुर्वेद फार्मेसी तथा फिजियाेथेरापी सेन्टरका सेवाहरू
> के तपाईंलाई घुंडा दुख्ने समस्या छ ?
> के तपाईंको हड्डी खिइएको छ ?
> के तपाईंलाइ बाथरोग छ ?
> के तपाईं लाई कम्मर दुख्ने समस्या छ ?
यदि उपचार को खोजीमा हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् | बिना साइड इफेक्ट उपचार हुने फिजियाेथेरापी/होमियोपैथिक तथा आयुर्वेदिक चिकित्सा विधि ..
सम्पर्क: बन्जाडे होमियो तथा आयुर्वेद फार्मेसी,
शिवराज नगरपालिका, वार्ड नम्बर -5 चन्द्रौटा कपिलबस्तु
सम्पर्क मोवाईल नम्बर 9857029944 /9847042954

about medical advertisement in social media

26/01/2020

अायुर्बेद क्लिनिकमा बसेर फिजियाेथेरापी सेवा दिने । क्लिनिकमा अाबश्यकता अनुसार अन्य कामहरु पनि गर्नुपर्ने छ ।

18/12/2019

As a physiotherapist

20/02/2019

* युरिक एसिड बढ्न नदिन निम्न कुरामा ध्यान दिनु जरूरी छ ।
शरिरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्ने गर्दछ ।तसर्थ खानपानमा बिशेष ध्यान पुर्याउनुपर्छ ।
* रातो मासु , सी फूड , दाल , राज्मा , च्याउ , बन्दा तथा फूलगोभी , भटमास , मटर ,पनिर ,भिन्डी, मासको दाललगायत पदार्थको अत्यधिक सेवनले यूरिक एसिड बढ्छ । यस्ता खानेकुरा ठिक्क मात्रामा मात्र खाने गर्नु पर्छ ।धेरै मात्रामा युरिक एसिड बढेमा केही समय पुर्णरूपमा बन्द गर्नु पर्छ ।
* पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।जसको माध्यमले बढीभन्दा बढी यलिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कियोस् ।
* दैनिक भोजनमा करिब 450मिली ग्रामदेखी 500मिली ग्राम सम्म भिटामीन समाबेश गर्न जरूरी हुन्छ ।
* अत्याधिक औषधीको सेवन थाईराईडमा समस्या आईरनको मात्रा बढेमा र अत्याधिक मदिरा सेवनले पनि युरिक एसिड बढ्छ ।तसर्थ यस्ता कुराबाट बच्न आवश्यक छ ।

18/01/2019

बन्जाडे आयुर्वेद फार्मेसीका सेवाहरू
> के तपाईंलाई घुंडा दुख्ने समस्या छ ?
> के तपाईंको हड्डी खिइएको छ ?
> के तपाईंलाइ बाथरोग छ ?
> के तपाईं लाई कम्मर दुख्ने समस्या छ ?
यदि उपचार को खोजीमा हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् | बिना साइड इफेक्ट उपचार हुने होमियोपैथिक तथा आयुर्वेदिक चिकित्सा विधि ..
सम्पर्क: बन्जाडे होमियो तथा आयुर्वेद फार्मेसी,
शिवराज नगरपालिका, वार्ड नम्बर -5 चन्द्रौटा कपिलबस्तु
सम्पर्क मोवाईल नम्बर 9857029944 /9847042954

पछिल्लो समय आयुर्वेदिक उपचार पद्धति सबै रोग निधानको लागि अति प्रभावकारी बन्दै गएको छ । उपचारमा केही समय लाग्ने भएपनि रोग...
02/04/2018

पछिल्लो समय आयुर्वेदिक उपचार पद्धति सबै रोग निधानको लागि अति प्रभावकारी बन्दै गएको छ । उपचारमा केही समय लाग्ने भएपनि रोग निदान, उपचार पछि कम साइड इफेक्ट र आर्थिक रुपमा पनि सहज हुने भएकाले आयुर्वेदिक उपचारमा आर्षण बढेको हो । आयुर्वेदिक उपचार पद्धतिबाट बाथको उपचार प्रभावकारी तरिकाले गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
आयुर्वेदका अनुसार बाथ भन्नाले हड्डीमा लाग्ने रोग हो । हामीले खाएको खाना वा विभिद कारणले शरीरमा निस्किएको फोहोर लामो समयसम्म जोर्नीहरुमा जमेर बस्नु नै बाथ हो । बाथ धेरै प्रकारका हुन्छन् । त्यसमा पनि अधिकांश मानिसलाई आम बाथ लाग्ने गर्छ । यस्का लक्षणहरु : बिहान उठ्दा जीउ कक्रक्क हुने । बादल लागेको वा पानी परेको बेला बढी दुख्ने । जोर्नीहरु सुन्निने । प्रायः दुखाई एकै प्रकृतिको हुने । हड्डी चिलाए जस्तो हुने ।
लाग्ने कारण : शरीरलाई अनाआवश्यक खानेकुरा बढी खाँदा, पचाउन गाह्रो हुने वा दुषित खानेकुरा खाँदा बिकार उत्पन्न हुन्छ । त्यस्तो बिकार हड्डीको जोर्नीमा जम्मा हुँदा बाथ रोग लाग्छ । बच्ने उपाय : बढी चिसो हुने, ग्यास हुने र पचाउन गाह्रो हुने खाना नखाने । सक्रिय जीवन शैली जीउने । यो सबै उमेरमा देखा पर्न सक्छ त्यसैले आफ्नो स्वास्थ अबस्था हेरेर सचेतता अपनाउनु पर्छ ।
उपचार पद्धति : आयुर्वेदको पञ्चकर्मद्धारा बाथको उपचार गर्न सकिन्छ । यसरी हड्डीमा जम्मा भएको बिकारलाई विशेष उपकरणको माध्यमबाट स्टीम दिई दिसा पिसाब मार्फत बाहिर निकालिन्छ र बाथलाई पूर्ण निको पारिन्छ । यसको अलाबा बाथको चरण वा प्रकृति हेरी खाने औषधिको पनि सेवन गर्न सकिन्छ । यस्तो उपचार पद्धतिबाट उपचार गरिएको बाथ पुनः दोहोरीने संभावना न्यून रहन्छ ।
यसलाई आयुर्वेदीक उपचार सगै अक्युपंचर बिधिबाट उपचार गर्दा अझै छिटो निको हुन्छ । तसर्थ सम्बनधित बिषयका स्वास्थयकर्मीसगँ भेटेर राम्रोसगँ उपचार गराउदा राम्रो हुन्छ ।

31/03/2018

डायबेटिज पीडितले यसो गरौँ

डायबेटिज पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन् । यस्तो डायबेटिज भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन त हुन्छ, तर यो पर्याप्त हुँदैन । यी चिज नियमित खाने गरेमा उपचारबिनै चिनीकोे मात्रालाई सामान्य अवस्थामा ल्याउन सकिएका उदाहरण छन्ः

तीतेकरेला
डायबेटिज भएकाका लागि करेला गुनकारी हुन्छ । यसमा हाइपोग्लिसेमिक नामक तत्व पाइन्छ, जसले पिसाब र रगतमा सुगरको मात्रा कम गरिदिन्छ । बढी लाभ हासिल गर्न बिहान खाली पेटमा तीतेकरेलाको जुस पिउने गर्नुपर्छ । करेलाको बियाँलाई पिसेर खानामा यसको पाउडर छरेर खाने गर्नाले पनि लाभ हुन्छ ।

अमला
अमला भिटामिन सीको उत्तम स्रोत हो । डायबेटिज भएकाका लागि अमलामा पाइने भिटामिन सी ज्यादै लाभदायक हुन्छ । एक चम्चा अमलाको रसमा एक कप तीतेकरेलाको जुस मिसाई दुई महिनासम्म बिहान नियमित सेवन गर्नाले उल्लेख्य सुधार महसुस गर्न सकिन्छ ।

जामुन
जामुनमा जाम्बोलाइन नाम गरेको ग्लुकोसाइड पाइन्छ, जसले शरीरभित्र चिनी उत्पादन हुने क्रमलाई कम गरिदिन्छ । जामुनको दाना सुकाई यसको धुलो बनाउन सकिन्छ र एक चम्चा धुलोलाई दूध, पानी अथवा दहीसँग मिसाएर खाइयो भने रगत र पिसाबमा चिनीको मात्रा कम हुँदै जान्छ ।

मेथी
दिनहुँ २५ देखि सय ग्रामसम्म मेथीका दाना खाएर रगत र पिसाबमा चिनीको मात्रा कम गर्न सकिन्छ । कति मात्रामा मेथी खाने भन्ने निक्र्याैल गर्नका लागि आयुर्वेदबारे जानकार वैद्यको परामर्श लिन आवश्यक छ ।

चना
चना भिजाएको पानी खाने गर्नाले पनि शरीरमा चिनीको मात्रा सन्तुलित हुने गर्छ ।

आँपको पात
आँपको कलिलो पात डायबेटिज रोगीका लागि अतिउपयोगी हुन्छ । १६ ग्रामजति आँपको पातलाई अढाई सय मिलिलिटर पानीमा रातभरि भिजाउने र बिहान पातलाई राम्रोसँग निचोरी नियमित पिउने गर्नाले डायबेटिजलाई नियन्त्रित अवस्थामा राख्न सकिन्छ । आँपको पात सुकाई यसको चूर्ण बनाएर दुई चम्चा चूर्ण दिनमा दुई पटक खाने गर्नाले पनि लाभ हुन्छ ।

अन्य खाना
मौसम, जरेसिमी, काँक्रो, प्याज, लसुनजस्ता खाना पनि डायबेटिजका रोगीका निम्ति ज्यादै लाभदायक हुन्छन् ।

कम्मरमा नसा च्यापिएको छ? दुईवटा मेरुदण्डको बिचमा हुने डिस्कले साइडबाट निस्केको नसालाइ दबाब दिदा, कम्मर दुख्ने दुखाइ हिप ...
23/02/2018

कम्मरमा नसा च्यापिएको छ? दुईवटा मेरुदण्डको बिचमा हुने डिस्कले साइडबाट निस्केको नसालाइ दबाब दिदा, कम्मर दुख्ने दुखाइ हिप तिघ्रा हुदै खुट्टा सम्म पुग्दछ ।कम्मरमा नसा च्यापिएको उपचारको लागि आयुर्वेद तथा प्राकृतिक चिकित्सा अति प्रभावकारी छ।बिना अप्रेसन उपचारका लागि सम्पर्क ।

केतपाईलाई यस्तो लक्षण छ त ?
15/12/2017

केतपाईलाई यस्तो लक्षण छ त ?

Address

Shiv Raj :6 Chandruta Kapilvastu Lumbini

Telephone

9857029944

Website

Alerts

Be the first to know and let us send you an email when Banjade Homeo pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram