03/01/2026
Genetic disorders of Retina - Evaluation, Diagnosis and Management now in Lumbini.
https://pubmed.ncbi.nlm.nih.gov/40157547/
In 2025, we worked immensely on ocular inflammation associated with inherited retinal disorders, collaborating with some of the finest doctors across the world. Together, we published one of the most detailed and comprehensive papers globally in this complex field. But for us, the real impact was never the publication — it was the patient.
Mr. Dahal, living with advanced retinitis pigmentosa complicated by intraocular inflammation, had been struggling with vision reduced to mere light perception for the last four years. His world had been slowly fading.
He heard about what we were bringing to the region — advanced technology, evidence-based care, and compassion — and placed his trust in us.
Being able to serve him was a privilege.
He stands today as a testimony that when science, clinical wisdom, and faith walk together, even the darkest paths can find light.
May his journey ahead be filled with strength, dignity, and hope.
Because this is why we do research — for people, not pages.
Stanford University Gautam Buddha Eye Care Center
अनुसन्धान केवल जर्नल र सम्मेलनमा सीमित रहनु हुँदैन।
जब अनुसन्धान बिरामीको जीवनमा पुग्छ, तब मात्र यसको वास्तविक अर्थ पूरा हुन्छ —जब ज्ञान उपचार बन्छ र विज्ञान आशा बन्छ।
२०२५ मा हामीले वंशानुगत रेटिनल रोगसँग सम्बन्धित आँखाको सूजन (ocular inflammation) मा गहिरो रूपमा काम गर्यौँ। विश्वका शीर्ष विशेषज्ञहरूसँग सहकार्य गर्दै, यस क्षेत्रमा संसारकै सबैभन्दा विस्तृत अनुसन्धानमध्ये एक प्रकाशित गर्न सफल भयौँ। तर हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि त्यो कागज होइन — बिरामी हुन्।
श्री दाहाल, जसलाई गम्भीर रेटिनाइटिस पिग्मेन्टोसा र इन्ट्राओकुलर इन्फ्लामेशन थियो, पछिल्ला ४ वर्षदेखि केवल उज्यालो महसुस गर्न मात्र सक्ने अवस्थामा थिए। उनको संसार बिस्तारै अँध्यारिँदै थियो।
हामीले यस क्षेत्रमा ल्याएको प्रविधि, प्रमाणमा आधारित उपचार र मानवीय सेवा बारे सुनेर उनले हामीमाथि विश्वास गर्नुभयो।
उहाँको सेवा गर्न पाउनु हाम्रो लागि सौभाग्य हो।
उहाँ आज यस कुराको जीवित प्रमाण हुनुहुन्छ कि विज्ञान, अनुभव र विश्वास एकसाथ हुँदा अँध्यारो यात्रामा पनि उज्यालो भेटिन्छ।
उहाँको आगामी जीवनयात्रा शक्ति, सम्मान र आशाले भरियोस् भन्ने कामना।
किनभने अनुसन्धान हामी कागजका लागि होइन, मानिसका लागि गर्छौँ।
Consent/ Legal aspect: Taken /Considered