स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot

  • Home
  • Nepal
  • Manma
  • स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot

स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot आधिकारिक पेज ✅
स्वास्थ्य सेवा कार्यालय
कालीकोट अस्पताल
२४ घण्टा आकस्मिक सेवा

भिटामिन ‘ए‘ क्याप्सुल र जुकाको औषधी खुवाउने सम्बन्धी जरुरी सूचनाराष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कात्तिक २० र २१ गते ६ ...
07/11/2025

भिटामिन ‘ए‘ क्याप्सुल र जुकाको औषधी खुवाउने सम्बन्धी जरुरी सूचना

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कात्तिक २० र २१ गते ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाऔँ।

६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई दिनको एक प्याकेट बालभिटा ६० दिन सम्म खुवाऔँ।

थप जानकारीका लागि महिला समुदायिक स्वास्थ्य स्वयंसेविका, तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्नुहोस् ।
स्वास्थ्य सेवा कार्यालय कालिकोट ।

मातृ शिशु मैत्री अस्पताल अभियान कार्यक्रम (MBHFI) सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम आज सफलता पूर्वक सम्पन्न। सो कार्य...
05/11/2025

मातृ शिशु मैत्री अस्पताल अभियान कार्यक्रम (MBHFI) सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम आज सफलता पूर्वक सम्पन्न।
सो कार्यक्रम स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय कालिकोटको समन्वयमा सञ्चालन भएको थियो। कार्यक्रम आयोजना तथा सहजीकरणका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प.हे.न.प्रशासक मान कुमारी गुरुङ,जनस्वास्थ्य अधिकृत भुवन पुरी र उमा डिसी ज्यू सहित युनिसेफ नेपालका आदरणीय शेर सिंह दहित ज्यूको टोली प्रति हार्दिक आभार सहित धन्यवाद।

श्री स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेत को आयोजना तथा स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service ...
04/11/2025

श्री स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेत को आयोजना तथा स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot को समन्वयमा आज मातृ तथा शिशु मैत्री अस्पताल अभियान सम्बन्धी २ दिने अभिमुखकरण कार्यक्रम (Mother & Child Friendly Hospital Initiative MBHFI)काे आज पहिलो दिन। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प.हे.न. प्रशासक आदरणीय मानकुमारी गुरुङ, स्वास्थ्य सेवा स्वास्थ्य सेवा कार्यालय कालिकोटका कार्यालय प्रमुख डा. रत्न वीर सुनार, स्वा.से.नि.सुर्खेतका जनस्वास्थ्य अधिकृत भुवनपुरी र उमा डिसी साथै युनिसेफ नेपालका पोषण अधिकृत शेर सिंह दहित ज्यूद्वारा अभिमुखीकरण कार्यक्रमको सहजीकरण गरिएको थियो। कार्यक्रम भोलि सम्पन्न हुनेछ। साथै सोही अवसरमा निर्देशनालयको टिमद्वारा कालिकोट अस्पतालको र एकद्वार संकट व्यवस्थापन केन्द्रको अनुगमन समेत गरिएको थियो।

आजको शुक्रबारिय सरसफाई कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारीहरुलाई धेरै धेरै धन्यबाद।
31/10/2025

आजको शुक्रबारिय सरसफाई कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारीहरुलाई धेरै धेरै धन्यबाद।

आज स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot ले स्वागत तथा फेरी भेटौंला कार्यक्रमको आयोजना गरी यस...
16/10/2025

आज स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot ले स्वागत तथा फेरी भेटौंला कार्यक्रमको आयोजना गरी यस कार्यालयमा सरुवा भई आउनु भएका ल्याब टेक्निसियन कमलराज विष्ट र स्टाफ नर्स लक्ष्मी रावललाई हार्दिक स्वागत तथा यस कार्यालयबाट स्वा.से.का. डोल्पा सरुवा भई जान लाग्नुभएका ल्याब असिस्टेन्ट लाल बहादुर महतलाई हार्दिक विदाई गरेको छ। नवआगन्तुक कर्मचारीलाई कार्यकालको सफलताको कामना सहित विदाई भएर जानुहुनेलाई शुभयात्रा ।

बियोन्ड बेइजिङ समिति(BBC)नेपालको आयोजना  स्वास्थ्य सेवा कार्यालय कालिकोटको समन्वयमा जिल्लाका खाडाचक्र,तिलागुफा र नरहरीना...
16/10/2025

बियोन्ड बेइजिङ समिति(BBC)नेपालको आयोजना स्वास्थ्य सेवा कार्यालय कालिकोटको समन्वयमा जिल्लाका खाडाचक्र,तिलागुफा र नरहरीनाथ गाउँपालिकाको यही मिति २०८२।६।२९ गते र पलाता, शान्नीत्रिवेणी,शुभकालिका र महावै गाँपाकाे सहभागितामा २०८२।६।३० गते बीबीसी नेपाल संस्था अन्तर्गत कलाइडोस्कोप परियोजनाद्वारा "सबैको लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा न्यायपूर्ण प्राप्तिमा पहल" नामक कार्यक्रम सञ्चालन सम्बन्धी एक दिने इन्सेप्सन मिटिङ आज सफलतापूर्वक सम्पन्न। कालिकोट जिल्लाका नौ वटा स्थानीय तहहरूमा सन् २०२५ देखि २०२९ सम्म सुरक्षित गर्भपतन सेवा सम्बन्धी कार्यक्रम लागु हुन गइरहेको छ। कार्यक्रम सफलताको शुभकामना।

One Heart World Wide /VDSEF नेपालको साझेदारीमा स्थानिय तहमा सञ्चालित ग्रामीण भिडियो एक्सरे कार्यक्रमको जिल्ला स्तरीय वार...
13/10/2025

One Heart World Wide /VDSEF नेपालको साझेदारीमा स्थानिय तहमा सञ्चालित ग्रामीण भिडियो एक्सरे कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा आज सफलतापूर्वक सम्पन्न। स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आयोजित उक्त समीक्षामा नौ वटै स्थानीय तहबाट सेवा प्रदायकहरु र स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता रहेको थियो। साथै उक्त कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग OHW/VDSEF नेपालले गरेको थियो।

आज स्वास्थ्य सेवा कार्यालय कालिकोटले स्वागत तथा फेरि भेटौला कार्यक्रमको आयोजना गरी कार्यालय प्रमुखको रुपमा आउनु भएका कन्...
12/10/2025

आज स्वास्थ्य सेवा कार्यालय कालिकोटले स्वागत तथा फेरि भेटौला कार्यक्रमको आयोजना गरी कार्यालय प्रमुखको रुपमा आउनु भएका कन्सल्टेन्ट मेडिकल जनरलिस्ट (नवौ तह) डा.रत्न वीर सुनार ज्यू र डेन्टल सर्जन डा.विक्वि कुमार गुप्ता ज्यूलाई न्यानो स्वागत सहित कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ भने त्यसैगरी प्रदेश अस्पताल सुर्खेत सरुवा भई जान लाग्नुभएका ल्याब टेक्निसियन इन्साफ मिया अन्सारी जीलाई हार्दिक विदाई गरेको छ।

नियमित शुक्रबारिय कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारीहरुलाई धेरै धेरै धन्यवाद।अस्पतालको सरसफाई र स्वच्छता कायम राख्नु ह...
10/10/2025

नियमित शुक्रबारिय कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारीहरुलाई धेरै धेरै धन्यवाद।
अस्पतालको सरसफाई र स्वच्छता कायम राख्नु हामी सबैको कर्तव्य हो।

10/10/2025
''विश्व मानसिक स्वास्थ्य दिवस: सेवामा पहुँच–विपद् को समयमा मानसिक स्वास्थ्य''World Mental Health Day 2025: Mental health...
10/10/2025

''विश्व मानसिक स्वास्थ्य दिवस: सेवामा पहुँच–विपद् को समयमा मानसिक स्वास्थ्य''
World Mental Health Day 2025: Mental health in humanitarian emergencies!
(10 October 2025)
स्वास्थ्य सेवा कार्यालय कालिकोट र CMC नेपालको सहयोगमा आज विश्व मानसिक स्वास्थ्य दिवस सफलतापूर्वक मनाइयो।
उक्त दिवसमा मानसिक स्वास्थ्य सम्बन्धी संक्षिप्त भनाइ नि.स्वास्थ्य सेवा व्यवस्थापक डा.प्रकाश पौडेल ज्यूले राख्नु भएको थियो।

10/10/2025

केही समयदेखि अवरुद्ध दन्तरोग तथा मुख स्वास्थ्य सेवा कालिकोट अस्पतालमा सुचारु भएको जानकारी गराइन्छ।
सम्बन्धित सेवाग्राहीहरूले सो सेवा लिन हुन अनुरोध गरिन्छ।

Address

Manma

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category