09/04/2026
नेपाल सरकारको छात्रवृत्ति करारमा आउनु भएका जनस्वास्थ्य अधिकृत श्री पारस पोखरेल ज्यूलाई आज स्वास्थ्य सेवा कार्यालय कालिकोटले हार्दिक न्यानो स्वागत गरेको छ। त्यसैगरी करिब आठ वर्षको लामो सेवा अवधि पश्चात स्वेच्छाले राजीनामा दिई बिदाई भएर जानुहुने यस कार्यालयका अहेव श्री हरि प्रसाद पाण्डे जीलाई स्वास्थ्य सेवा कार्यालय कालिकोटले आज बिदाई गरेको छ। नवागन्तुक जनस्वास्थ्य अधिकृतजीलाई कार्यकालको सफलताको शुभकामना तथा बिदाई भएर जानु हुने श्री हरिप्रसाद पाण्डे जीकाे उत्तरोत्तर प्रगतिको कामनाका साथ शुभयात्रा।