Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा

  • Home
  • Nepal
  • Palpa
  • Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा

Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा, Astrologist & Psychic, Tansen, Palpa.

22/10/2025

२०८२/७/६ गते बिहिवार भाइटिकाको शुभकामना !
टिका ग्रहण गर्ने शुभसाइत बिहान ११/३९
टिका लगाउनि दाजुभाइ पश्चिम
टिका लगाइदिनि दिदिबहिनी पुर्व l

भाइटिकाको शुभकामना शुभकामना ।।२०८२ साल  कार्तिक  ६ गते बिहिवार  टीका ग्रहण  बिहानको  ११/३९  उत्तम साइत रहेको छ  र पश्चिम...
22/10/2025

भाइटिकाको शुभकामना शुभकामना ।।

२०८२ साल कार्तिक ६ गते बिहिवार टीका ग्रहण बिहानको ११/३९ उत्तम साइत रहेको छ र पश्चिम फर्किर लगाउनि र दिदीबहिनी पुर्ब ।

भाइटिकाको महत्त्व , पुजाको महत्व र पुजाको विधि -

महत्व - भाइतिहार ( भाइटीका ) यमपच्चकको अन्तिम दिन अथार्त कात्तिक शुक्लद्दतिया तिथिका दिन यो पर्व विशेष उत्साहका र महत्वका साथ मनाइन्छ । दिदिबहिनी ले भाइटिकाको अघिल्लोदिनै दाजुभाइलाई भाइटिकाको निम्तो स्वरूप पान , सुपारी फुल आदि दिने चलन छ टिकाको दिन बिहानै नुहाएर अsटस्चिरञ्जीवीको पुजा गर्नुपर्छ । यमराज , बिभीषण, परशुराम अsटचिरञ्जीवी भित्र पर्छ्न ।

यो पर्व दिदिले भाइलाई र बहिनिले दाजुलाइ त्यसैगरि भाइले दिदिलाइ र दाजुले बहिनिलाइ विशेष मान सम्मानका साथ बिधीपुर्बक पुजाआजा गर्ने विभिन्न प्रकारका परिकार खुलाउन चलन छ यसले लामो समयसम्म भेटघाटहुन नसकेको चिसोपन हटाइ मिलन गराउने तथा सम्बन्ध लाई अझ दिघो बनाउने माध्यमको रुपमा यसलाइ लिइन्छ ।

परापुर्बकालमा बहिनी यमुनाले यसैदिन आफ्नो भावना अन्तनिहित गरेको पाइन्छ दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपुजा गरेको धार्मिक महत्त्व छ ।
यमपच्चकको ५ दिन यमराजले यमुनाको घरमा बास गर्छ्न भन्ने हाम्रो धार्मिक बिश्वास छ । यो ५ दिन इन्द्रादी दश दिक्पालले राजा बलिको लागि आफ्नो राज्य छोडनु परेको कथापनि पाइन्छ ।
पुजाको विधि -
भाइतिहारको दिन दियो कलश गणेशको पुजा गर्ने यमराजको आहबन गर्ने बिमिराको पुजा गर्ने दाजुभाइको मगलको कामना गर्दै ढाेकामा ओखरको तथा यमराजको पुजागरी कालको बाटो छेक्नुपर्छ । ओखर , तोरिकोतेल , बिमिरा मसला मखमली , दुबो तथा सयपत्रीको माला रोटि विभिन्न परिकारको आवश्यकता पर्छ ।
पानी तथा तेलको ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फुल , अक्षता , चन्दन , तथा लाभले पुजागरी दाजुभाइले शिरमा तेल लगाइदिनुपर्छ ।सगुनका रूपमा दहिदिनुपर्छ । भाइटिकाको दिनमा दाजुभाइलाई लगाइदिने मखमली , सयपत्रि तथा दुबोको मालाको छुट्टै महत्व छ ।
मखमली कहिल्यै ओइलाउदैन , सयपत्रिको रङ्गकहिल्यै उडेर जादैन भने दुबो सधै हरियो रहन्छ ।
दिदिबहिनीले दाजुभाइका यश , आरोग्य , दिर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका पहेलो , निलो , सुन्तला , सेतो , हरियो , रातो र कालो सप्तरङ्गका निधारमा उर्द्दध्वाकार रेखामा सिधा लगाइन्छ । सप्तरङ्गी टिकामा भावना मिसिदा शान्ति बर्सिन्छ ।

दाजुभाइ प्रतीको प्रेम रङ्ग जस्तै गाढा तथा निरोगी भैरहने बिश्वास गरिन्छ । पुजापाठ टिका थाप्दा , आत्ममा धेरै आन्न्दभुती प्राप्त हुन्छ । दिदिबहिनीले दाजुभाइलाई ढाकाको टाेपीलगाइन्छ्न यसले आफू बढाउनका साथै रास्ट्रियता झल्काउछ टीका लगाइदिएपछि दिदिबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि गच्छेअनुसार बस्त्र तथा दक्षिणा दिने चलन छ ।
विशेष तिहारलाई सुर र सङ्गीत पर्व भनिन्छ

तिहारमा नाच्ने गाउने र सगित बजाउने तिनवटै काम एकसाथ हुन्छ यसैले सुर र सगितको चाहाडपर्ब पनि हो तिहारको भैलि लय हालेर सुरसङ्गै गाउने गरिन्छ जस्तै महिलाहरुले हरियो गोबर ले लिपेको ……?
हारजितको महत्त्व -
हारजितको महत्त्व पर्व तिहार खानपान रमाइलो नाचगान र पुजाआराधना मात्र नभएर जिबनको बिस्तारसङ्ग पनि सम्बन्धि छ । यहिबेला मानिस जमेर जुवातास खेल्छ्न ।
जुवातास किन खेलिन्छ भन्दा हारजित थाहाहोस वा हारलाई पनि स्वीकार गर्न सकियोस् भनेर जुवा, तास , कौडा र पासा खेलिन्छ र तिहारले हार जित लाई स्विकार्नु पर्छ भन्ने पाठ नि सिकाउछ त्यसैले तिहार र भाइटिकाको धेरै महत्व छ ।।।

प्रकाश न्यौपाने "प्रयास "
कालीगण्डकी ज्योतिष वास्तु सेवा केन्द्र
तानसेन पाल्पा
9847119191, 9851277419

19/10/2025

२०८२, कार्तिक ३ गते सोमबार

कुकुर तिहार किन मनाइन्छ

कार्तिक कृष्ण चतुर्दशीकै दिन कुकुर तिहार पर्दछ, कुकुर तिहारको दिन उसको निष्ठा र साहसको सम्मान गरिन्छ । कुकुरलाई हिन्दु धर्ममा निष्ठा, सुरक्षा र न्यायको प्रतीक मानिन्छ । पौराणिक कथाहरूमा कुकुरलाई विशेष स्थान दिइएको छ, यसका विभिन्न धार्मिक र पौराणिक कारणहरू रहेका छन् ।

कुकुरलाई विधिवत् पूजा गर्नु भनेर त शास्त्रमा लेखिएको छैन तर ‘स्वानबलि’ भनेर कुकुरलाई जे खान मन पर्छ त्यो दिनु भनिएको छ ।

पौराणिक कथा अनुसार श्याम र सबल भन्ने कुकुर यमलोकको द्वारमा दुईतिर बस्छन् । यमलोकमा सबै जीवले जानुपर्छ भन्ने मान्यता छ । यमराजको सान्निध्यमा जाँदा यी कुकुरले दुःख नदिऊन् भनेर ‘स्वानबलि’ दिइएको हो । त्यसो त कुकुरलाई पनि यमदूत नै मानिएको छ ।

महाभारतको कथा अनुसार, जब धर्मराज युधिष्ठिर आफ्नो भाइहरू र एक कुकुरसँग स्वर्ग यात्रामा जान्छन्, सबै भाइहरू बीचमै पतन हुन्छन्, तर कुकुरले अन्त्यसम्म पनि युधिष्ठिरलाई साथ दिन्छ । पछि त्यो कुकुर धर्मराजको प्रतीक भएको कुरा थाहा हुन्छ । कुकुरलाई यमराजको दूतको रूपमा पनि मानिन्छ, जसले सत्य, निष्ठा, र धर्मको मार्गमा चल्नेहरूको सम्मान गर्छ । यो कथा कुकुरको निष्ठा, सद्गुण र सहनशीलताको प्रतीक भएकाले जसलाई कुकुर पूजा गरी सम्मान गरिन्छ।

हिन्दुधर्ममा कुकुरलाई मृत्युदेवता यमराजका दूत मानिन्छ । कुकुरले मृत्यु पछिको जीवन र यमलोकमा प्रवेशको प्रतीकात्मकता बोकेको छ । त्यसैले कुकुरलाई सम्मान गर्दै पूजा गर्दा यमराज प्रसन्न हुने र मृत्युपछिको जीवनमा शान्ति मिल्ने जनविश्वास छ ।

भगवान शिवको एक उग्र रूप कालभैरवलाई कुकुरको साथसाथै चित्रण गरिन्छ । भैरव न्यायका रक्षक मानिन्छन् र उनीहरूलाई साथ दिने कुकुरलाई पनि धर्म र न्यायको प्रतीकका रूपमा मानिन्छ ।

कुकुरको सेवाले राहु र केतु ग्रहजन्य पीडा कम हुन्छ भन्ने ज्योतिषीय मान्यता समेत रहेको छ । साथै वर्तमान समयमा पनि कुकुरले मान्छेलाई सुरक्षा दिन्छ र उसको निष्ठा अतुलनीय रहेको कुरालाई नकार्न सकिँदैन । घरपालुवा कुकुरले मालिकको सुरक्षा गर्ने, चेतावनी दिने र सङ्कटमा सहयोग गर्ने अहम् भूमिका खेल्दछ ।

यी धार्मिक, पौराणिक र सांस्कृतिक कारणहरूकै कारणले कुकुर तिहार मनाइन्छ, जसमा कुकुरको पूजा गरेर उसको योगदानको कदर गरिन्छ ।

प्रकाश न्यौपाने " प्रयास "
कालीगण्डकी ज्योतिष वास्तु सेवा केन्द्र
तानसेन पाल्पा
9847119191

19/10/2025

तिहार विशेष गजल !!!

तिहार आयो बहनी घर आउन मन लाग्यो ।
भुnटे, बिर्खे सङ्गै भैलो देउसी गाउन मन लाग्यो ।।

सयपत्रि र मखमलिको माला उनी राख्नु है ।
आशिबार्द बटुलेर माला लाउन मन लाग्यो ।।

चारैतिर बत्ती बाली लक्ष्मीपुजा गरि
तोरन बाटि मुलबाटो कटाउन मन लाग्यो ।।

पल्लो घरको साइला दाइले मादल बनाइ राख्नु है ।
बल्लोगाउ र पल्लोगाउँ सबैतिर धाउन मन लाग्यो ।।

प्रकाश न्यौपाने " प्रयास "

19/10/2025
२०८२/६ १६ गते बिहिवार  बिजयादशमिको टिका ग्रहण गर्ने  शुभसाइत बिहान ११/५३  पुर्व फर्किएर लगाउनि ।महान पर्व दशैंको महत्व ....
29/09/2025

२०८२/६ १६ गते बिहिवार
बिजयादशमिको टिका ग्रहण गर्ने शुभसाइत
बिहान ११/५३ पुर्व फर्किएर लगाउनि ।

महान पर्व दशैंको महत्व .......?
बिजयादशमि सम्पुर्ण लाइ धेरै धेरै शुभकामना !!

बडादशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने यस पर्वलाइ नवरात्र पनि भनिन्छ । हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफू भन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म मनाउने गर्छन् । दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो

। दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो । त्यसमा पनि विजयादशमी मुख्य दिन हो । बडादशैंको पर्वमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देश बिदेश वा टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ । त्यसको बेग्लै मज्जा छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रुपमा लिइन्छ ।

बास्तवमा दश दिन मनाइने हुनाले पनि यो हिन्दुहरुको महान पर्वलाई दशैं भनेको हुनुपर्छ । दशैंमा नवदुर्गा हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गाको नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा तथा आराधाना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ । टाढा टाढा देखि आउने पाउनाहरूले पूर्णिमा सम्मै पनि टीका लगाएर आश्रीवाद लिने दिने गरिन्छ ।

नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा विजया दशमीका नामले पनि चिनिन्छ । हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेन्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्य देखि अक्टोबर महिनाको मध्य बिचमा पर्छ । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ ।

दशै प्रतिपदा घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई दसैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा वा घटस्थापना, सप्तमी वा फूलपाती, महाअष्टमी, वा कालरात्री, महानवमी,विजया दशमी र पूर्णिमा वा कोजाग्रत दशैंका प्रमुख तिथिहरू हुन् । आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरिन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती चण्डी पाठ गरी नवदुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसरी धार्मिक रूपमा दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले मान्यजनबाट टिका ग्रहण गर्ने कार्य पूर्णिमासम्म गर्ने प्रचलनमा रहेको छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । यसो गरेमा वर्ष भरिनै सुख प्राप्ति हुने, दैविक शक्ति प्राप्त भै कार्य सफलता मिल्ने शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदा तिथि जसलाइ घटस्थापना भनिन्छ, चैत्र शुक्ल पक्षको प्रतिपदा र कार्तिक शुक्लको प्रतिपदा तिथि पर्दछन् । यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शास्त्रको पूजा गर्दछन् । प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे । यस दिन ठाउँ-ठाउँमा मेलाहरू लाग्थे । अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ । रावणको विशाल पुतला बनाएर जलाईन्छ । विजयादशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्ययले दसैँको उत्सव सुरु भएको हो । दसैँ पर्वले दश प्रकारका पापहरू (काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी) त्याग्ने प्रेरणा दिन्छ ।

महासप्तमी नवरात्रिको सातौं दिन फूलपाती हो । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर घरमा भित्र्याइन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतु को स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहदैनन् भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता रहिआएको छ । यस दिन सदर टुँडिखेलमा फूलापाती बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्।

महाष्टमी नवरात्रिको आठौँ दिनमा महाकाली (भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ । देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ ।

महानवमी नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा रांगा बलि चढाउने प्रचलन रहेको छ ।

विजया दशमी नवरात्रिको दशौ दिनलाई विजया दशमी पनि भनिन्छ । सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहनं र सोह्र सामग्रीले पूजा गरी यथा शक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ । यति गर्नाले कसैले पनि आफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः आवाहनं नजानामि नजानामि विर्जसनम् । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी । यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । अनि घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जान्छन् । टीका लाउँदा दिने आशिषः

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योसधने । दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।

अर्थात द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईँलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।

मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ। आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ । यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।

मान्यजनहरूको हातबाट टिका लगाई सकेपछि मिठा मिठा भोजनहरु गरेर पिङ्ग खेल्ने चलन नेपालमा रहेको छ। दशैँ लागे लगतै नेपालमा लिङ्गे पिङ्ग बनाएर गाउघरमा दशैँ लागेको सङ्केत पनि दिन्छ । यो चलन नेपालमा पिता पुर्खाकाल देखि अहिले सम्म चलि आएको छ । नेपालमा दसैँका दिन देवी भगवतीको पुजा आराधना गरी पुराण लगाएर पनि मनाइन्छ । देवी भगवतीले सबै दुख हरेर खुसियाली ल्याउने पौराणिक मान्यता भएकाले पनि पुराण लगाएर देवी भगवतीको पुजा आराधना गरिन्छ ।

वास्तबमा वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगमको काल थियो । त्यहिबाट दशैंको शुरुवात भयो। बडादशैं सनातन परम्परा, संस्कार, संस्कृति, धर्म, आस्था र बिश्वाससँग जोडिएको बिषयमात्र नभएर अव यसको बैज्ञानिक महत्वको बिषय पनि रहेको पुष्टि भएको छ । यो समाजबिज्ञान, मनोबिज्ञान र ब्यवहार बिज्ञानसँग निकट रहेको छ । यो पर्व आडम्बरी, खोक्रो, मूल्यहिन हुँदै होइन् । यो धार्मिक, सामाजिक, सांस्कृतिक र बैज्ञानिक महत्व र मूल्यको पर्व हो । तर पर्व मनाउँदा त्यसको वास्तविक मूल्य बुझेर, यथार्थ विधि पद्धति अनुसार निष्ठावान तरिकाले मनाउँनु पर्छ भन्ने कुरा पक्का हेक्का होस् । किनकी साधना नगरी फल त्यसै पाइन्न । साथै पर्व मनाउदा घाँटी हेरी हाड निल्यौँ भन्ने हाम्रो महत्त्वपूर्ण नेपाली उखानलाई अनुसरण गरौँ ।

कोजाग्रत पूर्णिमा दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ । आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ रु भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गर्दछन् । यसरी पन्ध्र दिनसम्म मनाइदैं दशैंको समापन गरिन्छ ।

अन्त्यमा शरद् ऋतु, वन–उपवनमा ढकमक्क फूल फुलेका छन् । खेतमा लहलह धानका बालाहरू झुलेका छन् । बारीमा तरकारीहरू, फलफूलहरू लटरम्म फलेका छन् । वर्षा थामिएको छ । न जाडो छ, न गर्मी । कृषिप्रधान देशका नागरिकहरूलाई हलो, कुटो, कोदालो र हिलो माटोबाट फुर्सद् मिलेको छ । घरपालुवा पशुपन्छीको वंशवृद्धि भएको छ । यही उमङ्गमय वातावरणमा जीजिविषाका लागि टाढाटाढा देश–परदेशमा गएका आफन्तजनहरूसँगको मिलनले कसको मन उल्लासित हुँदैन र मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर नातासम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राष्ट्रिय राजनीतिक अवसरको रुपमा पनि दशैँको महत्व छ । सरकारले पनि यस पर्वमा लामो छुट्टी दिएर र एक महिनाको तलब दशैँ खर्च दिएर दशैँको महत्वलाई अझै उजागर गरेको छ । हुने खानेहरूलाई सधैँको दशैँ छँदै छ । हुँदा खानेहरूलाई दशैँ दशा नबनोस् । कोरोनाको महामारी अझै पनि यथावत रहेकोले सावधानी अपनाएर, स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दशै मनाउ । दशैँ राष्ट्रिय एकताको कारण बनोस्, देशमा सर्वत्र शान्ति छाओस्, समाजमा सकारात्मक सोचको विकास गर्न दशै कोशेढुङ्गा बनोस विजया दशमीको हार्दिक मंगलमय शुभकामना छ ।

प्रकाश न्यौपाने प्रयास
कालीगण्डकी ज्योतिष वास्तु सेवा केन्द्र
तानसेन पाल्पा
9847119191

ऋषिपन्चमिको शुभकामना ।
28/08/2025

ऋषिपन्चमिको शुभकामना ।

हरितालिका तीज शुभकामना !!हरितालिका तीज र यसको महत्व र तिजमा के गर्ने र के नगर्ने ....?                         हरितालिका...
26/08/2025

हरितालिका तीज शुभकामना !!

हरितालिका तीज र यसको महत्व र तिजमा के गर्ने र के नगर्ने ....?

हरितालिका तीज महिलाहरुसंग सम्बन्धित छ भन्ने बुझिन्छ । तीजको आफ्नै महत्व छ । धार्मिक कथनहरुलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता पार्वतीमा थियो । सोहि कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् । उनी जंगलमा गएर कठोेर तपस्या गर्न थालिन् ।

दिव्य एकसय वर्ष तपस्या गर्दा पनि तपस्याको फल प्रप्त नभएपछि पार्वतीले शिवलिङ्ग स्थापना गरि तपस्यालाई थप उचाईमा पुर्याउन थालिन् । कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनि आशिर्वाद दिए र पार्वतीले शिवलाई पति प्रप्त गर्न सफल भइन् भन्ने धार्मिक किम्बदन्तीहरु छन् ।

विशेष संकल्प दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्रप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस हरितालिका तीज पर्वको महत्व आफैमा विशिष्ट छ । पार्वतीले यो व्रत प्रारम्भ गरेको मुख्य दिन यहि भाद्र शुक्ल द्वितियाबाट हो । चार दिन सम्म चल्ने यस पर्वको आफ्नै विशेषता र महत्व रहेको पाइन्छ ।



कसरी मनाउने हरितालिका तीज ?
खास गरी हिन्दू नारीहरु विवाहित वा अविवाहित सबैले यो पर्वलाई मनाउने र धारण गर्न सक्छन् । भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रुपमा पनि लिइन्छ । विशेषतः भगवान शिवकै पुजा र आरधाना गरी मनाईने हरितालिका तीजको व्रतले पतिको आयु, आरोग्य, ऐश्वर्य तथा स्वस्थ्य राम्रो र सम्मुनत हुने विश्वास परापूर्वकालदेखि नै रहिआएको छ । स्वयं माता पार्वतीले पति शिवलाई पति पाउँ र शिवको स्वास्थ्य, आयु एव्म ऐश्वर्यमा कुनै बाधा नपुगोस् भन्ने दृढ चाहना राखेर व्रत उपासमा गरिएकाले सोही प्रसंगले निरन्तरता पाइरहेको विश्वास व्रतालु एवं धर्मालम्बिहरुमा रहनु स्वभाविक हो । यस्तो पवित्र उद्देश्य र संकल्प रहेको हरितालिका तीजको नामले प्रख्यात पर्व केही समय यता धार्मिक पर्वका नाममा सामाजिक विकृति बनेर आइरहेको छ ।

तीज महोत्सब, तीज महामेला, तीज माहाकुन्भ, तीज फेस्टिबल, तीज त्यौहार जस्ता अनेक नामले तीजको धार्मिक–सामाजिक महत्व खस्कँदै गइरहेको छ । विशेषतः यस पर्वलाई चेलिबेटी तथा दिदीबहिनी पुनर्मिलनको आनन्दमय उत्सबको रुपमा मनाउनुपर्ने मान्याता हो । अहिले आएर होटल रेस्टुरेन्ट, बार, पार्टि प्यालेस मात्र नभई शिक्षक शिक्षिका तथा अभिभावक भेला भएर स्कुलमा, कर्मचारीहरु आ–आफ्नो दल विशेषका युनियनहरुमा, पेशागत संघसंस्थाहरु आ–आफ्नो कार्यलयमा, वनभोजमा तथा टे«किङ्ग र हाइकिङ्मासमेत तीज अनि दरको संस्कृति विकृति बनेर अगाडि बढदै गइरहेको छ । तीजको धार्मिक संस्कृतिक एवं सामाजिक महत्व दिनानुदिन घट्दै गइरहेको पाइन्छ ।

लामो समयसम्म भेटघाट नभएका चेलिबेटि माइतीमा भेला भएर सुख दुःख, उन्नति प्रगति आदिका बारेमा चर्चा परिचर्चा गर्दै दाजु–भाई, माता पिता सबैको सामूहिक उल्लासलाई उल्लासमय रुपमा माइतीको गाउँ, ठाउँ र देशमा मनाउनु पर्ने पर्वको अहिले आएर पार्टी प्यालेस र ब्याङ्केटलाई माइती मानेर मनाइँदै जान थालिएको छ । यसले हाम्रो धर्म, संस्कृति, संस्कार र सामाजिक अवस्थालाई कता लैजाँदै छ भन्ने स्वयं तीजको रमझममा रमाइरहेका हामी सबैले सोच्नु पर्ने बेला आएको छ ।

मुलुकको उत्पादनमुखि अर्थतन्त्र खस्कँदो छ । तीजको भड्किलो दर कार्यक्रम, टिकट, चिठ्ठा एवं कक्टेल दर तथा डिनर जस्ता कार्यक्रम अनुत्पादक अर्थतन्त्रका द्योतक हुन् । सरकारले फजुल खर्च कम गर्ने, दरका नाममा हुने विकृति नियन्त्रण गर्ने र पार्टी प्यालेसहरुमा सांस्कृतिक विकृती नियन्त्रण गर्ने कानुन पनि निर्माण गरेको छ । हामी सरकारलाई दर खाई टन्न भएर गाली पनि गर्छौं । सरकारले केही गरेन पनि भन्छौं । सोचौं त सरकारले फजुल खर्च कम गर भनेको छ, नियन्त्रण गर्ने ऐन कानुन छ । हामीले चाहिँ कहाँ र कहिले पालना गर्यौं त ? यस्ता प्रश्नहरु धेरै छन् र प्रायः अनुत्तरित पनि छन् ।

यस वर्षको तीज शुक्रबार प्रारम्भ हुँदैछ । हरितालिका तीज संकल्पको पर्व हो । उपबास र उपासनाको पर्व हो । संस्कृतीलाई विकृती होइन सुसंस्कृत बनाउने संकल्प सहितको पर्व हो । हामी सबै नारी पुरुषले यसलाई संस्कारयुक्त बनाउन सकेनौं भने तीज दिन प्रतिदिन खर्चालु, भड्किलो र सामाजिक रुपले विषाक्त बन्दै जाने छ ।

हरितालिका तीजको प्रथम दिन अर्थात भाद्र शुक्ल द्वितीय दर खाने दिन हो शरीरलाई पोषकयुक्त, गुणस्तरीय एवं स्वास्थवर्धक वस्तु खाएर मनाउनु राम्रो हुन्छ । दोस्रो दिन हरितालिका तीज भाद्र तृतीय, मुख्य व्रत र उपासनाको दिन हो । उप र वास, उप अर्थात नजिक र वास भनेको बस्नु हो । कसका नजिक बस्नु ? भगवानका नजिक बस्नु सत्यको निकट बस्नु असत्य, अहङकार विकृती र विसंगतीबाट टाढा रहनु नै उपबासको सहि अर्थ र व्रतको सार्थकता हुने भएकाले शान्त, प्रसन्न एवम् दृढ संकल्पका साथ हरितालिकाको व्रत बस्नाले सबैका लागि हितकार हुन्छ ।

शरीर, मन र वचनले शुद्ध भएर दियो, कलश गणेश स्थापित गरी उमामहेश्वरको पूजा गरी आफ्नो संकल्पलाई सार्थक पार्न गरिने निस्काम व्रत नै हरितालिका तीजको प्रमुख व्रत मानिन्छ । ‘उमामहेश्वरसामुज्य सिद्धेये हरितालिका व्रतमहं करिस्ये’ भन्ने संकल्पका साथ शिव पार्वतीको प्रतिमामा पूजा गर्नाले नै पतिको अतिरिक्त सम्पुर्ण परिवारको नै आयु, आरोग्य, सौभाग्य एव्म श्रीबृद्धि हुने विश्वास यस व्रतको हो । हरितालिका व्रत कथा सुन्ने चलन पनि छ । शिवजीले पार्वतीलाई पूर्व जन्मको स्मरण गराएको महात्म्य नै हरितालिका व्रत कथा हो । एवं रितले तेश्र्रो दिन गणेश चौथी पर्दछ । व्रतको उद्यापन गरि सामान्य शुद्ध भोजन गरि पंञ्चमी पुजा गरेपछि हरितालिका तीज समाप्त हुन्छ ।



तीजमा के गर्ने के नगर्ने ?

पवित्र उद्देश्य र दृढ संकल्पका साथ सम्पन्न गरिने अनुष्ठानमा दरका नाममा अभक्ष, अखाद्य एवम् आफ्नो स्वास्थ्यलाई प्रतिकुल असर गर्ने भोजन नगर्ने । हामीले सुन्दै र पढ्दै आइरहेका छौं कि कहीँ अखाद्य भोजनका कारण गाउँ नै बिरामी प¥यो । कहीँ इनारको पानी प्रयोग गरि दर पकाएका कारण वडाका सबै महिला बिरामी परे । कहीँ दर खाएर घर फर्कदै गरेकी युवती दुर्घटनामा परिन् । यी र यस्ता समामचार थुप्रै छन् । अतः आफ्नो इष्टमित्र, अत्यन्त निकट छिमेकी तथा साथीभाइबीच सम्बन्ध सुमधुर बनाउनु सुखद् विषय हो । सम्बन्ध दर खाएर र खुवाएर मात्र सुदृढ हुने होइन । यो त व्यवहार, आदर्श र भावनाले हुने विषय हो । यो वर्ष जे ग¥यौं ग¥यौं आगामी दिनमा अनुत्पादक दर र अनुत्पादक तीजलाई टाढैबाट नमस्कार गरौं । मौलिक संस्कृति अनुरुप हरितालिका पर्व मनाउने संकल्प यही तीजबाट लिन सक्यौं भने मात्र व्रतको र हरितालिकाको मुख्य फल प्राप्त होला ।

हामी सामाजिक प्राणी, कतिपय मानिस एक पत्ता जीवन जल र एउटा गोली सिटामोल नपाएर मृत्युवरण गर्न वध्य छन् । कतियप हामी नवसंभ्रान्त भनिनेहरु दैनिक दरका नाममा फजुल खर्च गरिरहेका छौं । के हामीले दर नखाएर दिनहिनहरुको सेवा गर्न सक्दैनौं ? अनुत्पादक खर्चलाई उत्पादनमुखी बनाउन सक्दैनौं ? सोचौं ‘हरितालिका तीजको उपहार विपन्न बालबालिकाहरुलाई पुरस्कार’ भन्ने सोच पनि बनाउन सक्छौं । यो तीजले नकारात्मक भावनाहरुको अन्त्य गरी सकारात्मक सोच र भावनाको विकास गर्न सक्नु पर्दछ ।

हामी व्रतालुहरु व्रतको दिन मन्दिर जन्छौं, गहना तीजको संस्कृती नै हो । हामी तीजमा विशेष श्रृंगार गर्छौं, गच्छे अनुसारको पहिरन लगाउँछौं । सोचौं गहना दुर्घटनाको कारण नबनोस् । भड्किलो श्रृंगार र पोशाक बलात्कारको समाचार नबनोस् । तसर्थ ठीक गरगहना र मन्दिर जाँदाको होसियारीप्रति सबैको ध्यान पुग्नु जरुरी छ । श्रृंगार तथा गरगहना उत्ताउलो होइन शालिन र भद्र होस् । तीज संस्कार र संस्कृतिले पूर्ण बन्नु सक्नु पर्दछ । यसैमा छ तीजको महत्व ।

यस वर्षको हरितालिका तीज बुधबारका दिन हस्ता नक्षत्रमा रहेको कारण पहिलो पटक व्रत बस्ने जो कोहिलाई पनि शुभ मानिएको छ । निर्जल वा निराहार व्रत बस्ने प्रचलन छ तीजको । तर आफ्नो शरीर र स्वास्थ्यलाई ख्यालमा राखी पानी, जुस, फलफूल र दूध खाने चलन छ । कठोर व्रतले शरीर अनुसार हानी पनि गर्छ अतः आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी निराहार वा फलाहार रोज्ने त्यो व्रतालुको विचार इच्छा र स्वास्थ्यमा भर पर्ने विषय हो । धर्मका नाममा जबर्जस्ती व्रत पनि बस्नु हुँदैन् । जबर्जस्ती व्रत स्वयंमा प्रत्युत्पादक हुन्छ ।

सबैलार्इ तीजकाे शुभकामना ।

प्रकाश न्यौपाने "प्रयास "
कालीगण्डकी ज्योतिष वास्तु सेवा केन्द्र
तानसेन पाल्पा
शाखा कार्यलय कालीगण्डकी ५ जैपते स्याङ्जा
9847119191

Address

Tansen
Palpa

Alerts

Be the first to know and let us send you an email when Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram