Pokhara Healthy Home

Pokhara Healthy Home Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pokhara Healthy Home, Hospital, Pokhara.

आयुर्वेदिक चिकित्सालय तथा औषधालय 🏥 असाध्य दीर्घरोगहरूको प्रमाणित निवारणकालागि सुविख्यात पोखरा हेल्दी होम्स पोखरा रंगशाला नजिक इन्द्रमार्ग १० मा अवस्थित छ। बिरामीहरूको सेवामा निरन्तर समर्पित पोखरा हेल्दी होम्समा परामर्श तथा समाधानकालागि आजै पाल्नुहोस 🙏

🥇पाईल्स , फिसर , फिस्टुलामा रोगीहरुलाई खुशीको खबर 🥇🏆  बिना अपरेशन पाईल्सको उपचार सम्भव छ 🏆   ✅हाम्रो जीवनशैली र खानपीनको...
19/06/2025

🥇पाईल्स , फिसर , फिस्टुलामा रोगीहरुलाई खुशीको खबर 🥇
🏆 बिना अपरेशन पाईल्सको उपचार सम्भव छ 🏆

✅हाम्रो जीवनशैली र खानपीनको छनौटले पाईल्स जोकोहीलाई पनि हुन् सक्दछ भने मसलादार खानेकुरा, चाडपर्वमा हुने खानपानको परिवर्तन, पानीको कमी (dehydration) र निष्क्रिय जीवनशैली जस्ता कुराहरूले यी रोगहरूलाई अझ जटिल बनाउन सक्छन् र दीर्घकालीन रूप लिन सक्छन्। समयमै उपचार नगर्दा र जटिलताको अवस्था हेरी शल्यक्रियाको आवश्यकतापनि पर्न सक्दछ ।

⭐️ तर, अब पोखरा हेल्दी होम्स छ ⭐️

तपाईंको पीडा बुझ्दै, पोखरा हेल्दी होम्सले दैनिक पाइल्स क्लिनिक सञ्चालन गरिरहेको छ। यहाँ तपाईंले अनुभवी चिकित्सकहरूबाट यी समस्याहरूको बिना अपरेशन कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा विस्तृत परामर्श र उपचार पाउनुहुनेछ।

👉 आज नै सम्पर्क गर्नुहोस् र निःशुल्क परामर्श लिनुहोस्।
📞 9801100388 तथा 9856021800
📍 पोखरा हेल्दी होम्स। इन्द्रमार्ग १० - इन्द्रचोक ( पोखरा रंगशाला नजिक )

➖➖➖➖➖➖➖

✅हामी कसरी मद्दत गर्छौं?

🏆विस्तृत परामर्श: तपाईंको समस्याको गहिराइ बुझेर उपयुक्त उपचार विधिबारे जानकारी दिइनेछ।

🏆गैर-शल्यक्रियात्मक विकल्प: आधुनिक प्रविधि र विशेषज्ञताको प्रयोग गरी शल्यक्रियाबिनै समाधानका विकल्पहरू प्रदान गरिनेछ।

🏆गोपनीयता र सहज वातावरण: तपाईंको गोपनीयतालाई पूर्ण सम्मान गर्दै, सहज वातावरणमा उपचार गरिनेछ।

🏆अब पीडासँग होइन, स्वस्थ जीवनतर्फ पाइला चाल्नुहोस्! आजै पोखरा हेल्दी होम्सको दैनिक पाइल्स क्लिनिकमा सम्पर्क गर्नुहोस् र स्वस्थ जीवनको सुरुवात गर्नुहोस्।

✅ आजै पोखरा हेल्दी होम्समा सम्पर्क गरि ढुक्क हुनुहोस 🙏

#पोखराहेल्दिहोम्स #पोखरा Pokhara Healthy Home

🏆पाइल्स, फिशर, फिस्टुलाबाट पिडितहरुलाई खुशीको खबर🏆🎖अब पीडाबाट बिना अपरेशन पूर्ण मुक्ति पाउनुहोस् 🎖✅दिसा गर्दा दुख्ने, अस...
19/06/2025

🏆पाइल्स, फिशर, फिस्टुलाबाट पिडितहरुलाई खुशीको खबर🏆
🎖अब पीडाबाट बिना अपरेशन पूर्ण मुक्ति पाउनुहोस् 🎖

✅दिसा गर्दा दुख्ने, असजिलो महसुस हुने वा नियमित रूपमा हुने अफ्ठेरो पाइल्स (बवासीर।/ भगन्दर ) को लक्षण हुन सक्दछ । जीवनशैलीगत तथा अन्य सामान्य कारणले सुरु हुने यो रोग बढ्दै जाँदा अपरेशन गर्नुपर्ने अवस्थासम्म पुग्न सक्दछ।

✅पाइल्स सुरुमा सामान्य देखिएपनि हाम्रो दैनिक जीवनशैली, नियमित मसलादार खाना खानाले , चाड पर्वमा हुने आहारमा हुने परिवर्तन, पानी कम पिउने (Dehydration) बानी , धेरै बेर कुर्सीमा बस्नुपर्ने जस्ता जीवनशैलीगत तथा पेशागत सामान्य कारणले बढेर दीर्घरोग बन्न सक्छ र अन्त्यमा अपरेशन गर्नुपर्ने अवस्थासम्म पुग्न सक्दछ ।

🏆तर, चिन्ता नलिनुहोस्!🏆

✅पोखरा हेल्दी होम्स , इन्द्रमार्ग -१० मा संचालित दैनिक पाइल्स क्लिनिकमा बिना अपरेशन उपचार (Non-Surgical Treatment) मार्फत यसको स्थायी समाधान गरिन्छ ।

✅ समयमै उपचार गर्नाले पाईल्स र सम्बन्धित जटिलताहरुलाई बेलैमा टार्न सकिन्छ।

👉 आजै सम्पर्क गरि पूर्ण परामर्श लिनुहोस् र निवारण पाउनुहोस ।
📞 9801100388 , 9856021800
📍 पोखरा हेल्दी होम्स , इन्द्रचोक , इन्द्रमार्ग १० ( पोखरा रंगशाला नजिक )

#पाइल्स_उपचार #बिना_अपरेशन #हेल्दी_होम्स_पोखरा #बवासीर_समाधान"
#हेल्दी_होम्स_पोखरा #पोखरा

फ्याटी लिभर (Fatty Liver): कारण, निवारण र जीवनशैली व्यवस्थापन१. फ्याटी लिभर भनेको के हो?फ्याटी लिभर भनेको लिभर (कलेजो) म...
21/04/2025

फ्याटी लिभर (Fatty Liver):
कारण, निवारण र जीवनशैली व्यवस्थापन

१. फ्याटी लिभर भनेको के हो?
फ्याटी लिभर भनेको लिभर (कलेजो) मा अत्यधिक बोसो जम्मा हुने रोग हो। यसले लिभरको सामान्य कार्यप्रणालीलाई बिगार्न सक्छ र लामो समयमा लिभर सिरोसिस, लिभर क्यान्सर जस्ता गम्भीर समस्याहरूपनि उत्पन्न गर्न सक्छ । फ्याटी लिवरको अवस्था रहेको आशंका छ भने वा शरीरमा मोटोपना छ भने एकपटक चिकित्सकसंग अवश्य परामर्श गर्नुहोस।

अब बढौँ फ्याटी लिवरको बारेको बिस्तारमा बुझ्न तर्फ

२. फ्याटी लिभरको प्रकार।

1. अल्कोहलिक फ्याटी लिभर:
- यो अधिक मात्रामा मदिरा सेवनले हुनेगर्दछ। यो केहि महिनामा तथा मदिरा सेवनको केहि बर्षमा पनि हुन सक्दछ।

2. नन-अल्कोहलिक फ्याटी लिभर (NAFLD):
- यो फ्याटी लिवरको अवस्था मदिरा नपिई पनि हुने गर्दछ ( यसका सम्भावित कारणहरुमा अधिक मोटोपन, मधुमेह, खानपानमा अधिक कार्बोहाइड्रेटको मात्रा खाने food behaviour , तथा अधिक चिल्लो युक्त अस्वस्थ खानपान पनि यसको धेरै कारण मध्ये यौटा कारण हुनसक्छ )

३. फ्याटी लिभरको मुख्य कारणहरू

✔ अस्वस्थ खानपान:
- तारेको भुटेको खाना (फ्राइड फूड, जंक फूड)
- चिनीयुक्त पेय ( सोडा, प्याकेज्ड जुस )
- प्रोसेस्ड फूड ( पिज्जा, बर्गर, इन्स्टन्ट नूडल्स)
- कृत्रिम रंग र वासना भएको खानेकुराहरु

✔ जीवनशैली सम्बन्धी:
- शारीरिक गतिविधिको अभाव ( एकै ठाउँमा धेरै बस्ने )
- मोटोपन ( BIM 25 भन्दा अधिक छ भने चिकित्सकसंग सल्लाह गरि तत्काल घटाउने तर्फ लाग्नुहोस )
- मधुमेह (डायबिटिज) वा इन्सुलिन प्रतिरोधको अवस्था छ वा छैन चिकित्सकसंग जाँच गराउनुहोस।

✔ अन्य कारणहरू:
- अत्यधिक मदिरा सेवन
- तनाव र निद्राको अभाव
- थाइरोइड वा कोलेस्ट्रोलको समस्या

४. फ्याटी लिभरको निवारण र उपचार

(क) आहारमा सुधार गर्नुहोस

के खाने ?

- हरियो साग (पालुङ्गो, रायो साग इत्यादि )
- छोक्रा नफलेको दाल,
- अंकुरित अन्न
- ताजा फल (आँवला, पपीता)
- ओमेगा-३ युक्त खाना (अलसी, ओखर )
- लिभर डिटक्स गर्छ
- गुलियो नहुने फल जस्तो काँक्रो जसले शरीरमा पोषण र इन्सुलिन संवेदनशीलता बढाउँछ र बोसो घटाउँछ |

के कम खाने , नखाने वा बार्ने :

- तारेको भुटेको खानेकुरा (समोसा, चिप्स , कारखानामा बनेको खानेकुरा )
- रिफाइन्ड तेल (डालडा, मैदा)
- अल्कोहल, कोल्ड ड्रिंक
- प्याकेज्ड स्न्याक्स खाने बानी

(ख) जीवनशैलीमा सुधार

✔ नियमित व्यायाम:
- दैनिक ३० मिनेट हिँड्ने, साइक्लिङ वा योग (कपालभाति, भुजङ्गासन)

✔ तनाव नियन्त्रण:
- ध्यान (मेडिटेसन) र प्राणायाम (अनुलोम-विलोम)

✔ पानी र निद्रा:
- दिनभरि ३-४ लिटर पानी पिउनु
- राति ७-८ घण्टा निद्रा अवश्य लिनुहोस्
- तनावबाट कम लिनुहोस् - यसको लागि ध्यान साधना गर्नाले अत्यन्त फाइदा हुन्छ।

(ग) आयुर्वेदिक उपचार

✔ सामान्य जडीबुटी:
- कुकुरदाइनको रस ( १ चम्मच बिहान खाली पेटमा लिनाले अत्यन्त फाइदा हुन्छ )
- त्रिफला चूर्ण ( राति मन्द तातो पानीसँग लिनाले दिसा समयमा भई पेट फुल्ने इत्यादीमा पनि फाइदा हुन्छ )
- गिलोय सत्व ( यसले इम्युनिटी बढाउँछ र कलेजोको सोथनमा पनि सहयोग गर्दछ )


✔ घरेलु उपाय:
- गरम पानीमा निम्बू र हल्दी मिसाएर पिउने।
- मेथीको दाना भिजाएर बिहान खाने।

५. फ्याटी लिभर आउन नदिने उपायहरू
1. मदिरा नपिउने (अल्कोहलिक फ्याटी लिभरबाट बच्न)
2. नियमित ब्लड टेस्ट (शुगर, कोलेस्ट्रोल मोनिटर गर्ने)
3. हेल्दी वजन मेन्टेन गर्ने (मोटोपन नियन्त्रण)
4. प्रोसेस्ड फूडबाट टाढा रहने

६. जीवनशैली नै फ्याटि लिवरको कारण र निवारण

जीवनशैली नै फ्याटि लिवरको कारण र निवारण दुवै हो औषधि केवल क्षणिक निवारण र सहायक मात्र हो फ्याटी लिभर लामो समयसम्म बेवास्ता गर्दा खतरनाक हुन सक्छ, तर आहार, व्यायाम र आयुर्वेदिक उपाय अपनाएर यसलाई निको पनि गर्न सकिन्छ। यदि तपाईंमा पेट दुख्ने, थकान, खानेर अपच हुने जस्ता लक्षणहरू छन् भने, तुरन्त आयुर्वेदिक चिकित्सकसँग परामर्श गर्नुहोस् ।

स्वस्थ कलेजोकोलागि आजैं आफ्नो जीवनशैली सुधार्नुहोस्! 🌿


चिकित्सकीय अस्वीकरण:
यस लेखमा प्रस्तुत गरिएका तथ्यहरू आयुर्वेदिक स्वास्थ्य सम्बन्धी सामान्य जानकारीको रूपमा उपलब्ध गराइएको छ। यसमा उल्लेखित कुनै पनि उपचार विधि वा सुझावहरू व्यावसायिक चिकित्सकीय परामर्शको विकल्प होइनन्। कुनै पनि स्वास्थ्य समस्याको निदान, उपचार वा प्रबन्धनको लागि योग्य आयुर्वेदिक चिकित्सकको सल्लाह लिनु अपरिहार्य छ। यहाँ उल्लेखित कुनै पनि जानकारी वा उपाय प्रयोग गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोस्।

विशेष नोट ⚕

यस लेखमा दिइएका सुझावहरू सामान्य अवस्थाका लागि मात्र हुन्। व्यक्तिगत स्वास्थ्य अवस्था, प्रकृति (दोष संतुलन) र औषधीय प्रतिक्रियाको आधारमा उपचार फरक हुन सक्छ। गर्भवती, स्तनपान गराउने महिला वा कुनै पनि पुरानो रोग भएका व्यक्तिहरूले विशेष सावधानी अपनाउनु पर्छ। स्वास्थ्य सेवा प्रदायकहरूको लागि: यो सामग्री केवल शैक्षिक उद्देश्यका लागि हो र यसले कुनै पनि चिकित्सकीय सल्लाहको स्थान लिने उद्देश्य राख्दैन।

फिसर (A**l Fissure) को समस्याका सम्बन्धमा यी कुराहरु सँधै जानी राखौँयी लक्षणहरु भएमा फ़िशरको समस्या भएको हुनसक्दछ-मल त्या...
21/04/2025

फिसर (A**l Fissure) को समस्याका सम्बन्धमा यी कुराहरु सँधै जानी राखौँ

यी लक्षणहरु भएमा फ़िशरको समस्या भएको हुनसक्दछ

-मल त्याग गर्दा तीव्र दुखाइ ( यो दुखाइ मल त्याग गरेको केहि घण्टा सम्म वा केहि -दिनसम्म पनि रहन सक्दछ )
-ताजा रगत देखापर्नु तथा डायरिया जस्तो दिसा भैराख्नु
-तिब्र जलन हुनु : निक्कै बेरसम्म वा केहि दिन सम्म महसुस रहने तत्काल नजाने -किसिमको जलन वा दुखाई
-मलद्वार वरिपरि गाठोको वृद्धि वा स्किन ट्याग देखापर्नु

सम्भावित कारणहरु

-कडा मल वा मल त्याग गर्दा अत्याधिक बल गर्नाले भएको क्षति
संक्रमण - ट्वाइलेट सफा नहुनाले भएको संक्रमण
-वात दोषमा वृद्धि
-तनाव र पुरानो ग्यासट्राइटिसको समस्या
-संक्रमित खाद्यपदार्थ खानाले
-लामो समयसम्म हुने डायरिया
-उमेर संगै आउने पाचनतन्त्र तथा उत्सर्जनतन्त्रको शिथिलता
-गर्भावस्था तथा प्रसव

सुरुवाती अवस्थामा यसो गर्यो भने आराम हुनेछ

-साबुनपानीले सफा राख्ने तथा घरमा
-प्रशस्त मात्रामा तरल पदार्थ लिने
-दिसा soft बनाउन इसब्गोल वा त्रिफला लिने
-आहारमा फलफुल र रेशादार साग वृद्धि गर्नाले फाइदा हुन्छ
-तर आराम नभएमा तुरुन्त चिकित्सकको सल्लाह लिन गैहाल्ने

पुनः यस्तो समस्या नहोस भन्नकालागि अपनाउन सकिने सावधानी
-प्रशस्त झोलिलो खानेकुरा खाने तथा प्रशस्त पानी पिउने
-आहारमा प्रशस्त फाइबर तथा चोकर भएको खानेकुरा खाने
ट्वाइलेट सँधै सफा राख्ने
-दिसा नरोक्ने तथा दिसा सार्हो हुने गरिष्ठ भोजन नगर्ने
-यो समस्या जीवनशैलीगत कारणले बल्झिन नदिन नियमित चिकित्सकको सल्लाह लीईरहने

पोखरा हेल्दि होम्स
ईन्द्रमार्ग १० , पोखरा
सम्पर्क +9779856021800 तथा 9801100388

चिकित्सकीय अस्वीकरण:

यस लेखमा प्रस्तुत गरिएका तथ्यहरू आयुर्वेदिक स्वास्थ्य सम्बन्धी सामान्य जानकारीको रूपमा उपलब्ध गराइएको छ। यसमा उल्लेखित कुनै पनि उपचार विधि वा सुझावहरू व्यावसायिक चिकित्सकीय परामर्शको विकल्प होइनन्। कुनै पनि स्वास्थ्य समस्याको निदान, उपचार वा प्रबन्धनको लागि योग्य आयुर्वेदिक चिकित्सकको सल्लाह लिनु अपरिहार्य छ। यहाँ उल्लेखित कुनै पनि जानकारी वा उपाय प्रयोग गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोस्।

विशेष नोट:

यस लेखमा दिइएका सुझावहरू सामान्य अवस्थाका लागि मात्र हुन्। व्यक्तिगत स्वास्थ्य अवस्था, प्रकृति (दोष संतुलन) र औषधीय प्रतिक्रियाको आधारमा उपचार फरक हुन सक्छ। गर्भवती, स्तनपान गराउने महिला वा कुनै पनि पुरानो रोग भएका व्यक्तिहरूले विशेष सावधानी अपनाउनु पर्छ। स्वास्थ्य सेवा प्रदायकहरूको लागि: यो सामग्री केवल शैक्षिक उद्देश्यका लागि हो र यसले कुनै पनि चिकित्सकीय सल्लाहको स्थान लिने उद्देश्य राख्दैन। यस लेखको कुनै पनि जानकारी प्रयोग गर्दा उत्पन्न हुन सक्ने कुनै पनि स्वास्थ्य जोखिमको जिम्मेवारी प्रयोगकर्ताले आफैंले वहन गर्नुपर्छ।

अर्श ( पाईल्स/बवासीर ) को समस्याका सम्बन्धमा यी कुराहरु सँधै जानी राखौँयी लक्षणहरु भएमा अर्शको समस्या भएको हुनसक्दछ-मलद्...
21/04/2025

अर्श ( पाईल्स/बवासीर ) को समस्याका सम्बन्धमा यी कुराहरु सँधै जानी राखौँ

यी लक्षणहरु भएमा अर्शको समस्या भएको हुनसक्दछ

-मलद्वारमा सुजन वा गाँठो हुनु
-चिलाउने र दुखाई
-मलसँग रगत देखापर्नु
-लामो समयसम्म कब्जियत रहनु र मलद्वार दुखेको महसुस हुनु
-बस्दा दुखेको महसुस हुनु

सम्भावित कारणहरु
-लामो समयसम्म खानेकुरामा फाइबरको न्यूनता
-धेरै बसिरहने तथा हिँडडुलको कारणले हुने आमाशयको शिथिलता
-गर्भावस्थामा महिलाहरुलाई हुन सक्दछ
-रेडिमेड खाना खाने जीवनशैली

सुरुवाती अवस्थामा यसो गर्यो भने आराम हुनेछ
-त्रिफला चूर्ण : १ चम्चा राति ( डाक्टरको सल्लाह अनुसार )
-अलोवेरा जुस: २ चम्च बिहान
-राति भिजाएको अंजीर २-३ टुक्रा
-दैनिक ३ लिटर पानी अवश्य पिउनुहोस
-दैनिक ३० मिनेट हिँडाइ
-तारेको भुटेको खाना अत्यन्त कम खाने
-रेशादार सागसब्जी , मेवा काँक्रो प्रशस्त खाने

पुनः यस्तो समस्या नहोस भन्नकालागि जीवनशैलीमा केहि परिवर्तन गर्नुहोस
-दिनमा कम्तिमा २ . ५ लिटर पानी
-दैनिक ३० मिनेट हिँडाइ र ब्यायाम
-तारेको भुटेको खाना अत्यन्त कम गर्नुहोस
-कारखानामा बनेको खानेकुरा अत्यन्त कम गर्नुहोस
-रेशादार हरियो सागसब्जी मेवा ,काँक्रो प्रशस्त खानुहोस
---
पोखरा हेल्दि होम्स
ईन्द्रमार्ग १० , पोखरा
सम्पर्क +9779856021800 तथा 9801100388

( चिकित्सकीय अस्वीकरण )
यस लेखमा प्रस्तुत गरिएका तथ्यहरू आयुर्वेदिक स्वास्थ्य सम्बन्धी सामान्य जानकारीको रूपमा उपलब्ध गराइएको छ। यसमा उल्लेखित कुनै पनि उपचार विधि वा सुझावहरू व्यावसायिक चिकित्सकीय परामर्शको विकल्प होइनन्। कुनै पनि स्वास्थ्य समस्याको निदान, उपचार वा प्रबन्धनको लागि योग्य आयुर्वेदिक चिकित्सकको सल्लाह लिनु अपरिहार्य छ। यहाँ उल्लेखित कुनै पनि जानकारी वा उपाय प्रयोग गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोस्।

यस लेखमा दिइएका सुझावहरू सामान्य अवस्थाका लागि मात्र हुन् । व्यक्तिगत स्वास्थ्य अवस्था, प्रकृति (दोष संतुलन) र औषधीय प्रतिक्रियाको आधारमा उपचार फरक हुन सक्छ ।गर्भवती, स्तनपान गराउने महिला वा कुनै पनि पुरानो रोग भएका व्यक्तिहरूले विशेष सावधानी अपनाउनु पर्छ । स्वास्थ्य सेवा प्रदायकहरूको लागि: यो सामग्री केवल शैक्षिक उद्देश्यका लागि हो र यसले कुनै पनि चिकित्सकीय सल्लाहको स्थान लिने उद्देश्य राख्दैन। )

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Pokhara Healthy Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category