23/12/2022
किवानिज इस्ट्यान्ट रगत संकलन सेवा
किब्स नेपाल किन र अव कसरी अगाडी लैजानेरुरुरु
१)विभिन्न व्यवसायीक र सामाजिक संघ संस्था संग आवद्ध छौ ,तिनीहरुको आयोजना र सह आयोजना मार्फत रक्तदान गर्ने र गराउने गरेका थियौ,व्यक्तिगत सानो दायरामा रगत आवश्यक पर्दा कल आउने सम्म भएको थियो,आफ्नो मिलेमा दिन्थेयौ,आवश्यक पर्नेहरुलाई वल्ड वैक मार्फत खोजि गरीदिने प्रयास हुन्थ्यो वल्ड वैकले भए सम्म दिन्थ्यो,वैकमा पनि अत्याधिक मागलाई उपलव्ध गराउने वजारमा कलेक्सन भएको आधारमा हुने हुदाँ उपलव्धता सहज थिएन।
२)छिटफुट वाहेक राजधानी वाहिर उपचार असम्भव भइ काठमान्डौ आई उपचार गर्न पर्दा एक तहको आर्थिक भार र अन्य तनाववाट गुज्रिएको परीवारलाई उपचार वा सल्यक्रियाको प्रक्रिया भैसकेपछि हस्पिटलले रगतको लागी उक्त विरामी कुरुवालाई रगत दिने मान्छे खोज्नुस भन्छ।
३)केहिको त यहाँ चिनजान हुन्छ,फोनको आधारमा उपलव्ध हुन्छन्,अधिकांश विरामीको त्यो हस्पिटलले भनेको रक्त समुहको दाता मान्छे उपलव्ध गराउन सक्दैन र त्यो वेला विरामीको पीडा,कुरुवाको त्यो तनाव,आफन्तहरुको तनाव अन्तत:विरामीको हस्पिटल वसाइ लम्विन्छ र आर्थिक भारले ग्रसीत त्यो परीवारको थप हस्पिटल वसाईले आर्थिक भार वढाउछ ।
४)कोभिड महामारीको वेला सामान्य अवस्थामा हुने रक्तदान शिविरहरु नभएको तर विरामीको संख्या थपिएको हुदाँ वजारमा चरम अभाव भएकोले एक शिविर गरौ भनेर योग गुरु शुशिल स्वामी किवानिज कल्व अफ काठमान्डौ महानगरको सदस्य ओम केसी लगायत हामी कुरा गरी १ शिवर गरी सुरु गरौ भनि तयारी गर्दै गरेको वेला हामीले कलेक्सनको लागी उपयुक्त ठानेको ठाउँमा स्थानियहरुको सहमती नमीले पछि हामी प्रशासनको पास लिएर केन्द्रिय रक्त संचार केन्द्र गइ रक्तदान गर्ने निर्णय गर्यौ र गरीयो ।त्यहाँ जादाँ विरामीको आफन्तको भिड रगतको पर्खाइमा देख्दा र वल्ड वैकमा रगत मौजाद नहुदाँ थप अभाव अनुभुति भए पछि फर्कदा किवानिज कल्वका साथिहरु संग र व्यवसायीक साथिहरु संग पनी यो अभावको कुरा भए पछि साथिहरुकै सल्लाहमा क्ष्लकतबलतथि हामी पुग्ने संयन्त्र वनाउ र यसलाई हाम्रो कल्वले समन्वय गर्ने कुरा भएपछि, हामी उपलव्ध साथिहरुवाट आवश्यक पर्दा रगत दिन जाने ,रक्तदातालाई विरामी भएको हस्पिटल पुराउने काम गरीनै रहेको वखत सामाजिक सेवामा लागीरहेको संगठित संस्था किवानिज नेपालको संयन्त्रमा किन नजोड्ने भन्ने कुरा साथिहरु विच भएपछि प्क्ष्ध्ब्ल्क्ष्क् क्ष्ल्क्त्ब्ल्त् द्यीइइम् म्इल्ब्त्क्ष्इल् क्भ्च्ख्क्ष्ऋभ्क् ल्भ्एब्ी ( (किव्स नेपाल ) नामको ग्रुप निर्माण गरी पहिलो लकडाउनको केहि दिन पछि २२ अगस्ट २०२० मा औपचारीक रुपममा कार्य थालनी गरी ध्ज्इीभ् द्यीइइम् को वैकल्पीक श्रोतको रुपमा विकास गर्ने निधो गरीयो ।
५)रक्तदानवारे जनचेतना नपुगेको ठाउमा व्यापक जन चेतना जगाइ कोहि कसैलाई पनि रगतको अभावले तनाव नहुने अवस्था सृजना गर्न किवानीज नेपालले पनि मनन गरी किव्स नेपाल लाई २०२० देखि नै आफ्नो अभिन्न अंगको रुपमा ग्रहण गरे पस्चात कार्य गर्न सहज भएको र अझ प्रभावकारी रक्त उपलव्धतामा किवानिजको भुमिका स्थापित गर्न सवै व्यक्ति व्यक्तित्व,सवै कल्व, सवै डिभिजिनहरु लगायत किवानिज नेतृत्व संग आफ्ना अनुभवहरु शेयर गरी दिगो संचालनको उपाय सुझावको लागी हार्दिक अपिल गर्दछौ ।
यो सम्वन्धी हामीले केहि योजना गरेको छौ सवै किवानियनहरुको राय समेत लाई समावेश गरी कार्ययोजना तथा संचालन कार्यविधि वनाइनेछ । धन्यवाद...............................
तारा सापकोटा
चेयर
किवानिज इन्सटान्ट् वल्ड कलेक्सन कमिटी