Bhanu Memorial Polyclinic and Diagnostic Centre Pvt.ltd

  • Home
  • Bhanu Memorial Polyclinic and Diagnostic Centre Pvt.ltd

Bhanu Memorial Polyclinic and Diagnostic Centre Pvt.ltd बैदेशिक रोजगारी मा जाने हरुका लागि भर?

21/07/2023

Vacancy avilable in Bhanu Memorial polyclinic and diagnostic center pvt.ltd. Gangabu chock Kathmandu.
Radiographer 1
Duty hours 10:00 am to 5:00pm
Contact no 9851031585

11/11/2022

Vacancy avilable in Bhanu Memorial polyclinic and diagnostic center pvt.ltd. Gangabu chock Kathmandu.
LAB TECHNICIAN 1 FEMALE
DUTY HOURS 9:30 TO 5:00
SALARY : NEGOTIABLE
CONTACT :9851031585

23/06/2021

Started Office after covid 19
Please contact us
9851031585
014380800

13/05/2021

कोभिड ठीक भएपछि पनि यी कुरामा ध्यान नदिए ज्यान जानसक्छ !
स्वास्थ्य
2078-01-30
काठमाण्डौ । ‘अहिले कस्तो छ अवस्था ? कि अझै समस्या छ ? रिपोर्ट त नेगेटिभ आयो नि
तपाइँमध्ये कतिले आफ्ना आफन्त वा साथीभाइसँग पछिल्ला केही दिनदेखि यस्ता प्रश्न राख्दै आउनुभएको होला। हो, धेरैजसोले कोरोनाविरुद्धको लडाइँ जितिसके तर यसबाट मुक्ति भने अझै प्राप्त भइसकेको छैन।

कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन्। कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला। कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको सुन्न र देख्न पाइन्छ।

चिकित्सकहरुका अनुसार पोस्ट कोडिभ केयर अर्थात कोरोनाबाट मुक्त भएपछि पनि स्वास्थ्यको ख्याल उति नै आवश्यक हुन्छ। हप्तौँ वा महिनौँसम्म पनि सतर्कता अपनाउन आवश्यक हुन्छ। नत्र सानो लापरबाहीले पनि ठूलो समस्या निम्याउन सक्छ।

शरीरमा कोभिडको असर
धेरैजसो मानिसले कोभिडलाई सामान्य रुघाखोजीजस्तै बिरामी ठान्छन्। यसले केवल फोक्सोमा मात्र असर गर्ने सम्झिन्छन्। तर त्यस्तो होइन।

कोभिड नयाँ संक्रमण हो। यसले शरीरका अन्य कुन–कुन अंगमा असर गर्छ भन्ने कुरा विस्तारै–विस्तारै बाहिर आइरहेका छन्। यसले मानिसको मुटु, दिमाग, मांसपेसी, धमिनी र नसा, रगत, आँखाजस्ता शरीरका अन्य अंगमा पनि असर गर्छ भन्ने कुरा पत्ता लागिसकेको छ। यही कारणले हृदयघात, डिप्रेसन, थकान, शारीरिक दुःखाइजस्ता समस्याको सामना संक्रमणमुक्त भएकाहरुले गरिरहेका छन्
त्यसैले चिकित्सकहरुले कोरोनामुक्त भएपछि शरीरमा देखिने त्यस्ता समस्यालाई नजरअन्दाज नगर्न सुझाव दिन्छन्। शरीरमा अन्य समस्या देखिना साथ सल्लाहसुझाव लिन चिकित्सकहरुले आग्रह गर्दै आएका छन्।

हल्का लक्षण भएको कोभिडबाट निको भएपछि के गर्ने ?

चिकित्सकहरुले हल्का लक्षण भएको कोभिड देखिएका धेरैजसो मानिसहरु घरमै ठिक भए पनि पोस्ट कोभिड केयर आवश्यक रहेको बताउँछन्। उनीहरु धेरैजसोमा शारीरिक कमजोरी, थकान, भोक नलाग्ने, दुःखाइ, शरीरको तापमान बढ्ने, डरजस्ता समस्या देखिने हुँदा निको भएपछि यस्ता समस्या देखिन सक्ने चिकित्सकहरु बताउँछन्।

यसका लागि चिकित्सकहरुले यस्ता सुझाव दिएका छन् –
– यदि हल्का लक्षण देखिएको छ तर आफूलाई स्वस्थ महसुस गर्नुहुन्छ भने १४ दिन घरमै आइसोलेसन बस्न सक्नुहुन्छ।
– निको भएपछि खानपानमा विशेष ध्यान दिनुहोस्। हरियो सागसब्जी र प्रोटिनयुक्त खाना धेरै खानुहोस्। यसले कोरोनाबाट कमजोर बनेको शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ।
– खाना खान मन लाग्दैन भने पनि थोरै–थोरै गरी खानुहोस्। पानी पनि सही मात्रामा पिउनुहोस्।
– नियमित योग तथा प्रणायाम गर्नुहोस्। एकैपटक थुप्रै काम नगर्नुहोस्।
– संक्रमणमुक्त भएको १५–३० दिनसम्म अक्सिजन, ज्वरो, रक्तचाप, सुगरको नियमित जाँच गर्नुहोस्।
– भरसक तातो वा मनतातो पानी पिउनुहोस्। दिनमा २ पटक बाफ अवश्य लिनुहोस्। कम्तीमा ८ देखि १० घन्टा अवश्य सुत्नुहोस्।
– संक्रमणमुक्त भएपछि हरेक ७ मा चिकित्सकसँग अवश्य स्वास्थ्यजाँच गराउनुहोस्।

चिकित्सकहरुले संक्रमणमुक्त भएको १०–१५ भित्रै नियमित काममा फर्किन सकिन्छ। तर चिकित्सकले कुनै औषधि खान सल्लाह दिएका छन् भने अवश्य खानुहोस्। नियमित चिकित्सकको सल्लाह पनि लिनुहोस्।

कोरोनामुक्त भएकाहरु धूमपान र मद्यपानबाट टाढै बस्नुपर्ने चिकित्सकहरु सल्लाह दिन्छन्।

कम गम्भीर र धेरै गम्भीर लक्षण भएका बिरामीले कोरोनामुक्त भएपछि के गर्ने ?
– कम गम्भीर र धेरै गम्भीर लक्षण भएको कोरोना संक्रमणबाट मुक्त भएका बिरामीहरुले शरीरमा पानीको मात्रा सही राख्नका लागि तरल पदार्थ सेवनमा बढी जोड दिनुपर्छ।
– ताजा खाना नै खानुपर्छ।
– शारीरिक थकान हुने गरी एकैपटक धेरै काम गर्नुहुन्न।
– यस्ता बिरामीलाई पूर्ण रुपमा निको हुन ३ महिनासम्म लाग्ने भएकोले आराम गर्नु नै ठिक हुन्छ।
– निको भएपछि व्यायाम र प्राणायाम गरेर दिनको सुरुआत गर्नुपर्छ।
– यस्ता बिरामीले निको भएपछि नियमित रुपमा शरीरमा अक्सिजनको मात्रा चेक गर्नुपर्छ। चिकित्सकको सल्लाहबमोजिम अन्य जाँच पनि नियमित राख्नुपर्छ।
– मानसिक तनाव लिनुहुन्न।
– चिकित्सकको रायसल्लाहअनुसार दिनचर्या बनाउनुपर्छ।
– केही बिरामीको निको भएपछि मांसपेसी कमजोर भएको हुन सक्छ। यस्तोमा प्रचूर मात्रामा प्रोटिनयुक्त खाना खानुपर्छ।
– केही बिरामीमा निको भएपछि पनि औषधिको साइड इफेक्ट हप्तौँसम्म रहन सक्छ। त्यसैले निको भएपछि नियमित रुपमा शरीरमा देखिने समस्याका विषयमा चिकित्सकसँग रायसल्लाह लिनुपर्छ।
– संक्रमणमुक्त भएपछि चिकित्सकको नियमित फलोअप जानुपर्छ। कुनै जाँच गर्नुछ भने गर्नुपर्छ।
– मास्क अनिवार्य रुपमा लगानुपर्छ। हात बारम्बार धनुपर्छ। सामाजिक दूरी कायम गर्नुपर्छ।

01/02/2021

माघ १९, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरणका लागि कागजात पेश नगरेको भन्दै दशवटा मेडि.....

01/02/2021

काठमाण्डाै - राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । केही समस्या नदेखिए आज ...

19/11/2020

मंसिर ४, काठमाडौँ | विदेशी नागरिकलाई नेपाल सरकारले मंसिर ३० सम्म प्रवेशमा रोक लगाएको छ | सरकारले नेपाल प्रवेश गर्न.....

19/11/2020

काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पताल, सानेपामा रहेको स्टार अस्पतालले पिसिआरको नक्कली रिपोर्ट दिने गर....

Read please
24/05/2020

Read please

पैसा कमाउन सम्पूर्ण मानवलाई सदा आफ्नो बल्छीमा अड्काइराखेर आफ्नो निगाहमा बाँच्न बाध्य बनाएर विश्वमाथि नै राज गर.....

Corona virus uapdate
14/03/2020

Corona virus uapdate

कुनकुन देशमा कति जनालाई कोरोनाभाइरस सङ्क्रमण भयो र कति जनाको मृत्यु भयो? ताजा जानकारीका लागि बीबीसीले तयार पारेक...

Address

Gangabu Chock On The Way Of Thamel Left Side 4th Floor Of Kumari , Bank Building

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851031585

Website

Alerts

Be the first to know and let us send you an email when Bhanu Memorial Polyclinic and Diagnostic Centre Pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhanu Memorial Polyclinic and Diagnostic Centre Pvt.ltd:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram