राष्ट्रिय खोप कार्यक्रम

राष्ट्रिय खोप कार्यक्रम The programme was established in 2034 with the aim to reduce mortality, morbidity and disability due to vaccine preventable diseases.

This programme is govern by Child Health and Immunization Service Section, Family Welfare Division.

05/12/2025

२२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम ज्यू को शुभकामना सन्देश, २०८२

हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने सन्दर्भमा यो वर्ष नेपालमा पनि हामीले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउँदै छौँ, अर्थात् FCHV Day। यो हाम्रो लागि धेरै खुसीको कुरा हो किनभने यो २२औँ संस्करण हो र वि।सं। २०४५ सालदेखि नै हाम्रा महिला स्वयंसेविका दिदीबहिनीहरूले राष्ट्र सेवामा ठूलो गुण लगाउनुभएको छ र हाम्रो नवजात शिशु, बालबालिका, आमाहरू सबैको स्वास्थ्यमा उहाँहरूले अग्रपंक्तिमा रहेर काम गर्नुभएको छ, चाहे त्यो खोपको कार्यक्रम होस्, परिवार नियोजनको कार्यक्रम होस् या महिलाहरू, गर्भवती महिलाहरूलाई सेवा पुर्याउने कार्यक्रम होस्। त्यति हुँदाहुँदै जब–जब देशमा आपत्रविपद् पर्छ, डेङ्गु जस्ता महामारी अथवा जोखिमपूर्ण अवस्थाहरू, सबैमा उहाँहरू अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा ठूलो टेवा पुर्याउनु भएको छ र खासमा भन्ने हो भने उहाँहरू हाम्रो स्वास्थ्य सेवाको मेरुदण्ड या आधारस्तम्भ हामी भन्न सक्छौँ। र उहाँहरूको ठूलो योगदानको कदर गर्दै यसै वर्ष हाम्रो विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया स्थित कार्यालयबाट उहाँहरुलाई (स्वयंसेविकाहरुलाई) च्याम्पियन अवार्ड (Public Health Champion Award) प्राप्त भएको थियो र त्यो सम्मान प्रदान गर्न मैले नै सौभाग्य पाएको थिएँ। र त्यो सम्मान प्राप्त गर्नुभएकोमा पुनः एकपटक बधाई ज्ञापन गर्दै, यहाँहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै, यहाँहरू प्रति सम्मान व्यक्त गर्दै यो राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सफलताको कामना गर्दै, यहाँहरूले उत्तरोत्तर प्रगति गर्नुहोस्, उहाँहरू आफैँ पनि निरोगी रहनुहोस् र देश विकासमा सदा सक्रिय रहनुहोस् भन्ने कामनाका साथ यहाँहरू सबैलाई बधाई भन्न चाहन्छु। हार्दिक धन्यवाद।
नमस्कार ।

27/11/2025

📦💉 हाम्रा खोपहरू तपाईंको स्वास्थ्यका लागि कसरी सुरक्षित रहन्छन्?
- खोप विदेशबाट ल्याइने, भण्डारण हुने र स्वास्थ्य संस्थासम्म पुर्‍याइने सम्पूर्ण प्रक्रियामा कसरी कोल्ड चेन मापदण्ड र VVM जाँच गरिन्छ - सुनौं व्यवस्थापन महाशाखा, खोप तथा कोल्डचेन इकाई प्रमुख श्री संजीव शर्मा कट्टेलज्यूका कुरा ।

Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal World Health Organization Nepal UNICEF Nepal

मनाङ जिल्ला, ३५४० मिटर उचाईमा अवस्थित डिस्याङ गाउँपालिका – ८, टंकी मनाङ स्वास्थ्य चौकी परिसरमा महिला सामुदायिक स्वास्थ्य...
24/11/2025

मनाङ जिल्ला, ३५४० मिटर उचाईमा अवस्थित डिस्याङ गाउँपालिका – ८, टंकी मनाङ स्वास्थ्य चौकी परिसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा आमा समूहका सदस्यज्यूहरूसँग खोपप्रतिको धारणा, बुझाई तथा प्रभावकारीताबारे छलफल गर्दै ।

स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउन होस्, सरसफाइका काममा होस् वा विकास निर्माणकै काममा किन नहोस् मनाङमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा आमा समूहको सहभागिता तथा सकृयता लोभलाग्दो रहेछ । “खोप लगाउने दिन कोही बालबालिका केही कारणवस आइपुगेनन् भने हामी वहाँहरूको खोजि गर्न थाल्छौं, फोन गरेर वा खेतमा गई आफैले हेरेर वा कतै गएको भए पत्ता लगाएर खोप लगाउन ल्याइहाल्छौं। त्यसैले कुनै पनि बालबालिका खोपबाट बञ्चित हुने सम्भावना नै रहदैन ।” – आमा समूह तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका । Family Welfare Division World Health Organization Nepal Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre UNICEF Nepal Department of Health Services Nepal

महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका कार्यक्रमले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि विश्व स्वास्थ्य सं...
20/11/2025

महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका कार्यक्रमले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसिया क्षेत्रको जनस्वास्थ्य च्याम्पियन अवार्ड(Public Health Champion Award) एक कार्यक्रम वीच काठमाडौंमा माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्माज्यू मार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकालाई सम्मानकासाथ प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस सन्दर्भमा देशभरका सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पुन: बधाई व्यक्त गर्दछ ।
साथै रूबेला निवारणको लागि दक्षिण-पूर्वी एसिया क्षेत्रको जनस्वास्थ्य च्याम्पियन अवार्ड(Public Health Champion Award) पनि सोही कार्यक्रम वीच विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यकारी प्रमुख डा. क्याथरिना बोहेमले माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्मा गौतम मार्फत नेपाल सरकारलाई प्रदान गर्नु भएको छ ।
यी उपलब्धिहरु प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दछौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यहाँहरू सबैबाट सदा झै सकारात्मक सहयोगको अपेक्षा सहित धन्यवाद व्यक्त गर्दछ । Family Welfare Division Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre World Health Organization Nepal UNICEF Nepal Department of Health Services Nepal

Rubella-infected pregnant women face a 90% risk of miscarriage and babies that survive it can develop serious birth defe...
19/11/2025

Rubella-infected pregnant women face a 90% risk of miscarriage and babies that survive it can develop serious birth defects. In 2013, Nepal was able to formally launch rubella as part of the routine national immunisation schedule and this year the country celebrated official elimination status. However, continued vigilance is key: Family Welfare Division Ministry of Health and Population-Nepal Department of Health Services Nepal National Health Education Information and Communication Centre UNICEF Nepal World Health Organization Nepal

In 2009, almost a fifth of pregnant women at Nepal’s main maternity hospital were infected with rubella, a virus that causes miscarriages and birth defects. The road to safety has demanded grit and consistency, health workers say.

विश्व स्वास्थ्य संगठनको ७८औँ महासभाबाट हरेक वर्ष १७ नोभेम्बरलाई विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवसको रुपमा मनाउने...
17/11/2025

विश्व स्वास्थ्य संगठनको ७८औँ महासभाबाट हरेक वर्ष १७ नोभेम्बरलाई विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप यस वर्ष पहिलो पटक “आजैदेखि लागौँ : पाठेघरको मुखको क्यान्सर निवारण गरौँ” (Act Now: Eliminate Cervical Cancer) भन्ने नाराका साथ यो दिवस मनाउन सुरू गरिएको छ।

यसै अवसरमा आज परिवार कल्याण महाशाखाले ललितपुर स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, उपचार र एच.पि.भी. खोप अभियानमा सहयोग गर्नुहुने विभिन्न व्यक्तित्व तथा संघ संस्थाहरूलाई सम्मान गरेको छ ।

आजको कार्यक्रममा नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्था, यसको निराकरणका लागि सरकारी तवरबाट भइरहेका प्रयासहरूका साथै गत वर्ष देशैभर गरिएको एच.पि.भी. खोप अभियानका बारेमा चर्चा गरिएको थियो । Family Welfare Division World Health Organization Nepal Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre UNICEF Nepal Department of Health Services Nepal

हेरौं कार्यक्रमका केही झलकहरू:

17/11/2025

विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस २०२५ को अवसरमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. मदन कुमार उपाध्यायज्यूको भिडियो सन्देश:.....................................................................
नमस्कार !
आज १७ नोभेम्बर, विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस ।
“आजैदेखि लागौँ: पाठेघरको मुखको क्यान्सर निवारण गरौँ” (Act Now: Eliminate Cervical Cancer) भन्ने नाराका साथ विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस देशैभरी विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोग निवारण गर्न किशोरीहरूलाई एच.पि.भी. खोप लगाउने, ३० बर्ष पुगेका महिलाहरूले पाठेघरको मुखको नियमित जाँच गराउने र यो रोग पहिचान भएका महिलाहरूले उपचार गराउने रणनीति लिएको छ ।
सन् २०३० सम्म यो रोगलाई निवारण गर्ने लक्ष्यमा पुग्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय खोप तालिकामा एच.पि.भी. खोप समावेश गरेर कक्षा ६का छात्राहरू र विद्यालय नजाने १० वर्षका किशोरीहरूलाई नियमित खोपको रूपमा एच.पि.भि. खोप दिने कार्य गत वर्ष देखि नै देशभरी सुरू गरेको छ। यो खोप सेवा हरेक वर्ष फागुन महिनामा देशैभरी उपलब्ध हुन्छ ।
पाठेघरको मुखको परीक्षण सेवा सबै स्थानीय तहरूमा उपलब्ध गराउने गरी सङ्घीय तहबाट बजेट विनियोजन गरिएको हुँदा अस्पताल तथा स्वास्थ्य शिविरहरूबाट लक्षित महिलाहरूले यो सेवा लिनु हुन सम्बन्धित सबैमा अनुरोध गर्दछु ।
पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्न सकेमा उपचारबाट निको हुन्छ।त्यसैले यो रोगको पहिचान भएका महिलाले क्यान्सर अस्पताल वा यस प्रकारको सेवा उपलब्ध हुने अस्पतालबाट उपचार गराउनु हुन अनुरोध गर्दछु ।
पाठेघरको मुखको क्यान्सरले विकराल रूप लिईरहेको अवस्था र यसबाट बच्ने उपायहरू बारे अझैपनि समुदायस्तरसम्म पर्याप्त जनचेतना पुगि नसकेको अवस्थालाई समुदाय स्तरमा जानकारी गराएर समयमै रोगको पहिचान गरी उपचार गराउनका लागि स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक-शिक्षिका, समाजसेवी, पत्रकार सबैको सक्रिय भूमिकाका लागि अपेक्षा गरेको छु ।
धन्यवाद ! @followerst@topfansaFamily Welfare DivisionoWorld Health Organization NepaliMinistry of Health and Population-NepalaNational Health Education Information and Communication CentreNUNICEF NepaleDepartment of Health Services Nepal

17/11/2025

विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस २०२५ को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाज्यूको भिडियो सन्देश:............................................
आज १७ नोभेम्बर, विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस ।
विश्व स्वास्थ्य संगठनको ७८औँ महासभाबाट १७ नोभेम्बरलाई विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप यस वर्ष पहिलो पटक “आजैदेखि लागौँ : पाठेघरको मुखको क्यान्सर निवारण गरौँ” (Act Now: Eliminate Cervical Cancer) भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ। पाठेघरको मुखको क्यान्सर रोकथाम, उपचार र निवारणका लागि यस नाराले सबै सरोकारवाला निकायहरुलाई अहिले नै कदम चाल्न प्रेरित गर्छ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो । क्यान्सरबाट महिलाहरूको मृत्यु हुनेमा यो पहिलो नम्बरमा पर्छ।रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन ६ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ।यही क्यान्सरको कारण प्रतिदिन ४ जना महिलाहरूले ज्यान समेत गुमाइरहेका छन्।

यस क्यान्सर निवारणको लागि सन् २०३० सम्ममा नेपाल सरकारले कम्तिमा ९०% किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको HPV खोप लगाउने, ३० वर्ष माथिका कम्तिमा ९०% महिलाहरुको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका कम्तिमा ९०% महिलाहरुको उपचार गर्ने रणनैतिक लक्ष्य लिएको छ।
सो लक्ष्य प्राप्तिको लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एच.पि.भी. खोपलाई समावेश गरी ९४% प्रतिशत किशोरीहरुलाई पहिलो पटक निःशुल्क खोप सेवा प्रदान गरियो ।यस वर्षको फागुन महिनामा पनि विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरुलाई HPV खोप दिने कार्यक्रम रहेको छ।साथै स्थानीय तह मार्फत संचालन हुने एकिकृत प्रजनन् स्वास्थ्य रुग्णता शिविर र तालिमप्राप्त स्वास्थ्यकर्मी भएका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा ३० वर्ष माथिका महिलाहरुको नियमित स्क्रिनिङ कार्यक्रम समेत संचालन गरिँदै आएको छ।त्यस्तै, यसका लागि नेपाल सरकारले क्यान्सरका विरामीहरुलाई उपचारमा सहुलियत समेत प्रदान गर्दै आएको छ।

अन्त्यमा, पाठेघरको मुखको क्यान्सरको निवारणका लागि जनचेतना अभिबृद्धि गर्न, किशोरीहरुलाई HPV खोप लगाउन प्रोत्साहन गर्न, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गको महत्त्व बुझाएर समयमा नै यो रोगको पहिचान गरेर उपचार गराउन सबै जनप्रतिनिधीज्यूहरु, समाजसेवीज्यूहरु, सञ्चारकर्मीज्यूहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाज्यूहरु, सम्पूर्ण स्वास्थ्यकर्मीज्यूहरु लगायत सबै सरोकारवालाज्यूहरुमा म हार्दिक अनुरोध गर्न चाहन्छु । धन्यवाद !

12/11/2025

के तपाईंको घरमा ५ वर्ष मुनिका बालबालिका छन्?
👉 छन् भने, उनीहरूको खोप कार्ड हेर्नुहोस् त ।
१५ महिना भित्र लगाउनुपर्ने कुनै खोप छुटेको छ कि?
👉 छुटेको रहेछ भने, नजिकैको स्वास्थ्य संस्थामा लगि छुटेको खोप लगाउनुहोला । Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal UNICEF Nepal World Health Organization Nepal

भिटामिन ‘ए‘ क्याप्सुल र जुकाको औषधी खुवाउने सम्बन्धीजरुरी सूचनाराष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कात्तिक २० र २१ गते ६ म...
07/11/2025

भिटामिन ‘ए‘ क्याप्सुल र जुकाको औषधी खुवाउने सम्बन्धी

जरुरी सूचना

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कात्तिक २० र २१ गते ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाऔँ।

६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई दिनको एक प्याकेट बालभिटा ६० दिन सम्म खुवाऔँ।

थप जानकारीका लागि महिला समुदायिक स्वास्थ्य स्वयंसेविका, तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्नुहोस् ।
Family Welfare Division Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Department of Health Services Nepal World Health Organization Nepal UNICEF Nepal

24/10/2025

आज अक्टोबर २४, विश्व पोलियो दिवस । राष्ट्रिय पोलियो उन्मुलन प्रमाणीकरण समितिका अध्यक्ष प्रो. डा. गणेश कुमार राईज्यूको भिडियो संदेश ।

राष्ट्रिय पोलियो उन्मूलन प्रमाणीकरण समिति (NCCPE) को तर्फबाट म सबै स्वास्थ्यकर्मीहरूलाई नेपाललाई पोलियोमुक्त राष्ट्र कायम राख्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा हृदयदेखि आभार प्रकट गर्दछु।

नेपालमा वाइल्ड पोलियो भाइरसको संक्रमण चक्र तोड्न आवश्यक खोप सेवा तथा पोलियो रोगको खोजिको लागि गरिने अतिशीघ्र लुलो पक्षघात हुने बिरामीहरुको निगरानी कार्यमा तपाईंहरूको समर्पण र सहभागिता नै सफलताको मुख्य आधार हो । नेपाल सन् २०१४ देखि पोलियो रोग मुक्त छ ।

विभिन्न चुनौतीहरू हुँदा हुँदै तपाईंहरूको दृढ प्रतिबद्धताले नेपालका बालबालिकाहरुलाई पोलियो रोगबाट सुरक्षित राख्दै आएको छ ।
नेपाललाई पोलियो रोगमुक्त राख्ने कार्यमा नेपाल सरकार, स्वास्थ्यकर्मीहरू, विश्व स्वास्थ्य संगठन, र युनिसेफ लगायतका साझेदारहरूको अथक प्रयास महत्वपूर्ण रहेको छ । साथै, यो उपलब्धि कायम राख्नु पनि हामी सबैको एउटा साझा चुनौती हो ।
सीमित दक्ष जनशक्ति, पोलियो कार्यक्रमको सरकारी प्रणालीमा समावेशीकरण र बदलिंदो परिस्थितिहरूले नेपालको पोलियोमुक्त अवस्थालाई जोखिममा पार्न सक्छ ।
यसले गर्दा पोलियो रोग खोजिको लागि अतिशीघ्र लुलो पक्षघात हुने बिरामीहरुको निगरानी र खोप सेवाप्रति अझ दृढ राष्ट्रिय प्रतिबद्धता र स्वामित्वको आवश्यकता छ।
यस विश्व पोलियो दिवसको अवसरमा, म सबै स्वास्थ्यकर्मी तथा अधिकारीहरू, विकास साझेदारहरू, स्थानीय तह, र समुदायहरूलाई नेपाललाई पोलियोमुक्त कायम राख्ने हाम्रो साझा प्रतिबद्धता दोहार्याउन आह्वान गर्दछु।
हामी सबै मिलेर हाम्रो कडा परिश्रमले प्राप्त गरेको यो उपलब्धि जोगाऔँ ।
आजका हरेक नेपाली बालबालिका र आगामी पुस्ता पोलियो रोगबाट सुरक्षित रहून् ।
पोलियो मुक्त अवस्था कायम राखौं । धन्यवाद । Family Welfare Division Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Department of Health Services Nepal UNICEF Nepal World Health Organization Nepal

24/10/2025

आज अक्टोबर २४, विश्व पोलियो दिवस । सबै बालबालिकालाई पोलियोको खोप दिएर पोलियोको अन्त्य गरौं। नेपाल सन् २०१४ मा पोलियो मुक्त भएको हो । तर, जबसम्म विश्व पोलियोमुक्त हुँदैन, हामी सबै सतर्क रहनुपर्छ । त्यसैले नियमित खोप तालिका अनुसार आ-आफ्ना बच्चाहरूलाई जन्मेको ६ हप्ता पहिलो मात्रा, १० हप्ता दोश्रो मात्रा र १४ हप्तामा तेश्रो मात्रा पोलियो थोपा साथै १४ हप्तामा एफ.आई.पि.भी.को पहिलो मात्रा र नौ महिनामा एफ.आई.पि.भी.को दोश्रो मात्रा पोलियो विरूद्धको खोप दिन नविर्सौं ।

यसै उपलक्ष्यमा राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रो. डा. रमेशकान्त अधिकारीज्यूको भिडियो संदेश:

आज अक्टोबर २४ का दिन, हामी विश्व पोलियो दिवस मनाउँदैछौं । यस दिवसको अवसरमा पोलियो विरुद्धको हाम्रो साझा लडाइँमा हासिल भएका उल्लेखनीय उपलब्धिहरूलाई सम्मान गर्दै र बाँकी यात्रामा दृढ संकल्प व्यक्त गरौं । स्वास्थ्यकर्मी, सामुदाय, अभिभावक, विश्व स्वास्थ्य संगठन तथा साझेदार संस्थाहरू र सबै सरोकारवालाहरूको अथक प्रयासका कारण हामी पोलियो-मुक्त संसारको लक्ष्यतर्फ पहिलेभन्दा अझ नजिक पुगेका छौं।

पोलियो उन्मूलन अभियानले खोपको शक्ति र सहकार्यको प्रभावशाली प्रमाण प्रस्तुत गरेको छ। तर पोलियो विश्वका केही देशहरूमा अझै पनि बाँकी भएकाले बालबालिकाहरू अझै पनि जोखिममा छन्। त्यसैले हाम्रो जिम्मेवारी समाप्त भएको छैन । पोलियो अन्त्यका लागि अन्तिम केस रहँदासम्म हामी एकजुट भई निरन्तर प्रयास गर्नैपर्छ।

हाम्रा अग्रपंक्तिका महिला स्वास्थ्य स्वयम्सेविका तथा स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद ! उहाँहरू हाम्रा खोप कार्यक्रमहरुको मेरुदण्ड हुनुहुन्छ, जसले सबैभन्दा दुर्गम र कठिन ठाउँसम्म पनि सेवा पुर्‍याइरहनु भएको छ । म अभिभावकहरू र हेरचाहकर्ताहरूको पनि सराहना गर्न चाहन्छु, जसले आफ्ना बालबालिकालाई खोप लगाएर उज्ज्वल भविष्य सुनिश्चित गर्नु भएको छ ।यस विश्व पोलियो दिवसको अवसरमा, म सबैलाई सतर्क रहन, प्रत्येक बालबालिकाले खोप लगाएको सुनिश्चित गर्न र पोलियो विरुद्धको हाम्रो ऐतिहासिक अभियानलाई सफल बनाउन अनुरोध गर्दछु । हाम्रो साझा पहलले संसारबाट पोलियो उन्मूलन गर्न सम्भव छ ।

पोलियो मुक्त अवस्था कायम राखौं ।



धन्यवाद।



Family Welfare Division Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Department of Health Services Nepal World Health Organization Nepal UNICEF Nepal

Address

Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय खोप कार्यक्रम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram