Anita Nepali Sirmal

  • Home
  • Anita Nepali Sirmal

Anita Nepali Sirmal Every people in need of health information is essential to take themselves through the page

06/07/2025

मेथी, जिरा र धनियाँ महत्व यसप्रकार रहेकाे छ ।

यी त मसला मात्र होइनन्, प्रकृतिको अनुपम औषधि हुन्, जुन हाम्रो भान्सामा लुकेर बसेका हुन्छन्। हामीले तिनलाई स्वादको लागि मात्र प्रयोग गछौं, तर साच्चै भन्नुपर्दा — यिनको शक्ति आयुर्वेदिक उपचारको मूल आधार हो।

🔶 १. मेथी (Fenugreek):
यो सानो देखिने तर स्वादमा अलिक तीतो हुने मेथी, वास्तवमै हाम्रो शरीरको सन्तुलन मिलाउने रामबाण हो।

फाइदाहरू:

रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ (डायबेटिज लागि वरदान)

पेट फुल्ने, ग्यासको समस्या, अपच, अम्लपित्त निको पार्छ

कपाल झर्ने समस्या कम गर्छ, छालालाई सफा र चम्किलो बनाउँछ

महिलाहरूको महिनावारीको अनियमितता र दुखाइ कम गर्छ

प्रयोग गर्ने तरिका:

बिहान खाली पेट १ गिलास पानीमा भिजाइएको मेथी पानी पिउनुहोस्

मेथीको लत्ताले बाल झर्न कम गर्न सकिन्छ

भुटेर चटनी बनाउँदा अथवा अचारमा हाल्दा स्वाद र स्वास्थ्य दुबै मिल्छ

🔸 २. जिरा (Cumin):
साधारण देखिने यो बीउ, पेटको राजा हो। खाएपछि पेट सफा, मन हल्का, शरीर झन चञ्चल!

फाइदाहरू:

पाचन शक्तिलाई बलियो बनाउँछ

शरीरमा भएको विषाक्त तत्व (toxins) हटाउँछ

रक्तसञ्चार सुधार गर्छ

ज्वरो, रुघा–खोकी कम गर्न प्रभावकारी हुन्छ

छालाको उज्यालोपन बढाउँछ

प्रयोग गर्ने तरिका:

जिरा पानी: रातभर भिजाएको जिरा बिहान उमालेर पिउनुहोस्

भुटेर पिसी चटनी वा मसला बनाउनुहोस्

सब्जी, अचार, दालमा प्रयोग गर्दा स्वादसँगै औषधीय गुण पाइन्छ

🟢 ३. धनियाँ (Coriander Seeds):
धनियाँको बास्ना मात्र होइन, यसको शक्ति पनि अमूल्य छ। पेटदेखि छाला, छालादेखि मुटुसम्म लाभदायक।

फाइदाहरू:

शरीरको तापक्रम नियन्त्रण गर्छ

छालामा आएको एलर्जी र रashes हटाउँछ

किड्नी सफा गर्छ

पिसाब जलन, संक्रमण र हर्मोनको असन्तुलन सन्चो गर्छ

पाचन प्रणाली बलियो बनाउँछ

प्रयोग गर्ने तरिका:

धनियाँ पानी: रातभर भिजाएर बिहान उमालेर पानी पिउनुहोस्

पाउडर बनाएर अचार, तरकारी, वा सुपमा हाल्नुहोस्

गर्मीमा धनियाँ पिउँदा शरीरको तातोपन कम हुन्छ

🌿 यी तीनै मसला — जब एकसाथ प्रयोग गरिन्छन्...
तपाईंको स्वास्थ्यलाई नयाँ जीवनशक्ति प्रदान गर्छन्।
👉 १ चम्चा मेथी + १ चम्चा जिरा + १ चम्चा धनियाँ रातभर पानीमा भिजाउनुहोस्,
बिहान उमालेर छानेर पिउनुहोस् —
यो त्रिवेणी औषधि हो:

> "शरीर सफा, मन शान्त, रोग टाढा!"

भान्सामा पाइने यिनै साना मसलाले हाम्रो जीवन परिवर्तन गर्न सक्छन्। हजारौं रुपैयाँको औषधिको सट्टा, यी प्राकृतिक चमत्कारहरूसँगै हाम्रो जीवन बाँच्न सक्छ, बलियो बन्न सक्छ, रोग–विहीन बन्न सक्छ।

आजैबाट प्रयोग गरौँ —
स्वास्थ्यलाई प्रेम गरौँ —
र यस्ता प्राकृतिक औषधिहरूलाई सम्मान गरौँ ।

05/07/2023
05/07/2023

यी हुन् खाली पेटमा मनतातो पानी पिउनुका ८ फाइदा ?
१. दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ ।

२. तपाइँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् ।यसले तपाइँमा भोक जगाउँछ ।

३. बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।

४. रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ । यसले शरीरमा आराम मिल्छ ।

५. यदि छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस् । चियाकफीको साटो ग्रीन टी पिउनुहोस् । यसले छाला चम्किलो बनाउने र शरीरको तौल कम गर्न पनि मद्दत गर्छ ।

६. बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस राखेर पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ ।

७. यदि तपाइँलाई निकै थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी गर्नाले मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्दछ ।

८. बिहान उठ्नेवित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्नुका साथै यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ ।

05/07/2023

कस्तो रोग हो मंकीपक्स ? कसरी सर्छ ? लक्षणहरु के के हुन् ?
विश्वभरमा फैलिएको मंकीपक्सको (Monkeypox) संक्रमण नेपालमा पनि पहिलोपटक एक ६० बर्षीया विदेशी महिलामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्बजनिक गरेको छ ।

यस रोगको हालसालैको प्रकोप करिब एक बर्ष अघि बेलायतको लण्डनमा फेला परेको थियो । त्यसयता हालसम्ममा यो रोगको संक्रमण ११० भन्दा बढी मुलुकहरुमा देखिएको छ जसमा ८७ हजार भन्दा बढी संक्रमित भएका छन भने ११२ को मृत्यु भइसकेको छ ।

यस रोगको संक्रमण दर घटाउन विश्व स्वास्थ्य संगठनले सबै देशलाई उचित उपाय अपनाउन आह्वान गरेको छ । त्यस्तै नेपालमा संक्रमण फेला परेपछि नेपाल सरकारले पनि आकस्मिक उपायहरु अपनाउन थालेको छ ।

यस रोगसंग लडनका निमित्त नेपालभर विभिन्न अस्पतालहरुमा यस रोगको उपचारका लागि डाक्टहरु परिचालन गरिएको छ । त्यसैगरि लक्षणहरुको बारेमा सल्लाहसुझाव लिनका लागि सर्बसाधारणका लागि हटलाइन नम्बरहरु १११५ र ११३३ निर्धारण गरिएको छ ।

के हो मंकीपक्स ?
मंकीपक्स (Monkeypox) अथवा एमपक्स (Mpox) एक भाइरल रोग हो जुन मंकीपक्स भाइरस (Monkeypox Virus) ले गर्दा मावनजाति तथा केहि अरु प्राणिमा लाग्ने गर्दछ । यस भाइरसका दुई प्रजाति छन । क्लेड १ (Clade -I) र क्लेड २ (Clade -II) ।

यो भाइरस बिफर(Smallpox) गराउने भाइरससंग मिल्दोजुल्दो हुन्छ । यस भाइरस सन १९५८ मा बाँदरमा फेला परेको थियो भने मानिसमा पहिलोपटक १९७० मा संक्रमण भेटिएको थियो ।

सन १९८० मा बिफर (Smallpox) उल्मुलन भएर खोप लगाउन बन्द भएपछि अफ्रिकामा बिस्तारै मंकीपक्स देखा पर्न थालेको थियो ।

अफ्रिकाका साना स्तनधारि जनावर जस्तै बाँदर,मुसा, लोखर्केमा यो भाइरस भेटिएको उल्लेख छ ।

सन २००३ मा अमेरिकामा निर्यात गरिएको जंगली जनावरहरुबाट संक्रमणहरु फैलिएको थियो । त्यसयता बर्षेनी प्रजातान्त्रिक गणतन्त्र कंगो मा कैयौं संक्रमणहरु भेटिने गरेको छ । सन २०२२ को मेइमा यूरोपबाट सूरु भएको यो माहामारी अमेरिका तथा अन्य विभिन्न मुलुकहरुमा फैलिएको छ जसको यस भाइरसको प्रजाती क्लेड २ (Clade -II) कारक रहेको छ । त्यस्तै सुडानमा सरणार्थीहरुमा देखिएको संक्रमण भने क्लेड १ (Clade -I) को कारण रहेको छ ।

कसरी सर्छ ?
मंकीपक्सको संक्रमणले शरीरमा घाउखटिरा आउने गर्छ । यस्ता घाउखटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ ।

संक्रमण फैलिने माध्यममा स्पर्स गर्ने, चुम्बन तथा यौन सम्पर्क आदि पर्छन । त्यस्तै स्वासप्रस्वासको माध्यमबाट, बोल्दा, खोक्दा पनि एकअर्कामा सर्ने गरेको छ । एउटै सामान तथा कपडाको प्रयोग गर्दा पनि सर्नसक्ने सम्भावना रहन्छ ।

संक्रमित जनावरहरुको मासु खाँदा, सिकार गर्दा, जनावरले टोक्दा वा चिथोर्दा पनि सर्न सक्ने सम्भावना रहेको छ । अहिलेको महामारी यौनसम्पर्क प्रमुख माध्यम रहेको पाइएको छ र यो रोग फैलिनुमा यौनकर्मीको प्रमुख भुमिका पाइएको छ ।

लक्षणहरु के के हुन ?
मंकीपक्सको संक्रमणको १ देखि २१ दिनसम्ममा लक्षणहरु देखा पर्छन । प्रायमा एक हप्ताभित्रमा लक्षण देखिन्छन र २ देखि ४ हप्तासम्म रहि रहन्छन । रोग प्रतिरोधात्मक क्षमता कम भएकामा भने लामो समयसम्म लक्षण देखापर्न सक्छन । यस अवधिपछि भने रोग बिस्तारै निको हुदै जान्छ ।

लक्षणहरुमा, डाबर आउनु, ज्वरो, घाँटी दुख्ने, टाउको दुख्ने, मांसपेसी दुख्ने, ढाड दुख्ने, थकान हुने, ग्रन्थी सुन्निने आदि हुन । सुरुमा देखिने डाबर बिस्तारै बढदै गएर फोका उठने, चिलाउने, दुख्ने हुनसक्छ । कसैमा थोरै तथा कसैमा सयौं खटिराहरु आउन सक्छ । खटिरा शरीरको जुनसुकै भागमा आउन सक्ने तर प्राय हातखुट्टा, अनुहार, मुख, घाँटी तथा तिघ्राको भित्रि भागमा बढी देखिन्छ ।

प्रायमा सुरुमा ज्वरो, मांसपेसी दुख्ने तथा घाँटी दुख्ने हुन्छ र पछि अनुहारबाट डाबर आउन सुरु हुन्छ । डाबर शरीरभरि फैलिन्छ र फोकामा परिणत हुन्छ । फोका फुटेर खटिरा बन्छ र निको हुदै गर्दा खटिरा झरेर जान्छ । सबै खटिरा हराउदासम्म संक्रमित ब्यक्तिले रोग अन्यमा सार्न सक्छ ।

गर्भवती, बालबच्चा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिमा भने जटिलताहरुमा उत्पन्न हुने जोखिम बढी हुन्छ । जटिलताहरुमा अरु संक्रमणको सम्भावना, न्युमोनिया, एन्सेफलाइटिस, आँखाको ज्योती गुम्ने आदि हुनसक्छ । साथै गर्भवतीको बच्चा खेर जाने हुनसक्छ ।

परीक्षण तथा उपचार के छ ?

मंकीपक्सका लक्षणहरु अरु संक्रमणहरु जस्तै ठेउला (Chichenpox), लुतो (Scabies), दादुरा (Measles) आदिसंग मेलखाने भएकोले छुटयाउन गाहो हुन्छ ।

यसको परिक्षणको लागि घाउखटिरा, फोका तथा नाकमुख, घाँटी आदिको स्वाब (Swab)लिएर भाइरसको पी.सी.आर. प्रणालीबाट जाँच गरिन्छ ।

मंकीपक्सको उपचार लक्षणहरु केन्द्रीत हुन्छ ।

संक्रमण हुदैमा अस्पताल जानुपर्ने जरुरी हुँदैन । संक्रमण भएपछि सकेसम्म घरमा आफ्नो कोठामा बस्नुपर्छ । अरुसंग सम्पर्कमा नआउने, आफ्नो सामान तथा कपडा तथा अरुलाई चलाउन नदिने, मास्क लगाउने, साबुन पानीले बेलाबेला हात धुने, छाला सुख्खा र खुला छोड्ने आदि गर्न सकिन्छ ।

त्यस्तै प्रसस्त पानी पिउने, स्वास्थ खाना खाने र दुःखाइ र ज्वरोको लागि सिटामोल जस्ता औषधि खान सकिन्छ ।

त्यस्तै फोका फुटाउने कोट्याउने भने गर्नुहुदैन ।

अन्य ब्यक्तिहरुको नजिक हुदा मास्क लगाउने तथा खटिराहरु छोप्नाले रोग सर्ने जोखिम कम हुन्छ । लक्षणहरु धेरै बढ्दा वा थप जटिलता देखा परेमा भने नजिकैको स्वास्थसंस्थामा तुरुन्त सम्पर्क गर्न जरुरी हुन्छ ।

रोकथाम कसरी गर्ने ?

पहिले बिफरको लागि उत्पादन भएको खोप MVA-BN अहिले मंकीपक्सको रोकथाममा प्रयोगमा आएकोछ । यो खोप संक्रमणको उच्च जोखिममा रहेका तथा तत्कालै संक्रमित ब्यक्तिलाई दिइने गरेको छ ।

संक्रमित ब्यक्तिको सम्पर्कमा आएको ४ दिनसम्ममा खोप लगाउन विश्व स्वास्थ संगठनले सल्लाह दिएको छ ।

त्यस्तै पहिले बिफरमा प्रयोग हुने एन्टीभाइरल जस्तै टेकोभाइरिम्याट (Tecovirimat) पनि एमपक्सको उपचारमा प्रयोग गर्ने गरिएको छ । यसैगरि संक्रमण भइसकेपछि आइसोलेशन बसेर रोगको संक्रमण कम गर्न सकिन्छ ।

अहिलेसम्म नेपाली नागरिकमा संक्रमण पुष्टि भएको छैन तरपनि यो रोग लागेको छैन भनेर ढुक्क हुने अवस्था छैन । सरकारले रोगको परीक्षणका लागि केन्द्रहरु छुट्याएर उपचार गराउने आधिकारिक स्थानहरुको निरक्यौल गर्न जरुरी छ ।

यस रोगले उग्र रुप लिनु अगावै सरकारले उचित उपायहरु अपनाएर यस रोगको संक्रमण रोक्न परीक्षण तथा उपचारमा ध्यान दिन जरुरी हुन्छ । त्यसैगरि बिभिन्न संचारमाध्यम मार्फत अथवा अन्य निकाय मार्फत यस रोगको बारेमा जानकारी र रोकाथामबारे जागरुकता गराउन जरुरी देखिन्छ ।

05/07/2023

गर्मी मौसममा स्वस्थ रहन के खाने ?
१. पानी :

गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन्छ ।

२. नरिवल पानी :

गर्मी मौसममा नरिवलको पानी पिउने गर्नाले शरीर।लाई शीतलता प्रदान गर्छ । यसले शरीरलाई निकै फाइदा गर्छ । यसका साथै दहीको सेवन गर्नु पनि उत्तम हुन्छ । दहीमा एन्टीबायोटिक हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई मजबुत बनाउन मद्दत गर्छ ।

३. फलफूल :

गर्मी मौसममा मौसम अनुसारका फलफूल प्रशस्त मात्रामा खानाले शरीरलाई निकै फाइदा गर्छ । यसबाट शरीरलाई चाहिने पोषक तत्व प्राप्त हुन्छ र शरीर स्वस्थ रहन मद्दत गर्छ ।

४. चना :

गर्मी मौसममा चनाको सेवन गर्नाले शरीरलाई शीतलला प्रदान गर्नुका साथै शरीरमा शक्ति पैदा गर्छ । यसको सेवनले शरीरलाई गर्मी बाट बचाउँछ ।

५. धनिया, पुदिना तथा प्याज :

गर्मी मौसममा पाचन क्रियामा समस्या हुने भएकाले धनिया, पुदिना तथा प्याजको सेवन गर्नाले खाना पचाउन मद्दत गर्छ साथै यसले खानालाई स्वादिलो पनि बनाउँछ ।

24/02/2023

लो ब्लडप्रेसर: के खाने, के नखाने?
मुटुको प्रत्येक धड्कनसँग सिस्टोलिक प्रेसर (अधिकतम दबाव) ११० देखि ८० मिमी मरकरीसम्म र न्यूनतम् डायस्टोलिक प्रेसर ६० मिमी मरकरीसम्म भयो भने यसलाई लो ब्लडप्रेसर भनिन्छ।

कारण

लो ब्लडप्रेसर हुनुको कारणमा मानसिक आघात, तनाव, भय, शोक, नकारात्मक सोचाइ, व्रत, धेरै बेर नसुत्नु, कमजोरी, धेरै रक्तश्राव हुन्, पौष्टिक आहारको कमी हुनु, शरीरमा रगत तथा पानीको मात्रा कम हुनु, ठूलो रक्त धमनीमा अवरोध, हृदय रोग, पिट्यूटरी र थाइराइड जस्तो ग्रन्थीले हर्मोनको मात्रा कम उत्पादन गर्नु, रक्सी, चुरोट खान, डिफ्थीरिया, हैजा, पखाला, क्षय रोग, एडिसन रोग, विभिन्न प्रकारको ज्वरो आदि हुन्छ।

लक्षण
आलस्य, मस्तिष्क अवसाद, रिंगटा लाग्नु, आँखाको अगाडि अध्यारो छाउनु, कमजोरी, थकाइ, चिडचिडापन, हातखुट्टा चिसो हुनु, भुल्ने बानी, निराशा, हात-खुट्टा झमझमाउनु, उकालो चढ्दा हृदयको गति बढ्नु, टाउको दुख्नु, जीउ दुख्नु, मूर्छा, थोरै गर्दा पनि स्याँस्याँ हुनु, चिसो र गर्मी सहन नसक्नु आदि लो ब्लडप्रेसर लक्षण हुन।

के खाने

-हल्का, सुपाच्य पौष्टिक खाना खाने।

अण्डा, दूध, बदाम, काजु, पिस्ता, छोकडा, मास, कलना, घीउ, तिलको तेल धेरै मात्रामा खाने।

खानामा नुन, लसुन, चिनी, भटमास खाने।

- पोष्टिक, गलियों, फलफूल खाने ।

-तातो चिया, कफी खाने।

के नखाने

-भारी, तारेको, अपौष्टिक, पिरो, मसालेदार खाना नखाने।

-चिसो, चिसो पेय पदार्थदेखि बच्ने।

- रक्सी, तमाखु, नशा लाग्ने पदार्थ नखाने।

-भोक नलागि खाना नखाने।

के गर्ने

-मानसिक उल्झनलाई सहानुभूतिपूर्वक हटाउने।

- ओछ्यानमा सुतेर शारीरिक र मानसिक विश्राम गर्ने

-कब्जियत हुन नदिने।

-राती नसुत्ने, व्रत बस्ने, चिन्ता, मानसिक तनावबाट बच्ने।

- हलुका खालको व्यायाम वा बिहान नियमित घुम्न जाने।

-सधै शान्त र प्रशन्न चित्त रहने प्रयत्न गर्ने। .

के नगर्ने

-धेरैबेर उभिएर नबस्ने।

- अति संभोग या अति व्यायम नगर्ने।

-तातो पानीले ननुहाउने।

-आफ्नो क्षमताभन्दा बढी मानसिक र शारीरिक परिश्रम नगर्ने

24/02/2023

Pharmacy Technician Terminology__Here are some common sig codes to help get you started!
q – Every
qH – Every hour
qAM – Every morning
qPM – Every evening
qD – Every day
qOD – Every other day
qWK – Every week
qMO – Every month
q__H – Every __ hours
BID – Twice a day
TID – Three a day
QID – Four a day
C – With
AC – Before a meal
PC – After a meal
PRN – As needed
GTT – Drop
TBSP – Tablespoon
TSP – Teaspoon
OZ – Ounce
PO – By mouth/oral
TAB – Tablet
CAP – Capsule
IM – Intramuscular
SQ – Subcutaneous
IV – Intravenous
INJ – Injection
STAT – ImmediatelyPharmacy Technician Terminology

24/02/2023

हात्तीपाइले रोग विरुद्धको औषधि किन खाने?
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्गता बनाउने एउटा सरुवा रोग हो।
यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परिजीविले गराउँछ र यो रोग संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु (जस्तै हात्तीपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिदैन।

धेरैजसो संक्रमण बिनाको हुन्छ, जसबाट समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने संभावना रहन्छ। त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन अभियान मार्फत प्रभावित जिल्लाका सबैले औषधि सेवन गर्न जरुरी छ।

१. हात्तीपाइले रोगको परजीविबाट मुक्त हुन के गर्ने ?
सरकारले रोग प्रभावित जिल्लाहरुमा सञ्चालन गर्ने वार्षिक आम औषधि सेवन कार्यक्रममा गई, वर्षको एक पटक आम औषधि सेवन कार्यक्रम आफ्नो जिल्लामा सञ्चालनमा रहेसम्म लगातार हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गराउने।

२. यो रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?
यो रोगबाट बच्न विश्वभर र नेपालमा धेरै वर्षदेखि प्रयोग हुँदै आइरहेको र सुरक्षित औषधिहरु प्रयोग हुन्छन्। यी औषधिहरुले हात्तीपाइले रोग लागिसकेकाहरुको उपचार हुनका साथै रोग लाग्नबाट पनि बचाउँछ।

३. यो औषधिको सेवनले हात्तीपाइले रोग नलागेहरुकालाई कसरी फाइदा गर्छ ?
पहिलो कुरा हात्तीपाइले रोगका लक्षणहरु नदेखिएपनि रोगका परजीविहरु शरीरमा हुन सक्छन्। औषधि अहिले खायो भने ती परजीविहरु मर्छन्। र, भविष्यमा रोग देखिदैन। दोस्रो कुरा औषधि सेवनका कारण तपाईको शरीरमा भएका हात्तीपाइलेका परजीविहरु अरु स्वस्थ मानिसको शरीरमा सर्दैनन्। तेस्रो कुरा समुदायमा कोही व्यक्तिमा रोगका परजीििवहरु छन् र उनीहरुले औषसि सेवन गरेमा लामखुट्टेले टोकेता पनि शरीरमा ती परजीविहरु ती व्यक्तिबाट सार्न सक्दैनन्।

४. यो औषधि कसले खान मिल्छ कसले मिल्दैन ?
यस कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा यो औषधि खान योग्य सबैले खानुपर्छ। दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु हुँदैन। सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका बिरामी, अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु हुन्।

५. यो रोग विरुद्धको औषधि कसले दिन्छ ?
आम औषधि सेवन कार्यक्रम लागू भएका जिल्लाहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले तपाईको घर नजिकैको बुथमा तथा घरभेटमा औषधि खुवाउँछन्।

६. यो औषधि कहिले खाने ?
आउँदो २०७९ फागुन महिनाको ११ गतेदेखि।

७. यो औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु के हुन् ?
यो औषधि खाली पेटमा खानु हुँदैन। शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ। त्यसो भएमा औषधिले प्रभावकारी रुपमा काम गर्दैछ भन्ने बुझ्नुपर्छ। ती लक्षणहरु केही घण्टामा आफैँ हराएर जान्छन्। केही गरी लक्षणहरु लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ।

01/12/2021

ओमिक्रोनबाट कसरी जोगिने ?
=================
विश्वको अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखापरेको छ । विभिन्न राष्ट्रले नयाँ भेरियन्टबाट आफ्ना नागरिक बचाउन धेरै स्वास्थ्य मापदण्ड र नीतिहरु कडाईपूर्वक अपनाएका छन् । ओमिक्रोन नामक भाइरसबाट बच्न हरेक राष्ट्रले सक्दो प्रयास गरिरहेका छन् । हाम्रै छिमेकी देशहरुले पनि हवाई उडानलगायतका कतिपय कुराहरुमा कडाई गरेका छन् । विज्ञहरुले समेत यस भाइरसबाट बच्न आग्रह गरिरहेका छन् । तर, नेपालमा भने यस भाइरसलाई वेवास्था गरिएको छ । स्वास्थ्य मापदण्डको पालना नगरि मानिसहरु जथाभावी दौडिएका छन् । कोरोनाको नयाँ भेरियन्टलाई कसैले गम्भीरता साथ हेरेका छैनन् । कोभिडको दोस्रो लहर नसकिँदै खोलिएको मठमन्दिरमा भक्तजनहरुको पुजाआजा गर्न भीड लाग्ने गरेको छ । मन्दिरमा दर्शन गर्ने, भजनकृतन गाउने भन्दै बुढाबुढीदेखि लिएर महिलाहरु बालबच्चासमेत बोकेर आउने गरेका छन् । सरकारले पटक–पटक स्वास्थ्य मापदण्डको पालना गर्न भनेता पनि हेलचेक््रयाइ गरेर मास्क नै नलगाई मन्दिरामा दर्शन आउनेको घुँइचो देख्न सकिन्छ । मन्दिरमा भएका भीडले कोरोना बढ्ने संज्ञा दिएको छ । यदि कोरोनाबाट जनता बचाउनु छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले मठमन्दिर दर्शनमा कडाई गर्नुपर्छ । मठमन्दिर मात्र बन्द गरियो भने कोरोना नियन्त्रण गर्न सरकारलाई निकै सघाउ पुग्छ । रात्रिकालिन व्यवसायी, पार्टीप्यालेस, होटल व्यवसाय जस्ता भीडभाड हुने स्थानलाई उच्च निगरानीमा राखेर स्वास्थ्य मापदण्ड अबिलम्ब लगाउनुपर्छ । मानिसहरुको बढी भीडभाड हुने क्षेत्रमा मालपोत, यातायात कार्यालय र राहदानी बनाउने कार्यालयमा पनि अति ध्यान दिनु आवश्यक छ । बैंक तथा वित्तीय संस्थाहरु पनि मापदण्डलाई कडाईपूर्वक लागु गराउनुपर्छ । सरकारले बनाएको मापदण्ड पालना गर्नमा बैंक तथा वित्तीय संस्थाहरु यसअघि पनि चुकेको देखिएको थियो । कोरोनाको निकै जोखिम बढाउने सार्वजनिक यातायातमा पनि अनिवार्य मास्कदेखि स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नुपर्छ । यता, सरकारी वा निजी विधालयले पनि हेल्थ प्रोटोकलको पालना गरेका छैनन् । विधालयमा सामाजिक दुरीको पालना गर्नु असम्भव जस्तै देखिन्छ । विधार्थीहरुले मास्कसमेत लगाएका छैनन् । अहिले बालबालिका कोरोनाको घेरामा घेरिएका छन् । बालबालिकाले मास्क लगाउदैनन् भने विधालयले स्यानिटाइजर व्यवस्थासमेत गरेको छैनन् । सरकारले बालबालिकाहरुलाई कोरोनाको नयाँ भेरियन्टबाट टाढा राख्न कि प्रभावकारी ढंगले सामाजिक दुरीको पालना गर्न लगाउनुपर्छ । चुनाव नजिकिएसंगै राजनीतिक दलहरुको महाधिवेशन, बैठक, सभाजस्ता गतिविधिहरुले स्थान पाएका छन् । दलहरु आफै कोरोनालाई साइडमा राखेर भेला गर्दै हिँडेका छन् । राजनीतिक दलका सबैजसो कार्यक्रमहरुमा स्वास्थ्य मापदण्डको ल्लंघन भएको देखिन्छ ।दक्षिणतर्फको खुला सीमाका कारण पनि नेपालमा कोरोनाको जोखिम बढी छ । राज्यले जोखिमलाई ध्यान दिँदै दक्षिणतर्फको नाकामा केही मापदण्ड बनाउन आवश्यक छ । यसअघि पनि दक्षिणतर्फको नाकाबाट नेपालमा कोरोना संक्रमितहरु भित्रिएका थिए । नेपालका अधिकांश नागरिकहरु रोजगारीको लागि भारत गएका छन् । नेपालमा पनि भारतीयको संख्या उल्लेखीय छ । भारतमा कोरोना संक्रमणको दर बढेसंगै नेपालीहरु धमाधम आफ्ै देश फर्किदै छन् । तर, नाकामा कोरोनाको परीक्षण भएको छैन् । भारतबाट नेपाल आउनेहरु सिधैं आफ्नो घर धाइरहेको छन् । जसले गाँउ र टोललाई नै खतरामा पारेको छ । ठूला–ठूला व्यापारिक मल, सुपर मार्केटहरु जस्तैः भाटभटेनी, बिग मार्ट, लबिम मलमा पनि सरकारले बनाएको मापदण्ड पालना भएको छैन् । सिनेमा घरहरुले पनि अलिक लापरबाही नै गरेका छन् । घरघरमा कबाडी सामान लिन आउनेलाई कोरोनाको बारे मतलब छैन् । फुटपाथ व्यापारी, ठेलागाडा व्यापारी र कराना पसलेले पैसाभन्दा अरु केही देखेका छैन् । सडक छेउछाउ पुरै ढाकेर बसेका फुटपाथ व्यापारीहरुले पनि स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् । उपत्यकामा जनघनत्व बढी भएको कारण पनि कोरोनाको जोखिम अन्यत्रभन्दा धेर गुणा बढी छ । उपत्यकाका नगरहरुले यसअघि जस्तै क्रमिक रुपमा स्वास्थ्य मापदण्ड लागु गर्ने विषयमा कार्यक्रमहरु बनाउनुपर्छ । यति गरिदिने हो भने उपत्यकाबासीले कोरोना लाग्ने डरबाट अलिकति भएपनि राहत पाउथे । यदि केही गरि कोरोनाले विकराल रुप लियो भने उपत्यकामा व्यवस्थापन गर्न धेरै सकस पर्नेछ । कोरोनाको नयाँ भेरियन्ट ।।।ओमिक्रोन’ यसअघिको भन्दा बढी जोखिमयुक्त भएको भन्ने स्वास्थ्य विज्ञहरुको भनाईका आधारमा पनि सरकारले यसमा उचित ध्यान दिन आवश्यक छ । कोरोनाको नयाँ भेरियन्टबाट देशका नागरिकहरुलाई बचाउन सरकारले आवश्यक नीति बनाउने बेला आएको छ । स्वास्थ्य मापदण्डका कुराहरुलाई अबदेखि नै कडाईपूर्वक पालना गराउन आवश्यक देखिन्छ ।

Address

Kathmandu

44611

Alerts

Be the first to know and let us send you an email when Anita Nepali Sirmal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram