25/04/2025
अब फार्मासिष्टहरूको आन्दोलन हुने
अन्तराष्ट्रिय श्रमिक दिवस May 1st वैशाख १८ गतेको दिन फार्मेसी पेशामा आवद्ध सम्पूर्ण शिक्षक डिप्लोमा इन फार्मेसी , व्याचलर इन फार्मेसी अध्ययनरत विद्यार्थीहरु र नेपाल फार्मेसी परिषदमा दर्ता भएको सम्पूर्ण जनशक्ति माईतीघर मण्डलामा हुने वृहत आन्दोलनमा उपस्थित भई पेशा रक्षार्थको निम्ति सरिक भइदिन अनुरोध गर्दछौ ।
मागहरुः
१. प्रत्येक स्थानीय तहमा एक जना फर्मासिष्टको अनिवार्य स्थायी दरबन्दी खुलाउनु पर्ने
२ प्रत्येक वडा स्वास्थ्य संस्थामा फार्मेसी सहायकको स्थायी दरवन्दी हुनुपर्ने
३. सरकारी अस्पताल , निजि अस्पताल र सामुदायिक फार्मेसीमा काम गर्ने फार्मसिष्ट र सहायकको परिश्रमक नेपाल सरकारको स्वास्थ्य सातौ र पाचौ बराबर हुनुपर्ने
४. कार्य समय ( duty hour ) अन्तराष्ट्रिय मापडण्ड अनुसार हुनुपर्ने
५ . फार्मसिष्ट र सहायक फर्मासिष्ट बिना संचालन भइरहेका औषधी पसल तत्काल बन्द हुनुपर्ने
६ संघीयता प्रारूप अनुसार औषधी व्यवस्था विभाग (DDA) र राष्ट्रिय औषधी प्रयोगशाला (NML) सातै प्रदेशमा स्थापना हुनुपर्ने
७ केन्द्र तथा प्रदेश लोक सेवा आयोगले विज्ञापन गराई स्थानीय तहले राखेका करारका सम्पूर्ण जनशक्ति हटाइ सक्षम जनशक्ती राख्नु पर्ने
८ खाद्यपुरक सामाग्रीहरुको गुणस्तरमा कडाई गरी अनावश्यक विक्रि वितरणमा रोक लगाइनुपर्ने
९ नेपाल सरकारको स्वामित्वमा रहेको औषधी कम्पनी नेपाल औषधी लिमेटेडको औषधीहरु सम्पूर्ण सरकारी अस्पताल र बिमामा अनिवार्य रूपमा राखिनु पर्ने
१० बजार अनुगमनका लागि औषधी व्यवस्था विभाग र औषधीको गुणस्तर मापनका निम्ति राष्ट्रिय औषधी प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति थपिनुपर्ने
११ नेपाल फार्मेसी परिषदले वार्षिक क्याललेन्डर बनाएर परिक्षा लगायतका आफ्नो काम कर्तव्य र अधिकार चुस्त दुरुस्त गरी गर्नुपर्ने ( पाठ्यक्रम , कलेजका पूर्वाधार, शिक्षक) आदि।
१२. विविध ( लोगसेवा आयोग बाट अन्तर तह कोटा पनि खुल्नु पर्ने )
आयोजक
स्वतन्त्र युवा फर्मासिष्ट