Nepalidoctor

Nepalidoctor TikTok ID: Drkshiring Health And Fun

06/12/2025

20 वर्षमुनिका महिलाहरुमा महिनावारीमा तल्लोपेट दुख्नु डरलाग्दो हो त? ? ?

त्यो थोप्लो को कथा!! -सचेतनामुलक लागेकोले Dr Ramesh Shrestha को फेसबुक बाट साभार! ! ! आमाले  बच्चा बोकेर कुद्दै आउनुहुन्...
04/12/2025

त्यो थोप्लो को कथा!!
-सचेतनामुलक लागेकोले Dr Ramesh Shrestha को फेसबुक बाट साभार! ! !

आमाले बच्चा बोकेर कुद्दै आउनुहुन्छ—
“डाक्टर साब, मेरो बच्चालाई धेरै ज्वरो आएको छ… बच्चा सिकिस्तै भयो… 103–104°F सम्म आयो!”

म:अनि कतिसम्म आयो त ज्वरो? घरमै हेर्नुभयो?”
आमा: Thermometer को फोटो देखाउँदै — “यी… यी हेर्नु त!”

म एसो हेर्छु…
Thermometer मा clearly: 100.3°F

म:
“यही 100.3 लाई 103 भन्नुभयो??”
उहाँ: “Umm… re…”

त्यसपछि मैले एक सय तीन रुपैयाँ ठूलो कि एक सय रुपैयाँ तीन पैसा ठूलो?”

उहाँले हात माथि उठाउँदै भन्नुभयो—
“Lau maryo… मैले त त्यो बीचको थोप्लो नै देखिनछु!” 😭😂

त्यो दशमलव पछिको थोप्लो ले नै high-grade fever भनि झुक्काईदिन्छ!

Reality check
👉 100.3°F = Low grade fever( घरमै सिटामोल दिएर कुर्न सकिन्छ)
👉 103°F = Real high-grade fever( सिटामोल दिदै तुरुन्तै अस्पताल लैजानुपर्छ)

03/12/2025

पाठेघरमा मासु पलाउने समस्या (Uterine Fibroid) क्यान्सर होइन!

01/12/2025

PCOD हुदा तौल घटाउनु नै पहिलो उपचार हो!

म र मेरो परिवारको छोटो पृष्ठभुमि!! यो गर्ब र खुशीको क्षण तपाइहरुसङ्ग साट्न पाउदा अझै खुशि छु!  🙏🙏🙏
30/11/2025

म र मेरो परिवारको छोटो पृष्ठभुमि!! यो गर्ब र खुशीको क्षण तपाइहरुसङ्ग साट्न पाउदा अझै खुशि छु! 🙏🙏🙏

आज मेरो जीवनको सबैभन्दा गर्विलो दिनहरू मध्ये एक। ❤️हामी तीन दाजुभाइ…एउटा सामान्य शिक्षकका छोराहरू…तर आज हामी तीनैजनाFULL...
27/11/2025

आज मेरो जीवनको सबैभन्दा गर्विलो दिनहरू मध्ये एक। ❤️

हामी तीन दाजुभाइ…
एउटा सामान्य शिक्षकका छोराहरू…
तर आज हामी तीनैजना
FULL SCHOLARSHIP मा MBBS मा नाम निकाल्दै
डाक्टर बन्ने यात्रामा एकैसाथ उभिएका छौँ। 🩺🎓

म डाक्टर भैसके!
माइलो भाई बिश्वजित MBBS 4th year मा संघर्ष गर्दैछ,
र आज मेरो कान्छो भाई अर्जुनले पनि
पूर्ण छात्रवृत्तिमा MBBS नाम निकालेर
हाम्रो परिवारको सपना फेरि एकपटक पूरा गरिदिएको छ।

अर्जुन भाई,
तिमीले आज केवल परीक्षा पास गरेका छैनौ,
तिमीले हाम्रो
बुवाआमाको वर्षौंको आँसु, संघर्ष, त्याग र प्रार्थनालाई अर्थ दिएको छ!
बुवा–आमा,
तपाईंहरूको त्याग, माया र आशीर्वाद बिना
यो दिन देख्न सम्भव थिएन।
आज जुन मुस्कान तपाईंको अनुहारमा छ,
त्यही नै हाम्रो सबैभन्दा ठूलो सफलता हो।

आज हामी तीनैजना डाक्टर बन्न लागेको यो क्षण,
वास्तवमा तपाईंहरूकै सफलता हो!

कान्छो अर्जुनलाई धेरै धेरै बधाई 👏
माइलो बिश्वलाई आगामी यात्राको शुभकामना
र बुवा–आमालाई…
हाम्रो जीवनको सबैभन्दा ठूलो सम्मान।

गर्व छ…
मेरो भाइहरूमा।
मेरो बुवा–आमामा।
र हाम्रो संघर्षको यात्रामा। ❤️

26/11/2025

यी ५ लक्षणहरुले महिलामा PCOD को सन्केत जनाउछ!

24/11/2025

सुत्केरी भएको बेला आमाहरुलाई कहिलेकाहि स्तन सुन्निने समस्या हुनसक्छ! तेसो भएमा के गर्न सकिन्छ?

22/11/2025

यो सम्बन्धि बिग्यहरुलाई जानकारी भए, के होला यसको समाधान? Dr Arun Shedhai को फेसबुक वालबाट! ! !

प्रेस्क्रिप्सनमा ८ वटा औषधी लेखिसकेपछि बिरामीलाई सोधेँ- "यति धेरै औषधी खानुपर्ने छ, स्वास्थ्य बीमा गराउनु भा'छैन? गराउनु भ‌'को भे त अलि राहत हुन्थ्यो नि!"
बिरामीको छोरा- "छैन नि डाक्साब! नागरिकता नभ‌ई बीमा नै गर्न नमिल्ने र'च!"
"अनि यो ६५ वर्षको उमेरसम्म नि किन नबनाउनु भ'को त आमाको नागरिकता? उसो भ‌ए तपाईँको नि नागरिकता छैन?" सोधेँ।

जवाफ आयो- "मेरो त बनाइसकियो नि। आमाको त खोई के के मिलेन भन्छन्। माइतीको थरबाट बनाउन जन्म दर्ता चाहिने रे। अब यो बृद्धभत्ता खाने उमेरमा कता जन्मदर्ता बनाउन मिल्नू? बाको नामबाट बनाउन बा आफै बितिसक्नुभो!"

यहाँ कहाँ कहाँबाट आउनेहरु रातारात नागरिक बन्छन्। तर जो यही भूमिकै रैथाने नेवार हुन्, जसले तामाङ्सँग बिहे गरिन् र छोरा छोरीको नागरिकता बनिसक्यो। तर उनी नै नागरिकता बनाउन नपाएर राज्यको सामान्य सुविधा उपभोग गर्नबाट पनि वञ्चित छिन्।

गुनासो कस-कसको सुन्नू? समाधान कहाँ कहाँ खोज्नू?

हाम्रो देश, हाम्रो समाज।
Dr

यस्ता समस्याहरु देखिएमा समयमै जाच गर्नुहोला!
21/11/2025

यस्ता समस्याहरु देखिएमा समयमै जाच गर्नुहोला!

नेताहरूको ज्वरो मापन विदेशमै हुनुपर्छ,तर जनताको प्रसूति भने बाटोमै!!—यहीँ देशको निदान देखिन्छ।
19/11/2025

नेताहरूको ज्वरो मापन विदेशमै हुनुपर्छ,
तर जनताको प्रसूति भने बाटोमै!!
—यहीँ देशको निदान देखिन्छ।

जाडो महिना लागे सङगै भिटामिन डि कमि हुनसक्छ!  यस्ता लक्षणहरु देखिएमा नजिकैको अस्पतालमा भितामिन डि जचाउनुहोला!
19/11/2025

जाडो महिना लागे सङगै भिटामिन डि कमि हुनसक्छ! यस्ता लक्षणहरु देखिएमा नजिकैको अस्पतालमा भितामिन डि जचाउनुहोला!

Address

Liverpool
L247RF

Telephone

+447851099981

Website

Alerts

Be the first to know and let us send you an email when Nepalidoctor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepalidoctor:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram