EPS Chingu Travel

EPS Chingu Travel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS Chingu Travel, Seoul.

जरुरी सुचना !देशको बिसम परिस्थितिका कारण Cathay Pacific ले 15 Sep-30 Sep सम्म कोरीया बाट हंङकङ हदै नेपाल ऊड्ने र नेपाल ब...
14/09/2025

जरुरी सुचना !

देशको बिसम परिस्थितिका कारण Cathay Pacific ले 15 Sep-30 Sep सम्म कोरीया बाट हंङकङ हदै नेपाल ऊड्ने र नेपाल बाट हंङकङ हुदै कारिया ऊड्ने उडान क्यानसिल गरेको छ । टिकट काट्नु भएका यात्रू महानुभाबहरूले आफुले टिकट काटेको एजेन्सी संग सम्पर्क गर्नुहोला । अरु उडान भने हाल सम्म परिवर्तन नभएको जानकारी गराउछु ।

इपिएस छिङगु ट्राभल
चावाहिल , काठमाडौं

काठमाडौं । उडान भरेको केही समयपछि नै एअर इन्डियाको यात्रुवाहक विमान अहमदाबादको एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ...
12/06/2025

काठमाडौं । उडान भरेको केही समयपछि नै एअर इन्डियाको यात्रुवाहक विमान अहमदाबादको एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

अहमदाबाद विमानस्थलको टर्मिनल-१ प्रबन्धकले ‍बताएअनुसार विमानस्थल क्षेत्र बाहिर बाक्लो धुवाँ देखिएको थियो, त्यसपछि अनुसन्धानको लागि सम्पूर्ण टोली घटनास्थलमा पठाइएको छ ।

काठमाडौं । उडान भरेको केही समयपछि नै एअर इन्डियाको यात्रुवाहक विमान अहमदाबादको एक आवासीय क्षेत्रमा दुर्घटनाग्र...

भारत र पाकिस्तानबीच हाल बढ्दो तनावका कारण भारतीय विमानहरूले पाकिस्तानको एयरस्पेस प्रयोग गर्न नपाइरहेका छन्, तर तेस्रो मु...
08/05/2025

भारत र पाकिस्तानबीच हाल बढ्दो तनावका कारण भारतीय

विमानहरूले पाकिस्तानको एयरस्पेस प्रयोग गर्न नपाइरहेका छन्, तर तेस्रो मुलुकका जहाजहरूलाई हालसम्म असर परेको छैन। यदि तनाव युद्धमा बदलियो भने नेपालबाट गल्फ मुलुक र युरोपजस्ता ठाउँसँगको हवाई सम्पर्क तत्काल बन्द हुन सक्छ, किनभने ती सबै रुट पाकिस्तान र भारतको एयरस्पेस हुँदै काठमाडौं आउँछन्।

युद्ध चर्किएमा व्यावसायिक उडानहरू युद्धग्रस्त क्षेत्रको आकाशबाट सञ्चालन गर्न जोखिमपूर्ण हुन्छ। अहिले चीन, भुटान, मलेसिया, सिंगापुरजस्ता देशबाट आउने उडानहरू पूर्वी नेपाल हुँदै आउँदा भारत–पाकिस्तान तनावले पश्चिमी नेपालबाट आउने उडानहरू बढी प्रभावित हुन सक्छन्। हालसम्म कुनै रि-सेड्युल वा डिले रिपोर्ट गरिएको छैन, र नागरिक उड्डयन प्राधिकरणले स्थिति बिग्रन नजाओस् भन्ने अपेक्षा राखेको छ l

06/05/2025

िकट 😊

काठमाडौ देखि दक्षिण कोरिया सम्मको लागि कोरियन एरको अफर टिकेट आएको छ । यहाहरु पनि कोरिया जाँदै हुनुहुन्छ भने वा डिपेन्डेन्टमा आफ्नो मान्छे कोरिया लान लाग्दै हुनुहुन्छ भने ०२ जुन र ४ जुलाईको लागि केही सिटहरु अरु दिन भन्दा एकदम सस्तोमा आएको छ । चाडो सम्पर्क गर्नुहोला र आफ्नो सिट सुरक्षित राख्नुहोला ।

सम्पर्क न : 9841655366 / 981-8345747
Luggage : 23kg+10 kg
इपिएस छिंडगु ट्राभल
चाबाहिल , पिपलबोट ,नरमाया भवन

Travel company

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक सोह्र घण्टा खुल्ने——————त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेब्रुअरी १ तारिख...
03/02/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक सोह्र घण्टा खुल्ने
——————
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेब्रुअरी १ तारिख शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ। विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ। यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ। पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको छ।”
विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने उहाँले जानकारी दिनुभयो। प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम यसअघि चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ। सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने उक्त सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ। आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ।

सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४५ हजार २३९ र घरेलुतर्फ ३७ लाख २७ हजार ६५१ यात्रुले हवाईसेवा लिएका छन्। उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ ३० हजार ६३० र घरेलुतर्फ ८४ हजार ९७१ जहाज उडान–अवतरण भएका छन्।
https://gorkhapatraonline.com/news/141351

नेपाल एयरलाइन्सको बजार हिस्सा २५ बाट ११.२८ प्रतिशतमा झर्‍यो, सबैभन्दा बढी यात्रु बोक्नेमा कतार
07/01/2025

नेपाल एयरलाइन्सको बजार हिस्सा २५ बाट ११.२८ प्रतिशतमा झर्‍यो, सबैभन्दा बढी यात्रु बोक्नेमा कतार

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पछिल्ला वर्षमा निरन्तर बजार हिस्सा गुमाउँदै आएको छ। सन् २०२० म.....

04/01/2025
१९ पुस । कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरको विमान आकस्मिक अवतरण गरिएको छ । यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि...
03/01/2025

१९ पुस । कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरको विमान आकस्मिक अवतरण गरिएको छ । यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको हो ।

कुवेतबाट काठमाडौं आउँदै गरेको विमानमा रहेका यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा शेर्पाले जानकारी दिए।

१९ पुस । कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरको विमान आकस्मिक अवतरण गरिएको छ । यात्रुको स्वास्थ्यमा समस्या ...

केहि महत्त्वपूर्ण रोगहरुको कोरियन नाम ।
11/08/2020

केहि महत्त्वपूर्ण रोगहरुको कोरियन नाम ।

केही महत्वपुर्ण रोगहरुको कोरियन नाम ।

ग्यास्ट्रीक 위염
अल्सर 궤양
ग्यस्ट्रीक क्यान्सर 위암
ठूलो आन्द्राको क्यान्सर 대장암
मूसा 사마귀
डिप्रेसन 우울증
टाढाको मात्र देख्ने 원시
नजिकको मात्र देख्ने 근시
जन्डिस 황달
कान दुख्ने रोग 외이염
रुघा 감기
क्यान्सर 암
हेपाटाइटिस 간염
वाथ 관절염
कलेजोको क्यान्सर 간장암
सरुवा रोग 감염
फ्लू 독감
ब्रोन्काईटिस 기관지염
रेबिज 광견병
पत्थरी 결석
उच्च रक्तचाप 고혈압
मन्द (लो) रक्तचाप 저혈압
लेक लाग्नु (अग्लो पहाडहरु चढ्दा अक्सिजनको कमि हुनु)
고산증
हैजा 콜레라
फूड पोइजन 식중독
नसाको रोग 신경통
हर्ट अट्याक 심장마비
दम 천식
पागलपन 정신분열중
यौन रोग 성병
प्रोस्टेट बढनु 전립선 비대
पिनास 축농증
टाफाइड 장티푸스
वाक वाक लाग्नु (गर्भावस्थामा) 입덧
एक साइड टाउको दुख्नु (अदाआ) 편두통
मधुमेह (चिनी रोग) 당뇨병
डन्डिफोर 여드름
मस्तिष्क रक्तस्राव 뇌출혈
ब्रेन ट्युमर 뇌종양
टाउको दुख्ने वाक वाक लाग्ने 멀미
निमोनिया 폐렴
क्षयरोग 결핵
मोतिबिन्दु 백내장
टन्सिल 편도선염
चिलाउने (खुट्टाको औंलाको कापहरु ) 무좀
पखाला 설사
मानसिक रोग 정신병
कब्जियत 변비
एड्स 에이즈

‘सुतेको सुत्यै भएछ, बिहान उठ्दै उठेन’, ‘सुत्दा राम्रै थियो, मध्यरातमा ऐया नभनी बितेछ’, ‘अलि–अलि रक्सी पिएर सुत्या हो, बि...
14/05/2020

‘सुतेको सुत्यै भएछ, बिहान उठ्दै उठेन’, ‘सुत्दा राम्रै थियो, मध्यरातमा ऐया नभनी बितेछ’, ‘अलि–अलि रक्सी पिएर सुत्या हो, बिहान आँखै खोलेन, अस्पताल पुर्‍याउनै भ्याइएन ।’ यस्ता घटना धेरै सुन्नमा आइरहन्छन् । ठूला–ठूला नाम भएका व्यक्तिहरुको यसरी मृत्यु हुँदा अझ बढी चर्चा हुने गर्छ ।

विष पिलाएर मार्‍यो होला, धेरै रक्सी पियो होला, ड्रग्स लिने बानी थियो, धेरै तान्यो होला भनी अड्कलबाजी गर्ने चलन छ । धेरै चर्चित कलाकारहरु, राजनीतिज्ञहरु र समाजका चिरपरिचित व्यक्तिहरु राति राम्रै अवस्थामा सुतेका तर बिहान हुँदा ओछ्यानमै मृत अवस्थामा पाइएका थुप्रै घटना छन् । यसको पछाडि के रहस्य छ ? खोतल्ने प्रयास गरेको छु ।

डा. प्रकाशराज रेग्मी, (मुटुरोग विशेषज्ञ) । ‘सुतेको सुत्यै भएछ, बिहान उठ्दै उठेन’, ‘सुत्दा राम्रै थियो, मध्यरातमा ऐय....

Address

Seoul
100-011

Website

Alerts

Be the first to know and let us send you an email when EPS Chingu Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram