11/03/2026
बागलुङको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको चैत्र अष्टमी मेला फेरि आउँदैछ।
हरेक वर्ष झैँ यस वर्ष पनि बागलुङ कालिका मन्दिर परिसरमा लाग्ने चैत्र अष्टमी मेलाले बागलुङलाई उत्सवमय बनाउनेछ। देवी भगवतीको पूजा–आराधना, भक्तजनहरूको घुइँचो, धार्मिक अनुष्ठान, विभिन्न सांस्कृतिक कार्यक्रम र स्थानीय परिकार तथा व्यापारले यो मेला अझ विशेष बन्ने गर्दछ। दूर–दराजबाट आउने श्रद्धालु तथा पर्यटकहरूको उपस्थितिले बागलुङको सांस्कृतिक र धार्मिक महत्त्वलाई अझ उजागर गर्ने गर्दछ।
आउनुहोस्, आस्था, संस्कृतिको संरक्षण र भेटघाटको अवसर बनेको चैत्र अष्टमी मेलामा सहभागी बनौँ र यसलाई भव्य बनाऔँ।
#चैत्रअष्टमीमेला