22/12/2016
हामी अत्यान्तै हर्षित भएका छौं ।
अब पुर्चौडी हाटले अत्याधुनिक सुविधा सम्पन्न Standard design को भवन छिट्टै निर्माण भई गुणस्तरिय स्वास्थ्य सेवा दिन पाउने पक्का भएको छ । यस महान र पुण्य कार्यमा पर्त्यक्ष वा परोक्ष्य भूमिकामा रहनु हुने सब्बैमा हार्दिक सम्मान प्रकट गर्न चाहान्छौं ।
विशेष त अाज Health Centre का लागि अपूग रहेको जग्गा निशुल्क दान गर्नुहुने दानवीरहरू क्रमशः डिलाशैनी ७ का श्री गंगादत्त जोशी (३ रोपनी) र हाट ३ का श्री गगन सिंह बोहरा , श्री दल बहादुर बोहरा,श्री कलावती बोहरा, श्री पार्वती देबी बोहरा सगोल( २ रोपनी) लाई हार्दिक सम्मान प्रकट गर्दछौं ।
यस कार्य प्रकृयाकालागी अहोराञ खटिएर अतुलनिय योगदान गर्नुहुने समाज सेवी श्रीबशन्त राज जोशी (हाट ३),श्री धन बहादुर धानुक(स्वा.ब्य.स.स. हाट १),श्री गोविन्दराज जोशी (हाट गाविस सचिव), श्री नन्दराज पन्त(डिलाशैनी गाविस सचिव), श्री नन्दे बोहरा (स्थानिय हाट ३) लगायतलाई हार्दिक सम्मान ब्यक्त गर्दछौं ।
यस घडीमा विगतमा स्वास्थ्य चौकीका लागि जग्गा दान गर्नु हुने हाट गाविस ३ का महापुरूषहरू स्व. मनिदत्त जोशी, प्रताप सिंह खञी तथा नन्दे बोहरा लाई ससम्मान सम्झन चाहान्छौं । सबैको अथक योगदानले अाज स्वास्थ्य चौकी संग झण्डै १८ रोपनी जमिन उपलब्ध हुन सकेको हो ।
सब्बैमा हार्दिक धन्यबाद ।