13/04/2026
नयाँ वर्ष २०८३ सालको पावन, मंगलमय तथा शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मान्यजन, इष्टमित्र, साथीभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
नवीन संवत्सरले तपाईंहरूको जीवनमा नव ऊर्जा, नवीन उत्साह र सकारात्मक परिवर्तन ल्याओस्।
यस वर्ष ग्रह-नक्षत्रहरूको शुभ संयोग, अनुकूल दशा र दैवी कृपाले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि तथा सफलता निरन्तर वृद्धि हुँदै जाओस् भन्ने कामना गर्दछु।
विशेषतः भगवान् सूर्यको तेज, भगवान् बृहस्पतिको ज्ञानमय कृपा तथा माता लक्ष्मीको असीम अनुग्रहले तपाईंहरूको जीवनमा ऐश्वर्य, प्रगति र आध्यात्मिक उन्नति प्रदान गरोस्।
नयाँ वर्षले सम्पूर्ण दुःख, कष्ट र बाधा-व्यवधान हटाई जीवनलाई उज्यालो, सफल र सुखमय बनाओस् भन्ने मंगलकामना गर्दछु।
शुभम् भवतु! मंगलम् भवतु!!