Khabar MANDU Online

Khabar MANDU Online कालापानि लिम्पियाधुरा सहितको नेपाल च

15/02/2026

Shivaratri Butwal

दुर्गा प्रसाईँलाई शिक्षामन्त्रीले भने - कति साह्रै हावा कुरा गरेको भाइ -मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अभिव्यक्तिलाई ल...
06/12/2025

दुर्गा प्रसाईँलाई शिक्षामन्त्रीले भने - कति साह्रै हावा कुरा गरेको भाइ -

मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अभिव्यक्तिलाई लिएर शिक्षामन्त्री महावीर पुन भन्छन् - "कति साह्रै हावादारी कुरा गरेका हुन् दुर्गा भाइले! शिक्षा मन्त्री भएर पैसाको अभावमा मैले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता दिनै सकेको छैन। छाना र कक्षा कोठा नभएर सहयोग माग्न आउने विद्यालयहरूलाई खाली हात फर्काउनुपर्ने अवस्था छ। शिक्षकको अभाव भएकाले एक जना भए पनि शिक्षक दिन अनुरोध गर्ने स्कुलहरूलाई पठाउन जगेडा बजेट नै छैन। 😡

६ लाख जनतालाई कालोसूचीबाट हटाउने, सेना-प्रहरीको तलब महिनामा १ लाख बनाउने र २० लाख रुपैयाँभन्दा कमको ऋण मिनाहा गरिदिने काम कसरी गरिदिने रहेछन् दुर्गा भाइले? त्यसो गर्दा जनताले बैंकमा जम्मा गरेको पैसै डुबिहाल्छ नि! धनका देवता कुवेर नै त होइनन् नि यी भाइ! 😂

अनि छापाखानामा किताब छापेजस्तै पैसा छाप्न पाइँदैन भन्ने कुरा सबैलाई थाहा छ होला नि। यस्तो हावादारी कुरा गरेर जनता झुक्याउनु हुँदैन दुर्गा भाइ 🙏।

यसअघि पनि रेल ल्याउने, पानीजहाज ल्याउने, १२ वर्षमा नेपाललाई दक्षिण एशियाको अत्यन्तै धनी देश बनाउने र नेपाललाई सिङ्गापुर बनाउनेजस्ता हावादारी कुरा धेरैले गरेका थिए। यसरी हावादारी कुरा गर्दा हाँसोको पात्र बन्नुपर्छ। कुरा बुझेर तथ्य कुरा गरौँ। तथास्तु 🙏

बिहेमा बेहुलाको जुत्ता लुकाउने परम्परालाई निकै रमाइलो मान्ने गरिन्छ । खासगरी बेहुलाको सालीले जुत्ता लुकाउने र त्यसबापत र...
05/12/2025

बिहेमा बेहुलाको जुत्ता लुकाउने परम्परालाई निकै रमाइलो मान्ने गरिन्छ । खासगरी बेहुलाको सालीले जुत्ता लुकाउने र त्यसबापत रकम माग्ने प्रचलन छ । यही परम्पराका कारण एउटा बिहे रद्द भएको छ । शनिबार भारतको उत्तर प्रदेश राज्यको बिजनौरस्थित नजीबावाद निवासी खुर्शीदकी छोरीको विवाह थियो । देहरादुनमा सैलुन सञ्चालन गर्दै आएका मोहम्मद साबिरसँग खुर्शीदकी छोरीको विवाह हुँदै थियो । सोही क्रममा बेहुली पक्षले बेहुलाको जुत्ता लुकाइदिए । जुत्ता फिर्ता दिनका लागि उनीहरूले ५० हजार रुपैयाँ माग गरे । बेहुलाले ५ हजार रुपैयाँ दिने जनाए । यही विषयमा बिस्तारै विवाद बढ्न थाल्यो । रमाइलो मानिने यो परम्परा आखिर तनावमा परिणत भयो । बेहुला पक्षका अनुसार बेहुली पक्षले बेहुला र जन्तीमाथि कुटपिट गरे । बेहुली पक्षले भने बिहेमा बेहुला पक्षबाट कारको माग गरिएको आरोप लगाएको छ । विवाद बढेपछि प्रहरीलाई खबर गरियो । प्रहरी कार्यालयमा दुवै पक्ष पुगे । त्यसपछि दुवै पक्ष विवाह नै रद्द गर्ने निष्कर्षमा पुगे । यो निर्णयसँगै बेहुला र जन्ती बेहुलीविना नै फर्किएका छन् ।

सरकारी तलबभत्ता खाने ४ चिकित्सक पनि एमाले महाधिवेशन प्रतिनिधि रहेछन् । जबकी स्वास्थ्य सेवा ऐनको दफा ७४ मा कर्मचारीले राज...
04/12/2025

सरकारी तलबभत्ता खाने ४ चिकित्सक पनि एमाले महाधिवेशन प्रतिनिधि रहेछन् ।
जबकी स्वास्थ्य सेवा ऐनको दफा ७४ मा कर्मचारीले राजनीतिमा भाग लिएमा सेवाबाट बर्खास्त गर्ने व्यवस्था छ । कानुनको धोती खोल्ने यस्तैहरुले गर्दा हो देशको यस्तो दुर्गति भएको । शिक्षामा राजनीति, स्वास्थ्यमा राजनीति, पूर्वाधारमा राजनीति । अनि नेता जान्छन् उपचार गर्न सिंगापुर, जनता जान्छन् उपचार नपाएर आर्यघाट ।

पार्टीको कार्यक्रममा सरकारी गाडीको चढेर गएको भन्दै मन्त्री कुलमान घिसिङको आलोचना भईरहेको छ । तपाईलाई के लाग्छ ?
04/12/2025

पार्टीको कार्यक्रममा सरकारी गाडीको चढेर गएको भन्दै मन्त्री कुलमान घिसिङको आलोचना भईरहेको छ । तपाईलाई के लाग्छ ?

अबदेखि  भदौ २३ गतेका दिनलाई 'जेन-जी सहिद दिवस' को रुपमा मनाउने निर्णय गरेको छ।
02/12/2025

अबदेखि भदौ २३ गतेका दिनलाई 'जेन-जी सहिद दिवस' को रुपमा मनाउने निर्णय गरेको छ।

कांग्रेसले लेबी नबुझाउनेलाई कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नदिने
02/12/2025

कांग्रेसले लेबी नबुझाउनेलाई कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नदिने

झम्सिखेल ,प्रधानसेनापती निवास अघि आज दुई सवारी - एक ट्याक्सी र एक MG को नीजि गाडी सडक पेटिमा कसरी पुगे होलान् । मानिसको ...
01/12/2025

झम्सिखेल ,प्रधानसेनापती निवास अघि आज दुई सवारी - एक ट्याक्सी र एक MG को नीजि गाडी सडक पेटिमा कसरी पुगे होलान् । मानिसको अवस्था घाइते,सेनाको समेत सहयोगमा अस्पताल लगियो।

केपी शर्मा ओलीले भने, “मैले प्रधानमन्त्री नबन्ने कसम खाएको छैन। एमालेलाई बहुमत आए म स्वयं प्रधानमन्त्री बन्न तयार छु।”
30/11/2025

केपी शर्मा ओलीले भने, “मैले प्रधानमन्त्री नबन्ने कसम खाएको छैन। एमालेलाई बहुमत आए म स्वयं प्रधानमन्त्री बन्न तयार छु।”

बुहारीको ह'त्या आराेपमा ससुरा प'क्राउ:जनकपुरधामकी रोशनी झाको ह'त्या आ'रोपमा प्रहरीले उनका ससुरालाई प'क्राउ गरेको छ। माइत...
30/11/2025

बुहारीको ह'त्या आराेपमा ससुरा प'क्राउ:
जनकपुरधामकी रोशनी झाको ह'त्या आ'रोपमा प्रहरीले उनका ससुरालाई प'क्राउ गरेको छ। माइतीपक्षले रोशनीको ह*त्या भएको आ*रोप लगाएपछि प्रहरीले उनका ससुरा रुद्रनारायण मिश्रलाई नियन्त्रणमा लिएको हो ।

जनकपुरधाम–४ कटैयाचौरीस्थित ससुरालीमा २७ वर्षीया रोशनीको शंका'स्पद मृ'त्यु भएको थियो। रोशनीको माइतीपक्षले श्रीमान प्रशान्त मिश्र, ससुरा रुद्रनारायणलगायतका आफन्तले ह'त्या गरेको आरोप लगाएको छ। घरपक्षले भने भ¥याङबाट ल'डेर सिकिस्त भएकी रोशनीको उपचारको क्रममा मृ'त्यु भएको दाबी गरेको छ। बिहीबार राति रोशनी भर्‍याङबाट खसेकी र उपचारका लागि गोदाबरी अस्पताल लग्दा चिकित्सकले मृ'त घोषणा गरेको थियो। माइतीपक्षले जानकारी लिन खोज्दा रोशनीले पा सो लगाएर आ त्मह त्या गरेको भन्दै ससुरालीपक्ष पन्छिन खोजेको बताइएको छ। रोशनीको घाँटी थि'चेर ह'त्या गरिएको र प्रमाण न'ष्ट पार्न कपडा तथा अन्य सामान जलाइएको दाबी गर्दै माइतीपक्ष न्या'य दिलाउन प्रहरीसँग माग गरेका छन्। घ'टनास्थलमा ज'लाइएका अवशेषहरू फे'ला परेको र आ'रोपीहरूले पटक–पटक अभिव्यक्ति परिवर्तन गरेको रोशनीका मामा पंकज झाले बताएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले घट'नालाई शं'कास्पद मानेको छ। पी'डित परिवारले रोशनीका श्रीमान प्रशान्त, डा.धिरज झा, प्रशान्तकी बहिनी र भिनाजुले प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप लगाएका छन्। चौतर्फी द'बाबपछि घ'टनास्थल पुगेका एसपी कुँवरले घरमै रहेका रोशनीको ससुरा रुद्रनारायणलाई पक्राउ गरेको स्रोतले बतायो ।💔😥

नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि कुट'पि!ट भएको छ ।
29/11/2025

नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि कुट'पि!ट भएको छ ।

नेकपा एमालेको ११ औँ महाधिवेशनमाअध्यक्षमा को बिजयी होला ? केपी शर्मा ओली की ईश्वर पोखरेल
28/11/2025

नेकपा एमालेको ११ औँ महाधिवेशनमा
अध्यक्षमा को बिजयी होला ? केपी शर्मा ओली की ईश्वर पोखरेल

Address

Baudha

Website

Alerts

Be the first to know and let us send you an email when Khabar MANDU Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram