18/10/2024
बढ्दो डेंगीको प्रकोप र चाडपर्वको समय भएकोले देशभर रगत र तिनका तत्वहरुको अभाव देखिएको छ । यसलाई मध्यनजर गर्दै केन्द्रमा नियमित रुपमा संचालनमा रहेको रक्तदान कार्यक्रम (In-house Blood donation program) लाई थप प्राथमिकतामा राख्नुका साथै उपत्यकाका भिभिन्न स्थानहरुमा रक्तदान सिविरहरु संचालनमा छन् । सबै स्वयंसेवी रक्तदाता महानुभावहरुले आफुलाई पायक पर्ने रक्तसञ्चार सेवा केन्द्र तथा तिनका रक्तदान शिविरहरुमा गई रक्तदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
केन्द्रको भवनमा हुने नियमित रक्तदान कार्यक्रम
IN-HOUSE REGULAR BLOOD DONATION PROGRAM
स्थान: त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको भवन,
आयुर्वेद क्याम्पस कम्प्लेक्स, कीर्तिपुर काठमाडौँ नेपाल
समय: हरेक दिन बिहान १० बजे देखि ०२ बजे सम्म
सम्पर्क: E-mail: info@tulionsbloodbank.org Website: www.tulionsbloodbank.org
Phone Number: 01-5914842 Mobile Number: 9748275089