Bhaktapur Health Concern

Bhaktapur Health Concern Opened in April 2016

Mission
To provide quality health service to people living in Bhaktapur District

प्रश्न १. गर्भावस्थामा भिडियो एक्सरे (USG) किन गरिन्छ??✅पहिलो पटक (१२ हप्ता भित्र)➡️ बच्चा बसेको छ छैन सुनिश्चित गर्न (C...
06/01/2026

प्रश्न १. गर्भावस्थामा भिडियो एक्सरे (USG) किन गरिन्छ??

✅पहिलो पटक (१२ हप्ता भित्र)

➡️ बच्चा बसेको छ छैन सुनिश्चित गर्न (Confirmation)

➡️ बच्चा बसेको स्थान पाठेघर भित्र/बाहिर थाहा पाउन (Ectopic pregnancy)

➡️ गर्भ संख्या (जुम्ल्याहा वा तिम्ल्याहा बच्चा) थाहा पाउन (Multiple/twins pregnancy)

➡️मुटुको गतिविधी थाहा पाउन (Cardiac activity)

➡️ गर्भावधी (गर्भ उमेर) थाहा पाउन (Gestational age)

✅दोस्रो पटक (१८ देखि २२ हप्ता) (Anomaly Scan)

➡️ मुख्य अङ्ग जस्तैः मुटु, मस्तिष्क, मृगौला, मेरुदण्ड, हात खट्टा आदिको विकास भए/नभएको थाहा पाउन (Vital organ development)

➡️ मुख्य जन्मजातहुने समस्याको पहिचान गर्न (Congenital malformations/congenital anomalies)

⚠️तालु खुडो हुने (Cleft palate)

⚠️ओठ काटिएको (Cleft lip)

⚠️मेरुदण्डमा डल्ला (Spina Bifida/Myelomeningocele)

⚠️मुटुमा प्वाल (Heart defects)

⚠️टाउकोमा पानी जम्ने (hydrocephalus)

✅तेस्रो पटक (२८ हप्ता)

➡️सालको अवस्था (Condition of Placenta)

➡️बच्चाको चाल (Movement of foetus)

➡️ बच्चाको वरपरको पानीको मात्रा (Amniotic fluid)

✅चौथो पटक (३६ देखि ३८ हप्ता)

➡️ बच्चाको बसाइ (सुल्टो/उल्टो) (Presentation: Vertex/Breech)

➡️ प्रसुती तयारीः सामान्य/शल्यक्रिया (Plan for normal or CS delivery)

नोट : पेटमा रहेको भ्रुणमा असामान्यपन र एकभन्दा बढी गर्भावस्था पत्ता लगाउन र महिलाको गर्भावस्था अनुभवलाई राम्रो बनाउन २०-२४ हप्ताको गर्भ भएपछि एउटा अल्ट्रासाउन्ड गर्नुपर्छ । कुनै सङ्केत देखिएका छन् भने आवश्यकता अनुसार छिटो वा ढिलो थप अल्ट्रासाउन्ड गर्न सकिन्छ । कुनै सङ्केत छैन भने थप अल्ट्रासाउन्ड गरिरहनु पर्दैन ।

स्रोतः गर्भवती सेवा तथा सुत्केरी सेवा निरन्तरता सम्बन्धी सहजीकरण सामग्री २०७९

कसैले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउन हुँदैन । लिङ्ग पहिचान गरी गर्भपतन गराउनु कानूनी अपराध हो ।

✨ Happy New Year! ✨As we welcome the New Year, Bhaktapur Health Concern Pvt. Ltd. extends heartfelt gratitude to our pat...
31/12/2025

✨ Happy New Year! ✨
As we welcome the New Year, Bhaktapur Health Concern Pvt. Ltd. extends heartfelt gratitude to our patients, partners, and community for your trust and support.
May this year bring you good health, happiness, and prosperity. We remain committed to caring for your health with dedication and compassion.

🌿 स्वास्थ्य शिविर सूचना 🌿भक्तपुर हेल्थ कन्सर्न प्रा. लि. द्वाराआगामी शनिबार एक विशेष स्वास्थ्य शिविरको आयोजना गरिँदैछ।🕘 ...
31/12/2025

🌿 स्वास्थ्य शिविर सूचना 🌿

भक्तपुर हेल्थ कन्सर्न प्रा. लि. द्वारा
आगामी शनिबार एक विशेष स्वास्थ्य शिविरको आयोजना गरिँदैछ।

🕘 समय: बिहान ९:०० बजे देखि ११:०० बजे सम्म
📍 स्थान: कमलविनायक शाखा

🩺 उपलब्ध सेवा विभागहरू:
• मेडिसिन (Medicine)
• बालरोग (Pediatrics)
• कान–नाक–घाँटी (ENT)
• स्त्री तथा प्रसूति रोग (Gynecology)
• हाडजोर्नी तथा अर्थोपेडिक (Orthopedics)

👨‍⚕️ अनुभवी चिकित्सकहरूबाट परामर्श
📢 आफ्नो तथा परिवारको स्वास्थ्य जाँच गराउने यो अवसर नछुटाउनुहोस्।

स्वस्थ जीवनतर्फको एक कदम —
भक्तपुर हेल्थ कन्सर्न प्रा. लि.

📢 सूचना 📢    📢 सूचना 📢     📢 सूचना 📢यहाँ Bhaktapur Health Concern , Sallaghari मा नियमित रूपमा सरकारद्वारा निःशुल्क वितर...
29/12/2025

📢 सूचना 📢 📢 सूचना 📢 📢 सूचना 📢

यहाँ Bhaktapur Health Concern , Sallaghari मा नियमित रूपमा सरकारद्वारा निःशुल्क वितरण गरिने राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ;

👶 ५ वर्षमुनिका बालबालिकालाई
📅 प्रत्येक महिनाको १० र ११ गते
🏥 "कटुन्जे स्वास्थ्य चौकी" को सहकार्यमा

आवश्यक खोपहरू प्रदान गरिन्छ ।
साथै अन्य आवश्यक खोपहरू पनि यहाँ उपलब्ध छन् ।

थप जानकारीको लागि:
भक्तपुर हेल्थ कन्सर्न , सल्लाघारी
०१-६६१३१००, ९८२३४२००४५

आफ्ना बालबालिकाको समयमै खोप गराऔँ,
स्वस्थ भविष्य सुनिश्चित गरौँ ।

🎄 Merry Christmas from Bhaktapur Health Concern!Wishing you and your family joy, peace, and good health this Christmas s...
25/12/2025

🎄 Merry Christmas from Bhaktapur Health Concern!
Wishing you and your family joy, peace, and good health this Christmas season.
Visit Bhaktapur Health Concern for reliable, compassionate, and quality health services you can trust.

"के तपाईंलाई आफ्नो मुटुको स्वास्थ्यबारे चिन्ता छ? समयमै सही चिकित्सकको सल्लाह लिनु नै मुटुरोगबाट बच्ने सबैभन्दा उत्तम उप...
23/12/2025

"के तपाईंलाई आफ्नो मुटुको स्वास्थ्यबारे चिन्ता छ? समयमै सही चिकित्सकको सल्लाह लिनु नै मुटुरोगबाट बच्ने सबैभन्दा उत्तम उपाय हो।"

भक्तपुर हेल्थ कन्सर्न प्रा. लि. मा अब वरिष्ठ मुटुरोग विशेषज्ञ (Consultant Cardiologist) डा. कार्तिकेश कु. ठाकुर (Dr. Kartikesh K. Thakur) - MBBS, MD, DM द्वारा ओपिडी (OPD) सेवा उपलब्ध छ।

⚠️ कस्तो अवस्थामा मुटुरोग विशेषज्ञलाई देखाउने?

यदि तपाईंलाई तलका मध्ये कुनै पनि लक्षण देखिएको छ भने आजै जाँच गराउनुहोस्:
✅उच्च रक्तचाप (High Blood Pressure) भएमा।
✅मुटु हल्लिने वा धड्कन एक्कासी बढ्ने भएमा।
✅सामान्य हिँडडुल गर्दा पनि स्वाँ-स्वाँ हुने वा सास फेर्न गाह्रो हुने।
✅छाती दुख्ने, पोल्ने वा भारी महसुस हुने।
✅खुट्टाहरू सुन्निने समस्या भएमा।

🏥 किन जाँच गराउने?
मुटुरोग "Silent Killer" पनि हुन सक्छ। समयमै लक्षण पहिचान गरी उपचार गरेमा भविष्यमा आउन सक्ने हृदयाघात (Heart Attack) र अन्य जटिल समस्याबाट बच्न सकिन्छ ।

✅ यहाँ उपलब्ध सेवाहरु:-
🔸उच्च रक्तचापको उपचार
🔸मुटु तथा छाती सम्बन्धी सम्पूर्ण समस्याको परामर्श
🔸ECHO सेवा

📅 भेट्ने समय:

✅प्रत्येक हप्ताको बुधबार (Every Wednesday)

📍 सम्पर्क तथा स्थान:
भक्तपुर हेल्थ कन्सर्न
Bhaktapur Health Concern
✅.कटुन्जे, सल्लाघारी, भक्तपुर
फोन: ०१-६६१३१००
+९७७ ९८२३४२००४५

✅कमलविनायक, भक्तपुर
फोन: ०१-६६१५४२२

..

04/12/2025

🌡️ मौसमी फ्लूबाट सुरक्षित रहन आजै कदम चालौँ! 🤧💙

चिसो मौसमसँगै Seasonal Flu को जोखिम बढ्दो क्रममा छ। सही सावधानी र समयमै खोप लगाइएमा फ्लूबाट प्रभावकारी रूपमा बच्न सकिन्छ।

🔹 फ्लूबाट बच्ने महत्वपूर्ण उपायहरू:
✅ हात नियमित रूपमा साबुन–पानीले धुनुहोस्
✅ खोक्दा/हाच्छिउँ गर्दा मुख–नाक छोप्नुहोस्
✅ बिरामी व्यक्तिसँग नजिकको सम्पर्कबाट टाढा रहनुहोस्
✅ हरेक वर्ष फ्लू खोप लगाउन नबिर्सनुहोस्
✅ स्वस्थ आहार, पर्याप्त पानी, र आरामले प्रतिरोधात्मक क्षमता बलियो बनाउनुहोस्

💉 भक्तपुर हेल्थ कन्सर्न मा हामीले सुरक्षित, भरपर्दो र World Health Organization (WHO) द्वारा मान्य सेवा सुरु गरेका छौँ।

👉 फ्लूको जोखिम कम गर्न समयमै खोप लगाउनु आजको सबैभन्दा प्रभावकारी उपाय हो।

📍 खोप सेवा उपलब्ध शाखाहरू:
Bhaktapur Health Concern
🏥 सलाघारी शाखा — 01-6613100
🏥 कमलबिनायक शाखा — 01-6615422
📱 WhatsApp — 9823420045

🙏 तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी।
आजै आएर फ्लू खोप लिनुहोस् र आफैंलाई तथा परिवारलाई सुरक्षित बनाइराख्नुहोस्।

🌟 Your Child Deserves the Best Care! 🌟Bhaktapur Health Concern मा अब अनुभवी बालरोग विशेषज्ञ Dr. Dhruba Shrestha द्वारा न...
27/11/2025

🌟 Your Child Deserves the Best Care! 🌟

Bhaktapur Health Concern मा अब अनुभवी बालरोग विशेषज्ञ Dr. Dhruba Shrestha द्वारा नियमित सेवा सञ्चालनमा।

👶 Why Pediatric Visit?
• बच्चाको वृद्धि & विकास ट्र्याक
• रोगको प्रारम्भिक निदान
• अभिभावकका शंकाहरूको समाधान

📞 सल्लाघारी: 01-6613100
🕒 OPD (Sun–Fri): 8–9 AM | 5–7 PM

📞 कमलविनायक: 01-6615422
🕒 OPD (Sun–Fri): 3:30 PM onward

👉 आजै आफ्नो बच्चाको स्वास्थ्य जाँच गराउनुहोस्!

"के तपाईंलाई आफ्नो मुटुको स्वास्थ्यबारे चिन्ता छ? समयमै सही चिकित्सकको सल्लाह लिनु नै मुटुरोगबाट बच्ने सबैभन्दा उत्तम उप...
25/11/2025

"के तपाईंलाई आफ्नो मुटुको स्वास्थ्यबारे चिन्ता छ? समयमै सही चिकित्सकको सल्लाह लिनु नै मुटुरोगबाट बच्ने सबैभन्दा उत्तम उपाय हो।"

भक्तपुर हेल्थ कन्सर्न प्रा. लि. मा अब वरिष्ठ मुटुरोग विशेषज्ञ (Consultant Cardiologist) डा. कार्तिकेश कु. ठाकुर (Dr. Kartikesh K. Thakur) - MBBS, MD, DM द्वारा ओपिडी (OPD) सेवा उपलब्ध छ।

⚠️ कस्तो अवस्थामा मुटुरोग विशेषज्ञलाई देखाउने?

यदि तपाईंलाई तलका मध्ये कुनै पनि लक्षण देखिएको छ भने आजै जाँच गराउनुहोस्:
✅उच्च रक्तचाप (High Blood Pressure) भएमा।
✅मुटु हल्लिने वा धड्कन एक्कासी बढ्ने भएमा।
✅सामान्य हिँडडुल गर्दा पनि स्वाँ-स्वाँ हुने वा सास फेर्न गाह्रो हुने।
✅छाती दुख्ने, पोल्ने वा भारी महसुस हुने।
✅खुट्टाहरू सुन्निने समस्या भएमा।

🏥 किन जाँच गराउने?
मुटुरोग "Silent Killer" पनि हुन सक्छ। समयमै लक्षण पहिचान गरी उपचार गरेमा भविष्यमा आउन सक्ने हृदयाघात (Heart Attack) र अन्य जटिल समस्याबाट बच्न सकिन्छ ।

✅ यहाँ उपलब्ध सेवाहरु:-
🔸उच्च रक्तचापको उपचार
🔸मुटु तथा छाती सम्बन्धी सम्पूर्ण समस्याको परामर्श
🔸ECHO सेवा

📅 भेट्ने समय:

✅प्रत्येक हप्ताको बुधबार (Every Wednesday)

📍 सम्पर्क तथा स्थान:
भक्तपुर हेल्थ कन्सर्न प्रा. लि.
Bhaktapur Health Concern
✅.कटुन्जे, सल्लाघारी, भक्तपुर
फोन: ०१-६६१३१००

✅कमलविनायक, भक्तपुर
फोन: ०१-६६१५४२२
+९७७ ९८२३४२००४५

18/11/2025

डॉ. सुनिल ढुंगेल (Internal Medicine तथा Diabetes Specialist) अबदेखि भक्तपुर हेल्थ कन्सर्न, सलाघारी शाखामा उपलब्ध हुनुहुनेछ।
उहाँ बिहान ८:३० बजेपछि (onwards) नियमित रूपमा सेवा प्रदान गर्नुहुनेछ।

मधुमेह (Diabetes), रक्तचाप, थाइराइड तथा अन्य भित्री रोगहरूको विशेषज्ञ उपचार तथा परामर्श अब सलाघारीमै सहज रूपमा प्राप्त गर्न सकिनेछ। अनुभवी चिकित्सकबाट गुणस्तरीय सेवा चाहनुहुन्छ भने कृपया समयमै उपस्थित हुनुहोस्।

समय: बिहान ८:३० बजेपछि
स्थान: भक्तपुर हेल्थ कन्सर्न, सलाघारी शाखा

स्वस्थ जीवनका लागि,
भक्तपुर हेल्थ कन्सर्न 🎉

Address

Suryavinayak 5, Katunje
Bhaktapur
44800

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 13:00
Sunday 07:00 - 20:00

Telephone

+97716613100

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Health Concern posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category