Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र

  • Home
  • Nepal
  • Bharatpur Metropolitan City
  • Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र

Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र राशिफल, जन्म कुन्डली लेखन तथा विश्लेषण र वास्तुशास्त्र संबंधी सम्पूर्ण र सटीक जानकारी ।

ग्रह तथा नक्षत्रहरुले प्राणीमा प्रत्यक्ष असर र प्रभाव पारेको हुन्छ । त्यसको अध्ययन र बिश्लेषण ज्योतिषीहरुले गर्दछन्।।

🕉कृष्णातपरं किमपि तत्वमहं नजाने🕉श्रीकृष्ण सनातन धर्मका सर्वाधिक पूज्यनीय र लोकप्रिय देवत्वहरूमध्ये एक हुनुहुन्छ। केहि पर...
15/08/2025

🕉कृष्णातपरं किमपि तत्वमहं नजाने🕉

श्रीकृष्ण सनातन धर्मका सर्वाधिक पूज्यनीय र लोकप्रिय देवत्वहरूमध्ये एक हुनुहुन्छ। केहि परम्पराहरूमा उहाँलाई विष्णुका एक अवतारको रूपमा हेर्ने चलन छ भने केहि परम्पराहरूमा कृततः उहाँ नै परमेश्वर (परब्रह्म) मानिन्छन्। कृष्णको जीवन, लीला र शिक्षाले धर्म, दर्शन र भक्ति मार्गमा अमूल्य योगदान गरेको छ।

कृष्णको अलौकिकता र जीवन
कृष्ण वासुदेव र देवकीका सुपुत्रका रूपमा ब्रज (वृन्दावन/गोकुल) मा जन्मिनुभयो। बाल्यकालदेखि नै बालकृष्णका अनेक अद्भुत लीला—गोपालकथाहरू, माखनचोरी, रासलीला आदिले जनमन जिते। युवासमयमा उहाँले मथुराका राक्षसहरू विनाश गर्नुभयो र अन्ततः कौरव–पाण्डव संघर्षमा अर्जुनका सार्थक सखा तथा मार्गदर्शक (सञ्जीवक उपदेशक) बनेर भगवद्गीता दिएका हुनुहुन्छ। गीता उपदेशले जीवन, कर्तव्य, कर्म र भक्ति सम्बन्धी सार्वकालिक दर्शन दिएको छ।

अवतार सिद्धान्त र कृष्ण
हिन्दु परम्परामा ईश्वरले संसारको कल्याण र धर्मस्थापनका लागि विभिन्न कालखण्डमा अवतार लिने भनाइ प्रचलित छ। विष्णुको दशावतार—मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण (वा बालराम/बुद्ध अन्तर्गत परम्परा अनुसार भिन्नता), तथा कल्कि—प्रसिद्ध छन्। तर कृष्ण सम्बन्धी दार्शनिक विवेचनमा दुई धाराहरू स्पष्ट देखिन्छन्:

• विष्णुको अवतारको परिप्रेक्ष्य: यसअनुसार कृष्ण विष्णुको अवतार हुन्, जसले धर्मस्थापन र अधर्म नाशका लागि अवतार लिएका हुन्।
• कृष्णको सर्वोच्चत्व (स्वयं भगवान्) को परिप्रेक्ष्य: श्रीमद्भागवत् र केही वैष्णव परम्पराहरूमा कृष्णै परमेश्वर स्वरूप हुन् र अन्य अवतारहरु उहाँकै अंश अथवा प्रदर्शित स्वरूप मानिन्छन्।

सन्दर्भार्थे प्रसिद्ध संस्कृत श्लोकहरू

1. भगवद्गीता 4.7–4.8 (अवतारको प्रयोजन स्पष्ट गर्ने महत्त्वपूर्ण श्लोक)
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥4.7॥

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥4.8॥

अर्थ (सङ्क्षेपमा) : हे अर्जुन, जब-जब धर्मको ह्रास र अधर्मको वृद्धि हुन्छ, म आफैं संसारमा अवतार लिन्छु — सधैं धर्मको पुनर्स्थापना र दुष्टहरूको विनाशको लागि, युगयुगमा।

1. भगवद्गीता 10.8 (कृष्णको सार्वभौमिक उत्पत्ति र केन्द्रियता)
अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः ॥10.8॥

अर्थ : म नै सबै वस्तुहरूको उत्पत्ति हुँ; सबै मबाटै आरम्भ हुन्छ — यसप्रकार बुद्घिमान् जनहरू मलाई भावसहित पूजा गर्छन्।

कृष्णको भूमिका — दीपक र मार्गदर्शक
कृष्णको प्रमुख योगदान मध्ये भगवद्गीता हो, जुन व्यक्तिगत कर्तव्य, निष्काम कर्म, ज्ञान तथा भक्ति तीनै मार्गहरूलाई सन्तुलित तरिकाले प्रस्तुत गर्दछ। युद्धभूमिमा उहाँले केवल रणनीतिक सल्लाह मात्र दिनुभएको होइन, जीवन-तत्व र आत्मा सम्बन्धी दार्शनिक उपदेशले मानवतालाई व्यापक मार्गदर्शन प्रदान गरेको छ। साथै कृष्णका बाल्यलीला र रासिका लीला मानव–ईश्वर सम्बन्धमा प्रेममूलक भक्ति (स्नेहजन्य भक्तियोग) को आदर्श प्रस्तुत गर्छन्।

अवतारहरूको शिक्षाप्राप्ति
अवतारहरूको कथाहरू केवल रोचक पौराणिक घटनाहरू होइनन्—यी प्रत्येक कथाले नैतिकता, धर्म, परोपकार र विश्वासका मूल पाठ सिकाउँछन्। मत्स्यले उद्धार, वराहले उद्धार र पृथ्वीको पुनर्स्थापना, रामले आदर्श पुरुषत्व र धर्मपालन, परशुरामले अधर्मविरोधी क्रियाशीलता, र कृष्णले प्रेम, चालाकी, नीति र परम ज्ञान—यी सबै मानवीय गुण र सामाजिक शिक्षा दिन्छन्।

निष्कर्ष
परमेश्वर श्रीकृष्ण हिन्दु धर्मका एक अद्वितीय दैविक व्यक्तित्व हुन्—उनले लीला, उपदेश र अवतारद्वारा संसारमा धर्म, प्रेम र ज्ञानको प्रवाह गराए। जहाँ कतिपय परम्पराहरूले उनलाई विष्णुको अवतार सम्झिन्छन्, त्यहाँ केही परम्पराहरूले उहाँलाई स्वयं सर्वोच्च परमेश्वर मान्छन्। भगवद्गीता र भागवत पुराणका श्लोकहरूले कृष्णको अवतार-उद्देश्य र सार्वभौमिकताबारे स्पष्ट शिक्षा दिन्छन्, जसले आज पनि लाखौँ मान्छेहरूलाई जीवनमा मार्गदर्शन र भक्ति-जागरणका लागि प्रेरित गरिरहेछ।

सम्पूर्णमा श्रीकृष्ण जन्माष्टमीको मंगल शुभकामना🙏🕉

हरि ॐ
28/07/2025

हरि ॐ

🐍नाग पंचमी🐍

सनातन हिन्दू धर्ममा नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरजीको आभुषणहोस् वा भगवान विष्णुजीको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।
पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञरोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नैनागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।
त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागकोतीनवटा बच्चा मरेकाले नाग देवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँची र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदाकिसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाई, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइदिएकालेयसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ ।
नागपञ्चमी पूजा र विधि:🐍

प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वाकागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दही, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप दीप, नैवैद्य सहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको भय हुँदैन र कालसर्प आदि गरिएको योग पनि नष्ट हुन्छ ।
प्रार्थना मन्त्र :
“ आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि ।
एह्येहि मनसे देवी नागमातर्नमस्तुते ।।
अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः ।
कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।। 🐍“
भावार्थ : अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक, शंखचूड, यी आठ नागसहित आस्तिक मुनि, नागमाता मनसादेवीलाई नमस्कार गर्दछु ।
साथै सम्पूर्णमा नाग पंचमी को शुभकामना🐍🐍🐍

:-जीवन दर्शन सेवा

06/06/2025

📿 निर्जला एकादशीव्रत महिमा 🌸
निर्जलाएकादशी हिन्दू धर्ममा सबैभन्दा पवित्र एकादशीहरूमध्ये एक हो। यो दिन जलसमेत नखाई व्रत बस्ने परम्परा छ, जसले पापहरूको नाश र मोक्ष प्राप्तिको मार्ग खोल्दछ। यो दिन तुलसीको वीजारोपण गर्ने गरिन्छ । आध्यात्मिक उर्जा र भक्तिभावले भरिपूर्ण यो दिनलाई तंपाई पनि विशेष बनाउनुहोस्।
निर्जला एकादशी को सम्पूर्णमा हार्दिक शुभकामना🙏

🥀मेष विषुवत चक्र/संक्रांति फल 🥀तंपाईको नाम र नक्षत्र अनुसार कहां परेको छ संक्रांति र कस्तो फल दिनेछ हेर्नुहोस्🙏अश्लेषा  ...
12/04/2025

🥀मेष विषुवत चक्र/संक्रांति फल 🥀
तंपाईको नाम र नक्षत्र अनुसार कहां
परेको छ संक्रांति र कस्तो फल दिनेछ हेर्नुहोस्🙏

अश्लेषा मघा पूर्व. फा
डि डु डे डो मा मी मु मे मो टा टी टु

उ. फा हस्ता चित्रा स्वाति
टे टो प पी पु ष ण ठ पे पो रा री रू रे रो ता

👉शिर्षे भू लाभ/ अचल सम्पत्ति

आर्द्रा पुनर्वसु तिष्य
कु घ ङ छ के को हा ही हु हे हो ढा
👉मुखे/ पाडित्य ( मान प्रतिष्ठा)

अश्विनी भरणी कृतिका
चू चे चो ला लि लु ले लो अ ई उ ए

रोहिणी मृगशिरा
ओ वा वी वु वे वो का की
👉हृदि/धनागम/ आर्थिक लाभ

पूर्वभाद्र उत्तरभाद्र रेवती
से सो दा दी दु भ झ ञ‌‌ दे दो चा ची
‌ 👉दक्ष करे - स्त्री लाभ/ प्रेम

श्रवण धनिष्ठा शतभिषा
खि खु खे खो गा गी गु गे गो सा सि सु
👉वाम करे भैक्ष्यम् / भिक्षाटन

मूल पूर्वाषाढा उत्तराषाढ़ा
ये यो भा भी भु धा फा ढा भे भो जा जी
👉दक्ष पादे/ भ्रमण

विशाखा अनुराधा ज्येष्ठा
ति तु ते तो ना नि नु ने नो या यी यु
👉
वाम पादे - कष्टम्

08/04/2025
माघ महिनाको तंपाईको राशिफल कस्तो छ ? हेर्नुहोस्
14/01/2025

माघ महिनाको तंपाईको राशिफल कस्तो छ ? हेर्नुहोस्

२०८१ माघ महिनको राशिफल

04/01/2025

ॐ नमः शिवाय

🌑नव ग्रहका क्षेत्र र प्रतिनिधित्व🌑नव ग्रह (सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, र केतु) प्रत्येकले वि...
07/11/2024

🌑नव ग्रहका क्षेत्र र प्रतिनिधित्व🌑
नव ग्रह (सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, र केतु) प्रत्येकले विभिन्न विषय र क्षेत्रहरूको प्रतिनिधित्व गर्छन्। यहाँ प्रत्येक ग्रहका प्रमुख क्षेत्रहरूको विवरण प्रस्तुत गरिएको छ:

1. सूर्य (Surya):
• प्रतिनिधित्व: आत्मा, व्यक्तित्व, शक्ति, स्वास्थ्य, र पिता।
• क्षेत्र: नेतृत्व, सरकारी नौकरी, उच्च पद, र प्रतिष्ठा।
2. चन्द्रमा (Chandra):
• प्रतिनिधित्व: मन, भावना, मातृत्व, र महिला।
• क्षेत्र: मानसिक स्वास्थ्य, परिवार, र भावनात्मक सम्बन्ध।
3. मंगल (Mangala):
• प्रतिनिधित्व: ऊर्जा, साहस, युद्ध, र प्रतिस्पर्धा।
• क्षेत्र: शारीरिक स्वास्थ्य, खेलकुद, र सैन्य क्षेत्र।
4. बुध (Budh):
• प्रतिनिधित्व: बुद्धि, सञ्चार, व्यापार, र अध्ययन।
• क्षेत्र: शिक्षा, लेखन, र व्यापारिक गतिविधिहरू।
5. बृहस्पति (Brihaspati):
• प्रतिनिधित्व: ज्ञान, धर्म, भाग्य, र शिक्षक।
• क्षेत्र: शिक्षा, अध्यात्म, र धार्मिक कार्य।
6. शुक्र (Shukra):
• प्रतिनिधित्व: प्रेम, सौंदर्य, समृद्धि, र विलासिता।
• क्षेत्र: विवाह, कला, संगीत, र वित्तीय स्थिरता।
7. शनि (Shani):
• प्रतिनिधित्व: कष्ट, अनुशासन, समय, र परिश्रम।
• क्षेत्र: करियर, दीर्घकालीन योजनाहरू, र सामाजिक न्याय।
8. राहु (Rahu):
• प्रतिनिधित्व: भ्रम, माया, र अनिश्चितता।
• क्षेत्र: अन्वेषण, रहस्य, र अप्रत्याशित घटनाहरू।
9. केतु (Ketu):
• प्रतिनिधित्व: मोक्ष, आत्मज्ञान, र आध्यात्मिकता।
• क्षेत्र: ध्यान, साधना, र आध्यात्मिक विकास।

यी नव ग्रहहरूको प्रभाव व्यक्तिको जीवनका विभिन्न पक्षहरूमा देखा पर्दछ, र तिनीहरूको स्थिति र सम्बन्धले व्यक्तिको भाग्य र जीवनका घटनाहरूलाई प्रभावित गर्न सक्छ। :-जीवन दर्शन सेवा

🌸हरेक नेपलीको घर घरमा लक्ष्मीको बास होस।🌸सबै नेपाली जनतामा आनन्दको अहसास होस।सबै नेपालीको पहुँचमा गांस बास कपास होस।दु:ख...
31/10/2024

🌸हरेक नेपलीको घर घरमा लक्ष्मीको बास होस।🌸
सबै नेपाली जनतामा आनन्दको अहसास होस।
सबै नेपालीको पहुँचमा गांस बास कपास होस।
दु:ख पीर ,अशान्ती ,र गरिबीको नास होस्।
सबै सबैमा प्रकाशको पर्व दिपावलीको हार्दिक शुभकामना🪔

🪔दीपावलीको शुभकामना🪔

:- जीवन दर्शन सेवा

🌸काग तिहार🌸यमपञ्चकको पहिलो दिन काग तिहार पर्व मनाइन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागला...
30/10/2024

🌸काग तिहार🌸
यमपञ्चकको पहिलो दिन काग तिहार पर्व मनाइन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ ।
काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिनुपर्छ ।
वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस भनेर कामना गरिन्छ ।
आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति रहिआएको छ ।
सनातन संस्कृति मा प्रकृति र जीवको संरक्षणको लागी बिभिन्न परम्पराहरु रहेगा छन्।
यो प्रकृति र जीव प्रेमको अनुपम ऊदाहरण पनि हो।
:-जीवन दर्शन सेवा

🍃“कालरात्रि: अन्धकारबाट उज्यालोतर्फको यात्रा”🌸_______________________________कालरात्रि, नवदुर्गाका सातौं स्वरूपका रूपमा ...
09/10/2024

🍃“कालरात्रि: अन्धकारबाट उज्यालोतर्फको यात्रा”🌸
_______________________________
कालरात्रि, नवदुर्गाका सातौं स्वरूपका रूपमा पूज्यनीय देवी हुन्, यी समय र अन्धकारको प्रतीक मानिन्छिन्। कालरात्रि शब्दले नै यी देवीको स्वरूपलाई प्रतिनिधित्व गर्छ; काल अर्थात् समय र रात्रि अर्थात् अन्धकार। यो रूप अत्यन्त भयानक देखिन्छ, तर यीनको यो स्वरूपले जीवनको हरेक पक्षमा गहन आध्यात्मिक सन्देश मिल्दछ। यिनको वहान गधा (गदाह) हो, जुन विनम्रता, शान्ति र सरलताको प्रतीक मानिन्छ। गधा जुनसुकै अवस्थामा पनि सहनशील र धैर्यवान हुन्छ, जसरी कालरात्रि देवीले पनि जीवनमा सहनशीलता र धैर्यको महत्वलाई उजागर गर्छिन्।

कालरात्रिको भक्ति, आराधना र आगमनका कारणले हाम्रो जीवनका नकारात्मक शक्तिहरूलाई अन्त्य गराउदछ । उनी दुष्टहरूको संहारकको रूपमा चिनिन्छिन्। यो मात्र पौराणिक कथा होइन, यसले जीवनको एउटा विशिष्ट सत्यलाई प्रतिबिम्बित गर्दछ । हामीले हामी भित्रको नकारात्मकतासँग लड्नुपर्छ भन्ने सन्देश दिन्छ । चाहे त्यो भय, द्वन्द्व वा अहंकार किन नहोस्, यी सबैको कालरात्रिले समूल नाश गर्छिन्। उनको रूप भयानक देखिएपनि वास्तवमा उनी भक्तहरूलाई माया, प्रेम, सुरक्षा र शान्तिको भाव अनुभव गराउँछिन्। उनी शुभंकरी हुन्, जसले भक्तहरूलाई सधैं शुभ फल प्रदान प्रदान गर्दछिन्।

विज्ञानको दृष्टिकोणले हेर्दा, हाम्रो जीवनमा आउने त्यो समय जुन हाम्रो जीवनमा सधै परिवर्तनकारी हुन्छ र निस्चित परिवर्तन ल्याउँछ त्यो जुनसुकै काल र सदावहार समयको प्रतीक देवी कालरात्रि हुन्। उनको गहिरो र अन्धकारपूर्ण रूपले हामीलाई जीवनमा चुनौतीहरूको सामना गर्न तयार गराउँछ। हरेक चुनौतीले एक नयाँ अवसरको ढोका खोल्छ भन्ने सन्देश दिन्छ। उनले भौतिक संसारको सीमाभन्दा बाहिरको शक्तिलाई पनि वोध गराउँदछिन्, जहाँ वैज्ञानिक सिद्धान्त र आध्यात्मिक विश्वासहरू आपसमा सम्मिलित हुन्छन् ।

कालरात्रि देवी ग्रहहरूको परिप्रेक्ष्यमा शनि ग्रहसँग सम्बन्धित मानिन्छिन्। शनि ग्रहलाई कर्म, न्याय, समय र धैर्यको प्रतीकका रूपमा लिइन्छ। शनि ग्रहले मानिसको जीवनमा कष्ट, कठिनाइ र संघर्षहरू ल्याउँदछ भन्ने विश्वास गरिन्छ, जसलाई सही मार्गमा चल्दा र धैर्यवान हुँदा मात्रै पारलगाउन सकिन्छ। यसैगरी, कालरात्रिले पनि जीवनका अन्धकारपूर्ण र कठिन परिस्थितिहरूलाई पार लगाउदै उज्यालोतर्फ जाने मार्ग देखाउँछिन्।

कालरात्रि देवीको पूजा, भक्ति र आराधना बाट शनि ग्रहका नकारात्मक प्रभावहरू कम हुने विश्वास गरिन्छ। शनि ग्रहले मानिसको जीवनमा आउने कठिनाइहरूलाई परास्त गर्नका लागि कालरात्रिको भक्ति र आराधना गर्दा भक्तजनहरूलाई धैर्य, साहस र सहनशीलताको मार्गमा डोहोर्याउन अग्रसर गराउँछ।

वैज्ञानिक दृष्टिकोणले कालरात्रि देवी र शनि ग्रहबीचको सम्बन्धलाई प्रतीकात्मक रूपमा वोध गर्न सकिन्छ। शनि ग्रह कर्म, समय र धैर्यको प्रतीक हो, जसले जीवनमा कठिनाइ र चुनौतीहरू ल्याउँछ। कालरात्रि पनि अन्धकार र कठिनाइहरूको प्रतीक भएकाले उनले शनि ग्रहको नकारात्मक प्रभावलाई सन्तुलनमा राख्न मद्दत गर्छिन्। वैज्ञानिक रूपमा, यी प्रतीकहरूले समयको महत्त्व, चुनौतिहरूको सामना र आत्मबलको विकासलाई दर्शाउँछन्। उनले जीवनमा धैर्य र सहनशीलताको शिक्षा दिन्छिन्, जसले मानिसलाई कठिन समय पार गर्न प्रेरित गराउदछ।

वर्तमान परिप्रेक्ष्यमा यीनको महत्वलाई वोध गर्दा कालरात्रि हाम्रो जीवनमा साहस र आत्मबलको प्रतीक हुन्। आजको संसारमा, जहाँ मानिसहरू निराशा, तनाव र मानसिक समस्याहरूसँग जुधिरहेका छन्, त्यहाँ कालरात्रिको पूजा, भक्ति र आराधनाले हामीलाई हाम्रो आन्तरिक शक्ति पहिचान गर्न प्रेरित गराउदछ । जीवनमा दुःख, कष्ट, र अन्धकार आउँछ, तर यो अन्धकार सधैंका लागि रहँदैन। यदि हामी भित्रको नकारात्मकतालाई जित्न सक्छौं भने अन्धकारको अन्त्य सधैं सम्भव छ भन्ने ज्ञान कालरात्रिको भक्ति र आराधनाले दृष्टिवोध गर्न सकिन्छ।

कालरात्रिको महत्व मानव जीवनदर्शनमा विशेष रूपमा जोडिएको छ। जीवनमा डर र नकारात्मकता सधैं हुन्छन्, तर तिनलाई नष्ट गरेर मात्र आत्मिक शान्ति प्राप्त गर्न सकिन्छ। उनी भक्तहरूलाई यो सन्देश दिन्छिन् कि डरलाई जित्नका लागि साहस चाहिन्छ, र जब हामी साहसिक र आत्मविश्वासी बन्छौं, तब हामीलाई जीवनमा कुनै पनि बाधा र व्यवधानले रोक्न सक्दैन। जहाँ मानिसहरूले आन्तरिक संघर्ष र बाह्य चुनौतीहरूको सामना गरिरहेका छन् त्यहॉ कालरात्रि वाट पाइने यो शिक्षा आजको युगमा अझ सान्दर्भिक छ,।

यसर्थ, कालरात्रिले हामीलाई जीवनमा सहनशीलता, साहस र विश्वासको बाटो देखाउँछिन्। उनी जीवनको सबै पक्षलाई समेट्ने देवी हुन्, जसले हामीलाई अन्धकारबाट उज्यालोतर्फ डोहोर्याउँछिन्। यसकारण, उनको पूजा, भक्ति र आराधना धार्मिक कृत्य र आस्था मात्र नभएर जीवनमा आशा, शक्ति र विजयको वोध गराउने तत्वज्ञानको प्रतीक हो।हामी सबैको अज्ञान रुपी अन्धकार लाई कालरात्रि देवीले प्रकाशित गरुन्🙏🙏 :-जीवन दर्शन सेवा

Address

Bharatpur Metropolitan City
00977

Alerts

Be the first to know and let us send you an email when Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram