Nepal pharmaceutical association Bagmati province

नेपाल सरकारले भारतको Sresan Pharma द्वारा उत्पादन गरिएको Coldrid Cough Syrup प्रयोगपछि बालबालिकाको मृत्युका घटनाहरूको खब...
07/10/2025

नेपाल सरकारले भारतको Sresan Pharma द्वारा उत्पादन गरिएको Coldrid Cough Syrup प्रयोगपछि बालबालिकाको मृत्युका घटनाहरूको खबर आएपछि गम्भीर सतर्कता जारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,औषधि व्यवस्था विभागले सबै औषधि उत्पादक, आयातकर्ता, विक्रेता, फार्मेसी र चिकित्सकहरूलाई निम्न निर्देशनहरू दिएको छ :
*औषधि उत्पादन वा आयात गर्दा Ethylene Glycol र Diethylene Glycol परीक्षण गरिएको मात्र औषधि प्रयोग/वितरण गर्नुपर्ने।
*मन्त्रालयमा दर्ता भएका औषधिहरू मात्र बिक्री र वितरण गर्नुपर्ने।
*चिकित्सकहरूले पनि दर्ता भएका औषधिहरू मात्र prescribe गर्नुपर्ने।
*आम नागरिकले चिकित्सकको सल्लाह बिना कुनै पनि खोकिको सिरप प्रयोग गर्न नहुने।

विभागले यस विषयमा कडाइका साथ निगरानी गरिरहेको छ र जनस्वास्थ्यको सुरक्षाका लागि सबैको सहयोग अपेक्षा गरेको छ।

22/08/2025

औषधि व्यवस्था विभागले गुणस्तरहीन एन्टिबायोटिक इन्जेक्सन बिक्री गर्ने कलंकीस्थित सफल स्वास्थ्य सेवा प्रालिको

16/08/2025

मिति २०८२/०४/२९ गते बिहीवार करिब १० बजे बेलुका भक्तपुर, दुधपाटीमा रहेको संस्कृत फार्मेसीमा कार्यरत असिष्टेन्ट फार्मेसिष्ट श्री नबिन धामी माथि गुण्डागर्दि सैलीमा मादक पदार्थ सेवन गरी फार्मेसी प्रवेश गर्दै अराजक समूहद्वारा हातपात भएको प्रति यस नेपाल फर्मास्यूटिकल एसोसिएसन भत्सर्ना गर्दछ। तत्कालै जिल्ला प्रहरी परिसर भक्तपूरमा उजुरी दर्ता गराउँदा समेत सुनवाई नभएको सूचना प्राप्त भएको छ। दिनरात फार्मेसी सेवामा समर्पित स्वास्थ्यकर्मी माथि हातपात हुनुले हामी सम्पूर्ण फार्मेसी पेशाकर्मी असुरक्षित महसुस गरेका छौँ। मादक पदार्थ सेवन गरी अस्पतालको Emergency विभागबाट लिनुपर्ने सेवा सामुदायिक फार्मेसीबाट जबरजस्ती माग गर्दै धम्की र हमला भएको घटना निन्दनीय छ। साङ्घातिक हमला गर्ने अराजक समूहको यकिन गरि दोषीलाई हदै सम्मको कानुनी कारबाहीको लागि यस नेपाल फर्मास्यूटिकल एसोसिएसन जोडदार माग गर्दछ।

नविकरणको लागि संशोधित व्यवस्था र कार्यान्यवनको लागि विभागको सुचना l
11/08/2025

नविकरणको लागि संशोधित व्यवस्था र कार्यान्यवनको लागि विभागको सुचना l

पाटन उच्च अदालतले औषधि व्यवस्था विभागले सरकारको स्वीकृती र राजपत्रमा प्रकाशित नगरी कुनै पनि औषधिको मुल्य समायोजनको नाममा...
10/08/2025

पाटन उच्च अदालतले औषधि व्यवस्था विभागले सरकारको स्वीकृती र राजपत्रमा प्रकाशित नगरी कुनै पनि औषधिको मुल्य समायोजनको नाममा मुल्य घटबढ गर्न पाउने अधिकार नभएको स्पष्ट पारेको छ । पाटन उच्च अदालतका न्यायाधीसद्वय चन्द्रमणि ज्ञवाली र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सो फैसला गरेको हो । उच्च अदालत पाटनमा औषधि व्यवस्था विभागले मुल्य समायोजनका नाममा औषधि ऐनको दफा २६ विपरित मुल्य तोकेको भन्दै परेको रिट निवेदनको पक्षमा फैसला आएको हो । २७ चैत्र २०८१ मा नै फैसलाको भएको थियो । तर, त्यसको पूर्णपाठ भने भर्खरै सार्वजनिक भएको हो । सो फैसलाले औषधि व्यवस्था विभागले मुल्य समायोजनको नाममा तजविजका आधारमा औषधिको मुल्य तोक्दै आएको कानुन विपरितको काम रोकिदिएको छ । औषधि व्यवस्था विभागले २०७५ बाट औषधिको मुल्य समायोजनका नाममा ऐन विपरित महानिर्देशकको तजविजमा औषधिको मुल्य घटाउने र बढाउने काम गर्दै आएको थियो । उच्च अदालत पाटनले गरेको सो फैसलाले अब भने कुनै पनि औषधिको मुल्यका विषयमा निर्णय लिन नेपाल सरकारको स्वीकृती अनिवार्य लिनुपर्ने र सो विषय राजपत्रमा प्रकाशित हुनैपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिदिएको छ ।

श्रोत : हेल्थआवाज

औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको महत्वपूर्ण संशोधनले मुलुकको औषधि उत्पादन, आयात तथा बिक्री वितरण प्रक्रियामा ऐतिहासिक स...
05/08/2025

औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको महत्वपूर्ण संशोधनले मुलुकको औषधि उत्पादन, आयात तथा बिक्री वितरण प्रक्रियामा ऐतिहासिक सहजता ल्याएको छ । लामो समयदेखि प्रतीक्षित यो सुधारसँगै अब औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र नवीकरणको अवधि बढेको छ, जसले गर्दा औषधि व्यवसायीहरूले ठूलो राहत महसुस गरेका छन् भने नियामक निकाय औषधि व्यवस्था विभागको कार्यबोझमा उल्लेख्य कमी आउने भएको छ ।

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदका दुवै सदनबाट पारित भई २०८२ साउन १४ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यो नयाँ व्यवस्था कार्यान्वयनमा आएको हो । संशोधित व्यवस्थाअनुसार अबदेखि औषधि उत्पादन अनुज्ञापत्रको नवीकरण अवधि एक वर्षबाट बढाएर पाँच वर्ष पुर्‍याइएको छ । यसैगरी, पैठारी सिफारिसपत्र, औषधि बिक्री तथा वितरणका लागि दिइने प्रमाणपत्र लगायतका अन्य कागजातको नवीकरण अवधि पनि एक वर्षबाट वृद्धि गरी तीन वर्ष कायम गरिएको छ ।

यो परिवर्तनले औषधि व्यवस्था विभागमा हरेक वर्ष नवीकरणका लागि लाग्ने गरेको अनावश्यक भीडभाड, फाइलको चाप र अन्य प्रशासनिक झन्झटलाई न्यूनीकरण गर्ने विश्वास लिइएको छ । यसबाट विभागले आफ्नो स्रोत र समयलाई बजार अनुगमन, गुणस्तर नियन्त्रण तथा नियमन क्षमता अभिवृद्धि जस्ता महत्वपूर्ण कार्यमा केन्द्रित गर्न सक्ने अपेक्षा गरिएको छ ।

औषधि फिर्ता (RECALL) गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना - DDA
30/07/2025

औषधि फिर्ता (RECALL) गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना - DDA

Address

Bharatpur
44200

Telephone

+9779845712902

Website

Alerts

Be the first to know and let us send you an email when Nepal pharmaceutical association Bagmati province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal pharmaceutical association Bagmati province:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram