Paras Hospital - Biratnagar

Paras Hospital - Biratnagar At Paras Hospital Biratnagar, we stand by our core values—Compassion, Progression, Respect, and Courage. Paras Multispeciality Hospital Pvt.

Providing 24/7 emergency, diagnostic, surgical, and rehabilitative care with a multidisciplinary team, right at Mahendra Chowk.”
— “Here to save you” Ltd., located in Biratnagar, Nepal, is a leading healthcare institution committed to providing exceptional medical services. Situated at Mahendra Chowk, Biratnagar-11, Morang, the hospital offers a comprehensive range of facilities and services to cater to diverse patient needs.

पारस अस्पतालले सत्यनारायण साफीको परिवारलाई निःशुल्क उपचार  गर्यो घोषणा....सिराहा जिल्लाको बरियारपट्टि गाउँका सत्यनारायण ...
14/01/2026

पारस अस्पतालले सत्यनारायण साफीको परिवारलाई निःशुल्क उपचार गर्यो घोषणा....

सिराहा जिल्लाको बरियारपट्टि गाउँका सत्यनारायण साफीले आर्थिक अभावका बाबजुद पूर्ण छात्रवृत्तिमा एमबीबीएसमा सफलता हात पारेपछि पारस अस्पतालले उनको साहस र समर्पणलाई सम्मान गर्दै उनको सम्पूर्ण परिवारलाई साफिको अध्धयनको क्रम सम्म निःशुल्क उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। ज्यालामजदुरी गरेर आफ्नो सपना राख्ने साफीको संघर्षले अस्पताल प्रशासनलाई प्रभावित पार्यो।

पारस अस्पतालका संचालक डाक्टर सफिउर रहमानले "पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुनु हुँदैन, कसैको ज्यान जोखिममा पर्नु हुँदैन" भनी आफ्नो टोलीको मानवतावादी उद्देश्य रेखाँकित गर्दै यो निर्णय गरेको बताए। आजको भौतिकवादी युगमा यस प्रकारको सेवाभावले समाजमा नयाँ आशा र मानवीय मूल्यको सन्देश दिएको छ। यसले न केवल एउटा परिवारलाई सहारा दिएको छ, तर सामाजिक दायित्वको एउटा उज्ज्वल मिसाल पनि कायम गरेको छ।

पारस मल्टिस्पेशालिटी हस्पिटल र  बिराट मेडिकल कलेज टिचिङ हस्पिटल  बीच एतिहासिक  सहकार्य सम्झौताविराटनगर, २०८२ पौष ३ —    ...
19/12/2025

पारस मल्टिस्पेशालिटी हस्पिटल र बिराट मेडिकल कलेज टिचिङ हस्पिटल बीच एतिहासिक सहकार्य सम्झौता

विराटनगर, २०८२ पौष ३ — पारस मल्टिस्पेशालिटी हस्पिटल र बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र बीच ऐतिहासिक सहकार्य सम्झौतामा हिजो हस्ताक्षर भएको छ। यस सम्झौताले दुवै संस्थाहरू बीच स्वास्थ्य सेवा, तालिम र अनुसन्धान क्षेत्रमा सहकार्यको नयाँ युगको सुरूवात गरेको छ।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा पारस हस्पिटलका अध्यक्ष डा. सफिउर रहमान, सीईओ हेम नारायण मेहता र हस्पिटल म्यानेजर मो. सिफ्तैन राजा अन्सारी (lucky)तथा बिराट मेडिकलका सीईओ डिनिश कार्की र हस्पिटल कोर्डिनेटर सुनिल देवले सम्झौता पत्रमा हस्ताक्षर गरे।
यस सम्झौता अनुसार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार सेवाहरूमा पारस हस्पिटलसँग सहकार्य गर्नेछ। साथै, दुवै संस्थाका चिकित्सक तथा कर्मचारीहरूको सिप विकासका लागि तालिम तथा अभिमुखिकरण कार्यक्रमहरू सँगै आयोजना गरिनेछ।

यस सहकार्य अन्तर्गत पारस मल्टिस्पेशालिटी हस्पिटलका बिरामीहरूले बिराट मेडिकलमा ओपीडी सेवा निःशुल्क रूपमा तथा अन्य सेवा सुविधाहरूमा विशेष छुट पाउने व्यवस्था गरिएको छ।

यस सम्झौतामा पारस हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानको विशेष योगदान रहेको छ। उहाँको सुझाव र प्रयासले नै यो सहकार्य सम्भव भएको बताइन्छ। यस सम्झौताले क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र स्थानीय स्तरमा नै उन्नत उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

यस सहकार्यबाट दुवै संस्थाहरूले आपसमा ज्ञान, अनुभव र स्रोत साझेदारी गरी स्वास्थ्य सेवाको गुणस्तर सुधारने र सामुदायिक स्वास्थ्यमा ठूलो योगदान दिने संकेत गरिएको छ।

13/12/2025

अस्पतालमा हरेक दिन उपचार गर्ने, सान्त्वना दिने र आशा जगाउने नयाँ अवसर हुन्छ।
पहिलो ओपीडी परामर्शदेखि लिएर पूर्ण स्वास्थ्यलाभको अन्तिम चरणसम्म, हाम्रो टिम समर्पण, करुणा र चिकित्सकीय उत्कृष्टतासाथ हरेक बिरामीको साथमा उभिन्छ।
किनकि हाम्रो लागि स्वास्थ्य सेवा केवल उपचार मात्र होइन — यो मानवताको जीवन्त अभिव्यक्ति हो।

Address

Biratnagar/11, Mahendra Chowk (Biratnagar Nepal)
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Paras Hospital - Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Paras Hospital - Biratnagar:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category