19/12/2025
पारस मल्टिस्पेशालिटी हस्पिटल र बिराट मेडिकल कलेज टिचिङ हस्पिटल बीच एतिहासिक सहकार्य सम्झौता
विराटनगर, २०८२ पौष ३ — पारस मल्टिस्पेशालिटी हस्पिटल र बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र बीच ऐतिहासिक सहकार्य सम्झौतामा हिजो हस्ताक्षर भएको छ। यस सम्झौताले दुवै संस्थाहरू बीच स्वास्थ्य सेवा, तालिम र अनुसन्धान क्षेत्रमा सहकार्यको नयाँ युगको सुरूवात गरेको छ।
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा पारस हस्पिटलका अध्यक्ष डा. सफिउर रहमान, सीईओ हेम नारायण मेहता र हस्पिटल म्यानेजर मो. सिफ्तैन राजा अन्सारी (lucky)तथा बिराट मेडिकलका सीईओ डिनिश कार्की र हस्पिटल कोर्डिनेटर सुनिल देवले सम्झौता पत्रमा हस्ताक्षर गरे।
यस सम्झौता अनुसार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार सेवाहरूमा पारस हस्पिटलसँग सहकार्य गर्नेछ। साथै, दुवै संस्थाका चिकित्सक तथा कर्मचारीहरूको सिप विकासका लागि तालिम तथा अभिमुखिकरण कार्यक्रमहरू सँगै आयोजना गरिनेछ।
यस सहकार्य अन्तर्गत पारस मल्टिस्पेशालिटी हस्पिटलका बिरामीहरूले बिराट मेडिकलमा ओपीडी सेवा निःशुल्क रूपमा तथा अन्य सेवा सुविधाहरूमा विशेष छुट पाउने व्यवस्था गरिएको छ।
यस सम्झौतामा पारस हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानको विशेष योगदान रहेको छ। उहाँको सुझाव र प्रयासले नै यो सहकार्य सम्भव भएको बताइन्छ। यस सम्झौताले क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र स्थानीय स्तरमा नै उन्नत उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यस सहकार्यबाट दुवै संस्थाहरूले आपसमा ज्ञान, अनुभव र स्रोत साझेदारी गरी स्वास्थ्य सेवाको गुणस्तर सुधारने र सामुदायिक स्वास्थ्यमा ठूलो योगदान दिने संकेत गरिएको छ।