21/05/2025
(प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोसी, विराटनगर र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौंबीच नमुना प्रेषण तथा परीक्षणसम्बन्धी सहकार्य)
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोसी, विराटनगरबीच सहकार्य भई, प्रदेश प्रयोगशालामा उपलब्ध नभएका सेवाहरू नागरिकहरूलाई सर्वसुलभ रूपमा उपलब्ध गराउन कुरियर सेवामार्फत नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रेषण गरिने व्यवस्था गरिएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कोसी प्रदेशअन्तर्गतका सबै जिल्लाका प्रादेशिक अस्पतालहरू तथा केही स्थानीय तहका नगर अस्पतालहरूसँग नमुना प्रेषण तथा परीक्षणका लागि सम्झौता गरिसकेको छ।
यससँगै, अब स्थानीय तहदेखि प्रादेशिक तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच कुरियर सेवामार्फत प्रयोगशालाहरूको सञ्जालिकरण भएको छ। प्रयोगशाला क्षेत्रमा तीनै तहका सरकारहरूबीच समन्वय र सहकार्य थप सुदृढ भएको छ।
यसले रोग निदानका लागि नमुना विदेश पठाउनु पर्ने अवस्था वा अन्यत्र रिफर गर्नुपर्ने आवश्यकता घटाउन निश्चित रूपमा सहयोग पुर्याउनेछ।