Nobel Medical College

Nobel Medical College A leading institution providing medical education and healthcare services, affiliated with Kathmandu University.

It delivers quality healthcare with modern facilities and a strong focus on community welfare.

08/12/2025

तेस्रो चरणको जिब्रोको क्यान्सरको नोबेलमा सफल उपचार


Welcome to the Nobel Family!We are delighted to have new lecturers joining different faculties at Nobel Medical College ...
07/12/2025

Welcome to the Nobel Family!
We are delighted to have new lecturers joining different faculties at Nobel Medical College Teaching Hospital.

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटल बीच २०८२ मंसिर २१ गते सहकार्य सम्बन्धी सम...
07/12/2025

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटल बीच २०८२ मंसिर २१ गते सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

न्युरो अस्पतालमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रम तथा प्रेस मिट–अपमा नोवेलका तर्फबाट अस्पताल निर्देशक प्रा. डा. अशोक कोइराला र नोबेलका अन्कोलोजी विभागका प्रमुख प्रा. डा. भोला प्रसाद रौनियार साथै न्यूरो अस्पतालका तर्फबाट अपरेशनल डाइरेक्टर श्री राजेश भट्टराई र अस्पताल प्रवन्धक श्री सुरेश कुमार आचार्यले हस्ताक्षर गर्नु भएको थियो ।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट क्यान्सर उपचार सम्बन्धि सुविधा सम्पन्न सेवाहरु विस्तार भए पछि रेडिएसन लगायतका सेवाहरुमा सहकार्य गर्न र दुवै संस्थाका चिकित्सक, कर्मचारीहरुमा शीप विकासको लागि तालिम तथा अभिमुखिकरणका कार्यहरुमा सहकार्य गर्न यो सम्झौता भएको छ । कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलका संरक्षक डा. सुनिल कुमार शर्मा, न्यूरो अस्पतालका अध्यक्ष डा. विरेन्द्र कुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्ट लगायत दुवै अस्पतालका पदाधिकारीहरु, चिकित्सक, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नव नियुक्त नर्सिङ कर्मचारी तथा हेल्थ असिस्टेन्टहरूको कार्य दक्षता अभिवृद्धिका लागि क्लिनिकल नर्सिङ विभागद्वारा आयोजित “S...
05/12/2025

नव नियुक्त नर्सिङ कर्मचारी तथा हेल्थ असिस्टेन्टहरूको कार्य दक्षता अभिवृद्धिका लागि क्लिनिकल नर्सिङ विभागद्वारा आयोजित “Skill Enhancement Program (SEP)” सफलता पूर्वक सम्पन्न भयो।

यस कार्यक्रममा सहभागीहरूले व्यावसायिक सीप, व्यवहारिक ज्ञान तथा आत्मविश्वासमा उल्लेख्य वृद्धि गरेका छन्।
उनीहरूले सिकेका नयाँ कौशलहरू आगामी कार्यक्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।

प्रकृतिको सम्मान र संस्कृतिको स्वाद—उधौली र यमरी पुन्हीले दुई खुशी एकै दिन भर्छन्।सद्भाव, समृद्धि र मिठासले भरिएको पर्वक...
04/12/2025

प्रकृतिको सम्मान र संस्कृतिको स्वाद—उधौली र यमरी पुन्हीले दुई खुशी एकै दिन भर्छन्।
सद्भाव, समृद्धि र मिठासले भरिएको पर्वका शुभकामना! 🙏🌾🍘

अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवस—२०८२ को अवसरमा हिजो मिति २०८२ मंसिर १७ गते वीरेन्द्र सभा गृह, विरा...
04/12/2025

अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवस—२०८२ को अवसरमा हिजो मिति २०८२ मंसिर १७ गते वीरेन्द्र सभा गृह, विराटनगरमा आयोजित नवप्रवर्तन प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले हेल्थ डेस्कमार्फत कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सेवा प्रदान गरेको छ ।

"सपना सबैका—अवसर पनि सबैका" भन्ने मूल सन्देशका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, संगीत साधना प्रतिष्ठान नेपाल, करुणा फाउन्डेसन नेपाल र कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा भएको अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रस्फुटन कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले नौ विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्नुभयो।

सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईको प्रमुख आतिथ्यता तथा मनोज गजुरेल, राजु लामा, विशाल भण्डारी, मिनबहादुर भाम लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो ।

03/12/2025

पाठेघरको मुखको क्यान्सरको नोबेल शिक्षण अस्पतालमा सही पहिचान र सफल उपचार

“ 𝐁𝐮𝐫𝐧 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬𝐟𝐮𝐥𝐥𝐲 𝐜𝐨𝐧𝐝𝐮𝐜𝐭𝐞𝐝 𝐛𝐲 𝐏𝐫𝐨𝐟. 𝐃𝐫. 𝐒𝐡𝐚𝐧𝐤𝐚𝐫 𝐌𝐚𝐧 𝐑𝐚𝐢."Nobel Medical College Teaching Hospital pr...
03/12/2025

“ 𝐁𝐮𝐫𝐧 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬𝐟𝐮𝐥𝐥𝐲 𝐜𝐨𝐧𝐝𝐮𝐜𝐭𝐞𝐝 𝐛𝐲 𝐏𝐫𝐨𝐟. 𝐃𝐫. 𝐒𝐡𝐚𝐧𝐤𝐚𝐫 𝐌𝐚𝐧 𝐑𝐚𝐢."
Nobel Medical College Teaching Hospital proudly participated in this meaningful program under the mentorship of Prof. Dr. Shankar Man Rai. The program, organized by Leo Club of Biratnagar Central, saw active involvement from our various faculty members, nursing teams, and other hospital staff.

नव नियुक्त नर्सिङ कर्मचारी तथा हेल्थ असिस्टेन्टहरूलाई कार्यदक्षता अभिवृद्धिका लागि क्लिनिकल नर्सिङ विभागद्वारा आयोजित 'S...
02/12/2025

नव नियुक्त नर्सिङ कर्मचारी तथा हेल्थ असिस्टेन्टहरूलाई कार्यदक्षता अभिवृद्धिका लागि क्लिनिकल नर्सिङ विभागद्वारा आयोजित 'Skill Enhancement Program (SEP)' हाल निरन्तर रुपमा सञ्चालन भइरहेको छ।
कार्यक्रममार्फत उनीहरूले व्यावसायिक सीप, व्यवहारिक ज्ञान र आत्मविश्वासमा उल्लेख्य उन्नति गरिरहेका छन्।

किशोरी स्वास्थ्य परामर्श मेलामा नोवेल शिक्षण अस्पतालको प्रभावकारी सहभागितारंगेली नगरपालिकाले किशोरीहरूमा महिनावारी स्वच्...
01/12/2025

किशोरी स्वास्थ्य परामर्श मेलामा नोवेल शिक्षण अस्पतालको प्रभावकारी सहभागिता
रंगेली नगरपालिकाले किशोरीहरूमा महिनावारी स्वच्छता तथा मानसिक स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘किशोरी स्वास्थ्य परामर्श मेला’ भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री तथा रंगेली नगरपालिकाका नगरप्रमुख प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
मेलामा विभिन्न विद्यालयका ४ हजारभन्दा बढी छात्राहरू सक्रिय रूपमा सहभागी भएका थिए। किशोरीहरूलाई महिनावारीका बेला अपनाउनुपर्ने स्वच्छता, सुरक्षित जीवनशैली र मानसिक–शारीरिक स्वास्थ्यबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ् हस्पिटलका स्त्रीरोग तथा प्रसूति (Gynecology) विभाग र मनोचिकित्सा (Psychiatry) विभागका विशेषज्ञहरू सक्रिय रूपमा महिनावारी लुकाउनुपर्ने विषय होइन, यो पूर्ण रूपमा प्राकृतिक प्रक्रिया होस्वच्छता अभ्यास, मानसिक स्वास्थ्य, तथा आत्महत्या जोखिम न्यूनीकरणसम्बन्धी परामर्श प्रदान गर्नु भएको थियो। नवप्रयोगात्मक सिकाइका लागिनोबेल मेडिकल कलेज टिचिङ् हस्पिटलले महिनावारी, यसको अवधि तथा यस अवधिमा आवश्यक स्वच्छता कसरी अपनाउने भन्ने विषयमा तयार गरिएको भिडियो सामग्री समेत प्रस्तुत गरेको थियो, जसले सहभागी विद्यार्थीहरूलाई अझ स्पष्ट र व्यावहारिक जानकारी प्रदान गर्‍यो।
नोबेल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमुखी कार्यक्रमहरूमा निरन्तर रूपमा सहयोग गर्दै आएको छ ।

30/11/2025

पेटको क्यान्सर किन बढ्दो क्रममा छ। जानौँ 'नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको वरिष्ठ ग्यास्ट्रोलोजिस्ट डा. खुश्बु प्रिया मिश्रबाट

28/11/2025

६ महिनादेखि आन्द्राको समस्याबाट पीडित १४ वर्षीया बालिकाको नोबेल शिक्षण अस्पतालमा सफल उपचार

Address

Kanchanbari, Biratnagar – 4, Morang Eastern Region Of Nepal
Biratnagar
56604

Alerts

Be the first to know and let us send you an email when Nobel Medical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nobel Medical College:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category