Pioneering with pride in health care in eastern Nepal.
24/04/2026
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटल, विराटनगरमा 'एडभर्स क्युटेनियस ड्रग रियाक्सन' अर्थात् औषधि सेवनका कारण छालामा देखिने प्रतिकूल असरहरूको व्यवस्थापन विषयक एक दिवसीय निरन्तर चिकित्सा शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
अस्पतालकी वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिष्ट, भेनेरियोलोजिष्ट तथा लेप्रोलोजिष्ट डा. ऋचा शर्माले यस कार्यक्रमको मुख्य सहजकर्ताका रूपमा औषधि प्रयोग गर्दा छालामा देखिन सक्ने विभिन्न जटिलताहरू, तिनको समयमै पहिचान र आधुनिक उपचार पद्धतिहरूका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।
चिकित्सा विज्ञानको क्षेत्रमा भइरहेका नवीनतम विकास र परिवर्तनहरूसँग स्वास्थ्यकर्मीहरूलाई अपडेट गराई बिरामीहरूलाई अझ स्तरीय र सुरक्षित सेवा प्रदान गर्न यस्ता शैक्षिक कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालको विश्वास छ।
24/04/2026
कमला नगरपालिकाबासीका लागि खुसीको खबर!
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल र कमला नगरपालिका बीच नगरबासीहरूलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यस ऐतिहासिक सम्झौतासँगै अब कमला नगरपालिकाका बासिन्दाहरूले न्यूरो हस्पिटलमा उपचार गराउँदा विशेष छुट र सहुलियत प्राप्त गर्नुहुनेछ। नगरबासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर यो सहकार्यको वातावरण मिलाउनुहुने नगरपालिकाका प्रमुखज्यू प्रति हामी कृतज्ञता व्यक्त गर्दछौं।
अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरूको टोलीका साथ हामी कमला नगरपालिकाबासीको सुस्वास्थ्यका लागि प्रतिबद्ध छौं।
19/04/2026
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि 'निरन्तर व्यावसायिक विकास' कार्यक्रम अन्तर्गत 'Informed Consent and Nurses' Responsibility' सम्बन्धी एक विशेष कक्षा सञ्चालन गरिएको छ।
बिरामीको उपचार प्रक्रियामा 'मन्जुरीनामा' को महत्व र त्यसमा नर्सहरूको भूमिका तथा जिम्मेवारीका बारेमा केन्द्रित यस साताको कक्षालाई अस्पतालको जेनेरल सर्जरी वार्डकी नर्स निशा रानापहेलीले सहजीकरण गर्नुभएको थियो। आफ्ना स्वास्थ्यकर्मीहरूलाई आधुनिक चिकित्सा पद्धतिका नवीनतम आयाम र नैतिक जिम्मेवारीहरूसँग अभ्यस्त गराउन अस्पतालले नियमित रूपमा यस्ता कक्षाहरू सञ्चालन गर्दै आएको छ।
17/04/2026
फिदिम नगरपालिका र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलको संयुक्त प्रयासमा फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। चैत्र २८ गते आयोजित शिविरमा टाउको, नशा र मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो।
शिविरमा वरिष्ठ न्यूरोसर्जन डा. रोशन खतिवडा र वरिष्ठ मुटुरोग विशेषज्ञद्वय डा. निकेशराज श्रेष्ठ र डा. राजिब श्रेष्ठले २५० भन्दा बढी बिरामीहरूको परीक्षण गर्नुभएको थियो। नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेज्यूको उपस्थिति रहेको उक्त कार्यक्रममा अस्पतालले सुगर र मुटुको विशेष जाँचका साथै निःशुल्क औषधि समेत उपलब्ध गराएको थियो।
ग्रामीण भेगका नागरिकलाई अत्याधुनिक र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याउने हाम्रो अभियान जारी रहनेछ।
17/04/2026
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटल र मिथिला बिहारी नगरपालिका बीच नगरबासीहरूलाई सुलभ, गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको सहर्ष जानकारी गराउँदछौं।
यस सम्झौता अनुसार अब मिथिला बिहारी नगरपालिकाका स्थानीय बासिन्दाहरूले न्यूरो हस्पिटलमा उपचार गराउँदा अस्पतालका विभिन्न सेवाहरूमा विशेष सहुलियत र छुट प्राप्त गर्नुहुनेछ। आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशीलता देखाउँदै यस कार्यमा नेतृत्वदायी भूमिका खेल्नुहुने नगर प्रमुखज्यू प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं।
अत्याधुनिक प्रविधि र अनुभवी विशेषज्ञ सेवाका साथ हामी मिथिला बिहारी नगरपालिका बासीको सुस्वास्थ्यका लागि सदैव समर्पित रहनेछौं।
17/04/2026
"आमाको माया, जीवनकै सबैभन्दा ठूलो उपचार।"
सन्तानका लागि आमाको काख नै संसारको सबैभन्दा सुरक्षित ओत र उहाँको माया नै सबैभन्दा ठूलो ओखती हो। मातृतीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको पावन अवसरमा सम्पूर्ण आमाहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
16/04/2026
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि 'निरन्तर व्यावसायिक विकास' कार्यक्रम अन्तर्गत "बडी मेकानिक्स " सम्बन्धी विशेष कक्षा सञ्चालन गरिएको छ। यस साताको 'निरन्तर व्यावसायिक विकास' कक्षालाई अस्पतालको न्यूरो आई.सि. यु. कक्ष की नर्सिङ टिम लिडर जुनु श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।
आफ्ना स्वास्थ्यकर्मीहरूलाई आधुनिक चिकित्सा पद्धतिका नवीनतम आयामहरूसँग अभ्यस्त गराउन अस्पतालले नियमित रूपमा यस्ता कक्षाहरू सञ्चालन गर्दै आएको छ।
16/04/2026
जनकपुरबासीका लागि खुसीको खबर!
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटल र जनकपुर उप-महानगरपालिका बीच नगरबासीहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको सहर्ष जानकारी गराउँदछौं।
यस सम्झौता अनुसार अब जनकपुरका स्थानीय बासिन्दाहरूले न्यूरो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरूमा विशेष सहुलियत र छुट प्राप्त गर्नुहुनेछ। स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउन र आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशीलता देखाउनुहुने उप-महानगरपालिकाका नगर प्रमुखज्यू प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं।
उन्नत प्रविधि र विशेषज्ञ सेवाका साथ हामी जनकपुरबासीको सेवामा सदैव समर्पित छौं।
15/04/2026
फिदिम बासीका लागि खुसीको खबर!
२०८२ साल चैत्र २८ गते फिदिम, पाँचथरमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरको अवसरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटल र Phidim Municipality, Panchthar बीच फिदिम नगरपालिका नागरिकहरूलाई सुलभ उपचार सेवा प्रदान गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको सहर्ष जानकारी गराउदछौ।
यस सम्झौता अनुसार अब फिदिमका स्थानीय बासिन्दाहरूले न्यूरो हस्पिटलमा उपचार गराउँदा विशेष सहुलियत प्राप्त गर्नेछन्। स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउन नगरपालिकाका प्रमुखज्यूले देखाउनुभएको तत्परताप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं।
उन्नत प्रविधि र विशेषज्ञ सेवाका साथ हामी फिदिमबासीको स्वास्थ्य सेवामा समर्पित छौं।
ncmh
14/04/2026
नयाँ वर्ष २०८३ को शुभ उपलक्ष्यमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले एक विशेष ' शुभकामना आदान-प्रदान कार्यक्रम ' आयोजना गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाएको छ। कार्यक्रममा अप्रेशनल डाइरेक्टर श्री राजेश भट्टराई ज्यू र एकेडेमीक डाइरेक्टर तथा वरिष्ठ अर्थोपेडिक सर्जन प्रो. डा. नवीन कुमार कर्ण ज्यूले हस्पिटलका चिकित्सक, नर्सिङ स्टाफ र प्रशासनिक कर्मचारीहरूसँग भेटघाट गरी नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्नुभयो।
सोही अवसरमा हस्पिटलको नयाँ क्यालेण्डर २०८३ पनि सार्वजनिक गरियो। कार्यक्रममा विभिन्न विभागका वरिष्ठ कन्सल्टेन्ट चिकित्सकहरू, विभागिय इन्चार्जहरू तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यस कार्यक्रमले हस्पिटल परिवारबीच आपसी सद्भाव र एकतालाई थप मजबुत बनाएको छ।
14/04/2026
नयाँ वर्ष २०८३ को यस पावन अवसरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटल परिवार हाम्रा सम्पूर्ण बिरामी महानुभावहरू, कर्मचारी वर्ग, शुभचिन्तक तथा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
यो नयाँ वर्षले हामी सबैमा नयाँ ऊर्जा, नयाँ सोच र निरोगीपन प्रदान गरोस् भन्ने कामना गर्दछौं।
13/04/2026
फिदिम नगरपालिका को आयोजना र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलको प्राविधिक सहयोगमा शनिबार फिदिम स्थित पाँचथर जिल्ला अस्पतालमा एक दिवसीय ' निःशुल्क टाउको तथा नशा रोग र मुटुरोग सम्बन्धि परामर्श शिविर' भव्यताका साथ सम्पन्न भएको छ। २०८२ साल चैत्र २८ गते शनिबार आयोजना गरिएको यस शिविरबाट २५० जना भन्दा बढी स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। फिदिम नगरपालिकाका नागरिकहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै दैलोमा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविरमा न्यूरो हस्पिटलका वरिष्ठ विशेषज्ञ न्यूरोसर्जन डा. रोशन खतिवडा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. निकेशराज श्रेष्ठ , वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजिब श्रेष्ठ र अन्य कर्मचारीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र नगरपालिकाका कर्मचारीहरूका साथै स्थानीय बासिन्दाहरूको ठूलो संख्यामा सहभागिता थियो। शिविरमा विशेषज्ञ परामर्शका साथै अस्पतालको तर्फबाट बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो। प्राविधिक परीक्षण तर्फ अस्पतालले अत्याधुनिक मेसिनहरूको प्रयोग गरी २५० भन्दा बढीको सुगर जाँच र ९० भन्दा बढीको मुटुको जाँच सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरेको थियो।
Be the first to know and let us send you an email when Neuro Cardio & Multispeciality Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Practice
Send a message to Neuro Cardio & Multispeciality Hospital:
The hospital is renowned for quality service since its inception and lately has been investing on Infrastructure and technology to make the services more exceptional & international standard. A patient friendly environment is also considered equally important, understanding the essence of cleanliness, right information and deluxe behavior for patients.
Initiated as a 10 bedded Neurology service, the hospital has now expanded to 100 bedded multispecialty hospital adding a diverse set of services including Neuro Surgery, Cardiology, Orthopedic Surgery, GI & Laparoscopic Surgery, General Medicine, Cardiology, Obstetrics & Gynecology, Pediatrics and so on.
The hospital is famed for pioneering new health services like Neurology, Neurosurgery, CT Angiography, MRI, Cath-lab, Neuro Navigation Stealth 7, Cusa Excel and Brain Attack Center in eastern part of Nepal, and consequently ended the necessity of local people to go outside or even abroad seeking for desired health services. Furthermore, it has been providing services to the people of Bihar & Bengal State of the neighboring nation India.
Neuro Hospital has also been contributing to health sectors furnishing health education through Neuro Health College. In addition, Krishna Ganga Drug and Alcohol Deaddiction and Rehabilitation Centre, a subsidiary of the Hospital, provides curative, preventive and promotive physical and mental health services to the people affected from drug abuse.
Last but not the least, generating employment, Neuro hospital is also engaged in numerous CSR activities such as health awareness campaigns, educational scholarships to deserving and financially challenged students, delivering needful public support in case of natural calamities and many more. In collaboration with Banglamukhi-Neuro Society the hospital has been working for proper management of traffic-jam and contributing for environment friendly society as proper waste management, adopting clean and healthy practices.