Dr. saroj chapagain

Dr. saroj chapagain If you need any health related advice,feel free to ask...with best regards

11/11/2025

For further info feel free to contact.

डिक्स-हल्पाइक मनेभर (Dix-Hallpike Manoeuvre)डिक्स-हल्पाइक मानेभर एक अत्यन्तै महत्वपूर्ण परीक्षण हो जुन बेनाइन पेरोक्सिस्...
06/08/2025

डिक्स-हल्पाइक मनेभर (Dix-Hallpike Manoeuvre)

डिक्स-हल्पाइक मानेभर एक अत्यन्तै महत्वपूर्ण परीक्षण हो जुन बेनाइन पेरोक्सिस्मल पोजिसनल भर्टिगो (BPPV) पत्ता लगाउन प्रयोग गरिन्छ। यो परीक्षण पेरिफेरल र सेन्ट्रल भर्टिगो छुट्याउन पनि मद्दत गर्दछ।

जब बिरामीले टाउको वा घाँटीको विशेष चाल–ढाल वा पोजिसनमा जाँदा भर्टिगो हुने गुनासो गर्छन्, त्यस्तो अवस्थामा यो टेस्ट गर्नु उपयुक्त हुन्छ।

BPPV का लक्षणहरूमा सामान्यतया:

टाउकोको हठात चालले निम्त्याउने केही सेकेन्डदेखि एक मिनेटसम्म मात्र टिक्ने रोटेटरी (घुम्ने) प्रकारको तेज चक्कर , ओछ्यानबाट उठ्दा, पल्टिँदा, तल हेर्दा, माथि हेर्दा वा घाँटी झुकाउँदा चक्कर लाग्ने

यी लक्षणहरू प्राय: कानको भित्री भाग (inner ear) मा हुने असन्तुलनका कारण हुने गर्दछन्। यस्ता समस्या भेष्टिबुलर सिस्टम सँग सम्बन्धित हुन्छन्, जुन शरीरको सन्तुलन मिलाउने प्रमुख अंग हो।
यदि तपाईंलाई माथि उल्लिखित लक्षणहरू छन् भने, यो कुनै सामान्य चक्कर होइन — ENT (नाक, कान, घाँटी) विशेषज्ञसँग सल्लाह लिनु अत्यावश्यक छ।

भर्टिगो धेरै कारणले हुन सक्छ, तर यदि यो कानको समस्याका कारण भएको हो भने सही निदान र उपचार ENT विशेषज्ञबाट नै सम्भव हुन्छ। उचित परीक्षण (जस्तै Dix-Hallpike) र आवश्यक उपचार (जस्तै Canalith Repositioning Maneuver)ले पूर्ण निको पार्न सकिन्छ।

👉🏽 चक्करलाई सामान्य नठान्नुहोस् — ENT विशेषज्ञको परामर्श लिनुहोस्।

Address

Butwal 09 Rupandehi
Butwal
32900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779802960448

Website

Alerts

Be the first to know and let us send you an email when Dr. saroj chapagain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category