Genomic Diagnostic Laboratory

Genomic Diagnostic Laboratory GDL is centrally located medical laboratory aiming to provide quality and relliable medical laborart

14/11/2025

विश्व मधुमेह दिवस

आज १४ नोभेम्बर । विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो।

मधुमेहको उपचार
मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।

मधुमेह बारे केही तथ्यहरू
मधुमेह वा डायबिटिजलाई हामीले बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भनिरहेका हुन्छौँ ।
विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबिटिज भएको हुनसक्ने अनुमान भएको छ । चिकित्सकहरूले डायबिटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् ।

डायबिटिज दुई प्रकारका हुन्छन् ।
१) टाइप वान डायबिटिज :-हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज वा मधुमेहलाई टाइप वान डायबिटिज भनिन्छ । यो विशेषतः बच्चाहरूमा देखिन्छ । तर, यसको अर्थ अरू उमेर समूहका मानिसहरूमा यो हुँदैन भन्ने होइन । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो ।

२) टाइप टु डायबिटिज :- यो अहिले नेपालमा वा विश्वका मानिसहरूमा देखिने सबैभन्दा कमन डायबिटिज हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकीय भाषामा टाइप टु डायबिटिज भनिन्छ । हाम्रो प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबिटिज हुन्छ । हाम्रो शरीरमा आवश्यक ‘सुगर’को सही सन्तुलन नहुँदा यस्तो हुन्छ । हामीलाई केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ । तर, शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ । यो डायबिटिज हुने प्रमुख कारण चाहिँ मोटोपना हो । अहिले विश्वभर मानिसहरूमा मोटोपनाको चिन्ता देखिन थालेको छ । अहिले देखिएको डायबिटिजको मुख्य कारक पनि मोटोपना भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएका छन् । आधुनिक हुने नाममा हामीले गर्ने हेलचक्र्याइँका कारण पनि हामी डायबिटिजको सिकार हुने सम्भावना बढ्दै गएको छ । डायबिटिजको अर्को कारण हो, तनाव लिनु वा स्ट्रेस ।
त्यस्तै, उच्च रक्तचाप भएका र कोलेस्ट्रोल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ । त्यस्तै, वंशाणुगत रूपमा पनि मधुमेह सर्न सक्छ ।
मधुमेह कुनै ठुलो रोग नभएको पछिल्लो उपचार पद्धतिले पनि प्रमाणित गरिसकेको छ । यसलाई समयमा नै उपचार गर्ने हो भने यसबाट हामीले छुटकारा पाउन सकिन्छ । त्यसो त समय समयमा हामीले रगत जाँच गरेर समयमा नै यसको उपचार गर्ने हो भने यसलाई नियन्त्रणमा लिन त्यति सजिलो छैन । प्रिडायबेटिज भएको थाहा पाउँदा नै हामीले शरीरको तौल घटाउने हो भने विश्वभर भएका अनुसन्धानबाट के प्रमाणित भएको छ भने हामीलाई मधुमेह नै हुँदैन ।
प्रिडायबेटिज थाहा पाएपछि शरीरको तौल ७ प्रतिशत घटाएकाहरूलाई नै डायबिटिजको सम्भावना निकै कम भएको अध्ययनहरूले प्रमाणित गरेका छन् ।

यसको अर्थ हो, डायबिटिजबाट बच्न सबैभन्दा पहिले हामीले शरीरको तौललाई सन्तुलनमा राख्नु पर्ने हुन्छ । डायबिटिजको डर पनि हुने तर हामीले बजारमा पाइने जङ्क फुड, रक्सी तथा चुरोट पनि नछोड्ने हो भने मधुमेह सन्तुलनमा आउन निकै गाह्रो हुन्छ । त्यसो त धेरै जङ्क फुड खाने, चुरोट र रक्सी सेवन धेरै गर्नेहरूको हृदयाघातको सम्भावना पनि बढी हुन्छ । त्यसैले पनि मधुमेह नियन्त्रणमा ल्याउन चाहनेहरूले पनि यस्ता बानी तत्काल त्याग्नु पर्छ ।

मधुमेह नियन्त्रणका लागि हामीले हाम्रो खानामा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । मधुमेह भएका मानिसहरूले त खानामा विशेष ध्यान दिनु पर्छ । डायबिटिज भएको प्रमाणित भयो भने धूम्रपान र मद्यपान गर्नै हुँदैन । सबैभन्दा पहिले हामीले प्रोसेस खानेकुरा खाने बानीलाई कम गर्नुपर्छ । बजारको प्रोसेस खानेकुरा भन्दा घरमा पकाइएका पौष्टिक तथा ताजा खानेकुराले हामीलाई स्वास्थ्य राख्न आवश्यक हुन्छ ।

· डायबिटिज भइसकेको प्रमाणित भएमा खाने कुरामा हामीले सकेसम्म कार्बोहाइड्रेट खानु हुँदैन । जस्तो कि हामीले दैनिक खाने भातमा कार्बोहाइड्रेट निकै धेरै हुन्छ । अनि योसँगै हामीले खाने तरकारीमा आलु राखिएको छ भने त यो झन् खतरनाक हुन्छ ।

· मधुमेह भएका मानिसहरूले पनि दैनिक एक पटक भात खाँदा त हुने चिकित्सकहरूले बताउँछन् । तर, यसका लागि पहिले चिकित्सकीय सल्लाह लिनु पर्ने उनीहरू बताउँछन् । त्यस्तै, फलफूललाई प्राथमिकतामा राखे पनि मधुमेह हुनेहरूले क्यान जुसहरू खानै नहुने बताउँछन् । त्यस्तै, डायबिटिज हुनेहरूले रातो मासु खानै नहुने पनि चिकित्सकहरूले सुझाव दिन्छन् ।

· मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ । मिर्गौला, कलेजो, मुटु, आँखालगायतका हाम्रा महत्त्वपूर्ण अङ्गमा ठुलो असर गर्न सक्ने भएकाले मधुमेहबाट समयमा नै बचौँ । यसका लागि समयमा नै चिकित्सकसँग सल्लाह गरौँ ।

समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्नु होला, मधुमेह र अन्य रोगबारे समयमा नै थाहा भयो भने यस्ता रोगहरूको उपचार सम्भव छ ।

विश्व मधुमेह दिवसको अवसरमा हाम्रो पात्रोको तर्फबाट तपाईंहरुलाई सुस्वास्थ्यको कामना ।

20/10/2025
लक्ष्मीपूजा जि डी एल परिवार
20/10/2025

लक्ष्मीपूजा जि डी एल परिवार

26/09/2025

मतदाता नामावली दर्ता खुल्ला भएको छ ।

आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ ।
२०८२ कार्तिक मसान्त सम्म नामावलीमा नाम दर्ता गर्न सकिन्छ ।यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन ।

https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ ।

संस्थाको स्थापनाकाल देखि कार्यरत प्रयोगशालाकर्मी  कल्पना कवरथापा मगर ज्युलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना ।
14/09/2025

संस्थाको स्थापनाकाल देखि कार्यरत प्रयोगशालाकर्मी कल्पना कवरथापा मगर ज्युलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना ।

लुम्बिनी प्रदेशकै कुशल प्रयोगशालाकर्मी मध्ये एक, Prbn Shah ज्युलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना ।
14/09/2025

लुम्बिनी प्रदेशकै कुशल प्रयोगशालाकर्मी मध्ये एक, Prbn Shah ज्युलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना ।

10/09/2025

जिनोमिक ल्याब संग जोडिन महत्वपुर्क्ण सुचनाहरु प्राप्त गर्न यस सर्कलमा जोडिनुहोला ।

Happy Birthday Ramesh Pandey Sir.
23/08/2025

Happy Birthday Ramesh Pandey Sir.

23/08/2025

Address

Shrawanpath
Butwal

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 21:00

Telephone

+97771550040

Alerts

Be the first to know and let us send you an email when Genomic Diagnostic Laboratory posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Genomic Diagnostic Laboratory:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram