21/11/2025
EUS guided Cystogastrostomy
प्यान्क्रियाटिक प्सुडोसिस्ट भनेको pancreas को सूजन वा चोटपटकपछि भित्र पानी-जस्तो तरल पदार्थ जम्मा भएर बन्छ। धेरै प्सुडोसिस्ट आफैं सानो हुँदै निको हुन्छन्, तर केही ठूलो भइदिँदा पेट दुख्ने, वाकवाकी, खान गाह्रो हुने वा संक्रमण हुने समस्या ल्याउन सक्छ।
EUS-guided Cystogastrostomy के हो?
यो एक नन-सर्जिकल (बिना चिरफार) उपचार हो, जसमा डाक्टरले एन्डोस्कोप र अल्ट्रासाउन्डको सहयोगले प्सुडोसिस्ट कहाँ छ भन्ने हेरेर पेट (stomach) भित्रबाटै सानो मार्ग बनाएर सिस्ट भित्रको तरल पदार्थ निकाल्ने प्रक्रिया हो।
यो विधिले प्सुडोसिस्टको दबाब घटाउँछ र धेरैजसो बिरामीमा तत्काल राहत दिन्छ।
प्रक्रिया कसरी गरिन्छ?
• बिरामीलाई सामान्यतया हल्का बेहोश (sedation) बनाइन्छ।
• मुख हुँदै एन्डोस्कोप पेटसम्म पुर्याइन्छ।
• एन्डोस्कोपिक अल्ट्रासाउन्डले सिस्टको ठ्याक्कै स्थान देखिन्छ।
• पेट र सिस्ट बीच सानो बाटो बनाएर स्टेन्ट राखिन्छ जसले सिस्टको तरल पेटमा बग्न मद्दत गर्छ।
• प्रक्रिया सामान्यतया ३०–४५ मिनेट जति लाग्छ।
फाइदाहरू
• चिरफार नगर्ने सुरक्षित प्रविधि
• छिटो निको हुने
• अस्पताल बसाइ कम
• उच्च सफलता दर